जनगणना पछि नेपालको राष्ट्रिय भाषा हिन्दि बनाउने षड्यन्त्रको पर्दाफास।



जनगणनाको माध्यमले, तथ्याङ्कको आडमा नेपालबाट नेपालको हरेक सनातन देखि चलि आएका धर्मलाई अल्पसंख्यक बनाएर २०३० भित्र इसाई राष्ट्र बनाउने डिजाइन बारे अघिल्लो लेखमा उजागर गरि सकेका थियौँ। आज कसरी नेपालबाट नेपाली भाषा र सनातन धर्म नामेट पार्ने विदेशी योजनामा २०७८ जनगणनाको फारम तयार पारिएको छ ? भन्ने बारे र यो षड्यन्त्र चिर्न हामी नेपालीले चाल्न पर्ने, चाल्न सकिने केहि समाधान प्रस्तुत गर्दै छौँ। 
नेपाललाई जसरी पनि इसाई देश बनाउने, त्यो गर्न नसके सम्म याँहाको धर्म संस्कार भाषा भाषिकालाई नै एक अर्काको शत्रुको रूपमा परिभाषित गरेर मनोविज्ञान स्थापित गराउने र देशलाई अस्थिर बनाएर आफ्नो अधिनस्त राख्ने योजना नै पश्चिमाहरुको अभिष्ट हो। नेपालमा जनगणनाको फारम बनाउने देखि जातको नाममा नेपाली फुटाउने, संविधानमा नेपालीको एकता टुट्ने जातिय वर्गीकरण(क्लस्टर) छिराउने उनीहरुको त्यहि योजनाको उपज हो। १२६ जात जाति, १३० भाषा भाषिका भएको देशमा कति टुक्राउने, कसलाई के पदमा कुर्शीमा थचार्ने ? यो कुरा सबै नेपालीले न बुझे विदेशी यसैगरी खेल्ने छन्।
आजभोलि वैदिक सनातन धर्म सापेक्ष देश बनाउने भनेर नेपालीहरु जाग्दै पनि छन्। तर त्यो समुहको संख्या घटाउन हरेक पन्थ, सम्प्रदाय, संस्कृति, उपासना पद्दतिको भिन्नै पहिचानको प्रारुप बनाउने, नयाँ नयाँ महल थप्ने काम चलेको देख्न सकिञ्छ। यस बारे विस्तृत बुझ्न याँहा क्लिक गर्नु होला। 
जनगणना बारे तालिम भनेर गणकलाई आइएनजीओले भत्ता तलब सुबिधा भन्दै प्रलोभन दिएर प्रभावित पार्ने अवस्था छ। यसरी नेपालको हरेक सनातनी समुदायलाई अल्प संख्यक देखाउने र अल्प संख्यक भएमा राज्यबाट विशेष सुविधा पाइने छ भनेर आइएनजीओ/एनजीओ परिचालन गरेर दिमाग भुटिएको छ। कुर्सी, आरक्षण आदि र आर्थिक प्रलोभनले नेपाली समाज फुटाउने नियत साकार हुने अवस्था छ। 
अर्को षड्यन्त्र छ नेपालमा हरेक व्यक्तिलाई जोड्ने नेपाली भाषालाई विस्थापित गरेर अंग्रेजी/वा हिन्दिलाई स्थापित गर्ने। यसको लागि आदिवासी र जनजातिको खोल ओढाएर चलाइएका विदेशी आइएनजीओको वित्तिय लगानी(सहयोग/डोनेसन)मा चल्ने संस्थाहरुले गाउँ गाउँ देखि सामाजिक सञ्जालमा अभियान चलाएका छन्। भाषाको महलमा आफ्नो मातृ भाषा उल्लेख गराउनु सहि हो तर अर्को भाषामा नेपाली बाहेक अरु कुनै भाषा लेख्ने/लेखाउने व्हिप जस्तै जारि भएको छ। 
र तराईमा पनि हिन्दि भाषा लेख्ने भनेर इण्डियनहरु सक्रिय भएका छन्। हाम्रा राष्ट्रवादी जनताका प्यारा कांग्रेस, एमाले, माओवादी जस्ता महान पार्टीले पटक पटक नागरिकता मनपरि बाढेर लाखौँको संख्यामा इण्डियनहरुले नागरिकता प्राप्त गरेका छन्। उनीहरुले हिन्दि भाषा नै लेखाउने छन्। नागरिकता विधयेकबाट यो काम अझै अघि बढ्ने छ। 
यसरी पहाडमा भएका सबै आदिवासी/जनजाति भनेर वर्गीकृत गरिएका नेपालीले नेपाली भाषाको सट्टा अरु कुनै १२३ भाषा मध्ये लेख्ने र तराईमा थुपारिएका लाखौँ इण्डियनले र अन्य गरिब नेपालीलाई प्रलोभन डर त्रासमा पारेर हिन्दि लेखाउन लगाएमा नेपालको राष्ट्रिय भाषा हिन्दि बन्ने अवस्था निम्तिने छ। 
यो षड्यन्त्र सफल भएमा नेपालमा नेपालीलाई जोड्ने भाषा हिन्दि वा अंग्रेजी वा दुवै हो भनेर तथ्याङ्कको निस्कर्ष बन्ने छ । र त्यहि नै नेपालको सरकारी अड्डाका कामकाजका भाषा बन्ने छ। 
धर्मको महलमा पनि हिन्दु, बौद्ध, किराँत, बोन, शिख, जैन, प्रकृति भनेर नेपाली मूल धर्मलाई ७ चिरा पारिएको छ र इस्लाम, क्रिस्टियन, बहाई भनेर ३ आयातित धर्म छन् एवं नेपाली सनातन धर्मबाट अलग्गिन चाहनेलाई आफ्नो नयाँ नाम राख्ने प्रावधान सहित अन्य भन्ने महल पनि राखिएको छ। 
फारममा अक्षरको सट्टा कोड संख्याले विवरण भरिने प्रावधान छ। व्यक्तिगत खण्डमा उल्लेखित जात र भाषा बारे कोड खुलाइएको छैन। प्रत्येक नागरिकले कोड नचिनेसम्म गणकले के के टिप्यो ? यस बारे सहि टिप्यो वा गलत ? यस बारे हामी नागरिकले कसरी थाह पाउने ? मसियुक्त कलमको सट्टा सिसाकलम प्रयोग गरेर मेटाएर चलखेल गरिने आशंका पनि धेरै उठेको छ। 

