Posts

Showing posts with the label projects nepal

मुलुक विदेशीको जिम्मा लगाउने खेल। बजेट २०७८/७९ ।।

Image
हरेक पटक देश खाडलमा फस्ने, देशमा उथल पुथल गर्ने मुद्दाहरु हाम्रा नेताहरुले बक्न, फलाक्न, बतुराउन र खोक्न अगाडी विदेशी जहाज नेपाल आउने चलन रहेको कुरा सबैमा जानकारी छ। अलिकति विगत एक वर्षमा भएका त्यस्ता केहि घटना बारे बताउन चाह्यौं।  १) मिति २०७७ साल वैशाख १ गते बाबुरामले ट्वीटर मार्फत आफ्ना मालिकहरुलाई  नेपाल सिध्याउने, नेपालको संस्कृति नामेट पार्ने र बिदेशी संस्कृति लाद्ने आफ्नो त्यो मिसनको लागि अझै पनि सक्षम छु भनेर आफ्नो बफादारीको सगुन टक्र्याउछन्। त्यसको एक हप्तामा, बैसाख आठ, रातारात, न कुनै सल्लाह, न कुनै सुझाव, दुइटा अध्यादेश पारित हुन्छ। एउटा संबैधानिक परिषद सम्बन्धि र अर्को राजनीतिक पार्टी सम्बन्धि। र त्यसको भोलिपल्ट बैसाख ९ मा ४५ किलो कुटनीतिक दस्ताबेज पारसल बोकेर अमेरिकाबाट N588AT नम्बरको गल्फ स्ट्रिम जेट दिउँसो करीब १२बजेर ५०मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय एअरपोर्टमा अवतरण गर्छ। अध्यादेश पारित हुनु, कोरोनाको कारणले हवाई उडान सबै ठप्प पारिएको अवस्थामा अमेरिकी जहाज नेपाल आउनु ? र त्यसको पर्सि पल्ट सबै देश भाड्ने गिरोहको एक झुण्ड एकत्रित भएर जसपा नामको पार्टी खुल्नु ?...