Posts

Showing posts with the label #chhath puja

छठ पर्वको वैज्ञानिक महिमा।

Image
नेपाल सभ्यता र संस्कृतिको धनि देश हो। मुख्य गरि नेपाली सभ्यता भनेको हिमाली भोट(बोन) सभ्यता, किराँत सभ्यता, मैथिल सभ्यता, शैव-शक्ता(हिन्दु) सभ्यता र बौद्ध सभ्यताको अनुपम र अद्वितीय अंतर्घुलन हो। आजको लेख विशेष गरि मैथिल सभ्यताबाट प्रारम्भ भएको र अहिले नेपाल भरि मनाइने चाड छठ/छट पर्वको बारेमा छ।  अलिकति मैथिल सभ्यताबारे छोटकरीमा बुझौँ। मिथिला क्षेत्रमा रहेको प्राचिन सभ्यतालाई मैथिल सभ्यता भनेर बुझ्न सकिञ्छ। हालको नेपालको तराई र इण्डियाको केहि भूभागमा मैथिल सभ्यताको विकास भएको हो। प्राचिन मिथिला राज्यको केन्द्र नेपालको हालको जनकपुर थियो भन्नेमा कुनै दुविधा छैन। त्यसैले, नेपाल नै मैथिल सभ्यताको केन्द्र हो भन्दा अत्युक्ति पनि हुँदैन। विशेषगरी रामायण काल र उपनिषद्कालको लागि मिथिलाको महिमा सर्वविदित छ। क्वाण्टम वैज्ञानिकहरु नतमस्तक भएर ज्ञानको उच्च दस्तावेज मान्ने उपनिषद्को विकास र मूल प्रवाह हाम्रै मिथिला बाट भएको हो। अब आजको लेखको प्रसंगमा प्रवेश गरौँ।  छठ पर्वको वैज्ञानिक महिमा।  छठ पर्व कार्तिक महिनाको शुक्ल षष्ठी(औँशी पछिको छैठौँ दिन)मा पर्छ। लोककथा र किम्वदन्तीको आधार...