२०३० नेपाल इसाई राष्ट्र वा पश्चिमी सेनाको अखडा ??




२०३० नेपाल हिन्दु राष्ट्र वा इसाई राष्ट्र वा इस्लाम राष्ट्र वा इन्डियन प्रान्त ?? वा पश्चिमी सेनाको अखडा ??


कुरा बाहिरी सतहबाट जे जस्तो देखिन्छ भित्री रहस्य निकै नै ठूलो गहिरो र भयावह किसिमको छ। नेपालमा जुन नियत र उद्देश्यले गणतन्त्र, धर्मनिरपेक्षता लादियो, त्यसको हालसम्म एक चौथाइ जति मात्र काम कुरा भएका छन्। तर नेपालीहरु सचेत हुँदै आएका कारणले विदेशी शक्तिहरूले नयाँ रणनीति अपनाएर ती उद्देश्य हासिल गर्न विभिन्न चलखेलहरु चल्दैछन्। विभिन्न किसिमका पार्टी/ अभियान/महाभियान पनि खुलाइएको छ। बिदेशीको बुइ चढेर पावरमा पुग्ने मनोरोग अझै पनि नेपालका नयाँ-नयाँ खुल्दै गरेका पार्टीमा व्याप्त छ। अब बताइने एजेण्डाहरु नेपालमा निकै प्रखर शैलीमा सक्रिय छन्। राजाहरु(महेन्द्र, बिरेन्द्र) मारिनु, मदन भण्डारी-जीवराज जस्ता नेता डुबाइनु, ज्ञानेन्द्र छँदा राजतन्त्र फालिनु, गणतन्त्र लादिनु अनि धर्मनिरपेक्षता घुसाइनु। यी सबै उही एजेण्डाहरु कै उपज हो। अब विषय तर्फ प्रस्थान गरौँ। 


लेखमा निलो रंगमा आउने अक्षरहरु श्रोत सन्धर्भका लिंक हुन्। त्यसमा विषयान्तरको भान भएमा क्षमा चाहन्छौं।। 

लेखमा सबै कुरा एकै चोटी बताएमा लेख निकै लामो बन्ने भएकाले मुसलमानी एजेन्डा, र विविध गरी शृंखला अनुरुप आउने छ।।  आज:


भाग २: २०३० नेपाल इसाई राष्ट्र वा पश्चिमी सेनाको अखडा ??

 पश्चिमा एजेन्डा

अलिकति पश्चिमा एजेन्डाको बारेमा पनि बुझौँ। जसरी २०३० सम्म इण्डियाको मधेस अलग्याउने योजना छ, त्यस्तै पश्चिमाहरूको पनि मिसन २०३० छ जसअनुसार अमेरिकी सेना नेपाल भित्र छिराइसक्ने मुख्य नीति छ। यसको मूल उद्देश्य नेपालमा बसेर चिन र इंडिया बिरुद्धको गतिविधि हो। बर्तमान विश्व परिवेशमा कुनै देशलाई ठाडै आक्रमण गरेर कब्जामा लिने अवस्था सुन्यप्राय भै सकेको छ। तर पनि पश्चिमा साम्राज्यवादीहरु नौलो शैलीमा उपनिवेशीकरणको प्रपन्च खुलेयाम चाल्दै छन्। ब्यापार, शैन्य गतिबिधि ,आर्थिक, कारोबार, ज्ञान, बिज्ञान-प्रविधि आदि उनीहरुको चलखेल गर्ने अस्त्र हुन्। परस्परमा सेवा, सहयोग, धर्म परिवर्तनको आवरणमा जातिय, धार्मिक हिंशा/युद्ध गराएर आफ्नो दुनो सोझाउने उनीहरुको प्रवृत्ति हो।  

युरोपेली युनियन, अमेरिका, सीआइए, नेटो आदिलाई पश्चिमा भनेर बुझ्दा सजिलो होला। जोन एफ केनेडीको हत्या पछि अमेरिका भन्ने देश साम्राज्यवादीहरुले विश्वमा दादागिरि देखाउने संस्था जस्तै हो। अमेरिका स्वतन्त्र देश, लोकतन्त्रको हिमायती भन्ने उसले बाहिर सुनाउने बकवास हो। (भूराजनीति) पश्चिमा एजेण्डा अर्थतन्त्र, जिडीपी(कुल ग्राहस्त उत्पादन) विज्ञान-प्रविधि यस्ता कुरामा चासो दिन्छ। उनीहरुको चिन्तन आफु भन्दा माथि कोहि नपुगोस भन्ने हुन्छ। त्यसैले कुनै पनि देश उदयमान अर्थतन्त्रको रुपमा अगाडी बढेमा पश्चिमा शक्ति ती देशलाई खसाल्न जोडतोड प्रयत्न गर्छन्। आइ एम एफ(विश्व मुद्रा कोष)को मार्च १६ २०२१को तथ्यांक अनुसार अहिले इन्डिया छैठौं र चिन दोश्रो ठुलो अर्थतन्त्रको स्थानमा छन्। एसिया बाट नै जापान तेश्रो स्थानमा छ। रसिया र कोरिया पनि माथि उक्लदै छन्। रसियाको भूभाग ७३ प्रतिशत एसियामा पर्छ। यदि एसियाबाट अर्थतन्त्र यहि शैलीमा अगाडी बढेमा पश्चिमाको  एकलौटी पहिलो धनि, शक्तिशाली भन्ने ठप्पा खोसिने छ। त्यसैले, पश्चिमाहरुलाई उछिन्न नसकुन् भनेर चिन र इंडियालाई निगरानी गर्ने र एसियालाई अस्थिरता तर्फ धकल्ने नियतले ती दुवै देश(चिन र इंडिया)लाई निगरानीमा राख्न र आफ्नो गतिविधि गर्न  सर्वोत्तम थलोको रूपमा नेपाललाई रोजिएको छ ।  

