कोरोना: फैलाउने योजना धेरै अघि तय भएको थियो। प्रमाण सहित।


जर्मनीमा 'सूचनाको लागि चिकित्सकहरु' भन्ने एक समूहका ५०० भन्दा धेरै डाक्टर एंव विशेषज्ञहरुले राष्ट्रिय स्तरको पत्रकार सम्मेलनको आयोजना गरि एक अदभूत वक्तव्य जारी गरे ।

जारी गरिएको वक्तव्यमा उल्लेख भएअनुसार 'कोरोना एक नाटक हो । यो एक घोटाला हो । यो एक भ्रम हो । यो चरम समय आएको छ कि यसबारे हामीले बुझ्दैछौं कि हामी एक वैश्विक आतंकको मध्य भागमा छौं । 

चिकित्सा-विशेषज्ञहरुको यो विशाल समूहले एक चिकित्सकिय समाचारपत्र प्रकाशन गर्दछन, जुन हरेक हप्ता पाँच लाख प्रती छापिन्छ र मुलधारका सञ्चारमाध्यममा आउने गलत सूचनाहरुको जालो चिर्दछन । उनिहरुले युरोपभर ठूलाठूला विरोध प्रदर्शन पनि गरेका छन् । जस्तो कि २९ अगस्ट २०२० मा जहाँ एक करोड बीस लाख मानिसहरुले हस्ताक्षर गरे र कौयौं लाख मानिसहरु प्रदर्शनमा उपस्थित भए ।

किन यी ५०० भन्दा धेरै विशेषज्ञहरु यो महामारीलाई विश्वव्यापी आतंक भन्दछ्न ? यिनिहरुलाई यस्तो के थाहा छ जो हामीलाई थाहा छैन् ?


'कोभिड-१९ एक झुठ महामारी हो जुन रणनीतिक उदेश्यका लागि निर्मित छ । यो एक वैश्विक अधिनायकवाद हो स्वास्थसँग जोडेर ल्याइएको हो । हामी चिकित्सक, सञ्चारमाध्यम र राजनीतिक अधिकारीहरुलाई सत्य कुरा उजागर गर्दै यो आपराधिक कर्म रोक्न अनुरोध गर्दछौं ।'

जर्मनी र स्पेन मात्र दुई उदाहरण हुन् । यस्तै प्रकारका थुप्रै चिकित्सकहरुका ठूला समूह विश्वका विभिन्न देशमा क्रियाशिल रहेका छन् । संयुक्त राज्य अमेरिकामा एउटा वृत्तचित्र (Documentary) छ, जसले कोभिड-१९ एक आपराधिक कर्म भनेर पर्दाफास गर्दछ यसलाई करिब २८ हजार चिकित्सकहरुको समेत समर्थन छ । 

किन विश्वभरका चिकित्सक एंव विशेषज्ञहरुले यस महामारीलाई अपराध भनिरहेका छन् ? उनिहरुसँग यस बारे कस्तो सूचना छ जो हामीले मुलधारका सञ्चार क्षेत्रबाट प्राप्त गर्न सकिरहेका छैनौं ? हामी तपाईंहरुलाई तलका केही तथ्यहरुलाई अवलोकनका लागि निमन्त्रणा गर्दछौं । ताकी तपाईंहरु खुल्ला दिमाग लगाउन सक्नुहोस र आफ्नो निष्कर्षमा पुग्नुहोस ।

सन् २०१९ मा कोभिड-१९ को परिक्षणको प्रतिलिपी अधिकार दिइसकिएको थियो । सन् २०१५ मा 'कोभिड-१९' को 'एक परिक्षण एक प्रणाली' को प्रतिलिपी अधिकार रिचार्ड लथ चाइल्डलाई दिइएको थियो, नेदरल्यान्ड सरकारको सहमतिमा । अर्थात् केही बुझ्नुभयो ? सन् २०१५ मा यो रोग अस्तित्वमा आउनु भन्दा अगावै यसको परिक्षण विधि तयार भैसकेको थियो । यससम्बन्धी थप जानकारी यहाँबाट लिन सक्नुहुनेछ । (कोरोना ठगी काण्ड)

लामो सास लिनुहोस र अझै गहिरिन दिनुहोस 

करोडौं संख्याका कोभिड-१९ परिक्षण किटहरुको बिक्रिको तथ्यांक २०१७/२०१८ 

हामी सबैलाई थाहा भएकै कुरा हो कोभिड-१९ रोग सन् २०१९ को अन्त्यतिर चीनमा देखा पर्‍यो । तसर्थ यसको नाम कोभिड-१९ राखियो । जो कोरोना भाइरस रोगको संक्षिप्त रुप हो । एकीकृत व्यापार सोलुसन (World Integrated Trade Solution) बाट लिइएको तथ्यांकले पनि आश्चर्यजनक तथ्यहरु देखाउँदछ । 

सन् २०१७ र २०१८ मा कोभिड-१९ आउनु भन्दा दुई वर्ष अगाडि नै विश्वभर करोडौं करोडका संख्यामा कोभिड-१९ परिक्षण किटहरु वितरण भैसकेका थिए । यो आश्चर्यजनक तथ्यांक कसैले ६ सेप्टेम्बर २०२० मा पत्ता लगायो र सामाजिक सञ्जालमा उदांगो पारिदियो । त्यसको भोलिपल्ट संसारभर यो भाइरल हुन पुग्यो । अनि ६ सेप्टेम्बरमा World Integrated Trade Solution (WITS) ले यसलाई 'कोभिड-१९' को सट्टा 'मेडिकल टेस्ट कीट' भनेर नाम बदल्यो । 

