Posts

Showing posts with the label शिवगौरीदास (अनुप)

खुवालुङ फोड्ने नियतको नालीबेली । मिसिनरि योजना! विकास वा मूल धर्म बिनास?

Image
खुवालुङ फोड्ने नियतको नालीबेली  संसद बिघटन पश्चात २०७७को माघ र फाल्गुन महिनामा नेपाल कम्युनिष्ट पार्टीको आमसभा, शक्ति प्रदर्शन अथवा हड्डी, झोल र नोट फालेर बेरोजगार थुपार्ने प्रतिस्पर्धाको निकै ठुलो होड चलेको थियो। कुन गुटले धेरै मान्छे थुपार्न सक्छ भनेर, "मेरो गुटमा धेरै झोले छन्, मलाई आशिर्वाद दिनु, मलाई कुर्सीमा चडाइदिनु" भन्ने बिदेशी मालिक रिझाउने नाटक र नौटंकी मात्र थिए, ती सबै तथाकथित आमसभा। देशमा स्वतः स्फ्रुत रूपमा युवापिडि अहिलेको तन्त्र, व्यवस्था, सरकार,  संविधानले देश झन् ठुलो खाडलमा खस्ने अवस्था देखेर यसको बिकल्पमा राजतन्त्र चाहियो भन्दै सडकमा निस्की रहेका थिए। त्यो भीडमा कसैको लगानी छ कि भनेर खोजि पनि भए। तर त्यो भीड यथार्थमा स्वतः स्फ्रुत रहेछ भन्ने चाल पाए पछि, डा बाबुरामले युवापिडिलाई, “गणतन्त्रको भात पाक्न ढिला भयो भनेर राजतन्त्रको गोबर नखाऔं” भन्ने अभिव्यक्ति सामाजिक संजालबाट व्यक्त गरेका थिए। कमल थापाले यहि दाउमा आफ्नो रोटि सेक्न निकै कसरत पनि गरेका थिए। तर उनको दोगला चरित्र बुझिसकेका युवा जमातले, "उनको पार्टीको झण्डा सहित त्यस प्रदर्शनमा घुसपैठ भयो, रा...

देशको समस्याको मूल जरो । विचार उत्तेजक लेख।

Image
यहाँका मानिसहरु दिमाग/मस्तिष्क प्रयोग गर्न नरुचाउने हो। कसैको भाषण, कसैको फोटो, कसैको लेख; देखेको, पढेको, सुनेको भरमा आँखा चिम्म गरेर आफ्नो मस्तिष्कलाई उसको पाउमा चडाउने प्रवृत्ति हो ।   म त सक्दिन कोहि आउला र उसको गुलाम बनौंला भन्ने चिन्तनले पनि दासता झल्काउँछ। कुनै सामाजिक संस्था, पार्टी, संगठन, सरकारी निकाय, कार्यालय आदि कसैले केही निर्णय लिएमा किन?  के का लागि? भनेर सोध्न नसक्ने कौतुहलता मरेका मानिसहरूको कारण नै देश हाल यो दुरावस्थामा छ । आफ्नो विचार व्यक्त गर्न भन्दा कसैको आदेशको प्रतिक्षामा बस्ने मनोवृत्ति पनि सामाजिक संस्था, पार्टी, संगठन, सरकारी निकाय, कार्यालयमा हावी भएको छ । कसैले सत्य खोज गरेर उजागर गरेमा एकपटक त्यो खोज्नु भन्दा आफूले स्वीकारेको मानसिक गुलामीको बचावमा अरिङ्गाल सरह व्यवहार गर्ने चलन नै खाल्टो खन्ने औजार हो । त्यसले देशलाई रसातलमा पुराउन थालि सक्यो। जबसम्म प्रश्न सोध्ने ल्याकत आउँदैन तबसम्म परिवर्तन धेरै परको कुरा हो । यदि प्रश्न गर्दा प्रश्नबाट भाग्ने, कुरा चपाउने, सन्दर्भलाई मोड्ने गर्छ भने त्यस्ताको पछि लाग्नु भनेको आधुनिक दास प्रथाको गुलाम रह...

शिक्षा : इतिहास, बर्तमान नेपालको अवस्था, र भविष्य

Image
मान्छेलाई विवेकहीन, प्रश्न गर्ने क्षमता नास गर्ने, जसले जे गरे पनि रमिता हेरेर बस्ने, आवाज उठाउन नसक्ने भेडा सरह बनाइदिने अक्षरारम्भ भनेर ठगी धन्दा चलाउने विद्यालयदेखि सावधान । यिनै विद्यालयबाट पढेका नै अहिले बलत्कारी, भ्रष्टाचारी, देशद्रोही, राष्ट्रघाती छन् । पढाउने कसरी भन्ने कुरा नबुझेकाले विद्यालय चलाउने जमाना छ, त्यही कारणले देशमा यो अवस्था निम्तिएको हो । देशमा जति धेरै पढेलेखेका जनसंख्या थुप्रिएको छ, उति धेरै नकारात्मकता मौलाएको छ । कस्तो किसिमको शिक्षा दिँदैछौं?  तिमीहरु आफैंमा फेल छौ, के उत्तीर्ण र अनुत्तीर्णको  नाटक गर्छौ ? सबै ठग्ने नियतले खोलेका विद्यालय संचालकको दिमागमा रहेको कुविद्या हटोस् । विद्याको महत्व, उद्देश्य महिना-वारि शुल्क उठाउने मात्र हैन, एक असल नागरिक, असल मानिस बनाउनु हो । यो कोणबाट सोच्न सक्ने क्षमता सबैमा खुलोस् । चोरेर अङ्क थुपार्ने प्रवृत्ति हटेर जावोस् , अङ्क भन्दा ज्यादा आचरणमा ध्यान पुगोस् तब मात्र शिक्षा सफल हुनेछ । अटेरी, चोर, मनपरी बोल्ने, मनपरी खाने र अनैतिक आचरण छ तर चिट चोरेर अंक धेरै ल्यायो भने त्यो नै उत्कृष्ट!! कठै तिम्रो मापदण्ड !!...