कृष्णजन्माष्टमी बारे लुकेको ज्ञान।

कृष्ण यति विशाल छ, कुनै पनि शब्दले त्यसलाई बाँध्न सक्दैन। यो शब्द आफैँमा एक मंत्र हो। कुण्डलिनी बुझेका र मंत्र साधना गर्ने साधकले यस मंत्र उच्चारणले प्रदान गर्ने आनन्द, जागरण र गुञ्जन बुझेका हुन्छन्। विशेषगरि कृष्ण शब्दको उच्चारणले विशुद्धि देखि सहस्रार चक्र सम्म कम्पन पैदा गर्छ। आध्यात्म जागरणको लागि यसको विशेष महत्त्व छ। तस्विरमा देखेको चित्रले कुण्डलिनी जागेको इंगित गरेको छ। कुण्डलिनी नागको रूपमा व्याख्या गरिएको छ। र त्यो भन्दा माथि उठेको, रमाएको कृष्ण हुन्छ। 



कृष्ण नाम सहित द्वापर युगमा जन्मिएका महापुरुषलाई आवतार, भगवान, परमेश्वर भनेर सम्मान पनि गरिन्छ। उनको जीवनलीलामा धेरै ज्ञान, विज्ञानको आधार लुकेका छन्। हालको समयमा आधुनिक विज्ञानको पिता मानिने अल्बर्ट आइन्स्टाइनले कृष्णको मुखारविन्दबाट प्रकटित भएको गीतालाई अथाह ज्ञानको भण्डार भनेका छन्। त्यस्तै एटम बम बनाउने व्यक्ति रोबर्ट ओपेन्हाइमरले बम परिक्षण पश्चात पहिलो प्रतिक्रियानै भागवत गीताको श्लोकले गरेका थिए।

कृष्णको जन्म हुने समयमा तत्कालिन मथुरा राज्यमा एक कंश नाम गरेका राजा थिए। जो आफ्नो नागरिकलाई कर दिने दास, गुलाम, वस्तु सरह गर्थे। कर उठाउनको लागि मात्र उनले राज्य चलाएका थिए। तत्कालिन परिवेश अनुसार सबै जनको स्रोत-साधन कृषि र गोरस केन्द्रित थियो। कंशले तोकेको मितिमा कर न आएमा त्यो गाउँलाई नै दुःख दिने उसको वृत्ति थियो। कृष्ण त्यहि कालमा जन्मिएर, क्रान्तिको उद्घोष गरेका थिए। जसले कंश जस्तो शाषकलाई परास्त गरे, नागरिकको परिभाषा कर मात्र बुझाउने कमारा, दास नभएर राज्य बाट पाउन पर्ने सुरक्षा, सुबिधाको पनि शंख घोष गरे। 

उनका एक गरिब साथि थिए सुधामा। मित्रताको कुनै वर्ग हुँदैन, राजकुमार वा राजा आफु ठुलो बनेर गरिवलाई हेप्न हुँदैन भन्ने ज्ञान उनले दिएका थिए। 

कृष्णलाई बाँके-बिहारी पनि भनिन्छ। बाँकेको अर्थ शरीर बाङ्गिएको र बिहारीको अर्थ घुम्न रुचाउने, फिरन्ते रमन्ते हुन्छ। हालको भाषामा अपाङ्ग भनिने श्रेणीमा उनि थिए। उनको जीवनबाट अर्को सिक्न सकिने पाठ, यहि हो। शरीरको बन्धनले आध्यात्म, ज्ञानको मार्ग छेक्न सक्दैन। कोहि पनि कृष्ण बन्न सक्छ। 

हालका मनोवैज्ञानिक देखि विज्ञान प्रविधिको पराकाष्ठ मानिने क्वान्टम क्षेत्रका धेरै ज्ञाताले गीता जस्तो उच्च कोटीको अर्को पुस्तक सायदै होला भनेर मुक्तकण्ठले प्रसंशा गरिएको छ। 

नेपाल खाडल(उपत्यका)मा पहिलो मानववस्ती बसाल्ने गोपाल वंश, ग्वाला वा गौरक्षक पनि कृष्ण कै लिला संग जुडेको छ भन्ने श्रुति(किम्बदन्ती)छन्। 

आजकै दिनमा द्वापरयुगमा कृष्णको जन्म भएको थियो। 

यस कृष्ण-अष्टमीमा सबै नेपाली लगायत विश्वभरिका जनमानसमा कर तिर्ने दास भन्दा माथि उठ्ने प्रेरणा मिलोस्। गिताज्ञान सबैमा प्रादुर्भाव होउस्। आध्यात्मको प्यास सबैमा जागोस्। वर्गभेदको चिन्तन नष्ट होउस्। 

#सर्वैकत्त्व_भवतु

अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)


Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।