त्यसैले अमेरिकाको एसियामै सबैभन्दा सुरक्षित र गोप्य तरिकाले बनाइएको राजदुतावास मध्ये एक नेपालमा छ। २०७२को भुकम्प पश्चात वेलायतले पनि आफ्नो एम्बेसीको पुनर्निर्माण गरेको थियो। जसमा त्यस्तै तरिकाको गोप्य र सुरक्षित प्रणालीहरू जडान गरिएका छन्। नेपाल भूमि बाट इंडिया र चिनलाई सन्तुलनमा राख्ने नियतले पश्चिमाको नेपाल चाँसो बढ्दो छ। २०३० भित्र चिन बाट तिब्बत अलग्याउने नियत एवं अबको विश्वमा प्राकृतिक श्रोत (अहिले तेल जस्तै) पानि हुने अनुमान पनि गरिएको छ। लगभग एसियाको पानिको श्रोत भनेको नेपाल र तिब्बतमा रहेका हिम शृंखला हुन्। त्यसलाई अधिनमा लिन पनि पश्चिमा आतुर छन्। एमसीसी पनि यहि गुरु योजना(ग्राण्ड डिजाइन)को एउटा कडी हो। 

पूर्व अमेरिकी गुप्तचर अधिकारी  जोन केनेथ न्याउसको पुस्तक ‘अर्फांस अफ दि कोल्ड वार’ अर्थात ‘शीतयुद्दका अनाथहरू’ कृतिमा लेखिएका निम्न हरफले पनि अमेरिकी चाल बारे थप पुष्टि गर्छ। ‘नेपाल र तिब्बत सहितको क्षेत्रमा युद्ध, लोभ र व्यापारद्वारा मात्र पकड राख्न सम्भव छैन। यसका लागि स्थानीय जातिलाई विभाजन गर्नुपर्दछ भनेर आफैंले लेखेको काठमाडौं प्रतिवेदन सम्झन्छु। सन् १९९७ मा ७४ वर्षको उमेरमा काठमाडौं पुग्दा  जातीय संघर्ष विस्तार भएको पाएँ। मैले के ठानेँ भने जब हाम्रा सिआईएका अधिकृतहरूले आईएलओ १६९ मा नेपाललाई लाई सजिलै प्रवेश गराउन सके, हिमालय पर्वतमालालाई हाम्रो मुख्यालय (सीआईए हेडक्व़ाटर) ले तताउनेछ।’ जोन केनेथ पुस्तकमा लेख्छन्, ‘यदि जातीय द्वन्द्वले इंडियाको राष्ट्रिय अस्तित्त्वलाई तत्काल खतरा नपुग्ने हो भने इंडिया सहमत देखिन्छ । दुई शताब्दी भन्दा बढीकाे व्रिटिश शासनको ब्यापक प्रभाव इंडियामा छ। यो स्थितिमा तिब्बतलाई केन्द्र बनाएर चीनलाई कमजोर पार्ने रणनीतिमा इंडियालाई अघि सार्न सकिन्छ।

नेपाल, बर्मा ,पाकिस्तान, बङ्गलादेश, भूटान र इंडियासँग तिब्बतकै माध्यमबाट चीनको सिमा जोडिएको छ। यदि तिब्बत चीनबाट छुट्ने हो भने भौगोलिक रुपमा चीनको उक्त देशहरुसँगकाे समन्वय टुट्ने छ। त्यतिबेला इंडियाले आफूलाई शक्तिशाली ठान्नेछ।  यसरी इंडियालाई चीन बिरुद्द उभ्याउन सहज हुन्छ।’(सन् राइज खबर,२०७५ माघ १२, सीआईएले यसरी पारेकाे थियाे नेपालकाे संसदलाई एम्वुसमा -संजिव वाग्ले)

इंडिया सन् २०४६ सम्म मात्र स्वतन्त्र हो, त्यस पछि ब्रिटिशले लिन सक्ने प्रावधान त्यस बेलाको सन्धिमा उल्लेख गरिएको छ। (इंडिया आरटिआइ निउज) अबको युगमा पहिले जस्तै सोझै दावी, कब्जा गर्न त न मिल्ला तर इंडियालाई अस्थिर गराएर, टुक्राएर इंडिया ध्वंश हुने अवस्थामा लगेर स्थिरता ल्याइदिने नियतले फेरी छिर्ने वेलायत(पश्चिमा) को दाउपेच अवश्य चल्ने छ। त्यसैले पनि ती सबै गतिविधि गर्न नेपालबाट निकै सहज हुने हुनाले उनीहरु आफ्नो सैन्य अखडा र पूर्ण नियन्त्रण चाहन्छन्।

भ्याटिकन एजेण्डा सभ्यतागत प्रहार र जातीय/धार्मिक युद्धको प्रपन्च 

सभ्यताको बर्चस्वको आधुनिक लडाईमा  पूर्वीय सभ्यताको केन्द्र; नेपाललाई पूर्वीय संस्कारबिहिन गराउने र  ख्रिष्टियन देश घोषणा गराउने गुरुयोजना (ग्रान्ड डिजाइन) आक्रामक शैलीमा सल्बलाउन थालेको सात दशक भैसक्यो।  नेपालमा पाल्पा मिसन हस्पिटल, सेन्ट जेभियर स्कूल र अन्य समाज सेवा का नाममा खुलेका आइएनजीओहरु त्यहि एजेण्डाकै काम गर्नको लागि हो।

