निकै तितो यथार्थ खोल्दै छौं।
आज निकै तितो यथार्थ खोल्दै छौं। बिगत केहि बर्ष यता बाट नेपाली समाज, सामाजिक संजाल, धार्मिक गतिविधि, राजनीतिक गतिविधि, अभियान, अभियान्ता एवं समग्र नेपालीको मानसिकताको अवलोकन, अध्ययन, अभिव्यक्त हुने विचारको गहन चिन्तन, विश्लेषण गरेर यी कुरा उजागर गर्दै छौं। नेपाल देशलाई माया गर्नेलाई कहीं कतै तितो लाग्न सक्छ, कसैलाई डर लाग्ला, कसैलाई पीर त कसैलाई निराशा भने नेपाल राष्ट्र भन्दा आफ्नो व्यक्तिगत स्वार्थ ठुलो मान्नेलाई, खुसि, हर्ष र रीस पनि जाग्न सक्छ।
नेपालीलाई नेपाल चिनाउने चेष्टा गर्दै छौं। नेपालमा सर्वैकत्त्वको भाव बुझ्ने, बुझाउने प्रयास गर्दै छौं। विभाजनमा नै रमाउने कित्ताकाट गरेर आफु ठुलो बन्न रुचाउनेलाई सत्मार्ग प्राप्त होउस् भनेर प्रार्थना गर्दछौं।
विश्व भरिका मानिसलाई टुटाउने, फुटाउने, लडाउने, जुधाउने र एकता कम्जोर बनाएर आफुले राज गर्ने नियत पालेका साम्राज्यवादीले ओच्छ्याएको जालो, पासा, फन्दा, धरापमा नेपाली फँस्दै गएका छन्। उपनिवेशवादीहरुले तयार पारिदिएका पाठ्यक्रम र शिक्षा नीति, दुषित गरिदिएका धार्मिक शास्त्र र ग्रन्थहरु, डिजिटल प्रविधि र विभिन्न आधुनिक यंत्रबाट गरिएका मनोवैज्ञानिक चलखेल(मेन्टल प्रोग्रमिंग)हरु ले नेपालका तथाकथित बौद्धिक, शिक्षित, धार्मिक एवं सामाजिक अभियान्ता सबैजना युद्ध र दंगाको लागि जोडतोडको साथ तयारीमा जुटेको देख्न सकिन्छ। यहाँ सबैलाई सबैको ग्रन्थमा रहेको तुच्छ नकारात्मक निन्दनीय श्लोकहरु, वाक्यहरु, कथनी र कथाहरु खोजि ल्याएर म भन्दा तँ घिनलाग्दो ! भन्ने प्रतिस्पर्धामा दौडिनमा फुर्सद छैन। कतै जातीयताको नाममा त कतै धर्मको नाममा, कतै राज्यव्यवस्थाको नाममा त कतै राजनीतिको नाममा। त्यस्ता विवाद चल्ने ठाउँमा गएर हामीले सबैको एकत्व(सर्वैकत्त्व) सम्भव छ भन्ने बहस उठायौं। तर सर्प र न्याउरी, स्याल र बाख्रा आदि इत्यादि उदाहरणहरू दिनुभयो। तर उदाहरण दिने क्रममा आफु भित्र भएको मान्छे र अन्य मान्छे को विच एकत्त्व सम्भव हुन सक्छ भन्नेकुरा भूसुक्कै बिर्सनुभयो।
निकै दुःख लागेको छ, किनकि यहाँ एकत्वको लागि कसैलाई काम गर्नु नै छैन। विभाजन र घृणामा, उच्छ र तुच्छ, भन्ने प्रतिस्पर्धालाई नै जीवन सुत्र बनाइसकेका रहेछन् नेपालीहरुले। हुन त विभिन्न सम्प्रदाय, पन्थ, पद्धतिहरु मा नयाँ युगको आरम्भ हुन अगाडि भीषण युद्ध भएका दृष्टान्तहरु सुनेकै हो। दुःख नपाएसम्म दुःखको चरम अवस्थामा नपुगेसम्म सुखको खोजी, दुःखको अन्त्य मान्छेले खोज्दैन र नचेते सम्म बुझ्दैन भन्ने बुद्धको कथनले पनि हालको अवस्थालाई झल्काउँछ ? सायद धार्मिक युद्ध, जातीय दंगा को चपेटामा परेपछि बल्ल सर्वैकत्वको भाव नेपालीले बुझ्ने छन्। हुन त नेपाल देश कालान्तर बाट सर्वैकत्त्व, सद्भाव, सहिष्णुता, विविधतामा एकता सिकाउने देश हो। पुर्खाको त्यो योगदान, परिश्रमले बनेको, बचेको देशलाई अहिले रणभूमि बनाउन नाम चलेका देखि फेमस हुने रोग लागेका एवं धेरै पढेका देखि थोरै जानेका सबै लागि परेका छन्। सर्वैकत्वको प्रयास अहिलेको मानसिकताले नबुझ्ने, नरोज्ने, नखोज्ने, नमान्ने, नै देखियो। तर पनि हाम्रो प्रयास चलि नै रहने छ। सर्वैकत्त्व_भवतु
नेपाल आमा जय
जागुन राष्ट्रिय गाथा।।
Comments
Post a Comment