मुक्तिनाथ केबलकार मुस्ताङ्गको खानि विदेशीको पोल्टामा वा चिन विरोधी नयाँ खम्पाको बेस ? भिडिओ सहित।

अरबपति व्यापारी अरुण कुमार सुबेदीलाई केहि केहिले विज्ञ पनि भन्ने गर्छन्। इनको विज्ञताले एमसीसी देश हितमा छ भन्छ। एमसीसी सैन्य संग सबन्धित छैन भनेर इनि बोल्दै आएका छन्। अझ इनको वाक्य नै सापटी लिनु पर्दा, एमसीसीका विरोधी सबै देशद्रोही हुन् अरे। 


अब इनलाई अमेरिकी सैन्य दस्तावेज बाट नै ट्युसन पढाउन पर्ने देखिन्छ। 


अमेरिकाको सन् २००२को राष्ट्रिय सुरक्षा रणनीतिको अमेरिकी राष्ट्रपतिको मोहर लगाइएको दस्तावेजमा व्हाइट हाउसले जारि गरेको विज्ञप्तिमा समेत मिलेमियम च्यालेन्ज एकाउन्ट एमसीएको कुरा छ भने पेज २१ र २२ मा समेत उल्लेख छ। यो अमेरिकी सरकारको होइन यो छुट्टै हो भनेर दिमाग भुट्ने प्रयास गरेका नमुनाहरुले उत्तर दिन सक्छन त, किन सुरक्षा रणनीतिको दस्तावेजमा एमसीए उल्लेख भयो ?



अर्का पात्र छन् सरोज मिश्र, जसको अनुसार एमसीसी चिन घेर्न होइन होइन, चिनले भन्दा बढी नेपालीले चाँसो राखे चिन बचाउन भन्दै आफ्नो अर्धज्ञान र अमेरिकी चस्मा वा विर्को लागेको प्रस्तुत गर्दै थिए। इनलाई पनि ट्युसन छ, खोजेर पढ्ने ल्याकत भए पढ्नु नत्र यहि आलेख हेर्नु। एमसीसी इन्डो प्यासिफिक अन्तर्गत छ भनेर अमेरिकी उच्च कर्मचारी देखि सैन्य दस्तावेजले बोलेको छ तर इनिहरु होइन खै कँहा लेखेको छ भनेर ढाक छोप गर्ने प्रयास गर्छन्। ल अब सुन, अनि आँखा खोलेर हेर। 

सन् २०१७ को राष्ट्रिय सुरक्षा रणनीतिको अमेरिकी राष्ट्रपतिको मोहर लगाइएको दस्तावेजमा पनि एमसीसी सुरक्षा रणनीति अन्तर्गत राखिएको छ। अर्को दस्तावेज, इन्डो प्यासिफिक सम्बन्धि अमेरिकी परराष्ट्र मामिला प्रमुख पोम्पिओको हस्ताक्षर सहित, सन् २०१९ को नोभेम्बरमा जारि गरिएको छ। जसमा पनि इन्डो प्यासिफिक रणनीतिको लागि एमसीसी प्रयोग गरिने कुरा लेखिएको छ। इन्डो प्यासिफिक रणनीतिको कार्यविधि बारे बनाईएको अमेरिकी दस्तावेजमा २७ ठाउँमा चाइना उल्लेख छ। र इन्डो प्यासिफिकको उद्देश्य नै चाइनालाई घेर्ने, कम्जोर गराउनेमा उद्दत छ भनेर लेखिएको छ। सन् २०१८मा तयार पारिएको तर गोप्य राखिएको इण्डो-प्यासिफिक रणनीतिलाई सन् २०२१को जनवरीमा व्हाइट हाउसले सार्वजानिक गरेको थियो। जसअनुसार चीनलाई धरासाही पार्न अस्ट्रेलिया, जापान र इण्डियालाई पनि प्रयोग गर्ने रणनीति पनि उल्लेखित छ। 


यस मानेमा अमेरिकाको ध्यान तत्काललाई नेपाल भित्र छिर्नेमा केन्द्रित छ र दिर्घकालिन उद्देश्य यी दस्तावेजले नै पुष्टि गर्छ चीनलाई कम्जोर बनाउने जसको लागि नेपाली भुमि प्रयोग गर्ने छ। 

यसको लागि अमेरिकाले इराक, सिरिया, अफगान कुन देश घेर्नको लागि विध्वंश गर्यो भनेर बुझ्न पर्छ। यति बुझ्ने चेत नेपालका अमेरिकी चस्मा र बिर्को लागेकाहरुको त नखुल्ला, तर आम नेपालीको समयमा नै खुलोस। 