सन् १९५०को दशकमा एन्थ्रोपोलोजिस्ट(जीवनशैली, संस्कृति अध्यनकर्ता/सोधकर्ता ) हरुलाई अनुसन्धानको बाहनामा छिराएर नेपालको विविधतालाई कसरी प्रयोग गर्ने भनेर रुपरेखा तयार पार्न सुरु गरियो।  अनेकतामा एकता, विविधता नै वरदान रहेको यो देशमा भिन्नतालाई अभिशाप  बनाउने उद्देस्यले धेरै अध्ययन भए । सो अध्ययनका प्रलेखिकरण पश्चात; १२६  वटा भाषा-भाषीका, ४ जात ३६ वर्ण,  भूबनोटको  विविधता, सबैतिरबाट यहाँ फरक-फरक संस्कृति,जीबनशैली आदिलाई विपरीत हुने गरी परिभाषित गर्न करिब तिन दशकदेखि आइएनजिओ सक्रिय रहेका छन्। 

नेपालको सबैभन्दा ठूलो जनसंख्या, अल्पसंख्यक लगायत अन्य सबै जनासांखिक्यको अनुसन्धान एवम् अभिलेखीकरण गरियो । यहाँको ठूलो जनसंख्या को प्रभाव समाजबाट न्यून नपारेसम्म भावी योजना सफल नहुने निष्कर्षमा उनीहरु पुगे पश्चात, यहाँका सबैभन्दा ठूलो जनसंख्या बाहुन-क्षेत्रीलाई एउटा समुदाय: खस/आर्य भनेर नामाकरण गरियो।

दोस्रो चरणमा अन्य अल्पसंख्यक; जो हेर्दा बाहुन, क्षेत्री, नेवारहरु(सनातन हिन्दु धर्मावलम्बी) भन्दा फरक देखिन्छन्, उनीहरुलाई मंगोल, जनजाति, आदिबासी आदिमा बर्गिकरण गरियो। मंगोल भनेर सबै जनजातिलाई संगठित पारियो।  त्यस पछि उनीहरुको कालान्तर देखि चलि आएको मौलिक धर्म,संस्कृति, परम्परा, जीवनशैली माथि प्रहार सुरु गरियो।  धर्म-परिवर्तनको साथ नाकचुच्चे हिन्दु र नाक थ्याप्छे क्रिस्चियन भनि धुर्वीकरण पनि गराइदै छ।(माओवादी प्रायोजनको नालीबेली भाग १: धर्म संस्कृति )

पूर्वीय सभ्यता ध्यान मार्गमा आधारित छ र यसको उद्भव थलो नेपाल रहेकाले, नेपालबाट पूर्वीय संस्कार नामेट पार्ने नियत पनि संग संगै चलेको छ। त्यसैले नेपालमा तिब्र रूपमा धर्म परिवर्तन चल्दै छ। एनपीआर नामक संस्था जसको वेबसाइट मार्च २९ २०२१ को तथ्यांक अनुसार विश्वश्रेणीमा ५१२ मा छ, त्यसमा प्रकाशित भएको स्वरुप नाशिजुको आलेख अनुसार विश्वमा सबै भन्दा तिब्र रूपमा इसाई जनसंख्या बढेको देश मध्ये एक नेपाल हो। र यो आलेख आज भन्दा ४ बर्ष अगाडी (फेब्रअरी ३ २०१६)को हो। अहिले कति बढ्दै होलान् ? त्यस्तै वेलायतको ख्याति प्राप्त समाचार गार्जियन डट कममा अगस्त १५ २०१७मा छापिएको समाचार अनुसार नेपालमा जातीय विवेध भन्दा धेरै आर्थिक प्रलोभनमा परेर धर्म परिवर्तन भै रहेको बताइएको छ। २०७२ को भुकम्पले पिडामा परेका नेपालीलाई निस्वार्थ सहयोग भन्दा पनि बाइबलको प्रचार एवं धर्म परिवर्तन गरे राम्रै राहत दिने गरिएको खुलासा पनि सोहि समाचारमा भएको छ।