समाधानका केहि उपाए। 
फारममा पुर्खाको भाषा भन्ने एउटा महल छ, मातृ भाषा भन्ने अर्को महल र दोश्रो भाषा भन्ने अर्को महल छ। यो पुर्खाको भाषा र मातृ भाषाको दुई छुट्टै महलले कता इंगित गर्दै छ ? एक पटक मनन गरौँ। भाषाको महलमा आफ्नो समुदाय बाहेक अन्य नेपालीसंग बोल्न कुन भाषाको प्रयोग गरिञ्छ ? भन्ने महल राखौँ। गणकले गाउँ गाउँ जाँदा त्यो फारम कुन भाषामा बोलेर भर्यो ? यो पनि विवरण थपौँ। यसले नेपालमा सबै भन्दा धेरै बोलिने/बुझिने भाषाको तथ्याङ्क दर्शाउने छ। र हरेक गाउँमा आफ्नो भाषिक-समुदायको बाहेक अर्कोलाई गणकको लागि नियुक्त गरौँ र सहायक दोभाषे पनि गणकसंगै रहने प्रवन्ध मिलाऔँ। र सुरक्षा गार्ड पनि रहन जरुरी देखिञ्छ। प्रत्येक नेपालीले पुर्खाको भाषा र मातृ भाषामा आफ्नो जाति विशेषको भाषा लेखौँ तर दोश्रो भाषामा नेपाली लेखाऔँ। नेपाली भाषाको कोड १ राखिएको छ। फारममा मसियुक्त कलमले लेख्न भनौँ र भाषाको कोडमा १ लेखिएको आँखाले हेरेर यकीन गरौँ।


धर्मको महलमा नेपाली मूल धर्म भनेर एउटा महल र आयातित भनेर अर्को महल राखौँ, भनेर चौतर्फी दवाब सृजना गराऔँ। मूल धर्ममा नेपालमा सनातन देखि चलि आएका वैदिक(हिन्दु), किराँत, बौद्ध, बोन, प्रकृति र ध्यान, मंत्र, जप, बलि, भाकल आदिमा आधारितलाई उल्लेख गरौँ।

आयातितमा इसाई, इस्लाम, बहाई जुन नेपालको मूल धर्म संग आवद्ध छैनन्, सम्वन्धित छैनन् वा समन्वय भन्दा निषेधमा आधारित छन् वा अरुको अस्तित्व स्वीकार्ने भन्दा नामेट पार्नमा उद्दत छन् ती सबैलाई उल्लेख गरौँ। सबैले यो बहसको थालनी गरौँ। आफ्नो छर छिमेक, इष्ट-मित्रमा यो कुरा बुझाऔँ।

स्वास्थ्य तथा जनसंख्या मंत्रालय, तथ्याङ्क विभाग आदि सबै सरोकारवाला सम्म यसबारे ध्यानआकर्षण गराऔँ। मिडियाकर्मीलाई पनि यो बहसको थालनीको लागि आग्रह गरौँ। आँखा अगाडी देश डुबेको टुलुटुलु नहेरौँ।

नेपाल आमाको जय। 

जागुन् राष्ट्रिय गाथा। 


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)


Comments

Post a Comment

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।