संसद विघटनको पर्दा पछाडीका नालीबेलीको पर्दाफास ।







विगत ७० वर्षदेखिको इतिहासलाई नियालेर हेर्दा देशका राजनीतिक दल नै दलाल र दलाल भन्नु नै दल भन्ने कुरा सिद्ध भएको छ। कांग्रेस कम्युनिस्ट, माओवादी, माले, मसाल, यस्ता नामले नेपालीलाई सधै झेलाइएको छ, खेलाइएको छ, लडाईएको छ, फुटाइएको छ र राष्ट्रियता बाट छुटाइएको छ।

जुन जोगी आएपनि कानै चिरेका, जुन नेता आए पनि ठग्न पल्केका, जुन दल खुले पनि बाहिर ढल्केका, यसकारणले सारा नेपाली जनमानस आजित भएको अवस्था छ। यसलाई साइकोलोजिकल अपरेसन भनेर बुझ्दा हुन्छ। नेपालीहरुको मानसिकता बाट राष्ट्रियता प्रति वितृष्णा पैदा गर्ने डिजाइन। देशमा विद्यमान अस्थिरता सदाको लागि अन्त्य हुन्छ भने चाहे इंडियाले लीगोस्, या चिनले या अमेरिकाले बस शान्तिले जिउन पाइयोस भन्ने मानसिकता बलियो बनाउने डिजाइन। साइकोलोजिकल अपरेसन बारे बिस्तृत बताई सकेका थियौं। । आज राजनीतिक खेला तिरै अघि बढौं।

कसको गोटी, कसको प्यादा, कसको मतियार र कसको हतियार, कसको सुन्ने, कसको पत्त्याउने, कसको पछि लाग्ने, को देखि टाढा भाग्ने, विभिन्न प्रश्नको उत्तर खोज्दै गर्दा, यसै भएन उसै भएन फेरी प्रयोगशाला नै सहि भनेर, धर्मनिरपेक्षता, संघियता, लोकतन्त्र, गणतन्त्र र अन्य विविध सरकार चलाउने यन्त्र, मन्त्रलाई स्वीकारेर २०७२ मा देश चल्ने नयाँ निर्देशिका, पुस्तिका, कागजको थुप्रो अर्थात संविधान भन्ने सर्वसाधारणले न बुझ्ने, दैनिक सामाजिक चलन चल्तीमा न रहेका शब्दको पोकालाई नै सर्वेसर्वा ठानेर अघि पनि बढियो। तर पनि कम्युनिष्ट पार्टीको झगडा, जातिवादीको लफडा र कांग्रेस, जसपाको बखडा जस्ताको तस्तै, जहीं को त्यहीं रह्यो। सरकार, व्यवस्था, पात्र, पार्टीको नाम, प्रणाली, संरचना आदि शब्दजालको परिवर्तन देखेर, भोगेर, सुनेर आत्तिएको नेपाली जनता फेरी के अनिष्ट आइलाग्यो भनेर बिरक्तिएको अवस्था छ। किनकि न नै त्यो अरबौं खर्च गरेर बनेको संविधान भनिने शब्दको पोको सहि ठहर भयो, न नेता, न व्यवस्था न दल। जनप्रतिनिधिको नाममा हुँडार, गिद्ध, ब्वाँसो, स्याल मध्य एक चुन्न पर्ने बाध्यतामा नेपाली जनता फस्यो। खैर यी गालि गलौच जति ओकाले पनि नसकिने अवस्था छ। तर किन यस्तो भयो ? कसले के गर्यो, के गर्ने वाला छन् यी सबै कुरा समेटेर आजको विषय तिर प्रस्थान गरौँ।


१ एमसीसी:

हामीले बताउँदै आएका थियौं, संसद्को हिउँदे अधिवेशनमा एमसीसी जसरि पनि पास गर्ने प्रतिवद्धता हरेक पार्टीका शिर्ष टट्टूहरुले अमेरिकालाई दिएका थिए। तर इंडिया र चिन जसरि पनि एमसीसी नेपाल भित्रिन नदिने योजनामा थिए। यदि, संसद नै नरहे, एमसीसी अनुमोदन हुने अवस्था पनि रहन्न, त्यसैले यो संसद विघटनमा न इंडियाले विरोधको अभिव्यक्ति दियो न नै चिनले। गोयल आउनु, नरवाणे आउनु त्यस लगत्तै इन्डियन परराष्ट्र सचिव आउनु अनि त्यसको पर्सि पल्ट चिनियाँ रक्षा मन्त्री आउनु। यो सबै उता बाट मिलाएअको चाँजोपाँजो हो। तर अर्को कोण बाट नियाल्दा यो घटना बारे अमेरिकी अभिव्यक्ति पनि नआएकाले अमेरिकाले पनि यसको समर्थन गरेको हो भन्ने अनुमान गर्न सकिन्छ। तत्काललाई एमसीसी पास हुने अवस्था एमसीसीकै मापदण्डले रोक्छ। किनकि न लोकतान्त्रिक सरकार छ ,न संसद नै ! एमसीसी पास हुन यी २ मुख्य थ्रेशोल्ड हुन्। महिला अधिकारको सम्मान, गरिबी र माथि उठ्ने चाहना अन्य मापदण्ड हुन्। श्रोतका अनुसार अमेरिकाले पनि यो संसदबाट एमसीसी नहुने भएकाले अब आफ्ना टट्टूहरुलाई नै हरेक पार्टीले समानुपातिकमा ल्याउने र प्रत्यक्ष बाट पनि आफ्नो टट्टू हरुलाई नै जिताएर भिन्न पार्टीका अमेरिकी खेमाका हड्डी खानेको जमात संसदमा थुपार्ने र एमसीसी पास गराउने उद्देस्य राखेको छ भन्ने कुरा बुझ्नमा आएको छ।


२ मिसिनरि:

नेपालमा हावी रहेको अर्को शक्ति भनेको क्रिस्चियन मिसिनरि हो। चुनावको लागि रकम दिने तर धर्म परिवर्तनले द्रुत गति पनि लिगोस् र नेपालमा धार्मिक युद्धको लागि ठाउँ पनि बनोस् भनेर इनिहरु पनि खेल्दै छन्। अबको चुनावमा नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने बारे जनमत संग्रह गराउने उद्देस्य इनिहरुको छ। सुन्दा राम्रो सुनिएला, तर यो नै सबै भन्दा ठुलो हतियारको रूपमा प्रयोग हुने वाला छ। नेपालमा जातीयता र पहिचानको नाममा ठुलो प्रपन्च चल्दै आएको छ। र पहिचानको सवाललाई सम्बोधन पनि गर्न पर्छ, त्यसैले यदि हिन्दु राष्ट्रको मात्र मुद्दा बनेमा नेपालका अन्य धर्म किराँत, बौद्ध, बोनलाई आघात हुन्छ। यस बाहेक नेपालमा देवाली पुजा र कुल पुजाको प्रचलनलाई नै नयाँ धर्मको नामकरण दिएर हिन्दु जनसंख्या थोरै भएको छ। यसरि जनमत संग्रह गराउँदा मिसिनरीको पैसाखाने जमातले पनि हिन्दुमा मत दिने कुरा हुन्न। नेपालकै अन्य ३ मूल धर्म किराँत, बौद्ध र बोनको सम्बोधन न हुने कारणले पनि हिन्दु मत कम हुनेछ। एक चोटी जनमत बाटै हिन्दु मुद्दाले हार खाएमा केहि बर्ष पछि क्रिश्चियन देश घोषणा गराउने मार्ग खुल्ने उदेश्यले पनि मिसिनरिले नै खटाएका पास्टर केबी रोकाया हिन्दु राष्ट्रको वकालत गर्न थालेका हुन्। किराँतहरुमा पनि फाटो ल्याउने नियतले युमा र किराँत गरि दुइ तिर विभाजन चल्दै छ। नेपालमा बौद्ध धर्मका लगभग आदिबासी जनजातिलाई परिवर्तन गरि सकेका छन्। बोन धर्म त पहिल्यै बाट अल्पमत मै थियो। त्यसैले यो कुरा पनि बुझ्न जरुरि छ। यदि हिन्दु राष्ट्र मात्र भनेर अघि बढेमा हिन्दु र अहिन्दु भन्ने कित्ताकाट अझै आक्रामक धुर्विकरण जानेछ र देश ठुलो धार्मिक युद्धमा फस्ने छ। मिसिनरिको इतिहास,अन्य देशमा घटाएको घटना र चालिएको चाललाई नियाल्ने हो भने प्रष्ट छ, उनीहरु देश भित्र जातीय र धार्मिक युद्ध गराउने र बाइबल मात्र शान्ति छ भनेर घुसपैठ गर्ने गर्छन्।


३ इन्डियन चाल मिसन मधेश:

वर्तमान परिपेक्षमा राजावादी र हिन्दु राष्ट्रको आन्दोलन लाई इन्डियाले समर्थन गरे जस्तो देखियो होला तर इन्डियाले एकातिरबाट यो समर्थन दिने अर्को तिरबाट मधेस टुक्र्याउने ग्रान्ड डिजाइन चल्दैछ। त्यसमै धर्मयुद्ध ब्युँताउनको लागि अमेरिकाले पनि चाँजोपाँजो मिलाउँदै छ। उच्च अदालतको सुनुवाई मार्फत रेशम चौधरीलाई आजीवन कारावासको सजाय सुनाईनु र बहुमतको सरकार र संसद बिघटन गरिनु संयोग मात्रै होईन, योजनाबध्द रणनीति हो। रेशम चौधरीलाई २०७७ पौष ३ गते उच्च अदालतले जन्मकैदको फैसला सुनायो। तर त्यो सुनुवाई नेपाली अदालतको निर्णय नभएर इन्डियाबाट नै आएको आदेश थियो। स्मरण रहोस् नेपालका सबै न्याय विभाग देखि कर्मचारितंत्र इन्डियन दुतावासको अधिनमा छन्। एक मधेस एक प्रदेशको मुद्दा थारुहट आन्दोलनले समर्थन गरेको थिएन। त्यसकारणले नै थारुहट आन्दोलनका अगुवाहरू सहित रेशम चौधरी जेलमा सड्न थालेका छन्। बेला बेला जे पनि बोलेर चर्चामा आउने लहानु चौधरी पनि यही टोलीकै मान्छे हुन्। अब इन्डियाले रेशम चौधरीलाई जेलबाट निस्किने हो भने एक मधेस एक प्रदेश मा सहमति गर्न लगाउँछ, जसको लागि गोप्य भेटघाट सुरु भै सकेका छन्। त्यो सहमति मिल्ने बित्तिकै मधेसी र पहाडी भनेर मुद्दा चर्काउने वाला छन्, रेशम चौधरी रिहा गर, भन्ने नारा सहित आरम्भ गरिने छ तर यसलाई विस्तार गर्दै पहाडीले मधेशीलाई दबायो भन्ने स्थानमा लगिने छ। तर इन्डियाको त्यो छवि पर्दा भित्र नै रहोस भन्नको लागि इन्डियाले हिन्दूराष्ट्र र राजसंस्थाको मुद्दामा सहयोग गरे जस्तो पनि गर्दै छ। गोप्य स्रोतका अनुसार कांग्रेस पार्टी बाहिर बाहिर हिन्दुराष्ट्र राजाको विरोधी देखिएता पनि आन्दोलनमा आफ्नो कार्यकर्ताहरु खटाउने सहमति भाजपा (भारतीय जनता पार्टी)संग भइसकेको छ। स्रोतका अनुसार कांग्रेसका करिब ९००० क्रियाशील सदस्यहरुलाई हात लिगेर उनका अधिनमा भएका भेडा कार्यकर्ताको भरण पोषण गर्न भाजपाले वित्तीय सहयोग गर्दैछ।


ओलीले प्रदेश र संघियता पनि खारेज गर्ने हुन् कि भन्ने अवस्था पनि छ। यो गर्ने बित्तिकै प्रदेश २ मा आगो बल्न सुरु हुनेछ। इन्डियन डिजाइन यही हो। हिन्दु राष्ट्र र राजा ल्याउने तर तराई खाने। इंडियाको जनसंख्या २०३० सम्म चीनलाई पनि उछिनेर संसारको सबै भन्दा ठुलो हुने तथ्यांकको हिसाबले मानिएको छ। र त्यो जनसंख्याको आधा संग दैनिक उपभोगको लागि पानि नहुने पनि प्रक्षेपण गरिएको छ। यस अवस्थामा समुद्रको पानि प्रशोधन गरेर दैनिक तेती ठुलो जनसंख्यालाई उपलब्ध गराउन न नै इंडियाको बजेटले दिन्छ नै तिनको औकात त्यति छ। त्यसैले मधेश खाने नियत झन् आक्रामक शैलीमा अघि बढाउने योजना राखेको छ। मधेसको मान्छे संग इंडियाको कुनै सरोकार र चाँसो, वास्ता छैन केवल पानि लिने कुनियत छ। नेपालका हिमाल बाट आउने साना साना खोला, नाला, छहरा सबै मिसिएर तराईमा बिशाल नदि महाकाली, सप्तकोशी, नारायणी, त्रिवेणी आदि बन्छ र कुन भूभागलाई मधेस भनेर रेखाङ्कन गरेका छन् नक्सा हेर्दा सबै प्रष्ट हुन्छ।


आगामी चाल, घटना र षड्यन्त्रबारे विश्लेषण:

अब देशमा, थारुहट र मधेसवादीहरु एकजुट हुनेछन्, एकजुट नहुँदासम्म रेशम चौधरी जेलभित्रै हुनेछन्। प्रदेश र संघियता पनि विघटन हुन्छ। पहाडीले हेप्यो भनेर तराईमा रडाको सुरु हुनेछ। तराईमा हिन्दु राष्ट्र र राजाको पनि प्रदर्शन बढ्छ साथ् साथै मुसलमान गतिविधि पनि बढ्नेछ। कांग्रेसका कार्यकर्ताहरू हिन्दुराज्यको आन्दोलन चर्काउने वाला छन्। पश्चिमा र क्रिश्चियन मिसिनरिको योजनाअन्तर्गत दार्जिलिङ सिक्किम तिरबाट र फ्री (स्वतन्त्र) तिब्बतका मुद्दाको लागि छिराइएका तिब्बती शरणार्थी हामीलाई बाहुनहरूको राजा चाहिँदैन, हिन्दुराष्ट्र हुनु हुँदैन भनेर उचालिने वाला छन्।

विप्लव गतिबिधिहरु झनै आक्रामक हुने वाला छ। बाहिर सुनाउन लाई विप्लव नेपालको लागि क्रान्ति गर्ने भनेर देखाईएता पनि उसलाई अमेरिकाले नै पालीरहेको छ। विप्लव एउटा साइकोलोजिकल अपरेसन। (मनोवैज्ञानिक दाउपेच) हो। नेपालीहरूको दिमागमा डर हावी राख्नको लागि उसलाई प्रयोग गरिन्छ। कहिल्यै पनि कसैको गुलामी नखेपेको नेपालीहरुमा झुक्दै न झुक्ने नेपालको छोरो भन्ने भाव नशा नशामा बग्छ। कोहि संग नडराउने नेपालीलाई माओबादि प्रयोग गरेर डराउने बनाइयो। केहि समय अगाडी बाट नेपालीहरु फेरी निडर बनेर स्वतःस्फ्रुत रूपमा सडकमा आउने क्रम बढ्दो छ, तर डर हावी राख्न बिप्लव गतिविधि पनि चल्दै छ। शिक्षक हत्या यसैको संकेत हो।

नेपाल भित्र कुनैपनि संस्था, संगठन र शक्ति केन्द्र छैनन जसले नेपालको लागि केही गर्न सकोस्। तर पनि विश्व भूराजनीति, अमेरिकाको एमसीसीको खेला र चीनको नेपालमा अमेरिकाको प्रत्यक्ष ताण्डव रोक्ने प्रयत्नको खिचातानी ले नै नेपाल केहि हद सम्म बाँचेको छ। दुइ तिर बाट एकै स्तरको शक्तिले तान्दा तानिएको चिज जहीं को त्यँही रहने भौतिक विज्ञानको नियम नै अहिलेको नेपालको अवस्था हो। यी दुइटा मध्य चीनले जितेमा नेपाल सुरक्षित रहन्छ तर अमेरिका अघि बढ्न भ्यायो भने तेस्रो विश्वयुद्ध नेपाल भूमिबाट नै सुरु हुनसक्छ।

पार्टीहरु अब फुट्ने र ३ कित्ताका बफादारहरु जुट्ने गरि नयाँ समीकरण बन्ने छन्। हिन्दु र इन्डियन खेमाको एउटा, क्रिश्चियन र पश्चिमा खेमाको अर्को र चिनियाँ खेमाको अर्को गरि ३ धुब्रमा नेपाली दलालहरु विभाजित हुनेछन्। राजा स्थापित गर्ने तर संग संगै देशमा चरम अस्थिरता सुरु गरिने छ। चिन बिरोधि गतिविधि गराउन नेपाललाई अब अस्थिर देश बनाइने योजना छ। असफल राष्ट्र घोषणा गराएर विदेशी संस्थाले प्रत्यक्ष शासन गर्ने योजना छ। हुन त अहिले पनि देश लगभग विदेशी संस्थाले नै चलाएका छन् तर प्रत्यक्ष र सत प्रतिशत नभएको अवस्था हो, अब त्यो पाटो पनि खुल्ने छ।

सेना, प्रहरी र सशस्त्र नै देशको बिरुद्ध छन् भनेर पनि केहि विश्लेषकले बताएका छन् तर पनि सेना प्रहरी र सशस्त्रले नै निर्णायक भूमिका खेल्ने छन्। या देश डुबाउने या उतार्ने ?


नेपाल आमा को जय, जागुन् राष्ट्रिय गाथा 

अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)

Comments

Popular posts from this blog

नयाँ लहरको कारण कतै मास्क त होइन ? गोप्य खुलासा।

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

आध्यात्मको कौतुहल, रुचि भएकालाई समर्पित। म भित्र को म