विश्व स्वास्थ्य संगठन विरुद्ध मुद्दा। कोरोना ठगी काण्ड।



 बैसाख १६, २०७८ मा हामीले ३ महिना अघि बाट उठाउँदै आएको कुरा बारे लेख निकाल्यौं। "अदालत बाट भ्याक्सिनमा रोक लगाउन सकिने आधार" नामको शिर्षकमा। जसमा हामीले नुरेम्बर्ग कोडको विषय पनि उठान गरेका थियौं। भनिन्छ नि रिपल इफेक्ट, बटरफ्लाई इफेक्ट अर्थात सानो तरंगले आँधी ल्याउन सक्छ। हामी खासै जान्ने, ज्ञानी, जानकार त होइन तर यस्तै विचार सहित अधिवक्ता रेइनर फुलमिच जो जर्मनी र क्यालिफोर्नियाको बारमा पनि दर्ता छन्, उनि मानवताको रक्षाको लागि काम गर्दै छन्। फुलमिच, धेरै ठुला बडा काण्डको विरुद्ध मुद्दा दर्ता गराएर न्याय पैसामा किन्न सकिन्न भन्ने नजिर बचाउन सफल व्यक्तित्व हुन्। उनि फेरी अरबौं मानवको आशाको किरण, मानवताको रक्षक बनेर आफ्नो छवि कायम गर्ने अर्को मुद्दामा काम गर्दै छन्। धेरै मानिसलाई डरको माध्यमले मानसिक कैदी सरह सोंच्न नसक्ने, देख्न न सक्ने, बुझ्न नसक्ने बनाइएको छ कोरोनाको आतंक बाट। कतिलाई त यो कोरोना यथार्थ हो भन्ने भ्रम निकै बलियो बनि सकेको छ। तर यो सबै नियोजित षड्यन्त्र हो भन्ने सबुत सहित रेइनर फुल्मिच अन्तर्राष्ट्रिय अदालतहरुमा मुद्दा लड्दै छन्। 

नेपालको दलाल मिडियाले देउता मान्ने विश्व स्वास्थ्य संगठन, अमेरिकी रोग रोकथाम एवं निवारण केन्द्र,(CDC) तथा विश्वको अर्थतन्त्र आफ्नो मुट्ठीमा लिने योजना सहित चलिएको कोरोना खेलाका एलिटवर्गको समुह डाभोस ग्रुप विरुद्ध मुद्दा दर्ता भएको छ। यो हामी सबै मानवता प्रेमीहरुको आशाको किरण बनेको छ।


जर्मनीमा रहेका वकिलहरुको समूहले कोरोना षड्यन्त्रका कारण क्षति व्यहोरेका नागरिकहरुलाई कोरोना षड्यन्त्रकारीहरुबाट क्षतिपूर्ति भरपाइ गराउने छ र यो क्रम अमेरिका, क्यानडा हुँदै विश्वभर लगिनेछ। त्यसअघि आफ्ना गलत कदम सच्याएर मानव समुदायसँग हातेमालो गर्न चाहने सरकार , मिडिया र समुदायलाई सच्चिने सुनौलो मौका छ ताकी आफूले गरेको गल्तिमा सार्वजनिक क्षमा मागेर मानव समुदायलाई सम्मान र इज्जत गर्ने दिशामा आफू फर्किएको छु भन्ने बोध हुन सकोस् !” -फुल्मिच (अनुवाद -नारायण दवाडी)


जर्मनीमा कोरोना कमिटि नामको डाक्टर, वकिल लगायत वौद्धिक वर्गको समूह छ जसले कोरोनाको बारे शुक्ष्म स्तर देखि वृहद आयाम सम्म अध्ययन गर्दै आएको छ। र अर्को खुशीको कुरा सो कमिटिका प्रमुख डा वुल्फ़गाङ्ग हुन्।  वुल्फ़गाङ्ग उनै डाक्टर हुन् जसले आज भन्दा एक दशक अघि विश्व स्वास्थ्य संगठनको ठगिको भण्डाफोर गरेका थिए। यस बारे हामीले अगिल्लो लेखबाट केहि वाक्य राख्न चाह्यौं। 

