कसको आडमा ओलीको बोली फुटेको हो ? भूराजनीतिक विश्लेषण। भिडिओ सहित।
कसको आडमा ओलीको बोली फुटेको हो ? भूराजनीतिक विश्लेषण।।
प्रधान मन्त्रि केपी शर्मा ओलीको भारतीय च्यानलसँगको अन्तरबार्ता निकै नै रोचक देशप्रेमले ओतप्रोत भएको टिका-टिप्पणी विश्लेषणहरु सुन्न देख्न र पढ्न पाइएका छन्। कसैले त उनलाई उनी एकमात्र राष्ट्रबादी प्रधानमन्त्री, जंगबहादुर पछिको निडर, शक्तिशाली व्यक्ति, इन्डियन रवैयाको बेतोड जवाफ दिनसक्ने व्यक्ति भनेर धुरी चढाएका छन् भने कतिले यो मान्छे दोगला चरित्र को हो, संविधान जारी भएलगत्तै आफ्नै अनुरोधमा नाकाबन्दी गर्न लगाएर इन्डियालाइ गाली गरेर भोट लतार्ने प्रपञ्च गरेको थियो र अब पनि चुनाव नजिकिँदै गर्दा त्यही एन्टी इन्डियन सेन्टिमेन्ट(इंडिया विरोधी जनभावाना)को कार्ड फालेर दुरुस्तै अघिल्लो चुनावको भेडा फसाउने फन्दा बुन्दै छ भन्ने कुरा पनि व्यक्त गरेका छन्। तर आजको लेख दुवै कोण भन्दा पृथक् रहेर नेपालको सामरिक/भूराजनीतिक महत्व र विश्वपरिवेशको घटना-परिघटनाको अध्ययन, मुल्याङ्कन र अवलोकन गरेर भूराजनीतिका जल्दाबल्दा खेलाडीहरू मध्ये कसको आवाज ओलीले निकालेका हुन् ? कसको सुरमा ओलीले ताल मिलाएका हुन् ? सिधा भन्नु पर्दा ओली कसको डमरुको धुनमा बुर्कुसी मारेर नाच्दैछन् ? यसबारेमा बताउने जमर्को गरेका छौं।
यसको चुरो कुरो बुझ्न संसद बिघटन हुन अघिको माहोल नियाल्न जरुरि हुन्छ। संसदविघटनको पर्दा पछाडिको नालीबेली पर्दाफास नामक लेखमा बिस्तृत बताई सकेकाले आज अर्को पाटो मात्रै उजागर गर्दै छौं। नेपालमा जसरी पनि एमसीसी रोक्न चिन र इंडियाले चाहन्छन् भने जसरी पनि एमसीसी लाद्न अमेरिकाले चाहन्छ। तर संसद विघटनमा तिनतिरबाट सहमति रहेको हुनाले, लोकतान्त्रिक पद्धतिको हिमायती भनेर आफ्नो प्रचार गर्न रुचाउने; जसको पनि आन्तरिक मामलामा नाक घुसाउने, टांग लडाउने अमेरिकाले यसबारेमा अहिलेसम्म टिप्पणी दिएको छैन। संसद्को हिउँदे अधिवेशन नहुने अवस्था देखेपछि एमसीसी पनि अनुमोदन नहुने यकिन भएकाले त्यो संसद अमेरिकाको लागि नै घाँडो भएको थियो, भने हिउँदे अधिवेशन हुन दुई हप्तामात्रै बाँकी रहँदा रातारात अमेरिकी हड्डी चुसेर हुँडार, ब्वाँसो, गिद्ध र स्यालको जमातले एमसीसी अनुमोदन गर्ने पो हुन् कि भन्ने चिन्तामा चीन र इंडिया थिए। त्यसैले अहिले सबै खुशी छन्। तर यो अवस्था सम्म पुराउने माहोल तयार गर्ने खेलाडी गोप्य नै छ। नेपालको भूराजनीतिक मैदानमा अहिले अर्को शक्ति आक्रामक शैलीमा सबैलाई पछार्ने गरि आएको छ। झल्यास्स हेर्दा, नेपाल भूमिमा भूराजनीति खेलाडीको गिन्ती गर्दा पाँचौं स्थानमा आउनेले नै यो सब गरेको हो। अहिलेको दर्जा हेर्दा १ अमेरिका, २ चिन , ३ इंडिया, ४ युरोपियन युनियन र ५ रुस। सुन्दा पत्यार नलाग्ला तर हालको सुत्रधार रुस नै हो।
