मोदी कलियुगमा साधुको भेषमा लुटेरा । तथ्य सहित।

 



आजको आलेखमा नेपालीहरुमा परेको अर्को भ्रम चिर्ने प्रयास गरिएको छ। प्राय सबै नेपाली जनताले इण्डियालाई राम्रै चिनेको, भोगेको र चेतेको अवस्था छ। तरपनि केहि केहि तेजाबे बुद्धिजीवीहरुले इण्डियासंग हाम्रो संस्कार मिल्छ, इण्डियामा रोजगारीको लागि लाखौँ नेपाली गएका छन्, त्यसैले इण्डिया नेपालको सम्बन्ध खराब गर्न हुँदैन भनेर आफ्नो प्रभावमा रहेका भेडालाई सुम्सुमाउने प्रयास गरेको देख्न सकिञ्छ। त्यस्ता पात्रलाई, "नेपालीहरु अहिले श्रम गर्न नगएको कुनै पनि देश बाँकी छैन होला, के अब ती देशले नेपालमा ठाडो हस्तक्षेप गर्ने, सिमा लुट्ने अनि हामीले तालि बजाउने ? तपाईंहरुले कति आइसी पाउनुहुञ्छ, एस्तो कुतर्क गरेर आमाको बक्षस्थलमा इण्डियन नङ्ग्राले लुछ्ने माहोल बनाए वापत? भनेर प्रश्न राख्न चाह्यौँ। 


केहि केहि ठालुहरुले त पहिलेको इण्डिया र अहिलेको इण्डिया फरक छ, इण्डियाले नेपाललाई हेर्ने आफ्नो शैली फेरेको छ भनेर बकेको पनि पाइयो। अझ मोदी र उसको टिमले नेपालमा धर्म संस्कृति बचाउने छन् भनेर नेपाल भरि भारतीय जनता पार्टीको माउ संगठन राष्ट्रिय स्वयंसेवक संघको हाँगा बिगा खोलिएको छ। स्मरण रहोस्, नेपालबाट राजदरबारको शक्ति क्षिर्ण पार्न पश्चिमाको गुलामी गर्ने यहि भाजपा थियो।  अनि इण्डियामा मोदी सरकार आएबाट नै नेपालमा इसाईकरण बढेको छ। तथ्याङ्क खोज्न र हेर्न सक्नेले यो कुरा प्रष्ट संग देख्न सक्छ। भाजपाको माउ आरएसएसको काम नै मुसलमानसंग दंगा गरेर इसाईकरणमा टेवा पुराउनु हो। मुसलमानसंग दंगाको लागि त्यहि इण्डियाबाट नै रोहिंगालाई नेपाल छिराइएको छ, अफगानी पनि छिराइएको छ र बाटो त्यहि गेरुधारी मुख्यमन्त्रि रहेको प्रदेश पर्छ यसलाई संयोग मान्ने ? नेपाललाई भाजपाले सधैँ कुदृष्टि नै राख्ने गरेको छ। योगी आदित्यनाथ त त्यो दुष्ट अवैधनाथको उत्तराधिकारी हुन्, जसले हाम्रा राष्ट्र गुरु  योगि नरहरि नाथलाई चरम यातना दिएको थियो। यसबारे विस्तृतमा कुनै दिन आउने छौँ। आजको लेखको प्रसंग भारतीय जनता पार्टीको मोदी सरकार आए पछि नेपालको सिमा मिच्न र कब्जा गर्न के कस्ता दाउपेच चालिएको छ भन्नेमा केन्द्रित रहेको छ। 


आजभन्दा करिब दुईवर्ष अगाडि २ नोभेम्बर २०१९मा इन्डियाले आफ्नो नक्साको जारी गरेको थियो। सो नक्साको प्रचार गर्दा जम्मु कश्मिरलाई समेटेर नयाँ नक्सा बन्यो भनेर गरियो। तर नेपालसंगको विवादित भनिएको लिपुलेक लिम्पियाधुरा कब्जा गर्ने कुचेष्टा पनि त्यहि नक्सामा भएको थियो। अघिल्लो पटक नक्सा जारि गरे पछि नेपालमा चर्को विरोध भएको थियो। इण्डियाको मालिक बेलायत संग गरिएको सुघौली सन्धिलाई आधार बनाएर नेपालमा बहस चल्न थाले पछि, ८ नोभेम्बर २०१९मा इण्डियाले फेरी आफ्नो नयाँ नक्सा जारि गर्यो। त्यो नक्सामा नेपालसंगको सिमा मिलाउनु भन्दा पनि लिपुलेक, लिम्पियाधुरा सर्लक्क खाने आधार बनाउनुमा केन्द्रित थियो।