WITS को यस्तो गतिविधिले जहाँ पहिलेको नाम 'कोभिड-१९' भनेर किटान गरिएको थियो र पछि यसलाई 'मेडिकल टेस्ट कीट' भनियो' यसले यो प्रमाणित गर्छ कि उनिहरु कोभिड-१९ बारे दुनियाँले केही थाहा नपाउन भन्ने चाहान्थे । यद्यपि तिनिहरुले एक कुरा हटाउन वा लुकाउन बिर्से: प्रोडक्ट कोड, जो अहिलेको तथाकथित 'मेडिकल टेस्ट कीट'मा लेखिएको छ । ३००२१५ यही नै कोभिड-१९ टेस्ट किटको प्रोडक्ट कोड हो । 


कोभिड-१९ सन् २०२५ सम्मको लागि तयार गरिएको एक परियोजना हो । 

विश्व बैंकको तथ्यांकले बताउँछ कि कोभिड-१९ सन् २०२५ सम्म चल्ने एक परियोजना हो । सन् २०२५ को मार्च महिनाको अन्त्य सम्म । अर्थात् अर्को ५ वर्षसम्म जारी रहने एक शृङ्खला ... । 

सन् २०१७ मा एन्थोनी फाउचीले बडो आश्चर्यजनक सुनिश्चितताकासाथ एक नौलो भविष्यवाणी गरेका थिए । पूरा विश्वासका साथ फाउचीले यो घोषणा गरेका थिए कि राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा एक संक्रामक रोग विश्वभर फैलिने छ । उनले भनेको कुराको सार यस्तो छ:


'यहाँ कुनै प्रश्न नै उठ्दैन कि आगामी प्रशासनका लागि संक्रामक रोगको क्षेत्रमा एक भयावह चुनौती आउनेवाला छ । यो आश्चर्यजनक महामारी हुनेछ । यसबारे कसैको दिमागमा कुनै शंका नै छैन् ।'

फाउचीले ट्रम्प प्रशासनको पहिलो कार्यकालमा यस्तो आश्चर्यजनक महामारी फैलिने कुरा कसरी बताउन सके ? उनीहरुलाई के त्यस्तो कुरा थाहा थियो जो हामीलाई थाहा थिएन ? 
 
विल गेट्स र मेलिन्डा गेट्सले एक भयावह विश्वव्यापी महामारीको ग्यारेन्टी गरेका थिए: 

सन् २०१८ मा एक सार्वजनिक कार्यक्रममा, विल गेट्सले एक भयानक विश्वव्यापी महामारीले आफ्नो यात्रा गरिरहेको र यसले २ अरब मानिसलाई सदाको लागि सिध्याउन सक्ने कुरा बताएका थिए । उनले आउने दशकमा यो भयावह घटना घट्न सक्ने बताएका थिए । मेलिन्डा गेट्सले यसैमा थप्दै कृत्रिम रुपमा पारिएको भाइरस मानवताको लागि झनै खतरनाक हुन सक्ने र यसले आउने दशकमा मानवतालाई तहसनहस गर्न सक्ने एकिन गरेकी थिइन् । 

उनिहरुले दाबी गर्छन् कि संसारको घना जनसंख्या भएका क्षेत्रका कारण भयावह महामारी फैलन्छ । तर, तपाईं आफैं इमानदार भएर हेर्नुस्, अमेरिकाको आकाशमा हवाई यात्रा गर्दै झ्यालबाट पृथ्वीमा चियाएर हेर्नुस् कि अमेरिकामा मात्रै सयौं त्यस्ता विशाल ठाउँहरु छन् । जहाँ मानिसको कुनै बस्ती छैन्, खुल्ला धर्ती छ, जहाँ कुनै शहरहरु छैनन् । अमेरिकामा अहिले पनि खाली र खुल्ला जमीन छन् । यही अवस्था रुस, अष्ट्रेलिया, भारत, चीन, अफ्रिका आदीको छ । गैर आवादी क्षेत्र विश्वभर छ । हाम्रो पृथ्वी विल गेट्सले जबर्जस्ति विश्वास गर्न लगाए झैं जहीँतही मानिसको जनसंख्याले भरिएको छैन् । यो हाम्रो भू-नक्साले पनि बताउँछ । 


पृथ्वीको अधिकतम हिस्सा अझैपनि मानव उपस्थितिबाट धेरै टाढा छ, खाली छ, शुन्य छ । यसर्थ पृथ्वीमा जनसंख्या अति धेरै भो भन्ने कपोलकल्पित आधारमा रचना गर्न बाध्य पारिएको भयावह विश्वव्यापी महामारीको कथा एक झुठ हो । 

गेट्स दम्पतीले हवाई यात्राले पनि महामारी निम्त्याउन सक्ने बताएका थिए । तर, गएको शताब्दीभर अनगिन्ती मानिसहरु हवाई यात्रा गरेकै थिए । के त्यसले निरन्तर कुनै वैश्विक महामारी निम्त्यायो त ? विल्कुल निम्त्याएन । 

उनिहरुको तर्क जसले आगामी केही वर्ष भित्र विश्वव्यापी महामारी निम्त्याउने छ भन्ने कुरालाई जोड दिन्छ यो नै झुठ हो । त्यसो भए के का आधारमा यिनिहरु गलत भविष्यवाणी गरिरहेका छन् त ? 