रसिया इन्डियन भू-राजनीतिमा दोस्रो र चिनियाँ भू-राजनीतिमा पहिलो खेलाडीको रुपमा स्थापित छ। रसियानै इंडिया र चिनको मध्यस्थ गराएर नेपालको भू राजनीतिबाट अमेरिका खेदाउनको लागि अगाडि बढ्दै आएको छ। मंसिर २३ २०७७मा तत्कालिन जलश्रोत, उर्जा तथा सिंचाई मंत्री वर्षमान पुनसंग नेपालको लागी रसियन राजदुत एलेक्सी नोविकोभले रसियाका दुई ठुला बैंक ‘लान्ता’ र ‘मस्को औधोगिक बैंक’का अधिकारी संग नेपालको उर्जा क्षेत्रमा लगानी गर्न सरकारी तहबाट सम्झौता गर्न प्रस्ताव राख्यो। मंसिर २३ को ठिक १३औं दिनमा संसद बिघटन भयो। देश अस्थिरता तिर धकेलिए रसियन लगानीकर्ता निरुत्साहित हुने सोँचले अमेरिका पनि यसमा मौन रह्यो तर रुस अब नयाँ ढंगले अघि बढ्दैछ।अहिले भ्याक्सिन उपलब्ध गराउने नीति लिएर रसिया अगाडी आउने तयारि गर्दै छ। पुष २८मा रसियाले ढाई करोड स्पुत्निक भ्याक्सिन उपलब्ध गराउने बारे रसियन परराष्ट्र मंत्रालयले जानकारी दिएको छ।
ईन्डियाले ओलीलाई सत्ताबाट हटाउन खोज्दा पनि चीनको सिफारिसमा रसियन पहलले नै उनी टिकेका हुन्। नेपालमा संसद बिघटन हुना साथ् रसियाले पाकिस्तानलाई एस यु ५७ युद्ध विमान उपलब्ध गराउने घोषणा गरेको थियो। जुन इंडियालाई नेपालमा चलखेल न गर्न संदेश थियो। पौष २७मा जी कम्पनिका दुइटा च्यानलमा प्रसारण गरिएको अन्तर्वार्तामा, “अब संसारको शक्तिकेन्द्र एसिया बन्ने हो, अब पालो एसियाको हो”, भन्ने वाक्य ओलीले बोल्नुको पछाडि रसियाको संदेश थियो। जी च्यानलको स्वामित्व एसेल नामक कम्पनीमा निहित छ। तर बुझ्न पर्ने कुरा एसेल कम्पनीमा रसियन लगानी छ। त्यो अन्तरवार्ताको तयारी संसद बिघटन भए बाटै आरम्भ भएको थियो। हरेक प्रश्न र उत्तर पुर्व नियोजित थिए, किनकि अब रसिया ओलीलाई हात लिएर नेपाली भूराजनीतिमा अगाडी आउने तयारीमा छ। यति भन्दै गर्दा १०० करोड फिरौती लुट्ने कोसिसमा तिहाड जेल परेका जी च्यानलको पत्रुकार चौधरीले एकाएक सगरमाथाको रिपोर्ट किन बनायो ? भन्ने सवाल पनि उठ्न सक्छ। ओलीले त्यसरी बोलेको अन्तर्वार्ताको कारण इंडियामा जी न्युजको ठूलो विरोध हुने कुरा पुर्व आँकलन गरिएको थियो। त्यसबाट आफ्ना दर्शकलाई शान्त पार्न र हामी इन्डियन पत्रुकार पत्तुर नै छौं भन्ने आफ्नो छवि बनाइ राख्नको लागि त्यो नाटक मंचन भएको थियो। तर नेपालमा हुने राजनीतिक तरङ्गमा प्रचण्ड नामको जुका नटाँसिएको भन्ने पनि हुँदैन त्यसैले प्रचण्ड इंडिया पुगेर फर्किए लगत्तै घटना घटेकाले ओलीको पत्तासाफ गर्न प्रचण्डको र उसको मालिकको प्रपन्च होकी भन्ने सम्म सबैको ध्यान भट्कियोस भनेर खेलाइएको पनि हो। भूराजनीतिको खेला नै यस्तै हुन्छ। दिग्भ्रमित गरेर जे देखाइन्छ त्यो भन्दा धेरै पर बाट खेला चलेको हुन्छ। खैर, ओली प्रचण्ड भनेको पिउसा हुन्, अब अन्तराष्ट्रिय भू राजनीतिक तरङ्ग बारे बुझौं।
