शिक्षा : इतिहास, बर्तमान नेपालको अवस्था, र भविष्य



मान्छेलाई विवेकहीन, प्रश्न गर्ने क्षमता नास गर्ने, जसले जे गरे पनि रमिता हेरेर बस्ने, आवाज उठाउन नसक्ने भेडा सरह बनाइदिने अक्षरारम्भ भनेर ठगी धन्दा चलाउने विद्यालयदेखि सावधान । यिनै विद्यालयबाट पढेका नै अहिले बलत्कारी, भ्रष्टाचारी, देशद्रोही, राष्ट्रघाती छन् । पढाउने कसरी भन्ने कुरा नबुझेकाले विद्यालय चलाउने जमाना छ, त्यही कारणले देशमा यो अवस्था निम्तिएको हो । देशमा जति धेरै पढेलेखेका जनसंख्या थुप्रिएको छ, उति धेरै नकारात्मकता मौलाएको छ । कस्तो किसिमको शिक्षा दिँदैछौं?  तिमीहरु आफैंमा फेल छौ, के उत्तीर्ण र अनुत्तीर्णको  नाटक गर्छौ ? सबै ठग्ने नियतले खोलेका विद्यालय संचालकको दिमागमा रहेको कुविद्या हटोस् । विद्याको महत्व, उद्देश्य महिना-वारि शुल्क उठाउने मात्र हैन, एक असल नागरिक, असल मानिस बनाउनु हो । यो कोणबाट सोच्न सक्ने क्षमता सबैमा खुलोस् । चोरेर अङ्क थुपार्ने प्रवृत्ति हटेर जावोस् , अङ्क भन्दा ज्यादा आचरणमा ध्यान पुगोस् तब मात्र शिक्षा सफल हुनेछ । अटेरी, चोर, मनपरी बोल्ने, मनपरी खाने र अनैतिक आचरण छ तर चिट चोरेर अंक धेरै ल्यायो भने त्यो नै उत्कृष्ट!! कठै तिम्रो मापदण्ड !!  तिम्रो रीस पोख्ने भाडो होइन ती बाल बच्चा , तिम्रो श्रीमतीको, श्रीमानको, सासु/ससुराको लगायत घरेलु तनाव उतार्ने ठाउँ होइन विधार्थी ,चेतना भया ।

शिक्षा विकारे सकलो विकारः शिक्षा सुधार सकलः सुधारः

 

शिक्षा : इतिहास,  बर्तमान नेपालको अवस्था, र भविष्य


शाब्दिक अर्थमा जाने हो भने शिक्षा ले सिक्ने, जान्ने, बुझ्ने अर्थ दिन्छ । तर शिक्षाको मूल उद्देस्य सिकाउने, बुझाउने, जनाउने भन्दा पनि बोध गराउने हो । बोध गराउने अर्थात, सिकेको कुरा आफ्नो जीवनमा सकारात्मक परिवर्तनको लागि प्रयोग गर्ने । अब कुरा गरौँ अहिलेका शिक्षित समुदायको, जथाभाबी फोहोर फाल्न हुँदैन भनेर नसिकेको, नजानेको र नबुजेको को होला? तरपनि त्यहि शिक्षितले बसको झ्यालबाट या आफ्नो निजि गाडीको झ्यालबाट, जंगल, खोला या मैदान या बाटो; हरेक ठाउँमा फोहोर फाल्दै हिड्छ! कारण, उसलाई बोध भएको छैन । प्रसङ्ग चल्दा अझै एउटा कठोर तितो यथार्थलाई उदारहणको रूपमा प्रस्तुत गरौँ : अहिले लोकसेवामा नाम निकालेर सरकारी काम गर्ने देखि लिएर  प्रशासनको उच्च ओहोदाको कुर्सीमा बस्ने प्राय: सबै उच्चशिक्षा हाशिल गरेका कर्मचारी छन् तर सबै भन्दा धेरै भ्रष्टाचार हुने ठाउँ पनि त्यहि बनेको छ ।  आफ्नो आमा बाबालाई वृद्धाश्रम लगेर राख्ने पनि पढे लेखेको मानिसले नै गर्दै छ, सामाजिक दायित्व, पारिवारिक मर्यादा नबुजेको जैविक रोबटको रूपमा परिवर्तन हुँदै छन् अहिलेको पिडि । उनीहरुलाई डाक्टर, इन्जिनियर, सी. ए. आदि त बनाउन सफल भएको छ अहिलेको शिक्षा प्रणाली तर एउटा जिम्मेवारी बोध भएको नागरिक भने किन दिन सकेको छैन होला? 