यो महामारी सुरु हुनु केही महीना अगाडि विश्वका नम्बर १ भ्याक्सिन व्यापारी विल गेट्सले एक कार्यक्रम आयोजना गरेका थिए, न्युयोर्क शहरमा । अनुमान लगाउनुहोस त्यो कार्यक्रम के का बारेमा थियो ? त्यो यही 'कोरोना भाइरस महामारी' को तयारीका बारेमा थियो । हो तपाईंले सही पढ्नुभयो । 

महामारी हुनुअघि विल गेट्सले कोरोना भाइरस महामारीको अभ्यास गरेका थिए:

एक अडिटोरियमको विशाल पर्दामा केही शब्दहरु लेखिएका थिए: 'हामीले त्यस्तो परिघटनाका लागि तयारी गर्नु छ, जो महामारी बन्दछ ।' यही महामारीको अभ्यासका लागि भएको यो परिघटनालाई इभेन्ट २०१ भनिन्छ जो २०१९ को अक्टोबरमा आयोजना गरिएको थियो । उनिहरुले यस अभ्यासको एउटै निष्कर्ष थियो- 'सबै मानिसहरुलाई खोप लगाउनै पर्छ, इभेन्ट २०१ नामको यो कार्यक्रमको आयोजनाको मुख्य उदेश्य संसारलाई कोरोना भाइरस महामारी को लागि तयार गर्नु थियो । जुन महामारी यो घटना लगत्तै सुरु भयो । 

यो इभेन्ट लगत्तै विल गेट्सले आफ्नो ट्विटरमा लेखेका थिए 'म एकदम उत्साहित छु कि आगामी वर्ष विश्वले सर्वोत्कृष्ट खरिद गर्ने छ, खोपको ।' 


सोच्नुहोस, विश्वको नम्बर १ भ्याक्सिन व्यापारीले आउने केही वर्षमा विश्वभर महामारी फैलिने छ भनि ग्यारेन्टी गर्दछ र उसको श्रीमतीले कृत्रिम भाइरस फैलिने दिशामा छ भनी डर देखाउँछिन् । अनि उनिहरु कार्यक्रम आयोजना गर्छन् र दुनियाँलाई भन्दछ्न कि यो महामारीको लागि तयारी गर्ने कार्यक्रम हो र भ्याक्सिन मात्रै यस महामारीको एकमात्र समाधान हो । त्यस लगत्तै भ्याक्सिनको खरिद बढ्नेमा आफू उत्साहित भएको ट्विट गर्छन् । अनि यस लगत्तै महामारी सुरु हुन्छ । 

यसअघि सन् २०१३ मा एक संगीतिज्ञले एक रचना गरेका थिए । 'महामारी' शिर्षकमा । उनको शब्द अनुसार एक विश्वव्यापी महामारी हुनेछ जसले करोडौं मानिस मार्नेछ, अर्थतन्त्र ध्वस्त हुनेछ र हिंसात्मक दंगाको सिर्जना गर्नेछ । 

उनको गीतको एक पंक्ति यस्तो छ 


यी संगीतकारलाई २०१३ मा यस्तो कोरोना भाइरस महामारी २०२० मा फैलिन्छ भन्ने कसरी थाहा भयो होला ? यस बीचमा दंगाहरु सुरु हुन्छन् भन्ने ज्ञान कसरी भयो होला ?

उनी ब्याख्या गर्छन्: 'मैले सन् २०१२ मा एक अनुसन्धान गरे र षड्यन्त्रको सिद्धान्त भन्ने बारे अध्ययन गरे, त्यस्ता अनुसन्धानहरु जो ठूला सञ्चार जगतले कहिल्यै हामी जस्ताले थाहा नपाउन भन्ने चाहान्छ्न । त्यो 'षड्यन्त्रको सिद्धान्त' अनुसार यस्ता महामारीहरु २०२० देखि २०३० को बिचमा हुने शतप्रतिशत विश्वासका साथ लेखिएको पाए र त्यसैको आधारमा मैले यो गित लेखेको हुँ ।' 

सेप्टेम्बर २०१९, ठिक यो महामारीको सुरुवात अगाडि Global Preparedness Monitoring Board ले एक रिपोर्ट सार्वजनिक गरेको थियो । जसको शिर्षक थियो 'यो विश्व खतरामा छ ।' यो रिपोर्टले कोरोना भाइरसको महामारीका लागि तयार रहन जोड दिएको थियो ।

यो रिपोर्टको बाहिरी कभर पेजमा कोरोना भाइरस र फेस मास्क लगाएका मानिसहरुको फोटो छापिएको थियो । 

यस रिपोर्टमा एक चाखलाग्दो रिपोर्ट यस्तो छ 'संयुक्त राष्ट्रसंघ, साथमा विश्व स्वास्थ संगठन मिलेर दुई प्रणालीवद्व तालिम र प्रक्षेपण अभ्यासले योजनावद्व रुपमा प्राणघातक स्वासप्रस्वास सम्बन्धि रोगको प्रकटीकरण कसरी गर्ने भन्ने तालीम प्रदान गरेको छ ।' 

उनीहरु जानीबुझिकन प्राणघातक स्वासप्रस्वास रोगको सिर्जना गर्ने अभ्यास गर्दै आएका थिए ।

सन् २०१८ मा The Institute for Disease Modeling ले एक भिडियो निर्माण गर्‍यो जसमा यो देखाइएको थियो कि एक फ्लू भाइरस चीनबाट उत्पत्ति हुँदैछ, वुहान क्षेत्रबाट र विश्वभर फैंलदै करोडौंलाई मार्दै छ ।

यसलाई उनिहरुले 'A Simulation for a Global Flu Pandemic' नाम दिए । ठ्याक्कै दुई वर्ष पछि त्यही भयो । किन उनिहरुले यो चीनबाट नै सुरु हुन्छ भने ? किन अफ्रिकाबाट हुन्न जहाँ धेरै प्रकारका रोगहरु अहिले पनि छन् । अर्थात् किन दक्षिण अमेरिकाबाट वा भारतबाट हुन्छ भनेनन् ?

उनिहरुलाई कसरी थाहा भयो कि यो फ्लू भाइरस चीनबाट नै आउँदैछ र विशेषगरी वुहानक्षेत्रबाट नै आएर यसरी सारा विश्वलाई असर गर्ने छ ? 