अहिले विभिन्न शक्ति केन्द्रहरु नयाँ समीकरण बनाउने प्रक्रियामा अगाडि बढ्दै गएको अवस्था छ। मुस्लिम मुलुकको एउटा गठबन्धन, अङ्ग्रेजहरूको अर्को गठवन्धन्, युरोपेलीको अर्को गठबन्धन चल्दै गएको परिस्थितीमा एशियामा पनि नयाँ गठबन्धनको थालनी आरम्भ भएको छ। जसको अगाडी रसिया देखिनेछ र चिन तथा इंडियाले साथ दिनेछन्। रसियाले इंडियालाई अमेरिकी पन्जा बाट नउम्केमा, “अमेरिकाले इंडियालाई चिन संग लडाउने छ जुन इंडियाको लागि नै क्षतिपूर्ण हुनेछ”, भन्ने कुरा बुझाउने गरि आफ्नो पक्षमा आउन सम्झाई रहेको छ। जनवरी ६ २०२१ मा अमेरिकामा ठुलो आन्तरिक दुर्घटना, हुलदंगा चलेको थियो। ट्रंपको आवेश युक्त आचरणलाई दोष जाने गरि त्यो खेला रसियाले खेलेको थियो। अमेरिकालाई अमेरिकामै कमजोर बनाउने उद्देश्यले रसिया र चाइनाले त्यो कदम चालेका थिए। अमेरिकाले निर्वासित तिब्बती सरकार संग पहल गरेर दलाइलामा राख्ने बारेमा मुद्दा उठाई रहेको थियो। डिसेम्बर २१ २०२०मा अमेरिकाले तिब्बती अधिनियमको विधेयक पनि पारित गरिसकेको थियो र तिब्बतमा आफ्नो वाणिज्य दूतावास(काउन्सेलेट) राख्ने प्रस्ताव पनि अगाडि सारेको थियो। सोहीक्रममा तिब्बती शरणार्थीलाई नेपाली सरकारले कानुनी मान्यता र अधिकार दिनु पर्ने कुरा एकाएक उठेको थियो। डिसेम्बर २९मा चिनियाँ टोलि नेपाल आएर त्यो रोक्न दवाब दिएर गएका थिए। त्यसको भोलि पल्ट बाट नयाँ अमेरिकी खेताला टोप बहादुरलाई अमेरिकाले एमसीसी यथासिग्र पास गर्नुपर्छ भनेर बोल्न लगाएको थियो। माघ दुइ गते एम सी ए (एमसीसी कार्यालय) नेपालले एमसीसी अनुमोदन हुन पर्ने आफ्नो नियम, “लोकतान्त्रिक पद्दति अनुरुपको सरकार” अर्थात “संसद बिघटन नभएको अवस्थाको सरकार” भन्ने आफ्नो मापदण्डलाई आफैंले लात हानी कर्मचारी आवश्यकता बारे बिज्ञापन जारि गर्यो। यो अमेरीकी दबावको कारण थियो। अमेरिका बाहिर सुनाउनलाई लोकतान्त्रिक मुल्य मान्यताको ठेगदार भनिएता पनि विश्वमा आतंक पैदा गराउने र आफ्नो वर्चस्व हावी गराउने सुकुल गुण्डा चिन्तन राख्ने देश हो। सो कर्मचारी आवश्यकता बारे बिज्ञापन र टोप बहादुरको एमसीसी पास गर्न पर्ने अभिव्यक्ति अमेरिकाले चीनलाई, “तिमीहरु देशमा भ्रमण गरेपनि हाम्रो एक फोनले नै सबै कुरा चल्छ”,भनेर चिनलाई दिएको जवाफ थियो।
