Posts

Showing posts from December, 2021

नेपाल एकिकरणको लुकाइएको ईतिहास। भिडिओ सहित।

Image
नेपाल एकीकरणको परिचयात्मक इतिहास र नेपालबारे संक्षिप्त परिचय। नेपाल राष्ट्र आजभन्दा करिब २४ सय वर्ष अगाडि कैलाश देखि गंगा सम्म, कश्मिरदेखि बर्माको केहि भूभागसम्म फैलिएको कुरा किरातकालिन नेपाली नक्सा; जुन चीनको हान राज्यको नक्शामा हेर्दा छिमेकी देशको रुपमा देख्न सकिञ्छ। यस आधारमा पहिलो पटक नेपालको राज्य विस्तार किराँत राजा यलम्बरले गरेका थिए। प्राचिन हिमवतखण्ड पनि त्यहि देशको संस्कृत नाम हो। हिमाली राज्यको नामले परिचित बिशाल भुमि पछि विस्तारै किरातकाल मै स-साना राज्यमा विभाजित भयो। कालान्तरमा काठमाडौँलाई मात्र नेपाल भन्ने चलन बस्यो। फेरि लिच्छविकालमा अंशुवर्माको पालामा नेपाल एकीकरण भयो। तर फेरि बिस्तारै अनेकन राज्यमा खण्डित हुँदै बिभिन्न स्थानीय भाषाभाषीका अनुसारको नामले चल्न थाले। काठमाडौ उपत्यका नेपाल नामले नै खडा भयो, त्यहाँको संस्कृति, भाषा, लिपिले अझै पनि त्यो विरासत बोकेको छ, जसलाई नेपाल भाषा भनिञ्छ। आधुनिक नेपालमा राजा पृथ्वीनारायण साहले आफ्नो प्राचीन वैभव विरासतलाई पुनर्जागरण पुनः एकीकरण गरेर नेपालका धर्म संस्कृति परम्परा रितिरिवाज यथावत राखेर सबैलाई नेपाली हुनुको सार्थकता बोध

अमेरिकी प्रायोजित आतंकवाद।

Image
अमेरिका नाम गरेको देश यथार्थमा देशै होइन। संसारका ठूलाठूला व्यापारिक घराना(एलिट)हरुले संसारमा आफ्नो आधिपत्य जमाउन, हैकम चलाउन र दादागिरी देखाउनको लागि प्रयोग गरेको देशको नाममा एउटा मुखौटा हो भनेर अमेरिकी लेखक, सामाजिक चिन्तक, आलोचक जर्ज कार्लिनले धेरै ठाउँमाबोलेका छन्। यहि कुरा हामीले वैश्विक भूराजनीतिको बारेमा तयार पारेको एक वर्ष अघिको लेख र भिडिओमा बताइसकेका छौँ।   जुन देशमा अमेरिकाले मनपरी गर्न पाउँदैन,  त्यो देशमा अमेरिकाले नै आतंकी समुहहरु खटाएर, वित्तीय सहयोग लगानी गरेर  अस्थिरता मच्चाएर, राष्ट्रसङ्घको माध्यमले त्यो देशबाट वैश्विक आतंकवादको खतरा भयो भन्ने प्रतिवेदन तयार पारेर आफ्नो अभिष्ट पूरा गर्ने गरेको इतिहास साक्षी छ।  विभिन्न मुलुकहरुमा भएका जति पनि युद्धहरू छन् चाहे आन्तरिक वा अन्तरदेशीय; ती सबैमा अमेरिकी लगानि रहेको कुरा जगजाहेर भइसकेको छ। अफगानिस्तान छिर्नको लागि अमेरिकाले आफ्नै ट्वीन टावर आफैँले खसालेको थियो भनेर अमेरिकी बुद्धिजीवीहरुले नै अनुसन्धान गरेर शोधपत्र, लेखहरु एवं डकुमेन्ट्रीहरु समेत प्रकाशन गरिसकेका छन्। इराकमाथि आफ्नो मनपरीतन्त्र चलाउनको लागि आणविक बमको ह