कोरोना भाइरस महामारीको भविष्यवाणी गर्दै बनाइएका चलचित्रहरु:


भविष्यवाणीद्वारा गरिने कार्यक्रमहरुको उदेश्य भविष्यमा घट्न सक्ने घटनाहरुको बारेमा मानिसहरुलाई सूचित गर्नु हो  । विगत थुप्रै वर्षहरुमा यस्ता फिल्महरु र टेलिभिजन शृङ्खलाहरु बनाइएको छ । सबै एक विश्वव्यापी कोरोना भाइरस महामारी बारे । 

'डेड प्लेग' नामक फिल्मले विश्वव्यापी कोरोना भाइरस महामारीबारे देखाउँदछ र हाइड्रोक्लोरोकनलाई थुप्रै अर्थमा उपचारको रुपमा पेश गर्दछ । अर्को चलचित्र 'Contagion' ले कसरी कोरोना भाइरस फैलिन्छ र परिणामस्वरुप सामाजिक दुरी, फेस, मास्क, लकडाउन, हातधुने आदी । क्रियाकलाप विश्वव्यापी हुन्छ भन्ने देखाउँछ । हामीले अहिले जे जे गरिरहेका छौं, त्यो सब यस्ता चलचित्रहरुमा सचित्र र खुलस्त भनी वृस्तितमा देखाइसकिएको छ । 

ओलम्पिक २०१२ को क्रममा प्रदर्शन गरिएको महामारी:


भविष्यवाणी कार्यक्रमहरुको सन्दर्भमा कुरा गर्दा, ग्रीष्मकालीन ओलम्पिक २०१२ मा एक चलचित्र पुरा विश्व सामु प्रदर्शन गरिएको थियो । दर्जनौं अस्पतालका शैय्याहरु, ठूलो संख्याका नर्सहरुलाई नियन्त्रण गरी दासी बनाइएको प्रणाली, सैतानी भिमकाय आकृति विश्वभर उदाउँदै गरेको, मृत्युले बोलाइरहेको र पूरा नाटकघर यसरी बलेको देखाइएको थियो कि आकाशबाट हेर्दा यो कोरोना भाइरस जस्तै देखिन्थ्यो । 

किन ओलम्पिक खेल महोत्सवको उद्घाटन सत्रमा कोरोना भाइरस महामारीलाई प्रदर्शन गरियो त ?

विश्वव्यापी बन्दाबन्दी (Lockdown) २००८: 


लेखक एवं अनुसन्धान रविन दि रुइटरले सन् २००८ मा भविष्यवाणी गरेका थिए कि विश्वमा लकडाउन हुँदैछ ।

उनले भनेका थिए कि, यसको उदेश्य एक अधिनायकवादको नियन्त्रणमा रहने नयाँ विश्वको स्थापना हो । किनभने जति उनले २००८ अगाडि लेखेका थिए अहिले हाम्रो आँखा अगाडि भैरहेका छन् र त्यो पुस्तक पुनः प्रकाशित पनि भएको छ । 

सन् २०१४ मा खोज पत्रकार ह्यारी फक्सले एक योजनाबद्ध विश्वव्यापी महामारीको भविष्यवाणी गरेका थिए र उनले भनेका थिए, 'शासक वर्ग'ले यस्तो गर्दैछन् । 'उनिहरु आफ्नो नियन्त्रण जमाउने हतियार प्रयोग गर्न कुनै हालतमा रोकिनेवाला छैनन् । उनिहरुका यस्ता हतियार मध्यका छुटेका चाहिँ क्वारेन्टीन र कर्फ्यु हुन् । योजना यो हो कि लाखौं मनिसहरु यसबाट संक्रमित हुनेछन् र उनीहरुको दोस्रो चरण सुरु हुनेछ । 




यी प्रसिद्ध अनुसन्धानले रकफेलर फाउन्डेसनको उदाहरण दिंदै भनेका छन् अहिले हामी आफ्नै आँखाले जे देखिराखेका छौं त्यो सब रकफेलर फाउन्डेसनले बृस्तितमा पहिले नै आफ्नो प्रकाशमा उल्लेख गरिसकेको छ । विश्वव्यापी महामारी, लकडाउन, अर्थतन्त्र अन्त्य र अधिनायकवादी नियन्त्रण । यी सबैको भयानक कुराहरुको बृस्तितताकासाथ वर्णन गरिएको छ । दश वर्ष पहिले नै जुन आज दुरुस्त उही भैरहेको छ । 

यो दस्तावेजको शिर्षक 'अन्तर्राष्ट्रिय विकास र प्रविधिको भविष्यको दृश्य' हो अनि यसको Lock Step नामक अध्यायमा यस्तो विश्वव्यापी महामारीको चर्चा गरिएको छ कि मानौं त्यो विगत कुनै कालखण्डमा घटित भैसकेको थियो परन्तु यसको उदेश्य भविष्यमा हुने महामारी यही हो भन्ने पूर्वाअभ्यास स्वरुपमा व्यक्त गरिएको छ, खासमा । 

सन् २०२० को महामारीलाई रकफेलर फाउन्डेसनले २०१० मा लेखेको दस्तावेज अनुसार विस्तृत र भयावह तरिकाले वर्णन गरिएको छ । 'भविष्यको दृश्य'ले त्रिकोणीय उत्तरबाट महामारीको प्रक्षेपण गर्दै परस्परमा तुलना गर्दै लेखेको छ । एक अमेरिकामा मानिसहरुलाई उड्न बाट दुरुत्साहित गर्ने, चीनले आफ्ना नागरिकलाई अनिवार्य क्वारेन्टीनमा राख्ने । पहिलो कोठाको जवाफलाई भाइरस झनै फैलाउने विधिको रुपमा निषेधात्मक र दोस्रो निस्सादिंदो लकडाउनको विधिलाई प्रबर्द्धनात्मक एंव स्तुत्य विधिको रुपमा प्रस्तुत गरिएको छ । यसपछि यसले विश्वमा अधिनायकवादले गर्ने नियन्त्रणको विषद व्याख्या गरेको छ । 