त्यसकै जवाफ स्वरुप चीनले अमेरिकामा रसिया संग मिलेर अस्थिरता पैदा गराइदियो। अमेरिकाको आफ्नै आन्तरिक किचलोले गर्दा बाहय हस्तक्षप रोकिएको छ। यही अवस्थामा रसिया अब अगाडी आउने सम्भावना निकै प्रवल भएको छ। अब केही हप्ताभित्रै रसियाले नेपालमा ऊर्जा क्षेत्रमा लगानी गर्ने अर्को प्रस्ताव अगाडि सार्ने छ, जुन एमसीसी भन्दा राम्रो, सहज, सुलभ रहने छ। जसको मिडियामा निकै चर्चा गराएर जनमानसमा एमसीसीको धरापयुक्त परियोजना अस्विकार गरि रसियन वित्तीय सहयोगमा अगाडी बढ्ने माहोल बनिने छ। इतिहास साक्षी छ जँहा रसिया छिर्छ, त्यहाँबाट अमेरिका फर्किन्छ। यो डिजाइन अन्तर्गत नै ओलीले इन्डियालाइ जवाफ दिएको हो। जसमा रसियाको आड छ। अब चिन, रसिया र इण्डिया मिलेर नेपालमा राजतन्त्र फर्काउने प्रवल सम्भावना छ। संसद बिघटन बिरुद्ध दर्ता भएको रिटमा ओलीको पक्षमा, अग्नि खरेलसहित राजाबादी भनेर चिनिने वरिष्ठ अधिवक्ताहरु बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी विष्णु भट्टराई र अन्य वकिलले वकालत गर्ने भएका छन् । यसले पनि त्यतै संकेत गर्छ। तर नेपाली सेनाले उचित समयमा उचित निर्णय लिन नसकेमा देश अस्थिरता तिर जान सक्ने सम्भावना पनि उत्तिकै छ। चिनियाँ रक्षा मंत्री नेपाली सेनासँग घन्टौं घन्टा बसेर सेनाले निर्वाह गर्नुपर्ने भूमिका बारे सल्लाह गरेर गएका थिए। प्राप्त सुचना अनुसार माघको अन्तिम हप्ता भित्र संकटकाल लागु हुने छ। प्रचण्ड झलनाथ माधव टोलीले देशमा अब उथल पुथल गराउने, हुलदंगा गराउने भन्दै दीएको अभिव्यक्तिले पनि त्यतै इङ्गित गर्छ। सिधै शंकटकाल गर्न मिल्दैन त्यसको लागि यस्ता घटनाहरु रचिने छन्। वाध्यकारी अवस्था निम्त्याउने चालमा प्रचण्ड माधव झलनाथ टोलि, कांग्रेस, जसपा आदिलाई प्रयोग गरिने छ। जति आक्रामक उनीहरु हुन खोज्छन् त्यति नै शंकटकालको आवश्यकता पर्ने डिजाइन अनुरुप रसिया चिनले, ओली र सेना संग चाँजो-पाँजो मिलाउँदै छन् । तर अमेरिकाको पनि रसियामा अस्थिरता सृजना गराउन नयाँ प्रपन्च सुरु भै सकेको छ। १८ जनवरीमा पुटिनका घोर विरोधी भनेर चिनिने बिपक्षी दलका नेता एलेक्सी नाभल्नि करीब ५ महिनाको उपचार पश्चात जर्मनी बाट रसिया फर्किएका छन्। उनलाई मस्को विमानस्थलबाटै हिरासतमा लिगिएको छ। रसियामा उनले पुटिन बिरुद्ध जनता थुपार्न सक्ने हैसियत राख्छन् सोही कारणले ५ महिना अघि उनलाई विषको माध्यमले मार्ने प्रयास भएको थियो। मारिने डर भएकाले नै उनि जर्मनीमा ५ महिना बसेर एका एक उनि रसिया फर्किएका छन्। यसमा अमेरिकी प्रभावको गन्ध आउँछ। यदि यो घटनाले रसियामा आन्तरिक बिद्रोह वा ब्यापक प्रदर्शन निम्तिएमा नेपालमा परिस्थिति फेरी अर्को तर्फ मोडिने छ। आशा गरौँ यो अन्धकारको कहाली लाग्दो समय सकिएर उषाको किरण नेपालमा पर्नेछ। नेपाल अमेरिकी र इन्डियन जालबाट मुक्त भएर नयाँ गतिमा शान्ति र समृद्धिको मार्गमा अघि बढ्नेछ।
नेपाल आमा को जय। जागुन् राष्ट्रिय गाथा।
अक्षांश : ६०.१६९९° उ. देशान्तर :२४.९३८४ ° पू. बाट
Comments
Post a Comment