सन् २००९ मा विश्व स्वास्थ्य संगठनले स्वाइन फ्लु(H1N1) भाइरसलाई पनि प्याण्डेमिक(महाव्याधि) भनेर घोषणा गर्यो। केहि समय व्यापक प्रचार, मिडियाबाजी पनि भयो तर युरोपको पेस(PACE) को स्वास्थ्य सम्बन्धि विभागले यस बारे अनुसन्धान गर्यो। सन् २०१० मा स्वाइन फ्लुलाई महामारी भनेर फ़ैलाइएको हौवा विश्व स्वास्थ्य संगठनले गरेको सताब्दीको सबै भन्दा ठुलो ठगि काण्ड (स्केण्डल) हो भनेर पेसले निस्कर्ष निकाल्यो। विश्व स्वास्थ्य संगठनका वैज्ञानिक भनिनेहरु सबै औषधि व्यापारीको प्रभावमा चल्ने रहेछ भन्ने बारे पनि अनुसन्धान कमिटीका प्रमुख डा वुल्फ़गाङ्गले ले सन् २०१० मै बताएका थिए। 

डा वुल्फ़गाङ्ग


अब फेरी सोहि २०१०को स्वाइन्फ़्लु काण्ड जस्तै अहिलेको कोरोना काण्ड सिद्ध हुने सबूत सहित सो कमिटिले कानूनी प्रक्रिया अगाडी बढाएको छ। यो कोरोना ठगि हो, भन्ने बुझेका र अरुलाई बुझाउन काम गर्दै आएका सबैको लागि खुशीको, आशाको किरण हो। 

कोरोना कमिटिको अनुसन्धान र निस्कर्षको आधारमा टेकेर रेइनर फुल्मिचले अहिले १००० वकिल एवं १० हजार चिकित्सा क्षेत्रका विज्ञ सहितको टोलि(टिम) मिलेर विश्व स्वास्थ्य संगठन, रोग रोकथाम केन्द्र, अमेरिका(CDC) एवं विश्वको अर्थतन्त्र आफ्नो मुट्ठीमा लिने योजना सहित चलिएको कोरोना खेलाका एलिटवर्गको समुह डाभोस ग्रुप विरुद्ध मुद्दा दर्ता गराई अघि बढ्दै छन्। 

नुरेम्बर्ग कोडको उल्लंघन भैरहेको छ। नुरेम्बर्ग कोडको लिंक एक पटक अध्ययन गरेमा धेरै आधार छन् जसले अहिलेको भ्याक्सिन अमानवीय प्रयोग(एक्सपेरिमेन्ट) भन्ने पुष्टि हुन्छ। नेपालमा कोहि छ अभियन्ता ? यसलाई आधार बनाएर अदालत जाने ? 

यो आब्हानको साथ् हामीले वैसाख २९ मा एक लेख सम्प्रेषण गराएका थियौं।

फुल्मिचले नेतृत्व गरेको टोलीले नुरेम्बर्ग कोडलाई मध्य नजर गर्दै अहिलेको कोरोना एक ज्यादती, अमानवीय प्रयोग हुने पुष्टि गर्दै अघि बढेको छ। 


अधिवक्ता रेइनर फुलमिच

अलिकति छोटकरीमा नुरेम्बर्ग कोड बारे बुझौँ।  

सन् १९२०को दशकमा यसलाई जर्मनीका चिकित्सा क्षेत्रमा हुने गरेको अपहेलना, विभेद एवं अमानविय गतिविधि गर्न नहुने भनेर उठाएका बुँदा हुन्। तर हिटलरको कालमा आएर जैविक, रसायनिक प्रयोग एवं ज्यादती भएकाले त्यस्तो कहिल्यै नदोहोरियोस् भन्ने उद्देश्यको साथ्, (दोश्रो विश्व युद्ध पश्चात) नोभेम्बर २०, १९४५ मा जर्मनीको नुरेम्बर्गमा यसको सुनुवाई आरम्भ भयो। यसैको आधारमा अगस्त ९ १९४७मा १० बुँदे अन्तर्राष्ट्रिय मान्यता सहितको नियमावली(कोड) पारित भयो।  त्यसैलाई नुरेम्बर्ग कोड भनिन्छ। यसले चिकित्सा क्षेत्रको कुनै पनि प्रयोग के कसरी हुन पर्ने भन्ने मापदण्ड तोकेको छ। र यसका बुँदा निम्न अनुरुप छन्। 

यी बुँदामा आउने प्रयोग शब्दको अर्थ एक्स्पेरिमेण्ट भनेर बुझ्न पर्छ। 


१ कुनै पनि मानवीय प्रयोग गर्नु पुर्व, प्रयोग गर्न लागिएको व्यक्तिको स्वनिर्णयबाट (दवाब, प्रलोभन रहित) अनुमति लिन पर्छ। यो बुँदाको ठाडै उल्लङ्घन चल्दै छ। भ्याक्सिन न लगाई हिड्न न पाउने भ्याक्सिन पास, हेल्थ पासको नाटक चल्दै छ। इच्छा बिना बलपूर्वक काम चल्दै छ। 