प्रोजेक्ट जोसुहा
भ्याटिक्यान एजेन्डा

अलिकति प्रोजेक्ट जोसुहा २ बारे पनि बुझौँ। 

साधारण भाषामा भन्नु पर्दा विश्वब्यापी क्रिष्टियनीकरणको काम गर्न मदर टेरेसाको जीवनको उत्तरार्धमा सुरु भएको प्रोजेक्ट जोसुहा थियो। जसको कार्यन्वयनको योजना दक्षिण कोरियामा विश्व इवान्जलिकरण सम्मेलनमा तय भएको थियो। यसको अवधि १९९५ देखि सन् २०००, ५ बर्षको लागी निर्णय भएको थियो। सो सम्मेलनको निर्णय र उद्देस्य सन् २००० सम्म "सबैको लागी चर्च र सबैको लागी गोस्पेल" भनि समापन गरिएको थियो। १० देखि ४०को वुइण्डो अर्थात १० डिग्री अक्षांश देखि ४० डिग्री देशान्तरमा पर्ने क्षेत्र यसको मुख्य निशाना थियो। त्यति बेला सम्म इंडिया देखि अफ्रिकासम्म धेरै काम भए। तत्कालिन नेपालमा धर्म परिवर्तन बारे कठोरता भएको कारण त्यो मौलाउन पाएन। तर सन् २००१  देखि  प्रोजेक्ट जोसुहा २ सुरु भयो। नेपालको कानुन र तत्कालिन व्यवस्था नेपालमा इवान्जलिकरणको लागी सबै भन्दा ठुलो चुनौती थियो। त्यसैले, प्रोजेक्ट जोसुहा २को लगानीमा राज दरवार हत्याकाण्ड घटाइको थियो। वरिष्ठ पत्रकार प्रेम कैदीका अनुसार तत्कालिन सेना प्रमुख प्रज्वल शमशेर जबरालाई दरवार हत्याकाण्ड वापत ३६००० करोड को व्यवस्था पनि गरिएको थियो। राज दरवार हत्याकाण्ड बारे विस्तृत अर्को लेखमा बताउने छौं। अहिले भ्याटिक्यान एजेन्डा बारे नै बुझौं। यसमा प्रेम, दया, प्रलोभन, जीवनस्तर उन्नत गराउने, आइएनजिओको माध्यमले अधिकारको काम गर्ने आदि खोल ओढेर इसाईकरण गर्ने काम गरिन्छ। यो प्रोजेक्टको उद्देस्य सारा दक्षिण एसिया इसाइकरण गराउने छ। अन्य देशको बारे पछि कुनै प्रसङ्ग मिले बताउने छौं। आज नेपालमा के कसरि काम हुँदै छ त्यता लागौं। नेपाल सरकारले धर्म परिवर्तन गर्न दिने सर्तमा नै कोरियाले नेपाल बाट धेरै कामदारको श्रम स्वीकृति गरेको छ। धर्म परिवर्तन सम्बन्धि कठोर कदम चाल्दा बित्तिकै इपीएस स्थगित गरिन्छ। होलि वाइन कोरियन चर्चकै कार्यक्रम थियो जसमा नेपाल सरकार सह आयोजक थियो। बेला बेला कोरियाली मूलका व्यक्ति धर्म परिवर्तन गरेको कसूरमा विसा रद्द गरिएको समाचार पनि आएको स्मरण नै होला। नेपालमा प्रखर रूपमा सक्रिय रहेको कोरियन चर्च र युरेपेली चर्च हुन्। कसैले श्रम स्वीकृति त कसैले आइएनजीओ को दान अनुदानको माध्यमले नेपाल सरकारलाई च्यापेका छन्। माधव नेपाल त चर्चका एजेन्ट हुन्, धेरै पहिले बाटै उनि चर्चको हड्डीमा र इसाईको ढ्यांग्रोमा उफ्रेर राजनीतिक उचाईमा पुगेका हुन्।

२०३० सम्म नेपालको कम्तिमा ५१% जनसंख्या क्रिस्टियन बनाउने र जनमत संग्रह गरेर नेपाललाई क्रिस्टियन देश घोषणा गराउने उद्देस्य छ।  मुख्य गरि नेपालका बिकट क्षेत्रमा हेलिकप्टर लिएर र माथि बाट पैसा उडाएर नेपालको विकटता र गरिवीको फाइदा लिने गरेको कुरा केहि बर्ष अघि संचार माध्यममा खुली सकेको हो। पाल्पाको मिसन अस्पताल, सेन्ट जेभियर स्कूल, सेन्ट मेरी स्कूल आदि स्वास्थ्य/शिक्षाको खोल, जोसुहा प्रोजेक्टको लागि पृष्ठभूमि सावित भएका छन् । जस अन्तर्गत  बिभिन्न आइएनजिओको माध्यमले कुन जाति/धर्मका नेपालीहरुलाई सजिलै दिग्भ्रमित पारेर आफ्नो पकडमा लिन सकिन्छ भन्ने अनुसन्धान गर्न सामाजिक जीवनस्तर, जन चेतना आदिको नाममा सारा देशको नाली बेली करीब ३ दशक अघि बाट संकलन गर्ने काम भयो र त्यहि जगमा टेकेर अहिले जोसुहा २ चल्दै छ।पैसा नभएका गरिव विरामीको पैसा तिर्दिने, प्रार्थना गरेको नाटक गर्ने अनि येसुले सहयोग पठाउनु भयो भन्ने रमितामा सोझो साझो नेपाली फसाउने गरिन्छ।   

मुख्यतय गरीब, सिमान्तिकृत, लोपान्मुख, अदिबासी, जनजाति यी समुदायलाई वर्गीकृत गर्न उनीहरुले नै जन्शाङ्खिक्य(डेमोग्राफिकस्) तय गरेर नेपालमा जनगणनाको वैज्ञानिक शैली भनेर सो मापदण्ड अनुरुप जनसंख्या गणना सुरु गराएको हो। जसबाट उनीहरुले आफ्नो उद्देस्यमा मद्दत मिल्ने  समुदायको जीवनशैली (अन्थ्रोपोलोजी) अनुसन्धान पनि गर्न लगाए।  सोहि अनुरुप हाल देशमा विभाजन चल्दै छ र हिंशा, द्वेष, क्लेश र घृणाको माहोल पनि प्रखर शैलीले अघि बढ्दै छ। नेपालको विविधता युरेपेली शैलीको राष्ट्रियताको परिभाषामा अट्दैन। र ती युरेपेली प्रारुपको जनगणनाले नेपालमा युद्धको अवस्था निम्त्याउन सक्ने अनुमान टोनी हेगनले आफ्नो पुस्तक ‘दी किङडम इन दी हिमालयज' मा ६ दशक अघि उल्लेख गरेका छन्।