नेपालले सुघौली सन्धिलाई आधार मानेर अन्तर्राष्ट्रिय सहयोग मागेमा, काली नदि सम्म नेपाल हुने हुञ्छ। र त्यसो भएमा पनि इण्डियाले अहिले हडपेको लिपुलेक, लिम्पियाधुरा सहितको ३७० वर्ग किमि क्षेत्र आफ्नै बनाउने दाउपेच सहित फेरी नक्सा जारि गरेको छ। 


इण्डियाले अघिल्लो नक्सा जारि गरेको बारे नेपालभरी विवाद भएता पनि इण्डियन रक्षा मन्त्रि राजनाथ सिंहले कैलाश मानसरोवर सडकखण्ड उद्घाटन गरे। कोरोनाले लक्डाउन भएको बेला कम्प्युटरमा इन्टर हानेर सो सडक उद्घाटन गर्ने राजनाथ सिंह भाजपा सरकारकै रक्षा मन्त्रि हुन्। अर्थात राष्ट्रिय स्वयंसेवक संघका पिउसा हुन्। अनि सबैलाई स्मरण रहोस् मोदी प्रधानमन्त्री भएको एक वर्ष नबित्दै नेपालको लिपुलेकलाई आफ्नो भनेर चिनसँग व्यापार नाका बनाउने सम्झौता गरेका थिए। यसको विरोध गरे बापत सुशील कोइराला मारिएका थिए भनेर नेपालमा धेरै चर्चा उठेको थियो। साधु, ध्यानी सुशील कोइरालाको हत्या गराउन सक्ने मोदी भाजपा अर्थात राष्ट्रिय स्वयम्सेवक संघलाई बेलैमा चिनौँ। 


डिसेम्बर १५,२०२१मा त्यहि राजनाथ सिंहले देहरादुनमा आयोजना गरिएको कार्यक्रममा नेपालीलाई अर्को विषले भरिएको ललिपप चुसाउने वाक्य बोले। उनले नेपाल र इण्डियाको सम्बन्ध बिगार्न विदेशी शक्तिले काम गर्दै छ भनेर बके।  त्यति मात्र होइन, बरु आफ्नो शिर झुकाउने तर नेपाल संग सम्बन्ध नबिगार्ने भनेर चेपारो शैलीमा छेपारो पाराको वाणी व्यक्त गरे। इनिहरुले आफ्ना करतूत, नेपालमाथि गरेको ज्यादती देख्दैनन् तर नेपालीले उनको करतूत बारे आवाज उठाएमा विदेशी शक्तिले उकास्यो भनेर बोल्छन्। इनलाई सानो दृष्टान्त दिएर हेरौँ,  "राजनाथजी यदि तिम्रो घरमा घुसेर तिम्रो छिमेकीले, तिम्रो मातालाई लछार्ने, कोपार्ने गरेमा बोल्छौ वा विदेशीले मेरो दिमाग भुट्यो भनेर आफ्नो आमालाई बलात्कार गरेको हेरेर मनोरंजन लिञ्छौ ?"


राजनाथ सिंहले त्यो ललिपप फालेको केहि दिनमै इण्डियाले नयाँ संस्करणको नक्सा जारि गर्यो। जसमा इण्डियाले सुघौली सन्धिको आधारबाट काली नदीलाई सिमा मानेर केहि कुटनीतिक पहल भएमा पनि लिपुलेख, लिम्पियाधुरा आफुले हडप्न सक्ने चाल चलेको छ।