२ यदि कुनै प्रयोग चल्यो भने ती प्रयोगहरु समाजको हित गर्दै सकारात्मक नतिजायुक्त हुन पर्छ। तर अहिले भ्याक्सिन लगाएका कति मर्दै छन्, कतिलाई त्यो रोग पुनः देखिएको छ। अर्थात दोश्रो बुँदा पनि अहिलेको प्रयोगात्मक भ्याक्सिनले नजरअन्दाज गरेको छ। 

३ प्रयोग गर्दा पहिले जनावरमा गरिएको हुन पर्छ र सो रोगको ईतिहासको गहन अध्ययन हुन पर्छ। यो बुँदाको पनि धज्जी उडाइएको छ। यो कथित कोभिड १९ नयाँ रोग हो भनिन्छ एवं यसको ईतिहास १ वर्ष पनि न हुँदै मानवमा भ्याक्सिन लगाइनु भनेको मुर्खता हो। 

४ प्रयोग गर्दा अनावश्यक मानसिक र शारीरिक तनाव यातना हुन हुँदैन। कोभिड खोपको प्रयोगले कतिलाई मानसिक रोग, मृत्यु, प्यारेलाइसिस देखिएको छ। कतिको रगत जमेर मृत्यु भएको छ। त्यसैले यो बुँदाको पनि पालना भएको छैन। 

५ कसैको मृत्यु हुने वा अपाङ्गता हुने देखिएमा प्रयोग गर्नु मिल्दैन। यसको उलंघन भएको ४मा पुष्टि हुन्छ।


६ प्रयोगको जोखिमले मानवतामा आउने क्षति मध्येनजर गर्न सक्न पर्छ, र क्षति न्यून भए मात्र प्रयोग गर्नु पर्छ । मान्छे थुनेको छ। कति भोकै छन्।  कति अवसाद(डिप्रेस)भएर आत्महत्या गरेका छन्। अझ ९९% मान्छे औषधि बिना निको हुँदै छन्। यो प्रयोगले मानवतालाई बन्धक बनाएको छ। 


७) कुनै पनि शुक्ष्म वा सानो असुविधा बारे पहिल्यै नै पूर्ण तयारिको साथ् प्रयोग थालिनु पर्छ। यो भ्याक्सिन जनावरहरुमा प्रयोगको चरण नकाटी मानव प्रयोग चल्दै छ। अझ फेज ३को क्लिनिकल ट्रायल(तेश्रो चरणको प्रयोग) त सन् २०२२/२३ तिर मात्र निस्कर्ष मा आउने हुन्छ। तर अहिल्यै नै आपतकालीन प्रयोग भनेर शब्दजाल बुनेर जवर्जस्ती खोप प्रयोग चल्दै छ। 


८ विज्ञ वैज्ञानिक व्यक्तिले मात्र प्रयोग गर्न पाउँछ। तर यो खोप अहेव, नर्स हरुलाई तालिम दिएर घोच्न लगाइएको छ। 

९ प्रयोगको अन्त्य हरेक प्रयोग गरिएको व्यक्तिले रोक्न सक्छ। तर २ डोज, ३ डोज, बुस्टर आदि नाटक मन्चन गर्दै जागिर बाट निकाल्ने जस्ता धम्कि दिएर पनि यसलाई अगाडी बढाइनु अमानवीय छ। 


१० प्रयोग चल्दा कुनै पनि विज्ञ वैज्ञानिक हरुले यदि शारीरिक, मानसिक मानवीय क्षति भएमा यो प्रयोग रोक्न पर्छ। प्रत्येक बुँदाले यो प्रयोग रोकिन पर्छ भन्ने अवस्थाको बारे पुष्टि गरेको छ। 


नेपालमा पनि विश्व स्वास्थ्य संगठनका दलाली गर्नुको सट्टा यी कुरा बुझेर कोहि वकिल, अधिवक्ता, अभियान्ता अगाडी आएमा मानवताको रक्षक सिद्ध हुन सक्ने छ। 

हामीले चाहिने सहयोग गर्ने छौं। 

नेपाल आमाको जय 

जागुन् राष्ट्रिय गाथा।

सम्बन्धित लेखहरु पढ्न यँहा क्लिक गर्नुहोला 

सबै सम्म आशाको किरण पुराउन शेयर गरौँ। 


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)



Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

कोरोना: फैलाउने योजना धेरै अघि तय भएको थियो। प्रमाण सहित।

२०३० नेपाल हिन्दु राष्ट्र वा इन्डियन प्रान्त ??