अर्थ प्रणाली, अर्थ तन्त्रको नयाँ चिन्तनको आधार: सर्वैकत्त्व अर्थतन्त्र ।

 धृष्ट फाइदावाजी(नाफाको लागि जति पनि गिर्ने) किसिमको अर्थतन्त्र अहिले सबै देशमा व्याप्त छ। संसारको ९०% धन केवल १ प्रतिशत ब्यापारीको अधिनमा छ। सारा संसारमा हुने निर्णायक गतिबिधिहरु त्यही एक प्रतिशतको इच्छाअनुसार नै चल्दै छ । दया, माया, मानवता भन्ने भावहरु यिनीहरूको चेतले देख्दैन । सारा संसारलाई आफ्नो अधीनमा प्रयोग गर्न चाहन्छन् । सबै देशहरुलाई यिनीहरुले विशेषगरी बैंकको सहाराबाट आफ्नो पकडमा राखेका हुन्छन् । संसारमा अहिले यही अर्थनीति कै कारणले मानिसहरु विभिन्न मनोरोगका शिकार बन्ने गरेका छन् । यिनीहरूकै ठूला-ठूला औद्योगिक प्रायोजन कै कारणले पृथ्वीमा विभिन्न (अ)प्राकृतिक प्रकोपहरु भैरहन्छन् । प्राकृतिक स्रोतको चरम दोहनको कारणले पृथ्वीका उत्तरी र दक्षिणी धुर्वमा बरफका पहाडहरु र अन्य (हिमाली) भूभागका हिमनदीहरु तीव्रगतिमा पग्लीरहेका छन् । उद्योगधन्दा संचालन गर्न अगाडी विभिन्न आयामहरुको अध्ययन गर्न पर्छ तर आफ्नो फाइदा र स्वार्थको लागि ठूला-ठूला उद्योगहरुले सरकारलाई यस्ता नीतिहरु कार्यान्वयन गराउन दिँदैनन् । प्रकृतिसँगको तादात्म्यता नरहेमा जैविक प्रणालीको अस्तित्व नै नरहने अवस्था सृजना हुञ्छ भन्ने साधारण कुरा पनि नबुझेर आफ्नो क्षणिक फाइदाले भविष्यमा मानव जाति नै लोप हुने अवस्था सृजना गराउन आधुनिक अर्थतन्त्रका निर्माताहरु लागिरहेका छन् । 

अब नयाँ युगको उदय हुन जरुरी छ । न पुँजीवाद, न समाजवाद, न साम्यवाद।  अब पृथ्वीवाद/प्रकृतिवादसर्वैकत्त्व अर्थतन्त्र

यस चराचर जगत प्रकृतिमा रहेका सबैको हित अनुकूल चल्ने अर्थतन्त्र हो प्रकृतिवाद । यसमा भूगोल अनुसार प्राकृतिक स्रोत, सांस्कृतिक स्रोत लगायत अन्य स्रोत-साधनका संरक्षण, पुनः प्रयोगको सुनिस्चितता नै पहिलो प्राथमिकता रहञ्छ। मानवस्रोतमा मेहनत, सीप, कला, ज्ञान आदिको मूल्यांकन समय अनुकूलको बजार भाउ, उचित बास स्थान, बालबालिकाको पढाइ खर्च, स्वास्थ्य खर्च /बिमा आदिलाई मध्यनजर गरी न्यूनतम पारिश्रमिक तोकिएको हुञ्छ। ज्ञान अनुसारको मान, उमेर अनुसारको आदर, र दक्षता अनुसारको सम्मान , यी तीन अवयव नै समाज सञ्चालनको मुख्य नीति रहञ्छ। यसले समाज संचालन,राज्य संरचना/संचालन , वैयक्तिक उद्विकास, प्रकृतिको संरक्षण/सदुपयोग, प्राणी जीव/ निर्जीव सबै अस्तित्वमा रहेका अवयवहरुको सम्मान, समावेशीकरणको साथै हरेक तत्वलाई धन/अर्थ/द्रव्य/सम्पत्तिको रुपमा लिएर सो