नेपाल बनाउने हो भने, शिक्षाको यो अवधारणा चाहिञ्छ।

Image
  अघिल्लो लेखमा नेपालको शिक्षा नीति अमानव उत्पादनमा   केन्द्रित रहेको कुरालाई व्याख्या गरेका थियौँ। नेपालमा मात्र नभएर विश्वका प्राय सबै देशमा त्यहि शैलीको शिक्षा प्रणाली लागु गरिएको छ। जसको उद्देश्य “कार्यालयको कागजात सम्बन्धि र उद्योगको उत्पादन सम्बन्धि काम गर्न सक्ने तर आफु भन्दा माथिको निकायलाई प्रश्न सोध्न नसक्ने” दास मनोवृत्ति भएका मानव सिर्जना गर्नु हो। आज यसलाई कसरी चिर्न सकीञ्छ भन्ने समाधान सहित आएका छौँ। केहि दोषहरु। १ ) विद्यालयको हालत शिक्षा बाट नै विचार प्राप्त हुञ्छ, दृष्टिकोण निर्माण हुञ्छ र यसैले चेतनाको स्तर निर्धारण गर्छ। यी कुरा ख्याल नराखेमा शिक्षा हानिकारक सिद्ध हुन सक्छ। शिक्षाको बिषय वस्तु उचित वा अनुचित भनेर देशको नतिजाले दर्शाउँछ। अहिले देशको अवस्था नियाल्ने हो भने यो कुरा सत्य छ, हालको शिक्षा पतित अवस्थामा छ। जति पढ्यो उति तुच्छ मानव निर्मित हुँदै छ। उदारहण पढे लेखेको मानिस थुप्रिने ठाउँ काठमाडौँ देशको सबै भन्दा दुषित ठाउँ बनेको छ। पढे लेखेकोले प्रतिस्पर्धा गरेर नाम निकालेर जागिर खाने ठाउँ लोकसेवा, निजामति र प्रशासन सबै भन्दा भ्रष्ट ठाउँ बनेको छ। हाम्रो शिक्षा

अर्थ प्रणाली, अर्थ तन्त्रको नयाँ चिन्तनको आधार: सर्वैकत्त्व अर्थतन्त्र ।

Image
  धृष्ट फाइदावाजी(नाफाको लागि जति पनि गिर्ने) किसिमको अर्थतन्त्र अहिले सबै देशमा व्याप्त छ। संसारको ९०% धन केवल १ प्रतिशत ब्यापारीको अधिनमा छ। सारा संसारमा हुने निर्णायक गतिबिधिहरु त्यही एक प्रतिशतको इच्छाअनुसार नै चल्दै छ । दया, माया, मानवता भन्ने भावहरु यिनीहरूको चेतले देख्दैन । सारा संसारलाई आफ्नो अधीनमा प्रयोग गर्न चाहन्छन् । सबै देशहरुलाई यिनीहरुले विशेषगरी बैंकको सहाराबाट आफ्नो पकडमा राखेका हुन्छन् । संसारमा अहिले यही अर्थनीति कै कारणले मानिसहरु विभिन्न मनोरोगका शिकार बन्ने गरेका छन् । यिनीहरूकै ठूला-ठूला औद्योगिक प्रायोजन कै कारणले पृथ्वीमा विभिन्न (अ)प्राकृतिक प्रकोपहरु भैरहन्छन् । प्राकृतिक स्रोतको चरम दोहनको कारणले पृथ्वीका उत्तरी र दक्षिणी धुर्वमा बरफका पहाडहरु र अन्य (हिमाली) भूभागका हिमनदीहरु तीव्रगतिमा पग्लीरहेका छन् । उद्योगधन्दा संचालन गर्न अगाडी विभिन्न आयामहरुको अध्ययन गर्न पर्छ तर आफ्नो फाइदा र स्वार्थको लागि ठूला-ठूला उद्योगहरुले सरकारलाई यस्ता नीतिहरु कार्यान्वयन गराउन दिँदैनन् । प्रकृतिसँगको तादात्म्यता नरहेमा जैविक प्रणालीको अस्तित्व नै नरहने अवस्था सृजना हुञ्छ