Posts

Showing posts from October, 2021

देश विरुद्ध नयाँ षड्यन्त्र। चुनाव र जनमत संग्रह ।।

Image
नेपालमा विदेशीले लादेको अहिलेको व्यवस्था, तन्त्र र संविधानबाट सबै नेपाली आजित भएर बरु राजतन्त्र रहँदा, गरि खाने माहोल त थियो ! अहिले त ठगको संगत नगरी देश भित्र बस्नै नसकिने, टिक्नै नसकिने, कुनै पनि ठगलाई एक रुपैयाँ दिन्न, भ्रष्टाचारीलाई प्रोत्साहन गर्दैन भन्ने मानव विदेश पलायन हुने वाध्यता निम्तियो भनेर सबै इमान्दार, कर्मठ र निष्ठावानले पुर्पुरो समातेको अवस्था छ भने ठगसंग हजुर तपाईं गर्ने सेटिङ्ग मिलाउने, भ्रष्टाचारीलाई ज्यु हजुर गर्ने, फूलमाला लगाउने, सिधा भन्दा तलवा चाट्नेको नेपालमा फलिफाप नै फलिफाप छ । यो समस्याले न कुनै जात नकुनै भाषिक समुदाय, कोहिलाई छोडेन। आफ्नो श्रम बेचेर ज्याला मजदुरी गर्न सोझो साझो मेहिनेती, इमानका पक्का नेपालीहरु देशभन्दा बाहिर रहेर परिवार भन्दा टाढा हुने अवस्था छ। नेता जति सबै ठग रहेछ भनेर उस्कोलागी बन्दुक बोक्ने, गोलि खाने, कुटाइ खाने सबैले चेतेको अवस्था छ। अहिले नेपालमा सायदै कुनै त्यस्तो घर होला जसबाट कुनै एउटा सदस्य विदेशिएको नहोस्। अलि अलि पुर्खौली सम्पति रहेकाले पनि इमान निष्ठा सहित नेपाल भित्रै बाच्ने जोहो गर्दै छन्, केहि राम्रा जागिर पाएकाले पनि इमा

आरएसएस, भाजपा, रोहिङ्गा र माओवादी । सबैको नाभी जुडेको छ।

Image
नेपालमा माओवादीले के गर्यो कसको इशारामा गर्यो यो सबैलाई थाहा भैसकेको छ। माओवादीलाई इण्डियामा पाल्ने, प्रशिक्षण देखि तालिमको लागि सबै व्यवस्थापन गर्दिने इण्डियन कांग्रेस मात्र नभएर आरएसएस अर्थात राष्ट्रिय स्वयंसेवक संघकै राजनीतिक साखा भाजपा पनि थियो भन्ने कुरा जोकोहीलाई हजम नहुन सक्छ। माओवादीलाई करीव ४ वर्ष कांग्रेस र ६ वर्ष भाजपाले नै ज्वाईं सरह पालेको थियो। अनि रोहिङ्गा नेपालमा थुपार्ने काम पनि भाजपाले गर्दै छ भन्दा धेरैको रुद्रघण्टी चिलाउन सक्छ। तर यथार्थ, कल्पना भन्दा पनि भयावह, रहस्यमय र अपत्यारिलो हुञ्छ, हुनसक्छ। आजको लेखले यहि कल्पना भन्दा पनि परको यथार्थलाई अगाडी ल्याउने प्रयास गर्ने छ।  आरएसएस, भाजपा र नेपालमाथि गिद्धेदृष्टि  इण्डियाको भाजपा(भारतीय जनता पार्टी) अखण्ड भारतको मुद्दा लिएर अघि बढ्दैछ, जसको उद्देश्य नेपाली भूमिलाई इण्डियामा गाभ्नु हो। र हरेक इण्डियन चुनावमा नेपालमा रहेको मुक्तिनाथ देखि पशुपतिनाथसम्म इण्डियन भूमि बन्ने प्रतिबद्धता दिएर इण्डियन हिन्दुहरूको भोट लिने गरेको खुलासा हाम्रा दिल्लीमा बसोबास गर्ने साथीले पनि गरेका थिए । र भाजपाको पितृ संगठन आरएसएस हो। अर्थात