महामारी अवधिमा विश्वका राष्ट्रिय नेताहरुले आफ्नो अधिकारको चरम दुरुपयोग गरेका दृश्य थिए र कठोर नियम तथा कानुनहरु लादेका थिए । जसमा अनिवार्य फेस मास्क देखि नियमित तापक्रम परिक्षण रहेका थिए जो हर सामुदायिक केन्द्रहरु जस्तै: रेल्वे स्टेसन र सुपरमार्केटहरु पर्थे ।

स्पष्ट रुपमै यस्ता अनुचित आदेशहरु उनिहरुको ईच्छित उपाय हो । तर, यो झन् खराब हुन्छ 'भविष्यको दृश्य' अनुसार । 'महामारी खत्तम भएपछि पनि, अधिनायकवादी नियन्त्रण तथा नागरिकहरु र तिनका गतिविधिहरु ठप्प भएका थिए र यी सबलाई वेवास्ता गरिएको थियो ।' 

विकसित देशहरुमा यो चरम संकटले विभिन्न रुप धारण गर्‍यो: बायोमेट्रीक परिचयपत्र सबै नागरिकहरुको लागि अनिवार्य गरियो, उदाहरणस्वरुप र यस्ता प्रावधानहरु अनुसार गर्न लगाइयो कि मुख्य उद्योगहरुको स्थायित्वको सवाल उनिहरुको राष्ट्रिय स्वार्थसँग जोडेर हेर्न थालियो, जो सर्वसत्तावादी अधिनायकवादले परिभाषित गर्थ्यो ।

रकफेलर फाउन्डेसनका अनुसार वैश्विक महामारीले प्रतिबन्धनात्मक नियमहरुको अभिवृद्धि गर्नै पर्छ । जहाँ मानिसहरु खुसीका साथ आफ्नो स्वतन्त्रता त्याग्दै सहज समर्पण गरून् ताकि उनिहरु सुरक्षीत मात्रै रहन सकुन् । आज घोषित महामारी विल्कुल आइसकेको छ, तब त्यही रकफेलर फाउन्डेसनले दोस्रो चरण यसरी प्रकट हुन्छ, कसरी महामारी बीच नियन्त्रण प्रणालीलाई लागू गर्ने भन्ने एक हातेपुस्तिका मार्फत प्रष्ट पारेको छ । जब सबै नियन्त्रण प्रणाली लागू गरिन्छ तब के विश्व फेरि उठ्न सक्छ ? 

जब तपाई रकफेलर फाउन्डेसनका दुई दस्तावेजहरुलाई मिसाएर हेर्नू हुन्छ तब तपाईलाई उनिहरुको योजना स्पष्ट लाग्नेछ । 
१) पहिले उनिहरुले कोरोना भाइरसको एक विश्वव्यापी महामारी घोषणा गर्छन् र भन्छन् कि उसले एक समग्र सर्वसत्तावादी नियन्त्रण तर्फ लैजान्छ ।
२) दोस्रो उनिहरुले यो नियन्त्रण प्रणालीलाई अवलम्बन गर्ने तपाईंलाई व्यवहारिक चरणहरु प्रदान गर्छन् ।


अर्कोतिर, डिजिटल एपहरु गोपनियता पत्ता लगाउने ट्र्याकिङ सफ्टवेयरहरुको अत्यधिक प्रयोग गरेर मानिसको सम्पर्कबारे धेरै नै जासुसी रेकर्ड लिइने छ । कोभिड-१९ महामारीलाई पूरा नियन्त्रणमा लिन बहुसंख्यक जनसंख्यालाई प्रत्येक हप्ता परिक्षण जरुरी छ ।

'भविष्यको दृश्य' अनुसार विश्वका सबै मानिसले एक डिजिटल परिचयपत्र लिनुपर्छ जसले यो बताउने छ कि कसले खोप लगाए र कसले लगाएनन । पर्याप्त खोप नलगाई विद्यालय, कन्सर्ट, चर्च, सार्वजनिक यातायात आदिमा प्रवेश रोक लगाइनेछ । 


अहिले सन् २०२० मा विल गेट्स र थुप्रै सरकारहरु यही कुराको आह्वान गरिरहेका छन्:

गोप्य रुपमा बाहिर भएको एक भिडियोमा हाम्रा पूर्व अमेरिकी राष्ट्रपति विल क्लिन्टन र आन्ट्रीक कुमोको संवाद सुन्न सक्छौ, कुमो न्युयोर्क राज्यका गभर्नर हुन् । उनिहरु छलफल गर्छन् कि कसरी ठूलो हिस्साको जनसंख्या र तीनको सम्पर्कहरुलाई जाँच गर्ने व्यापक नियन्त्रण प्रणाली विकास गर्न सकिन्छ । 'सैयकडौं नियन्त्रण एजेन्टहरुको नियुक्ति गरिनुपर्छ । उनिहरुले प्रत्येकको परिक्षण गर्छन् र सबै सम्पर्क-सम्बन्धको जाँच गर्छन् । यो काम पहिले कहिल्यै पनि गरिएको हुने छैन जहाँ प्रत्येक मानिसको प्रत्येक सम्पर्क-सम्बन्धको परिक्षण र निरीक्षण हुनेछ ।' आन्ट्रीउ कुमी । 


