कसको आडमा ओलीको बोली फुटेको हो ? भूराजनीतिक विश्लेषण। भिडिओ सहित।

कसको आडमा ओलीको बोली फुटेको हो ? भूराजनीतिक विश्लेषण।। प्रधान मन्त्रि केपी शर्मा ओलीको भारतीय च्यानलसँगको अन्तरबार्ता निकै नै रोचक देशप्रेमले ओतप्रोत भएको टिका - टिप्पणी विश्लेषणहरु सुन्न देख्न र पढ्न पाइएका छन्। कसैले त उनलाई उनी एकमात्र राष्ट्रबादी प्रधानमन्त्री , जंगबहादुर पछिको निडर , शक्तिशाली व्यक्ति , इन्डियन रवैयाको बेतोड जवाफ दिनसक्ने व्यक्ति भनेर धुरी चढाएका छन् भने कतिले यो मान्छे दोगला चरित्र को हो , संविधान जारी भएलगत्तै आफ्नै अनुरोधमा नाकाबन्दी गर्न लगाएर इन्डियालाइ गाली गरेर भोट लतार्ने प्रपञ्च गरेको थियो र अब पनि चुनाव नजिकिँदै गर्दा त्यही एन्टी इन्डियन सेन्टिमेन्ट ( इंडिया विरोधी जनभावाना ) को कार्ड फालेर दुरुस्तै अघिल्लो चुनावको भेडा फसाउने फन्दा बुन्दै छ भन्ने कुरा पनि व्यक्त गरेका छन्। तर आजको लेख दुवै कोण भन्दा पृथक् रहेर नेपालको सामरिक / भूराजनीतिक महत्व र विश्वपरिवेशको घटना - परिघटनाको अध्ययन , मुल्याङ्कन र अवलोकन गरेर भूराजनीतिका जल्दाबल्दा खेलाडीहरू मध्ये कसको आवाज ओलीले निकालेका हुन् ? कसको सुरमा ओलीले ताल मिलाएका हुन् ? सिधा भन्नु पर्दा ओली कसको डमर...