नेपाल भित्र जात जातिलाई हात लिग्न इन्डियन नागरिक गोपाल गुरुङलाई सन् १९७०को दशक बाट परिचालित गराइयो। हिन्दु धर्मावलम्बीको बाहुल्यता भएकाले र देशको बागडोर चलाउने राजसंस्था पनि  हिन्दु रिति अनुरुप नै चल्ने कारणले इसाईहरु हिन्दु माथि तत्काल नै खासै चाँसो दिने आँट गर्न सकेनन्।  त्यसैले त्यो समय हिन्दुहरुलाई भन्दा पनि किराँत, बोन र बौद्ध धर्मावलम्बी तिर पकड बनाउँदै भित्र-भित्र गोपाल गुरुङले आफ्नो गतिविधि संचालन गरि राखे। उनले इन्डियन मनगणन्ते कथा; जुन इंडियामा हिन्दु र अहिन्दु भन्ने कित्ताकाटमा प्रयोग भएको थियो, सोहि कथालाई नेपाली परिवेशको भ्रम थपेर तयार गरे। यस बारे उनि स्वयम्ले पवन चामलिंगले भनेर आफुले बाहुन क्षेत्री बिरुद्ध पुस्तक लेखेको भन्ने कुरा पनि, आफ्नो जीवनको उत्तरार्धमा उजागर गरेका थिए। सुजन ह्याङ्गेन नामकी जीवन शास्त्रीले सोहि कथालाई प्राज्ञिक अनुसन्धानमा प्रलेखिकरण गरिन् र जातीयताको नाममा राष्ट्र हुन पर्ने युरेपेली चिन्तन नेपाली समाजमा हावी गराउने नियतले पुस्तक पनि लेखिन्। गोपाल गुरुङ जातजाति भड्काउने अभियोगमा सन् १९८८ मा भद्रगोल जेलमा थुनिएका थिए। १९८९ जनवरी १ मा उनले एमएनओ पार्टीको घोषणा गरे। अगस्त महिनामा चार्ल्स मेंडेज नामको इसाई मिसिनरि पनि सोहि जेलमा ६ वर्षको सजाय काट्न आए। त्यँही बाट सुरु भयो एमएनओको माध्यमले नेपालका जनजातिलाई इसाईकरण गर्ने रणनीति। चार्ल्स मेंडेज नेपालको राजनीतिका पावर ब्रोकर (शक्तिका दलाल) हुन्। उनले चाहेको मान्छे नै नेपालमा पावरमा आउँछन्। उनि गगन थापाका गड फाथर (राजनीतिक करियरका भाग्य विधाता) हुन्।

चार्ल्स मेंडेज

त्यसैको आधारमा विभिन्न जात जातिलाई हात लिग्न एमएनओ परिचालित गराइयो। एमएनओ को २०२५ भित्रै नेपाललाई क्रिस्चियन देश बनाउने विज्ञप्ति र गृह मन्त्रि राम बहादुर थापाले बोलेको भिडिओ सामाजिक संजाल भरि भाइरल भएको सबैलाई स्मरण नै होला। ग्याल्देन दोर्जे जो नाम बाटै खम्पा विद्रोहीको गन्ध आउँछ, उसले झण्डा जलाउनु, जात जात विच गाली गर्ने गीत बनाउनु माथि उल्लेख भएको जोन केंनेथको पुस्तकको योजना र मेंडेज र गोपाल गुरुङको गृहकार्यको प्रतिफल हो भनि राख्न नपर्ला। 

नेपालको जन्साङ्खिक्य(डेमोग्राफिक्स) प्रयोग गरेर यँहाको एकता कसरी फोड्ने, कसरी प्रयोग गर्ने योजना बारे पहिले नै उजागर गरेका थियौं। त्यसै अनुसार नेपालको ८० प्रतिशत भन्दा धेरै हिन्दु जनसंख्या फुटाउने योजना पनि यहि रणनीति अन्तर्गत चल्दै छ। अहिले हिन्दु फुट्दै छ, किराँत पनि ३ चिरा पर्दै छ, बौद्ध धर्म त परिवर्तन गरेर सकिन थालि सक्यो। योगी नरहरि नाथको संकलन जलाएर ह्यामिल्टनको मिसिनरी योजनामा तयार पारिएको झुटो इतिहास घोकेको भरमा मैले सबै जानेको छु भन्दै बोल्ने डा सुरेन्द्र केसी, चन्द्र बानियाँ, डा शाक्य आदिले बाबुराम संग मिलेर नयाँ धर्म गठन गराई सकेका छन्। मित्र परियार पनि इंडियामा प्रयोग भएका महिषाशुर हाम्रो पुर्खा हो, रावण हाम्रो पुर्खा हो, होलिका हाम्रो पुर्खा हो आदि जति पनि राक्षस र देवताको युद्धबारे पुराणमा चर्चा भएका छन् त्यसमा राक्षस भनिएको पात्र आफ्नो पुर्खा भनि हिन्दु अहिन्दु को कित्ता काट गर्न वेलायत छोडेर नेपालको गाउँ गाउँ अभियान चलाउँदै छन्। त्यो पनि जनगणनाको समय पारेर। के यो नेपालमा हिन्दुको संख्या घटाउने षड्यन्त्र त होइन ? भन्ने विचार पनि सामाजिक संजाल भरि व्यक्त भएका छन्। 

दलित आत्मा रक्षा अभियान  शुक्ष्म मनोबैज्ञानिक चाल (psychological operation ) हो। त्यस ग्रुपमा प्राय क्रिस्टियन सक्रिय छन्। मंगोल र क्रिस्टियनहरुले जातिय हिंशा भड्किने अभिव्यक्ति दिई रहेका हुन्छन् तर त्यस ग्रुपमा यी कुरा रोकिन्न। मित्र परियारको माध्यमले दलित हरुलाई क्रिस्टियनले हामीलाई साथ् दिएर बोल्दिएको छ भनेर धर्म परिवर्तन को लागि तयार गर्दै छन्। 