विल गेट्सले यही कुरालाई स्पष्ट पारेका छन् कि जो मानिसले कोभिड-१९ विरुद्ध खोप लिएका छन्, मात्रै उनिहरुलाई यात्रा गर्न, स्कुल जान, बैठकमा उपस्थित हुन् अनुमति दिइनेछ । डिजिटल भ्याक्सिन परिचयपत्रहरु निर्माण गरिदैंछ र गेट्सलाई यो प्रतिलिपी अधिकारी दिइएको छ जसले प्रत्येक मानिसको अवस्थिति र अवस्थाको जासुसी सूचना लिन सक्छ । यो प्रविधिलाई W02020060606 भनिन्छ । यसका अतिरिक्त गेट्स एक विश्वव्यापी अनुगमन नेटवर्क (Worldwide Monitoring Network) बनाउन चाहान्छ्न जसले ती हरेक मान्छेको अवस्थिति पत्ता लगाउने छ जो कोभिड-१९ को सम्पर्कमा आएका हुन्छन् । 


अर्को योजना: डिएनए बदल्न सक्ने खोपले प्रत्येक मानिसलाई घोचिदेउ 

प्रसिद्ध खोज पत्रकार एन्थोनी प्याचले महामारीको सिर्जना र अनिवार्य भ्याक्सिनको माध्यमद्वारा विश्व कब्जा गर्ने योजनाका बारेमा वर्षौ लामो खोज गरेका छन् । सन् २०१४ को एक अन्तर्वार्ताका क्रममा उनले निम्न कुराको प्रक्षेपण गरेका थिए: 'उनिहरुले मानवनिर्मित कोरोना भाइरस छाड्नेछ्न । फलस्वरूप त्यसबाट बच्न मानिसहरुले खोपको माग गर्नेछन् । यो खोप लगाएपछि यसले मानिसको शरीरमा हुने डिएनएमा तेस्रो आणुवांशिक गुण बढाउने छ जसले स्वभाविकरुपमा उनिहरुलाई ठिमाहामा परिणत गर्नेछ । जब मानिसलाई खोप लगाइने छ, तुरुन्तै उनिहरुको डिएनएमा परिवर्तनको प्रक्रिया सुरु हुनेछ । यो आणुवांशिक परिवर्तनले मानिसहरु आफ्नै तरिकाले सोच्ने क्षमता गुमाउन पुग्नेछन् कि उनिहरु स्वयंलाई के भैरहेको छ भन्ने बारे केही अत्तोपत्तो नै हुनेछैन । यसरी मानिसहरुलाई सजिलै नियन्त्रणमा लिन सकिन्छ र उनिहरुलाई महा धनाढ्य (Elite) हरुको दास (Slave) बनाउन सकिन्छ ।' 


यो कुरा सुन्दा बिलकुल पागल लाग्छ र यो पागलपन नै हो वास्तवमा । यद्यपि हामी यो विषयमा सचेत हुनैपर्छ कि यो व्यवसायिक अनुसन्धानकर्मी कुनै मुर्ख होइनन् । उनीहरुले वर्षौंसम्म यस्ता खोज गरेका छन् र यो उनको वर्षौंको खोजबाट पत्ता लागेको विषय हो । हामीहरु अत्यन्तै सावधान हुनुपर्छ कि यस्ता गहन ज्ञानलाई निषेध नगरौं जो वर्षौंको अनुसन्धानमा आधारित छन् । हाम्रो दृष्टि पुग्न नसकेका कारणले मात्रै पनि यसलाई अस्वीकार नगरौं ।

२० वर्षको अनुसन्धानले भन्छ: खोपले हाम्रो डिएनए बदल्छ

डा. क्यारी म्याडेन जसले डोमिकन रिपब्लिकमा मानवीय सहायता गर्न जानुअघि भर्जिनियामा दुई ठूला क्लिनिकहरु सञ्चालन गर्थिन, उनले डिएनए र भ्याक्सिनबारे गएको बीस वर्ष राम्रो अध्ययन गरेकी छिन् । यसै क्रममा कोभिड-१९ को भ्याक्सिनद्वारा मानव जगतमाथी ठूलो संकट थोपरिएको बारे एक चेतावनीमुलक भिडियो समेत निर्माण गरेकी छिन् । यो नयाँ खोजको दुई अलग उदेश्य छन् । 

१) हामीलाई ठीमाहा (Hybrid) बनाउने गरी हाम्रो डिएनएको रि-प्रोग्राम गरी हामीलाई सजिलै नियन्त्रण गर्न सक्ने अवस्था ।

२) हामीलाई Digital Vaccine ID को माध्यमद्वारा Artificial Intelligence सँग जोड्ने जसले विश्व नियन्त्रणको उनीहरुको योजना अनुसार दुनियाँलाई दास बनाउन सक्ने अवस्थाको भण्डाफोर । 

यी मेडिकल विशेषज्ञ भन्छिन् उनिले कैयौंपटक जहाजको माध्यमद्वारा यस्ता रोगहरु मानिसको बीच फैलाइएको छ । सुरक्षाको कोणबाट मात्रै उनीले यस्ता विषयहरु सार्वजनिक गर्न असमर्थ भएकी हुन् । 

प्रायोजित महामारीको माध्यमबाट जनसंख्या घटाउ:

डा. जोन कोलम्यान एक प्रसिद्ध सिआइए जासुस अधिकारी हुन् जसले एक पुस्तक लेखेका छन्- 'The Committe of 300' जसमा उनी वर्णन गर्छन् कि गुप्त समाजहरु (Secret Societies) कसरी सरकारलाई जनस्वास्थ्य, खाद्य उद्योग र निति, मिडिया आदीबाट उचाल्छ्न प्रभावित पार्छन् । यो किताब सिआइएको अनुसूची (१५) मा फेला पार्न सकिन्छ । यस्ता Secrect Societies जसले सरकार र सञ्चार जगतलाई नियन्त्रण गरेका हुन्छन्, उनीहरुको उदेश्य भनेको पृथ्वीको जनसंख्या घटाउनु हो । डा. कोलम्यान उनीहरुको रणनीतिबारे यस्तो बताउँछन् 'कमसेकम चार अरब निकम्मा खञ्चुवाहरुलाई २०५० को आसपाससम्म युद्धको माध्यमले होस् वा प्रायोजित महामारी जसले द्रुततर गतिमा प्राणघातक रोगहरु फैलाउने छ । आदीका माध्यमले सफाया गरिने छ ।'


