Posts

Showing posts with the label nepali congress

नेपालले खोजेको नेतृत्व। चोर वा नेता?

Image
  नेपालमा अहिले सबै भन्दा टड्कारो रूपमा देखा परेको समस्या नेतृत्वको छ। केहि दशक अघि सम्म अनपढ व्यक्तिले गरेको नेतृत्वलाई दोष लगाउने गरिन्थ्यो। अहिले पनि केहि केहि नेतागण त्यो श्रेणीमा पर्छन्। तर, पढेलेखेका, विद्यावारिधि गरेका, विज्ञ कहलिएका पात्र पनि देशको नेतृत्व गर्ने स्थानसम्म पुगेको उदारहण प्रशस्तै छन्। सबैको निर्क्योल गर्दा असफल र देश खाडलमा धकेल्ने भूमिका मात्र देखिन्छ। यसको प्रमुख कारण पढे-लेखेको नाममा आफ्नो धरातल, ईतिहास र देश परिवेस नबुझी विदेशीको सिको गर्ने र अन्यत्रको आवश्यकता हेरेर तयार पारिएका नेतृत्वको परिभाषा, पाठलाई आदर्श मान्ने दास मनोवृत्ति हो।  अंग्रेजले विश्वव्यापी शासन गर्दा आफूसामु चाकडी गर्ने व्यक्तिलाई नेतृत्वको अवसर प्रदान गर्थे। त्यहि चाकडीको रोग नेपालमा पनि सुघौली सन्धि पछि व्याप्त भयो र हाल सम्म पनि त्यसले जरो गाडेको छ। विश्लेषक सुरजीत दत्तको वाक्य साभार गर्दा, सत्यलाई सत्ता मान्ने हाम्रो समाज, हाल सत्तालाई नै सत्य मान्ने बनेको छ।  अहिले नेपालमा जति पनि पार्टी छन्, त्यसको प्रमुख नेता विदेशीको चाकडीवाज नै छन्। देशको प्रधानमन्त्रीलाई विदेशी कर्मच...

गगन थापाको मिसिनरि साँठगाँठ।। भिडिओ सहित।

Image
त्रिचन्द्र कलेजमा तडक भडक सहित विद्यार्थी नेताको रुपमा अगाडि आएका गगन थापा एकाएक कांग्रेस पार्टी भित्र खुड्किलो दर खुड्किलो पार गर्दै मंत्री हुने अवस्था सम्म कसरी पुगे ? कसले डोर्यायो ? कसले उठायो? यति छोटो समयमा यति उचाइमा कसले तान्यो र उनलाई यँहा सम्म पुर्यायो ? आजको एपिसोड यसबारेमा छ। गाली गर्ने, फलाक्ने र शब्द जाल बुन्ने खुबी भएकालाई ठूलो नेताको रुपमा हेर्ने नेपाली मानसिकताले नयाँ कोणबाट सोंच्न, अध्ययन गर्न सुरु गरोस् भन्ने उद्देश्य को साथ यी कुराहरु उजागर गर्दै छौं।  भिडिओ   उनको नेपाली शब्दमा राम्रो पकड छ भन्नेबारेमा दुईमत छैन। उनलाई यो उचाई सम्म उनको बौद्धिक क्षमता र उनको वाक् कला ले पुराएको हो भनेर उनका समर्थकहरुले बोल्ने गरेका छन्। कांग्रेसलाई अब युवा नेतृत्वको खाँचो छ र गगन अगाडि आउन पर्छ भनेर बोल्ने उनका सुभचिन्तकहरुलाई यो लेखले झट्का दिनसक्छ।   चार्ल्स मेंडेज अलिकति उनको गड फादर चार्ल्स मेंडेज बारे बुझौं। नेपालमा इसाई धर्म फैलाउन पञ्चायतकालदेखि नै सक्रिय तत्व हुन् मेंडेज। उनी थुप्रैपटक धर्म परिवर्तनको कसुरमा जेल परेका थिए। उनि बिदेशी नागरिकलाई ठगेको मुद्दामा ...