आउँदो जनगणनामा क्रिस्टियनको संख्या २५% भन्दा माथि लाने योजना छ। यसको लागि बिदेशमा भएका युवायुवतीको घर जसमा बुढा पाका छन्, उनीहरुलाई क्रिस्टियन मा राखेर तथ्यांक आफ्नो पोल्टामा हाल्ने योजना पनि बनेको आशंका सामाजिक संजालमा चर्चा भएका छन्। अब केहि हप्तामा जनगणना बारे तालिम भनेर गणना गर्नेलाई आइएनजीओले भत्ता तलब सुबिधा भन्दै प्रलोभन दिएर ,यी कुरा सिकाउने छन्। हिन्दुको संख्या घटाउन हरेक पन्थ, सम्प्रदाय, संस्कृति, उपासाना पद्दतिको भिन्नै पहिचानको प्रारुप बनाउने, नयाँ नयाँ महल थप्ने काम हुनेछ भनेर टिका टिप्पणी पनि चलेको देख्न सकिन्छ।  

यहि शैलीमा अघि बढेमा नेपालको १२ प्रतिशत बाहुन र १६ प्रतिशत क्षेत्री मध्ये केहि मस्टोमा जाने हो भने अन्य जनजाति, दलित आदि समुह अहिन्दु भन्ने संज्ञामा गए भने हिसाब लगाउनु नेपालको हिन्दु जनसंख्या कता पुग्नेछ ?

क्रिस्टियानिकरणको योजना अनुरुप अन्य सबै झुण्डमा फुटेका जमातलाई विस्तारै प्रलोभनमा पारेर इसाई बनाउन अबको १० बर्ष प्रयाप्त हुने नियत अनुसार चलेको खेलालाई नै भ्याटीक्यान एजेन्डा भन्न खोजिएको हो। 

सरकारी तहबाट नै चर्च निर्माणको लागि बजेटहरू पारित हुनु, विभिन्न पार्टीका बरिष्ठ नेता गएर चर्च उद्घाटन गर्नु, होलिवाइन आयोजना गर्नु यी सबैले पनि ती कुराको जिवन्त सबुत प्रस्तुत गर्दछ।


पश्चिमी सेनाको अखडा 

माथी बताएको योजना साकार हुने बित्तिकै वा साकार नहुने देखिएमा नेपालमा धार्मिक युद्ध आरम्भ गरिने छ। सभ्यताको साथ्साथ् चिन र इंडियालाई निगरानी गर्ने पश्चिमा उद्देश्य पनि यी सबै प्रपन्चमा जुडेका छन्। जसको लागि अमेरिकी सेना नेपाल उतार्नै पर्ने हुन्छ। तर नेपालको असंग्लानताको परराष्ट्र नीतिले यो हुन न दिने अवस्था रहेकाले ओलीको मन्त्रीमण्डलमा हरेक व्यक्तिको छनौट अन्तै बाट तय भएको थियो। र सबैको आफ्नो आफ्नो उदेश्य छ। प्रदिप ज्ञवाली नेपालको परराष्ट्र नीति डामाडोल पारेर, नेपाललाई दुइ छिमेकी बिरुद्ध प्रयोग गर्न मिल्ने बनाउनको लागि खटाइएको हली जस्तै  हुन्। २०७४ को अन्तिम  (२०१८ मार्च) तिर परराष्ट्र मन्त्रीको पदमा आसिन भएका ज्ञवाली नौ महिना पछि २०७५ पौष २ गते ५ दिने अमरिका भ्रमणमा गएका थिए। नेपाललाई अमेरिकाको पोल्टामा हाल्नु नै त्यस भ्रमणको एक मात्र उदेश्य थियो। सो भ्रमणमा नेपाललाई नेपालकै परराष्ट्र नीति विपरीत इन्डो प्यासिफिक सैन्य रणनीतिमा दाखिला गराइएको थियो। कुनै पनि सैन्य गुटमा असंलग्नता एवं पञ्चशीलको नीति लिएको नेपाललाई छिमेकी विरुद्व प्रयोग गर्न त्यो राष्ट्रघाती कदम मन्त्री ज्ञवालीले चालेका थिए। त्यस दिनबाट नेपाल डुबानमा पर्ने निश्चित भएको छ। बाह्य हस्तक्षेप सोझै लागु हुन एमसीसी, सोफा पनि लागु हुन जरुरि छ। तर त्यो हुन नमिल्ने अवस्था आएमा, त्यो अवस्थालाई चिरेर भित्रि अस्थिरतालाई प्रयोग गर्नको लागि अमेरिकाले प्रतिपादन गरेको आतंकबादको वातावरण मिलाउनको लागि ज्ञवालीले नेपालमा आतंकबादको समस्या छ भनेर उनीहरु सामु बोलेका थिए। यी २ गल्ति गरेर देश लगभग अमेरिकाले लिने बाटो तयार पारेर उनि पौष ६ गते नेपाल फर्किए।

त्यस पछि २०७७ को जेठ २३ गते इण्डो प्यासिफिक कमाण्डले आयोजना गरेको पहिलो इण्डो प्यासिफिक ल्याण्ड पावर सम्मेलनमा नेपाली सेनाका तर्फबाट बलाध्यक्षरथी प्रभुराम शर्माले सहभागिता जनाएका थिए । अबको दुई बर्षमा हालका प्रधानसेनापति पूर्णचन्द्र थापाको अवकाश पछिका सम्भावित प्रधानसेनापति प्रभुराम शर्मा हुन् । (एमसीसीको अधिनमा नेपाली मन्त्रालय)

