माओवादी प्रायोजनको नालीबेली भाग १: धर्म संस्कृति .
आधुनिकता र विकासको नाममा नेपाली मूल संस्कृति ,जीवनशैली, परम्परा र रितिरिवाज तहसनहस गर्ने योजना चलेको करिब करिब तीन शताब्दी भैसकेको छ l
यस लेखमा संक्षिप्तमा सबै कुरा समेट्ने कोसिस गरिएको छ l
इतिहास
बि स १५५० (सन् १४९३)बाट Papal Bull “Inter Caetera” (डक्ट्रिन अफ क्रिस्टियन डिस्कवरी) लाई मार्गदर्शक सिद्धान्त मानेर विश्वव्यापी कब्जा एवं धर्म परिवर्तन गर्दै हिँडेका ख्रीष्टियनहरु, बि.स. १७७२ (सन् १७१५)मा रणजित मल्लको पालामा नेपाल प्रवेश गरेका थिए। तर ५४ बर्ष पछि नेपालका रक्षक बडा महाराजधिराज पृथ्वी नारायण शाहले उनीहरुलाई नेपाल बाहिर लखेट्न सफल भएका थिए। ख्रीष्टियनहरुको समर्थन र सहयोग को लागि तत्कालिन इस्ट इंडिया कम्पनीले करीब ५ हजार सेना सहयोग पठाएको थियो तर नेपाली सेनाले ती सबै बिधर्मिहरुलाई नेटो कटाउन सफल भयो। सो युद्धमा करीब १७०० विधर्मी मारिएका थिए। विशेष खुलाशा : माओबादीको द्वन्दको कारण मृतकको संख्या १७००० पनि उनीहरुको त्यो बेलाको बदला, दस गुणाले लिगियो भन्ने हेतुले राखिएको थियो।
सारा विश्वमा आफ्नो आधिपत्य जमाउँदै हिडेका ख्रीष्टियनहरु पहिलो पटक नेपालमा पराजित भएका थिए । तर नेपाललाई आफ्नो अधिनमा राख्ने नियत अझै पनि उत्तिकै दृड छ । र सोहि अनुसार उनीहरुको गतिबिधि शक्रिय छन्।
बर्तमानमा डक्ट्रिन अफ क्रिस्टियन डिस्कवरीको स्वरूप मात्र फेरिएको छ। तर त्यो साम्राज्यबादी चिन्तन अझै पनि दुरुस्तै रूपमा हाबी छ। हाल त्यो साम्राज्यबादी शक्तिले मुख्य २ क्षेत्रबाट आफ्नो क्रियाकलाप गर्दै सारा संसारमा आफ्नो हैकम चलाई रहेको छ। ती मध्य एक ब्यापार, शैन्य गतिबिधि ,आर्थिक, कारोबार, ज्ञान, बिज्ञानको समिष्टिकृत रुप जसलाई पश्चिमा शक्ति भनेर बुझे सजिलो हुन्छ। र अर्को सेवा, सहयोग, धर्म परिवर्तन, जातिय हिंशा आदि क्षेत्रबाट बिश्वब्यापी आफ्नो गतिबिधि गर्दै हिडेको छ, जसलाई ख्रीष्टियन मिसनेरी (Christian Missionary) भनेर बुझे सजिलो हुन्छ। मुलभूत रूपमा यो सबै सभ्यताको बर्चस्वको लडाई हो।
पश्चिमाहरुले पुर्बिय सभ्यताको सबै ज्ञान एवं प्राचिन ग्रन्थ,इतिहास, धर्म शास्त्र, जीवनशैली (anthropology) को गहिरो धारतलबाट अध्ययन, अनुसन्धान गरि सकेका छन्। राष्ट्रगुरु योगी नरहरिनाथ र पत्रकार प्रेम कैदीका अनुसार उत्तर मा रसिया, दक्षिणमा श्रीलंका, पूर्वमा इन्डोनेसिया र पश्चिममा इरानसम्मको सभ्यताको स्रोत नेपाल भुमि हो। हिन्दु,बौद्ध, किरात, मस्टो, बोन्पो, जैन र अन्य प्रकृति पुजक(shamanism) सबैको उत्पत्ति वा विकास यहि नेपाल भूमि बाट भएको हो। नेपाल भुमिनै पुर्बिय सभ्यताको मूल भुमि अर्थात उत्पत्ति थलो हो।
सभ्यताको बर्चस्वको आधुनिक लडाईमा पूर्वीय सभ्यताको केन्द्र; नेपाललाई पूर्वीय संस्कारबिहिन गराउने र ख्रिष्टियन देश घोषणा गराउने गुरुयोजना (ग्रान्ड डिजाइन) आक्रामक शैलीमा सल्बलाउन थालेको सात दशक भैसक्यो। नेपालमा पाल्पा मिसन हस्पिटल, सेन्ट जेभियर स्कूल र अन्य समाज सेवा का नाममा खुलेका आइएनजीओहरु त्यहि एजेण्डाकै काम गर्नको लागि हो।