मानव जनसंख्यालाई पाँच करोडमा सिमित गर 

सन् १९८० मा जर्जियामा एक ग्रेनाइट स्तम्भ (Monument) ठड्याइयो जसलाई गाइडस्टोन भनिन्छ । दस प्रकारका निर्देशक उद्धरणहरु कुँदिएको सो स्तम्भमा आठ भाषाहरुको प्रयोग गरिएको छ जसको शिर्षस्थानमा चार प्राचीन भाषामा पंक्तिहरु लिपिबद्व गरिएका छन्:
"प्रकृतिसँग परस्परको सन्तुलनका लागि मानव 
जनसंख्यालाई पाँच करोडमा सिमित गर" 


सिआइएका अधिकारी डा. कोलम्यानले खुलाएका छन् कि उनिहरुको मानव जनसंख्या सिमित गर्ने एक तरिका भनेको प्रायोजित महामारीबाट तीब्र गतिमा फैलने रोगहरुको उत्पत्ति गराउनु हो । TED शो को कुराकानीको क्रममा विल गेट्सले यसैको प्रतिध्वनि प्रकट गरेका छन् । उनले भन्छन् कि भ्याक्सिनको प्रयोगद्वारा विश्वको जनसंख्यामा १० देखि १५ प्रतिशत कमी ल्याउन सक्छ । 

'अहिले विश्वमा ६ अरब ७० करोड मानिसहरु छन् र छिट्टै यो संख्या ९ अरब पुग्नेछ । यद्यपि, हाम्रो जन्मदरमा नियन्त्रण, स्वास्थ प्रणालीमा सुधार र नयाँ भ्याक्सिनको माध्यमबाट एक नयाँ राम्रो काम गर्न सक्छौं, जसले यो जनसंख्यालाई १० देखि १५ प्रतिशत सम्म घटाउन सक्छ ।' विल गेट्स ।

माइक आदम एक प्रसिद्ध खाद्य वैज्ञानिक हुन् जो Food Forensics का लेखक पनि हुन् र ISO मान्यताप्राप्त CWC ल्याबका संयोजक पनि । उनले वर्षौंअघि उनले भनेका थिए, 'एक कृत्रिम जैविक हतियारलाई जनघनत्व उच्च भएका ठाउँहरुमा छाडिनेछ । भ्याक्सिन निर्माता कम्पनीहरुलाई अत्यन्तै विशाल मात्रामा भ्याक्सिन बनाउनका लागि राज्यस्तरबाट कोष निर्माणका लागि आह्वान हुनेछ । आश्चर्यजनक रुपमा उनीहरुले अत्यन्तै छोटो समयमा भ्याक्सिन निर्माण गरिसकेका हुनेछन् । प्रत्येक मानिस लाइनमा घन्टौंसम्म उभिएर भ्याक्सिन लिन बाध्य पारिनेछ ।' 

यो वास्तवमै एक कृत्रिम जैविक हतियार हो । जसको पछाडि अनिवार्य भ्याक्सिनको अवधारणाले काम गरेको छ र जसको लागि हरेक राज्यले कोष जम्मा गर्दैछन् अनि अति छोटो अवधिमा भ्याक्सिन तयार पारिएका छन् । बाँकी तथ्य के हो भने अब यी भ्याक्सिनले बिस्तारै लाखौं मानिसहरुलाई मार्ने छ- यदी करोडौंलाई मारेन भने पनि केही वर्षको अन्तरालमा पचासौं लाखलाई मार्नेछ । यो मानिस मार्ने (Kill Switch) भ्याक्सिन हुनेछ जसको डिजाइन संसारको जनसंख्या नियन्त्रण गर्नको लागि गरिएको छ ।

सारसं

संसारभरका हजारौं डाक्टरहरुले यस महामारीलाई एक विश्वसनीय अपराध मानेका छन् जसले स्वास्थको बहाना बनाएर वैश्विक अधिनायकवाद लादेको छ । कोभिड-१९ विश्वमा देखिनु दुई वर्ष अघि नै युरोपियन युनियन, अमेरिका, चीन र अरु कैयौं राष्ट्रहरुले अचानक कोभिड-१९ को लागि आवश्यक पर्ने टेस्ट किटहरु करोडौंको संख्यामा निर्यात गर्न सुरु गरिसकेका थिए । 

सन् २०१३ मा एक संगीतकारले वैश्विक महामारीको प्रक्षेपण गर्दछन । 'कोरोना महामारी'को र भन्छन् यो २०२० मा देखा पर्नेछ । उनलाई यो थाहा थियो किनकि उनले आफ्नै तरिकाले षड्यन्त्रको सिद्धान्तको अध्ययन गरेका थिए ।

सन् २०१७ मा डा. एन्थोनी फाउचीले यो भविष्यवाणी गरेका थिएकी ट्रम्पको शासन अवधिमा एक भयानक महामारी सुरु हुनेछ । 

कोरोना भाइरस महामारी सुरु हुनु अघि विल गेट्सले कोरोना महामारीको अभ्यास सम्बन्धि Event २०१ आयोजना गरेका थिए । 