हि अनुरुपको व्यवहारिक कोण आत्मसाथ गर्दै अघि बढ्ने अवधारणा व्यक्त गर्दछ । 

सर्वैकत्त्व दर्शनको प्रक्कथनमा उल्लेख गरिएको निम्न हरफहरुबाट कुरा बुझ्न थप सहज हुनेछ।  मानिसको मनको शान्ति, आत्मसन्तुष्टिको बृहत एवं सुक्ष्म सम्बोधन र सुनिश्चितता नै समाज तथा राज्य संचालनको प्रमुख मार्गदर्शक रहनेछ । सो क्रममा मानिसबाहेक अन्य सबै मानव समाजमा रहने जीव प्राणी स्रोतको संरक्षण लगायत भावनात्मक सुख/दुःख आदि बारे चिन्तन प्रणालीको परस्पर अवधारणा रहनेछ । वन/प्रकृति अथवा मानव समाज भन्दा पर रहने स्रोत, संसाधन, प्राणी, खनिज, सजीव / निर्जीवको पनि समान अस्तित्व छ र सबैको उत्तिनै महत्व छ भन्ने मूल अभिप्राय रहने छ।

समुदाय प्रमुख रहेर हरेक निर्णय गरिन्छ। बजारलाई समुदायले निर्धारण गर्ने अवस्था यसले निर्माण गर्ने छ। अहिले बजारले समाज, देशलाई निर्धारण गरेको छ। नीति नियम सबैमा बजार निर्णायक रहेको छ। 

कम्पनीहरुका कामदारहरु मासिक पारिश्रमिकमा आफ्नो गुजारा टार्ने तर कम्पनिका साहुहरु मात्र धनि बन्ने अहिलेको धृष्ट बजार अर्थतन्त्रलाई विस्थापन गरेर, श्रमिकको पनि केहि प्रतिशत शेयर हुने प्रणाली रहने छ। यसले कम्पनीका कामदारहरु पनि कम्पनीका मालिक रहने छन्। कामदारको मृत्यु वा कुनै दुर्घटनाले काम गर्न नसक्ने अवस्थामा उसको परिवारको सदस्यले काम गर्ने छ र स्वामित्व पनि हस्तान्तरण गरिने छ। पुँजी  र श्रम दुवैलाई लगानीको स्वरूपमा अगाडी उठाइने छ। मुद्राको मुल्य कागजी नोट अनुसार हुने प्रचलन हटाएर यथार्थमा मुल्यवान धातु/रत्न अनुरुप रहने छ। हालको आर्थिक कारोबारमा मुल्य सहितको वस्तु, खनिज, रत्न आदि धितोको रूपमा एलिट वर्गले राख्ने र बदलामा कागजी नोट दिने अवस्था छ। यसले हरेक देशको मुल्यवान स्रोतहरु एलिट वर्गको भौल्ट(सुरक्षित दराज)मा थुप्रिएको छ तर मूल्यहिन कागज लिएर सबै देश मुर्ख बनाइएको छ। यसको विस्थापन हुन जरुरी छ र मुल्य अनुसारको मुद्रा पुनः निर्माण गरिने छ। मूल्य बाराबारको असर्फी, धातु आदिको टुक्रा सहित मुद्रा बनाइने छ। 

बजेट विनियोजन गर्ने बेला हरेक स्थानीय तहको आवश्यकता र मागको उचित मुल्यांकन गरेर उपलब्ध बजेटलाई आवश्यकताको स्तरअनुसार प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्छ।  हरेक माग पूरा गर्नसक्ने बजेट नहुनसक्छ, त्यसैले आवश्यकतालाई प्राथमिकतामा लिएर बजेटको सदुपयोग गर्न जरुरी हुन्छ। सर्वैकत्त्ववादमा नागरिकको हक अधिकारको वोध साथै सबै नागरिकलाई कर्तब्यवहनको पनि परस्परता सुनिश्चित गरिन्छ। 