ब्यापारी माडेहरु जो नेपाल भन्दा धेरै इंडिया सोच्छन त्यस्ता पातकहरुले एमसीसी पास गर्ने दवाब दिएका छन्। उनीहरुको पनि यहि दस्तावेजले पुष्टि गर्छ, इंडियालाई चिन विरुद्ध प्रयोग गर्ने र दक्षिण एसियामा दादा बनाएर राख्ने कुरा उल्लेख छ। त्यसैले इन्डियन माडे भुक्नुमा नेपाल प्रेम भन्दा पनि उसको नशामा बग्ने इन्डियन रगतको कारण भनेर बुझ्न सकिन्छ। 


अलिकति अरुण सुबेदीको एमसीसी मोहको कारण बुझौँ। उनले हाइड्रोमा लगानी गरेका छन्। अनि एमसीसी न आएमा उनको लगानी डुब्ने डर छ।  त्यसैले उनि देश भन्दा पनि आफ्नो पैसाको मोहले एमसीसी भन्दै छन्। यस बारे उनि अमेरिकी पिएचडि उत्तम गौली नाम गरेका पात्रलेआयोजना गराएका जुम मिटिंगमा बोलेका थिए। 

अरुण सुबेदी र उनका ग्याङ्गले कास्कीको बीरेठाँटीदेखि मुक्तिनाथसम्म सम्म केबलकार बनाउने ५३/५४ अर्बको प्रोजेक्टमा पनि हात हालेका छन्। इनको अमेरिकी मोह र अमेरिकीले चाहेको बोल्ने इनको प्रवृत्ति हेर्दा कतै इनको केबलकार प्रोजेक्ट पनि अमेरिकी रणनीतिको लागि त दुरुपयोग हुने होइन भन्ने आशंका रहन्छ ? खम्पा विद्रोहको पालामा रेडक्रसको औषधीय सहयोग भनेर हतियार नेपालको हिमाली भागमा पुराइएको जस्तै, कतै इनको केबलकारको निर्माणको सामान भनेर त्यस्तै हुने त होइन ?


विशेषगरि केबलकार निर्माणको ठेक्का युरेपेली देशलाई दिने गरिञ्छ र अफ्रिकामा जात जाति बीच युद्धमा लगानी गर्ने युरोपका देश नै हुन्। नेपालको पनि संघियता देखि जातिय विभाजनमा लगानी युरोपेली युनियनको नै छ। यसरी इनको केबलकारको कभरमा इन्डो अमेरिकी उद्देश्य वा युरेपेली उद्देश्यको लागि हतियार देखि निगरानी उपकरणको दुवानी वा स्थापना त लागि हुने त होइन ? मुस्ताङ्ग क्षेत्रमा धेरै नै बहुमुल्य खानि रहेको कुरा पनि उठ्ने गरेको थियो। कतै यो केबलकारको आडमा विदेशीले त्यसको अध्ययन गर्ने योजना त गर्दै छैनन् ? ५५ अर्बको विद्युत र सडक परियोजनाको लागि एमसीसी बाहेक अरु कुनै उपाए छैन भनेर बतुराउने जमातले ५४ अर्बको केबलकार कसरी बनाउन सक्ला त ? विदेशीकै मिलेमतो बिना आयो सम्भव नहुने आधार त अरुण कुमार सुबेदीको एमसीसी तर्कले नै पुष्टि गर्छ। इनको देश भन्दा एमसीसी ठुलो भन्ने वाक्य र एमसीसी विरोधी सबै देशद्रोही हुन् भन्ने इनको अमेरिकी खुशी बनाउने वाणीले शंकाको ठाउँ दिन्छ। 



हामी सबै देशप्रेमी नेपालीहरु, देशप्रेमी अभियान र नयाँ खुलेका पार्टीहरुलाई एमसीसी रोक्ने एकसूत्रे एजेन्डा लिएर एकजुट हुनको लागि दवाब दिन सकेनौँ र आफु पनि आफ्नो गाउँ बाट आफैं उठ्न सकेनौँ भने देश यस्ता पात्रहरुले नै राज गर्ने छन्। विदेशी बोलाएर आफ्नो घर लुटाउने छन् र बदलामा एक दुइ चोक्टा लुछ्ने छन्। 

बेलैमा उठौँ नत्र देश र आफ्नो सन्ततिको भविष्य सिरिया, इराक, अफगानिस्तान जस्तो बनेको हेरेर रमाउने छु भनेर प्रण लिगौँ। 


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)


Comments

Popular posts from this blog

नयाँ लहरको कारण कतै मास्क त होइन ? गोप्य खुलासा।

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

आध्यात्मको कौतुहल, रुचि भएकालाई समर्पित। म भित्र को म