सन् २०१८ मा Institute of Disease Modeling ले यो भविष्यवाणी गरेको थियो कि चीनको वुहानबाट फ्लू भाइरसको विश्वव्यापी महामारी सुरु हुनेछ । 

सन् २०१८ मा विल तथा मेलिन्डा गेट्सले यो घोषणा गरेका थिए कि आगामी वर्षहरुमा कृत्रिम भाइरसको विश्वव्यापी महामारी फैलने छ । 

थुप्रै चलचित्रहरुले कोरोना भाइरस महामारीको वृस्तित विवरण सहित प्रदर्शन गरेका थिए र हाइड्रोक्लोरोकिल लाई प्रमुख उपचार बताएका थिए ।

ग्रीष्मकालिन ओलम्पिक २०१२ को उद्घाटन समारोहमा कोरोना भाइरस महामारी प्रदर्शन गरिएको थियो ।

खोजमुलक पत्रकार एन्थोनी प्याचले प्रक्षेपण गरेका थिए कि मानव निर्मित भाइरसको माध्यमद्वारा विश्वव्यापी महामारी फैलाइने छ । जसले सम्भ्रान्त केही मानिसहरुलाई आफ्नो सर्वसत्तावाद लागू गर्न मानिसहरुको DNA मै परिवर्तन गर्न सक्ने सामर्थ्य दिने छ । 

डा. क्यारी म्याडेनले DNA खोपबारे दशकौं अध्ययन गरेकी थिइन् र उनले बताएको छिन् कि कोभिड-१९ को भ्याक्सिनले मानिसहरुलाई उपमानवीकरण गर्ने छ । DNA को परिवर्तनको माध्यमद्वारा सिआइए अधिकारी डा. जोन कोलम्यानले सिक्रेट सोसाइटीको अध्ययन गरी बताएका छन् कि उनिहरुको योजना पृथ्वीको जनसंख्या घटाउने हो जसको लागि उनीहरु तीब्र गतिमा फैलिने संक्रामक रोगहरु प्रयोग गर्दछन् ।

जर्जीया राज्यमा रहेको एक विशाल स्तम्भ जो सन् १९८० मा खडा गरिएको थियो । त्यसमा कुँदिएका दश निर्देशक हरफहरु जसमा आठ भाषाहरु प्रयुक्त भएका छन् र पहिलो हरफले आदेशात्मक भाषा बोल्दछ । संसारको जनसंख्या पचास करोडमा सिमित गर । 

विल गेट्सले TED शो कुराकानीको क्रममा भनेका छन्: नयाँ भ्याक्सिनको प्रयोगद्वारा संसारको जनसंख्या १० देखि १५ प्रतिशत घटाउन सकिने छ ।

स्वास्थ सल्लाहकार माइक आदम्सले वर्षौं पहिले घोषणा गरेका कुरा आज भैरहेको छ । कृत्रिम जैविक हतियारको प्रक्षेपण, अनि अनिवार्य भ्याक्सिनको प्रावधान राज्यहरुद्वारा भ्याक्सिनका लागि अत्यधिक कोषको संकलन र छोटो अवधिमा भ्याक्सिनको विकास । उनले यो पनि भविष्यवाणी गरेका थिए कि यो भ्याक्सिनले केही वर्ष भित्रै असंख्य मानिसहरु मार्ने छ ।

सन् २०१० मा रकफेलर फाउन्डेसनले 'भविष्यको दृश्य' पुस्तक प्रकाशित गर्‍यो जसमा आउँदै गरेको वैश्विक महामारीको वर्णन गरिएको छ जहाँ मानिसहरु माथि अधिनायकवादी नियन्त्रणलाई सुनिश्चित गर्ने वर्णन गरिएको छ र यो झन् झन् तीब्र बन्दै गएको छ ।

सन् २०२० मा उनीहरुले एक हाते पुस्तिका प्रकाशित गरेका थिए जसमा विश्व नियन्त्रण गर्ने चरणबद्ध योजनाहरु कसरी सिर्जना गर्ने भन्ने लेखिएको छ । तिनीहरु भन्छन् कि जनजीवन सामन्य अवस्थामा फर्किन सक्दैन् जबसम्म पुरा विश्व कठोर लकडाउनमा जाँदैन, जुन हथकण्डा सर्वसत्तावादी अधिनायकवादी सरकारको पूर्ण नियन्त्रणमा रहन्छ । 

हामी वास्तवमै देख्छौ कि विल गेट्स र विश्वका अरु थुप्रै यस्तै मानिसहरु अप्रत्यासित तरिकाले विश्वको नियन्त्रण आफ्नो हातमा लिंदै छन् । जसको लागि अनिवार्य भ्याक्सिन पासपोर्ट र परिचयपत्र जसको माध्यमद्वारा मानिसको शरिरमा माइक्रो चिप जडान गरिदैंछ । अनि अनिवार्य लकडाउन, अत्यधिक कन्ट्र्याक ट्रेसिङ आदि जघन्य अपराध गराइदैंछ । 

यी यस्ता बुँदाहरु हुन् जसको विरुद्ध प्रत्येक डाक्टर, वैज्ञानिक र अरु विशेषज्ञहरुले यस्ता विश्व नियन्त्रण र तीनका हतियार विरुद्ध आलोचना एवं विरोध गर्दै आइरहेका छन् । 


लेखन, संकलन नारायण दवाडी

र 

अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)

Comments

  1. ओहो, तपाईंको मेहनत लाई धन्यवाद शब्दले दिन सकिन, दिलै देखि असिम धन्यवाद, साथै धेरै शुभकामना पनि☺️

    ReplyDelete
  2. Thank you for the your true base important article.

    ReplyDelete
  3. Nice article, it's true. Keep it up.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

२०३० नेपाल हिन्दु राष्ट्र वा इन्डियन प्रान्त ??