यो भन्दा अघिल्लो नक्सामा पनि त्यहि तुच्छता इण्डियाले प्रकट गरेको थियो। २०१९को नोभेम्बर २को नक्सामा इण्डियाले काली नदि भन्दा वर नेपाल तिर रहेका लिपुलेक लिम्पियाधुरा आफ्नो नक्सामा पारेको थियो र काली नदि पनि आफ्नै नक्सामा पारेको थियो। यसको नेपालमा धेरै नै विरोध भए पश्चात नोभेम्बर ८मा काली नदिको नाम मात्र हटाएर, अरु लिपुलेक र लिम्पियाधुरा आफ्नै सिमा भित्र पारेर अर्को नक्सा निकाल्यो। तर अहिले फेरी आएको नयाँ नक्सामा लिपुलेक लिम्पियाधुरा तिर काली नदि नपर्ने गरि, कुटी याङ्ग्दि बाट आएको नदीलाई काली नदि भनेर लेखेको छ। यसले काली नदि सम्म नेपाल रहने सुघौली सन्धिको बुँदाको आधारमा नेपालले पहल गरे पनि, काली नदि त उता छ भनेर नेपाली भूमि हडप्ने  घटिया योजनाको लागि ठाउँ दिनेछ भन्ने इण्डियन चालको धृष्टता दर्शाउँछ। 


त्यो नक्सा जारि भएको २ हप्ता नबित्दै, ३० डिसेम्बरमा उत्तराखण्डको हल्द्वानीमा इण्डियाको प्रधानमन्त्रि नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार गर्ने कुरा गर्वको साथ् भाषणमा फलाकेका थिए। यस बारे नेपालमा कुनै पनि चाँसो चिन्ता प्रकट नभएको देख्दा कम्फर्टेबल सरकार बनाउने प्रचण्डको उद्देश्य सफल भएको बुझ्न सकिञ्छ। संगसंगै नेपालमा आफुलाई राष्ट्रवादी भन्दै युट्युबमा क्षयरोगी जसरी खोक्ने वुद्धिजीवी, विश्लेषक, अभियान्ता पनि मौन छन् भने टायर बालेर, सडक जाम गरेर जनता दुःखी बनाउने विप्लव, वैद्य, सिके रावत देखि कांग्रेस, एमाले, माओवादीका विद्यार्थी र युवा संगठन पनि दुलो पसेका छन् भन्न पर्ने नै हुञ्छ। 


नेपालीहरुको दिमागमा साधु महात्मा हिन्दु धर्मको रक्षक, नेपाल बचाइदिने मसिहा भनेर आरएसएसका नेपाली कारिन्दाले मोदीको छवि निर्माण गराउने प्रयास गरेतापनि अहिलेको मोदीको भाषण र आदित्यनाथको मौनताले इनिहरुले नेपाललाई के सोच्छन् प्रष्ट हुञ्छ। कलियुगमा साधुको भेषमा लुटेरा हिँड्ने छन् भनेर चलेको लोकोक्तिलाई मोदीले सत्य सावित गराएका छन्। आफूलाई साधुसन्त भन्न रुचाउने तर छिमेकी देशको जमिन, त्यसरी लुट्ने लुटेराहरु ढोंगी हुन् र तिनको सम्मान गर्नु भनेको आमा बलात्कारीलाई सम्मान गर्नु सरह हो।


सबै नेपालीले यस आलेखमा व्यक्त भएको विचार देशको पक्षमा छ भन्ने लागेमा र आफुलाई देशप्रेमी सोच्नु हुञ्छ भने सरकारलाई खवरदारी गराउने आफ्नो दायित्व पुरा गरौँ । मोदीको ट्विटर, फेसबुकमा गएर आफ्नो विचार व्यक्त गरौँ। नेपाल सरकारलाई कुटनीतिक पहल अघि बढाउन सबै नेता, अभियान्तालाई प्रश्न गरौँ, सबै मिडियाकर्मीले यो घटनाको निरन्तरता सहित प्रकाशन गरौँ। 

नेपाल आमाको जय 

जागुन् राष्ट्रिय गाथा। 


नेपालमा इण्डियाको राष्ट्रिय स्वयंसेवक संघ भन्ने संस्थाले आफ्नो राजनीतिक हाँगा भाजपाको माध्यमले गरेको ज्यादती बुझ्न याँहा क्लिक गर्न सक्नु हुञ्छ। 



अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 


शिवगौरीदास (अनुप)


Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।