यस बाट प्रष्ट हुन्छ बढीमा २ वर्षमा अमेरिकी सेना नेपाल छिर्ने नियत राखेको छ। 

नेपालमा खम्पा विद्रोह भाग दुइको लागि पनि रुप रेखा, आधार सबै तयार भै रहेको छ। नयाँ बुद्ध आवतारको पगरी गुथाइदिएर पश्चिमाले बम्जनको माध्यम बाट काम अगाडी बढाइ रहेका छन्। बम्जनलाई नयाँ बुद्धको रूपमा स्थापित गर्ने डिजाइन सीआइएको तिब्बत मुद्दाको अर्को प्रपन्च हो र नेपालको बौद्ध धर्मको नाम निसान मेटाएर इसाई एजेन्डाको मल जल गर्ने युरेपेली एभान्जेली मिसनको दाउपेच हो। बम्जनको सबै भन्दा धेरै विदेशी अनुयायी र दाता युरोपमा छन्। उसको बिभिन्न डकुमेण्टरी भिडिओ बनाएर फ्रान्स, जर्मनी लगायतका देशले प्रचार गर्दिएको छ। छिट्टै, बम्जनको  राजनीतिक पार्टी पनि खुल्दै छ। बम्जनका अनुयायीले चितवनमा शाक्य मुनि बुद्ध(सिद्धार्थ गौतम) लाई पुरानो बुद्ध भन्दै सबै तस्विर, मुर्ति घरमा नराख्न व्हिप जारि गर्ने गरेको पनि खुल्न आएको छ। बौद्ध लामाले प्रयोग गर्ने  ढ्यांग्रो, घन्टी, जप गर्ने विधि पद्दतिमा चाहिने वस्तु सबै त्याग्न आदेश जारि भएको छ। निजगढ १० बुङजोरमा तामाङ लामाहरुले दिनहुुँ पिडा भोग्दै छन्।  सोहि क्षेत्रमा गुम्बा निर्माण गर्ने योजना केहि अघि बाट सुरु गरिएता पनि बम्जन भक्तले विभिन्न वाधा व्यवधान हाल्दै आइरहेका छन्।निलो(वैजनी) रङ्गवाला चाहे कनेर जबर्जस्ति हाँस्ने होउस् वा अरु ,सबै युरेपेली मिसनका चिनारी हुन्। जब तिनको अन्धो भक्तको संख्याको युरेपेली मापदण्डको थ्रेसहोल्ड (लक्ष बमोजिम) पुग्छ अनि रडाको देखिनेछ। जनजाति समुदाय भएको ठाउँमा बुद्धको मुर्ति फोडिनु, आन्ग्सिमांग महिन्गुम फाल्गुनन्दको मुर्ति माथि प्रहार हुनु, रैछाकुले(किराँती आदि पुर्खा)को मुर्तिमा तोडफोद हुनु सबै एमएनओ र बम्जन गुटको गतिविधि हो। तिब्बतीहरुलाई नेपाल छिराउँदै नागरिकता पनि वितरण गरीएको छ। विशेषगरी शिल्पी(दलित) थर राखेर यो काम चल्ने गरेको छ। किनकि त्यो समुदायलाई नेपालमा निकै विवेध गर्ने चलन छ र यदि कसैले त्यो थर राखेर नागरिकता लिगेमा खोजि पनि हुन्न। खोज्ने प्रयास भएमा पनि पश्चिमाका हड्डी चुस्ने एनजीओ अरिंगाल बनेर रक्षा गर्ने छन्। तलको तस्वीरले बाँकी कुरा पुष्टि गर्छ। 

यसरी धेरै जमात थुपारिएको छ। त्यसै मित्र परियार ७० लाख दलितको धर्म परिवर्तन भन्दै उर्लेर वेलायत बाट आएका छैनन्। शिल्पी समुदायका केहि अभियान्ता हिन्दु धर्मलाई नै सुधार गर्ने आफ्नो कुल धर्म, मूल धर्म रक्षा गर्ने अभियानमा छन्। त्यसैले नयाँ कित्ताकाट स्वरूप मष्टो धर्मको चर्चा चलाउन लालबुज्जक्कड़ सुरेन्द्र केसी, मदन विजेता बानियाँ र अन्य डा पद भिरेका मान्छे परिचालन गरिएको छ। 
२१ नभेम्बर २०२० मा अमेरिकाले निर्वासित तिब्बती सरकारका राष्ट्रपति लोब्सांग स्यांगेलाई व्हाइट हाउसमा आमन्त्रण गरेको थियो। चिनसंग पहल गरेर दलाइ लामा राख्ने बारेमा मुद्दा उठाई रहेको थियो। डिसेम्बर २१ २०२०मा अमेरिकाले तिब्बती अधिनियमको विधेयक पनि पारित गरिसकेको छ र तिब्बतमा आफ्नो वाणिज्य दूतावास (काउन्सेलेट) राख्ने प्रस्ताव पनि अगाडि सारेको छ। सोहीक्रममा तिब्बती शरणार्थीलाई नेपाली सरकारले कानुनी मान्यता र अधिकार दिनु पर्ने कुरा एकाएक उठेको थियो। डिसेम्बर २९मा चिनियाँ टोलि नेपाल आएर त्यो रोक्न दवाब दिएर गएका थिए। (ओली इण्डो-पश्चिमा गठबन्धन छोडेर नँया शक्ति–केन्द्र तिर)