यँहा आएर के साबित हुन्छ भने हाम्रो शिक्षण संस्थाहरु "फेल"  भएका छन् । एउटा बालकलाई १५ देखि २० बर्षसम्म आफ्नो संस्थामा सिकाएर कथित शिक्षित बनाएर समाजमा छोड्दछन् तर त्यो मानिस समाजको लागि हानिकारक तत्व बनेको छ कि भन्ने तिर हाम्रो शिक्षण संस्थालाई चाँसो छैन । केवल महिनाबारी फिस र मार्कसिटमा धेरै अङ्क; त्यो मात्र अहिलेको शिक्षण संस्थाहरुको प्रमुख  चाँसोको बिषय बनेको छ । हरेक बैसाखमा गत बर्ष धेरै अङ्कको साथमा उत्तीर्ण भएको बिद्यार्थीको तस्बीर सहित प्रचार गरिन्छ , हाम्रो बिद्यालय बाट पढेकाले ठुलो पदमा जागिर खाएको छन् आदि सुनाइन्छ । तर हाम्रो बिद्यालय बाट अगाडी आएका बिद्यार्थीहरु इमान्दार, नैतिकवान, देशप्रेमी छन् भन्न सक्ने सायद बिरलै संस्था होलान्। यस तर्फ सोंच न गए सम्म देशमा शिक्षाको जुन उद्देस्य हो त्यो कहिले प्राप्ति हुन सक्दैन ।

कुनैपनि देशको जनामनासमा कस्तो सोंच हाबि हुने?,  मानसिकतामा कस्तो बिचार खेल्ने?  र देश कुन दिशामा अग्रसर हुने ? भन्ने कुराहरु त्यस देशको शिक्षा प्रणालीले निर्धारित गर्छ । अहिले हाम्रो देशलाई अन्तराष्ट्रिय  निकायहरुले भ्रष्ट देशको संज्ञा दिन्छन् । अब देश भनेको के हो ? त्यताबाट कुरा गरौँ । देश भनेको जमीन, जंगल खोला नाला होइन, समाज, गाउँ, नगर, सहरको एकत्रित रुपलाई देश भनिन्छ । समाज भनेको मानिसको संगालोलाइ  भनिन्छ । यँहा बाट यो प्रस्ट हुन्छ कि मानिस अथवा नागरिकहरु नै देश हो । कुनै देशलाई भ्रष्टको संज्ञा दिइएको छ भने, खासमा के चिज भ्रष्ट भएर देश भ्रष्ट कहलिएको होला ? यदि पढेलेखे  भनाउँदाको र अनपढ गँवार वा अन्य कुनै गुण्डा फटाहाको मानसिकतामा दुरुस्तै (ठगि, घूस जस्ता नकारात्मक) सोंच बहन्छ भने त्यो शिक्षाले के दिलायो ?  त्यस्तो शिक्षाले देशलाई कता तर्फ डोराउँदै छ, देशको बर्तमान कति अन्धकारमय भएको छ ? यहि तरिकाको  शिक्षा नीति रही राख्यो भने देश कँहा पुग्ला? के यो देशमा कुनै त्यस्तो शैक्षिक संस्थाहरु छन् जसले एउटा जिम्मेवारी बोध भएको असल नागरिक बन्न पनि सिकाउँछ ? सँधै अङ्क थुपार्ने कुरामा केन्द्रित भएर अगाडी बढ्दा कस्तो अवस्थामा आइ सकियो? त्यति आँखा खुलेको छ होला कि त्यो आँखा पनि नखुल्ने अवस्थामा नै रोमलिएको छ होला ? अहिलेको शिक्षित बिज्ञ समुदायलाई पनि यो प्रश्न सोध्ने चेष्टा गर्यौं।। 

संसार कति छिटो परिवर्तन भै रहेको छ, तर हाम्रो शिक्षा प्रणाली अझै पनि झन्डै २ सताब्दी अघिको  स्तरमा छ । कुन मनस्थिति लिएर डिजाइन गरिएको शिक्षा हो, के उद्देस्य बोकेर बनाइएको थियो निकै थोरैलाई थाहा छ । सन् १८२५मा जब युरोप(पश्चिमा बिशेष गरि बेलायत ) मुलुकहरुमा आर्थिक मन्दी छायो त्यँहाको बिज्ञहरु बसेर अनुसन्धान गर्न थाले उनि हरुको निस्कर्ष उद्योग, कलकारखानामा काम गर्न जान्ने दक्ष कामदारहरुको कमि भएर उत्पादन हुन सकेन, बिक्रि वितरणमा ज्ञान नभएको भएर बिक्रि हुन सकेन। त्यसैले आफ्ना अर्थ प्रणाली  सम्बन्धि मात्र शिक्षा दिने हिसाबले शिक्षा प्राणाली बनाइयो । त्यति बेला लगभग बिश्व उनीहरुको उपनिवेश हुने गर्थ्यो ।  उपनिवेशी प्रवृत्तिकै सोंच राखेर संसार भरि त्यो शिक्षा प्रणाली लादियो, जसको उद्देस्य निम्न तरिकाको जनमानिस सिर्जना गर्नु थियो: "कार्यालयको कागजात सम्बन्धि र उद्योगको उत्पादन सम्बन्धि कम गर्न सक्ने तर आफु भन्दा माथिको निकायलाई प्रश्न सोध्न नसक्ने"।  

