Posts

Showing posts with the label hatyakand

दरबार हत्याकाण्डमा संलग्न बाह्य शक्ति। भिडिओ सहित।

Image
दरबार हत्याकाण्डको २ दशक बिति सकेको छ। यस बिचमा धेरै कुराहरु सुनिए, धेरै कुराहरु पढिए र भिडिओहरु पनि हेरिए। त्यसैको आधारमा विभिन्न जानकारी संकलन गरेर केहि वैश्विक चलखेलको मध्येनजर गरेर अनुमान,सत्य, तथ्य सबैको मिश्रण गरेर यस कार्यक्रम तयार पारिएको छ।  दरबार हत्याकाण्डको चुरो कुरो बुझ्न दरबार र विदेशी टकराव बुझ्न जरूरी हुन्छ। त्यसैले, आजको एपिसोडमा थोरै भूमिका सहित राजा महेन्द्र प्रति विदेशी मनमुटाव बारे उजागर गर्ने छौं। केहि हप्तामा राजा विरेन्द्रको वंश देखि नेपाल बाट राज संस्था नामेट पार्न चालिएका प्रपन्च लिएर आउने छौं। नेपालमा राजसंस्था सबै भन्दा शक्तिशाली संस्थाको रूपमा रहेको थियो भन्ने कुरा सबैलाई अवगत नै छ। नेपाल भित्र बाट मात्रै त्यसलाई कमजोर पार्न र विस्थापन गर्न असम्भव थियो। त्यसैले विदेशी चलखेलमा नेपालीको सहयोगबाट त्यो घटना( राजाहरुको हत्या ) घटाइएको थियो। प्रसंग सुरु गरौँ, राजसंस्था र विदेशी शक्ति विच उत्पन्न मनमुटाव र टकराव बाट।  तत्कालिन इस्ट् इंडिया कम्पनिको नजर नेपाल माथि थियो। अंग्रेजको पञ्जा बाट नेपाली मूल धर्म बचाउन एक जना रक्षक(बडा महाराज पृथ्वी नारायण शाह) जा...