Posts

Showing posts with the label soulmate

आध्यात्मको कौतुहल, रुचि भएकालाई समर्पित। म भित्र को म

Image
जन्मदाको क्षण त याद छैन। जन्मने बित्तिकै आँखा खोलेर चिहाउँदै, रुँदै, चिच्याउँदै नै जन्म लिएँ होला। कस्तो घरमा?, कस्तो वर्गमा?, के-कस्तो छिमेकमा?, कुन राष्ट्रमा जन्म लिएँ ? यी यावत कुराहरु थाहै नपाइ, हुर्कदै गएँ। हुर्कदै जाँदा परिवारले, समाजले जे जस्तो मूल्य-मान्यता थमाई दिँदै गयो, त्यसैलाई नै आफ्नो मान्दै अगाडि पनि बढें। खाली जन्मिएको थिएँ, तर वरिपरिको ईरत-गिरत अनुसार मेरो मानसिकता भरिँदै गयो र विचार पनि बन्दै गयो। जन्मिएको देश अनुसारको भाषा पनि सिकें र तोत्ले बोलीमा बोल्न पनि थालें। जानेको नजानेको आफ्नो भावना सम्बोधन भएको छ वा छैन थाहै नपाईकन तोत्ले लवजमा बोल्दै अघि बढें।  मान्छेको शरीर लिएर जन्मिएपछि सिकाइ, पढाइ, ज्ञान संकलन निरन्तर नै चल्ने रहेछ। यसबाट भाग्ने कोशिस असम्भव रहेछ। त्यसै अनुरुप विद्यालयमा भर्ना पनि गरियो, मलाई ‘म’ बन्न नदिनको लागि शिक्षकहरु खटाइएका रहेछन्। उनीहरु पनि आफूभित्रको ‘म’लाई नचिनीकिनै ‘म’लाई धेरै कुरा सिकाउन खोज्दै थिए। अझ सिधा भाषामा भन्नुपर्दा मेरो दिमागमा उनीहरुलाई उचित लाग्ने कुराहरु थोपर्दै थिए। ‘म’लाई के ठिक लाग्छ? रुची के हो ? यी कुराहरु त आमाबाबाले...