कौतुहलनै मानिस र अन्य प्राणि बिचको फरक दर्शाउने गुण हो । कौतुहल छ तेसैले नै मान्छेले प्रगति गर्छ। आधुनिक विज्ञानको पिता आइनस्टाइनले एउटा अन्तरवार्तामा उनको ज्ञान र तीक्ष्ण बुद्धि र आविष्कारको कारण आफ्नो कौतुहल रहेको बताएको छन् । “अहिलेको शिक्षाले खासमा हामीहरुको खुबी र कौतुहल सम्बन्धि काम गरेको छैन । परिक्षामा अङ्क ल्याउँदैमा त्यो मान्छे अव्बल छ भन्न मिल्दैन ।  यदि माछालाई रुख चढ्न  नसके तिमी बुद्धु हौ भन्दिने हो भने उसले आफुलाई जिन्दगि भरि बुद्धु सोच्ने छ र आफ्नो पौडीमा सर्वश्रेष्ठ कला सम्बन्धि भान पाउने छैन " भन्ने टिप्पणी समेत गरेका छन् ।  

कौतुहलको महत्वको बारेमा अलिकति भूमिका पश्चात फेरी त्यँही १८३० तिरको  प्रश्न सोध्ने बानि मारिने तरिकाले रचिएको शिक्षा प्रणाली सम्बन्धि कुरा अघाडी बढाउँ । प्रश्न सोध्ने बानि मारिने किसिमले शिक्षा प्रणाली अगाडी सारियो । एउटा ४ बर्षको बच्चाले दिनमा  ३०० वोटा प्रश्न सोध्छ, तर बच्चालाइ विद्यालय पनि त्यहि उमेर बाट पठाइन्छ । उसलाई शिक्षकले  एउटा हातले आफ्नो ओंठ थिचेर चुप छाप बस्ने इशारा दिन्छ र अर्को हातमा लौरो देखाएर तर्साएको  हुन्छ । सायद आजभोली लौरो देखाइन्न होला तर पनि पनिस्मेंट(सजाए) को डर उसको मानसपटलमा छिराइएको हुन्छ । यो डरले उसको प्रश्न सोध्ने बानि मार्दिन्छ । डाक्टर ब्रुस लिप्टनको अनुसार एउटा बच्चाले ७ बर्षको उमेर सम्म जे सिक्छ, त्यहि अनुरुप उसको संसार बन्छ । यदि ३ बर्ष बाट नै प्रश्न सोध्ने खुबी मारियो भने, कौतुहल मरेको जैविक रोबोट तयार हुने नै भयो । जसले कहिले पनि प्रश्न सोध्ने आँट गर्दैन। यस्तो जमात थुप्रिए पछि जसले जे गरे पनि आवाज उठ्ने भएन । त्यहि अनुरुप पश्चिमाहरुले शिक्षा नीति फैलाए र हामी त्यहि अनुरुप बनेका छौं । जसले जे गरे पनि हामीहरु आवाज उठाउन सक्दैनौं । 

अब  शिक्षण संस्थाहरुले येस्तै भेंडा थुपार्ने कि बुद्धिजिबी थुपार्ने भन्ने निर्णय राख्ने समय आएको छ । शिक्षामा सुधार ल्याएर समाज र देशलाई आफ्नो ऋण तिर्ने र गुण लगाउने समय आएको छ । सबै तयार भएर यस बिषयलाई गम्भीर ढंगले मनन गरेर अगाडी बढ्न जरुरि देखिन्छ । देशको अवस्था कता जाने कस्तो बन्ने निर्णय राख्ने समय आएको छ ।

शिक्षा बारे हाम्रो अवधारणा


नेपाल आमा को जय। जागुन् राष्ट्रिय गाथा।


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)

Comments

Popular posts from this blog

भ्याक्सिन नै नयाँ भेरियेण्टको कारण भएको खुलासा। तथ्य सहित।

नयाँ लहरको कारण कतै मास्क त होइन ? गोप्य खुलासा।

कोरोना: फैलाउने योजना धेरै अघि तय भएको थियो। प्रमाण सहित।