स्वास्थ्य र शिक्षा हरेक नागरिकले निशुल्क पाउन पर्छ।  १८ वर्षको उमेर पछि हरेक नागरिकले आफ्नो इच्छा र रुचि अनुसार शिक्षालाई अगाडि बढाउन पाउने अधिकार हुन्छ। हरेक नागरिकले आफ्नो इच्छाअनुसारको योग्यता पश्चात २ वर्ष पारिश्रमिक बिना राष्ट्रसेवामा लाग्नुपर्छ। राष्ट्रिय पूर्वाधारहरूको निर्माणमा मुख्यतयः लाग्न पर्ने हुन्छ, तर अन्य योग्यता छ भने समाजसेवामा पनी लाग्न सकिन्छ। शारीरिक बनावट र क्षमताले सक्ने अवस्था छ भने सैन्य तालिम, प्रहरी तालिम मा लाग्न पर्ने छ।  बेरोजगार कोईपनि रहनेछैन। र कर्म नगरी कोही पनि बस्न पाउने छैन । यदि शारीरिक रुपले अशक्त अवस्था हो भने उसलाई राज्यले सम्पूर्ण सुविधा दिएर जीवन जिउने आधार उपलब्ध गराउन पर्छ। र उनीहरुले पनि गर्न सक्ने, गर्न सक्छु भन्ने कामहरु गर्न व्यवस्था गरिन पर्छ। शरीर नचले पनि मस्तिष्कले नीति, विचार आदि दिन सक्छ भने त्यसको व्यक्त गर्ने, अवसर प्रदान गर्ने र देश/समाजको हितमा छ भने कार्यन्वयनको सुनिश्चितता गर्नु पर्छ। 

६५ वर्षको उमेरसम्म सेवामा लाग्न पर्ने छ। सेवा भन्नाले जागिर मात्र हुने होइन। यदि कसैको रुचि उद्यमशिलता र उद्योगमा छ भने त्यसलाई पनि सरकारले पूर्ण समर्थन, र सहजताको लागि भूमिका निर्वाह गर्न पर्नेछ।  उद्योगधन्दा कलकारखानाहरु निजी, सामुदायिक एवं सरकारी हरेक किसिमको हुन सक्ने व्यवस्था रहेको हुन्छ।  तर करको दायरा तिनवटै तहका लागि भिन्न किसिमको हुनेछ। सामुदायिक कलकारखानाहरु समुदायमा रहेका हरेक वस्तुको सदुपयोग संरक्षण र रैथाने अवयवहरूको प्राथमिकतामा रहने छ, निजी र सरकारी कलकारखानाहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका बजार हेरेर आफ्नो गतिविधि गर्न सक्नेछ। हरेक किसिमका उत्पादन गर्ने क्रममा त्यसको प्राकृतिक स्रोतको पनी भरपाइ(पुनः प्रयोगको लागि आवश्यक मात्रा निर्माण गरिएको, वातावरणमा हुने नकारात्मक असरको न्यूनीकरण आदि)हुने सुनिश्चिता रहनुपर्नेछ। वातावरणको स्तर पर्यावरणको स्तर र त्यसमा पर्ने असरको मानव स्वास्थ्य मानव जीवन यी सबैको पनि क्षय नहुने सुनिस्चितता गर्नुपर्नेछ। त्यसको लागि उद्योग कलकारखाना कहाँ रहने? कुन क्षेत्रमा खोलिने? यी सबै कुराको मापदण्ड तयार गर्नु पर्नेछ। कुनै पनि वस्तुको कारणले यदि स्वास्थ्य वातावरणलाई निकै प्रतिकूल असर राख्छ भने त्यसलाई निरुत्साहित गर्न पर्नेछ। सोक्रममा प्राचीनकालदेखि चलिआएको रीतिरिवाज संस्कृति छन् भने त्यहि समुदायलाई मात्रै त्यसको प्रयोगको अनुमति दिइनेछ तर विक्रि वितरण गरेर धृष्ट फ़ाइदावाजि मानसिकतालाई निरुत्साहित गरिने छ। प्रकृति, संस्कृति, मानवता र विश्वशान्तिको संरक्षण हुने प्रणाली नै सर्वैकत्त्व अर्थ प्रणाली हो। अबको पथ सर्वैकत्त्ववाद ।

यसको आधार भूमि-काल सापेक्ष गतिशिलता अनुरुप रहने छ। 


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 


शिवगौरीदास (अनुप)




Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।