Posts

Showing posts from January, 2022

मोदी कलियुगमा साधुको भेषमा लुटेरा । तथ्य सहित।

Image
  आजको आलेखमा नेपालीहरुमा परेको अर्को भ्रम चिर्ने प्रयास गरिएको छ। प्राय सबै नेपाली जनताले इण्डियालाई राम्रै चिनेको, भोगेको र चेतेको अवस्था छ। तरपनि केहि केहि तेजाबे बुद्धिजीवीहरुले इण्डियासंग हाम्रो संस्कार मिल्छ, इण्डियामा रोजगारीको लागि लाखौँ नेपाली गएका छन्, त्यसैले इण्डिया नेपालको सम्बन्ध खराब गर्न हुँदैन भनेर आफ्नो प्रभावमा रहेका भेडालाई सुम्सुमाउने प्रयास गरेको देख्न सकिञ्छ। त्यस्ता पात्रलाई, "नेपालीहरु अहिले श्रम गर्न नगएको कुनै पनि देश बाँकी छैन होला, के अब ती देशले नेपालमा ठाडो हस्तक्षेप गर्ने, सिमा लुट्ने अनि हामीले तालि बजाउने ? तपाईंहरुले कति आइसी पाउनुहुञ्छ, एस्तो कुतर्क गरेर आमाको बक्षस्थलमा इण्डियन नङ्ग्राले लुछ्ने माहोल बनाए वापत? भनेर प्रश्न राख्न चाह्यौँ।  केहि केहि ठालुहरुले त पहिलेको इण्डिया र अहिलेको इण्डिया फरक छ, इण्डियाले नेपाललाई हेर्ने आफ्नो शैली फेरेको छ भनेर बकेको पनि पाइयो। अझ मोदी र उसको टिमले नेपालमा धर्म संस्कृति बचाउने छन् भनेर नेपाल भरि भारतीय जनता पार्टीको माउ संगठन राष्ट्रिय स्वयंसेवक संघको हाँगा बिगा खोलिएको छ। स्मरण रहोस्, नेपालबाट राजदरबारको

मुक्तिनाथ केबलकार मुस्ताङ्गको खानि विदेशीको पोल्टामा वा चिन विरोधी नयाँ खम्पाको बेस ? भिडिओ सहित।

Image
अरबपति व्यापारी अरुण कुमार सुबेदीलाई केहि केहिले विज्ञ पनि भन्ने गर्छन्। इनको विज्ञताले एमसीसी देश हितमा छ भन्छ। एमसीसी सैन्य संग सबन्धित छैन भनेर इनि बोल्दै आएका छन्। अझ इनको वाक्य नै सापटी लिनु पर्दा, एमसीसीका विरोधी सबै देशद्रोही हुन् अरे।  अब इनलाई अमेरिकी सैन्य दस्तावेज बाट नै ट्युसन पढाउन पर्ने देखिन्छ।  अमेरिकाको सन् २००२को राष्ट्रिय सुरक्षा रणनीतिको अमेरिकी राष्ट्रपतिको मोहर लगाइएको दस्तावेजमा व्हाइट हाउसले जारि गरेको विज्ञप्तिमा समेत मिलेमियम च्यालेन्ज एकाउन्ट एमसीएको कुरा छ भने पेज २१ र २२ मा समेत उल्लेख छ। यो अमेरिकी सरकारको होइन यो छुट्टै हो भनेर दिमाग भुट्ने प्रयास गरेका नमुनाहरुले उत्तर दिन सक्छन त, किन सुरक्षा रणनीतिको दस्तावेजमा एमसीए उल्लेख भयो ? अर्का पात्र छन् सरोज मिश्र, जसको अनुसार एमसीसी चिन घेर्न होइन होइन, चिनले भन्दा बढी नेपालीले चाँसो राखे चिन बचाउन भन्दै आफ्नो अर्धज्ञान र अमेरिकी चस्मा वा विर्को लागेको प्रस्तुत गर्दै थिए। इनलाई पनि ट्युसन छ, खोजेर पढ्ने ल्याकत भए पढ्नु नत्र यहि आलेख हेर्नु। एमसीसी इन्डो प्यासिफिक अन्तर्गत छ भनेर अमेरिकी उच्च कर्मचारी देखि सैन