नेपालमा शरण लिन पसेका तिब्बतीलाई गोपाल गुरुङको मनगणन्ते कथाको माध्यमले दिमाग भुटेर नेपालीलाई नै शरणार्थी भन्ने र हिंशा, घृणाको मलजल गर्ने काम पनि बढ्दो छ। सदियौं देखि सद्भाव, सर्वैकत्त्वमा रहँदै आएका नेपालीलाई जुधाएर आफ्नो दुनो सुझाउने पश्चिमाको नियत बुझ्न न सके नेपाल रोवाण्डा बन्ने छ। १२६ वटा जातजाति भएको देशमा एकअर्कासँग लड्दै ध्वंस हुनेछ, विनाश हुनेछ।(जातीय मुद्दाको यथार्थ


या इसाई-हिन्दु, या जात-जाति या हिन्दु-मुसलमान मध्ये जुन पायक पर्छ त्यो नै अमेरिकी सेना नेपाल छिर्ने आड बनाउने योजना अमेरिकाको छ। 

 

नेपाली क्रिस्टियन समुदायलाई अनुरोध। 

हाम्रो उद्देश्य शान्ति र देश प्रेम हो। हामीले उल्लेख गरेका कुराहरु सत्य तथ्यमा आधारित छन् तर यसो भन्दैमा हामी नेपाली क्रिस्टियनलाई गाली गरेर हिंशा भड्काउन चाहन्नौं। यदि पश्चिमाले तपाईंहरुलाई युद्धमा प्रयोग गर्न भ्यायो भने मर्ने तपाईंको आफन्त पनि हो र अन्य समुदायको पनि। आफ्नो इच्छाले स्वविवेकले अपनाएको वा पुस्ता दर पुस्ता नै क्रिस्टियन रहँदै आएको हुनु हुन्छ भने पनि नेपाल सबैको घर हो। देशमा विदेशी सेना छिर्ने डिजाइनको पक्ष पोषण नगरौं। अरुको अस्तित्व नामेट पार्ने नियत त्यागौं। शान्तिको लागि हामीले उठाएको सर्वैकत्त्व दर्शनको कुरा बुझौं। 

अहिले सम्म अरुको धर्म, संस्कार नास गर्नु र सबैलाई चर्चको मातहातमा ल्याउनु भन्ने कथनीलाई नै जीवनको एक मात्र मार्गदर्शक बनाएर हिड्दा करोडौं मानिस युरेपेली इसाईले मारेका छन्। त्यसैले अब तपाईं कै पुस्तकमा भएको यी कुरालाई मानेर अघि बढ्नु। 

म्याथिउ २२:३७-,४० तिमीले आफ्ना परमप्रभु परमेश्वरलाई प्रेम गर्नुपर्छ। आफ्नो सम्पूर्ण हृदयदेखि, सम्पूर्ण आत्मादेखि र सम्पूर्ण मनदेखि प्रेम गर्नुपर्छ। अर्को मुख्‍य र ठूलो आज्ञाचाहिँ , ‘आफ्‍नो छिमेकीलाई आफैंलाई जस्‍तै प्रेम गर।’ सबै अगमवक्ताका शिक्षाहरूको आधार यी दुई आज्ञा हुन्। यँहा तिम्रो आफ्नो परम प्रभु भन्नाले तिम्रो आफ्नो मूल, कुल धर्मको भगवान जसलाई आफुले आफ्नो परम मानिएको छ उसलाई भनेर बुझ्न जरुरि छ। यसमा छिमेकी भन्नाले घर छेउको मात्र भन्ने सोच बाट सबै माथि उठ्न जरुरि छ, छिमेकी नगर, गाउँ, जिल्ला, देश, प्रदेश सबैलाई यो भावनाले हेरेमा सर्वैकत्त्व सम्भव छ । 

म्याथिउ ५: ४३-४४ छिमेकीलाई प्रेम गर, शत्रुलाई चाहिँ घृणा गर’ भनेको तिमीहरूलाई थाहै छ। तर म तिमीहरूलाई भन्‍छु, शत्रुहरूलाई पनि प्रेम गर। आफूलाई खेदो गर्नेहरूका निम्‍ति प्रार्थना गर। 


सर्वे भवन्तु सुखीनः भन्ने कुरालाई हिन्दुको हो भनेर न मान्नु,  ठिक छ।  तर आफ्नै बाइबलमा भएको माथि उल्लेखित हरफलाई जीवन सुत्र बनाउनु जसलाई शत्रु सोच्नु हुन्छ उसलाई प्रेम गर्न सिकाउने आफ्नै यशुको पथलाई मार्ग निर्देशक बनाएर अगाडी बढेमा, विश्वव्यापी शान्ति छाउने छ। 

नेपाली समाजमा संकीर्ण चिन्तनले ग्रषित भएकाले मेरो शास्त्र भन्दा तेरो घिन लाग्दो भन्ने प्रतिस्पर्धा गरेका छन्। सकिन्छ भने राम्रा कुरा खोजौं र यी कुरा अपनाउ भनेर सद्भाव, सर्वैकत्त्वको संखघोष गरौँ। 


देश बचाउन सबै नेपाली एकजुट हुन अनुरोध, विन्ती, निवेदन गर्दछौं। 

नेपाल आमाको जय 

जागुन राष्ट्रिय गाथा। 

सर्वैकत्तु भवतु:


आगामी दिनमा मुसलमानी एजेन्डा एवं विविध विषय बारे शृंखला आउने छ। 


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)

सर्वैकत्त्व दर्शन यँहा क्लिक गरेर पढ्न सक्नु हुन्छ।


Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।