नेपालमा आफ्नो पकड बढाउने योजना अनुसार नै तथाकथित माओवादी जनयुद्ध सुरु गरिएको थियो। तर यसमा पश्चिमा बाहेक इंडियाको पनि स्वार्थ लुकेको थियो। मुख्यतय इंडियाको नियत त नेपाललाई सिक्किमीकरण गर्नु हो, तर हाल पश्चिमाहरुको सामरिक गतिबिधिहरु नेपालमा शक्रिय हुन थालेकाले आफ्नो आन्तरिक सुरक्षाको लागि इंडियाले सिकिमिकरणको नियत स्थगित गरेको छ। तर उसको अहिलेको मुख्य स्वार्थ मधेश अलग्याउनेमा केन्द्रित छ। बैज्ञानिक तथ्यांकहरुको आधार मानेर हेर्दा सन् २०३० सम्म इंडिया संसारको सबै भन्दा ठुलो जनसंख्या भएको देश हुने निश्चित छ। र त्यो जनसंख्याको आधा भन्दा ठुलो हिस्सासंग पिउने पानि नहुने दुरावस्थाको अनुमान पनि गरिएको छ। नेपालका सबै हिमाल, पहाड बाट आउने नदी-नालाहरु तराइमा गएर बिशाल सप्तकोशी, नारायणी, त्रिवेणी, महाकालीको रुप लिन्छन।
जुन भूभागलाई मधेस नामकरण गरिएको छ, त्यसलाई नियाल्ने हो भने इंडियाको मधेस प्रतिको चासो र समर्थन प्रष्ट हुन्छ। मधेश अर्थात इंडियाको पानि एजेन्डा। गत वर्ष दिल्लीमा बिजेपीको चुनाव प्रचारमा सन् २०२५ भित्र, सके सम्म सारा नेपाल नभए मधेश आफ्नो बनाउने कुरा बिजेपी कार्यकर्ताहरुले खुलेआम बोल्दै हिड्छन्, भन्ने खबर दिल्लीमा बसोबास गर्ने एक मित्रले बताएका थिए। त्यसैले होला इंडिया हिन्दु राष्ट्रको पक्षमा भएता पनि आफ्नो पानि एजेण्डाको कारण नेपाली संबिधानमा धर्म निरपेक्षता सामिल गर्नमा अग्रसर रह्यो । तर हाम्रा देशका नेताहरु पश्चिमाहरुले हात लिगी सकेको चाल न पाएर उसको मधेश मुद्दा सम्बोधन भएन । त्यसैले संबिधान जारि हुन साथ् नाकाबन्दि लगाएको, सबैलाई स्मरण नै होला।
सन् २०३० अर्थात अबको १० बर्ष भित्र मधेश अलग्याएर इंडियामा गाभ्ने, नेपाललाई ख्रीष्टियन देश बनाउने र पश्चिमा सेना नेपालमा आएर चिन बिरोधि गतिबिधि गर्ने उद्देस्यले सक्रियता बढाई रहेका छन्। । यस लेखमा (ख्रीष्टियन एजेन्डा) को बारेमा मात्र बताउने प्रयत्न छ। अन्य कुराहरु आगामी लेख मा बताउने छौं।
सन् २०३० सम्म नेपालको कम्तीमा ५१ प्रतिशत जनसङ्ख्यालाई ख्रीष्टियन बनाउने र जनमत संग्रह गरेर ख्रीष्टियन देश घोषणा गराउने योजना छ। यसको लागी के कसरी काम भएका थिए भन्ने कुराहरुलाई ३ तहमा वर्गीकरण गरेर प्रस्तुत गरिएको छ।
पहिलो खुड्किलो : विभाजन एवं डर
सन् १९५०को दशकमा एन्थ्रोपोलोजिस्ट(जीवनशैली, संस्कृति अध्यनकर्ता/सोधकर्ता ) हरुलाई अनुसन्धानको बाहनामा छिराएर नेपालको विविधतालाई कसरी प्रयोग गर्ने भनेर रुपरेखा तयार पार्न सुरु गरियो। अनेकतामा एकता, विविधता नै वरदान रहेको यो देशमा भिन्नतालाई अभिशाप बनाउने उद्देस्यले धेरै अध्ययन भए । सो अध्ययनका प्रलेखिकरण पश्चात; १२६ वटा भाषा-भाषीका, ४ जात ३६ वर्ण, भूबनोटको विविधता, सबैतिरबाट यहाँ फरक-फरक संस्कृति,जीबनशैली आदिलाई विपरीत हुने गरी परिभाषित गर्न करिब तिन दशकदेखि आइएनजिओ सक्रिय रहेका छन्।
नेपालको सबैभन्दा ठूलो जनसंख्या, अल्पसंख्यक लगायत अन्य सबै जनासांखिक्यको अनुसन्धान एवम् अभिलेखीकरण गरियो । यहाँको ठूलो जनसंख्या को प्रभाव समाजबाट न्यून नपारेसम्म भावी योजना सफल नहुने निष्कर्षमा उनीहरु पुगे पश्चात, यहाँका सबैभन्दा ठूलो जनसंख्या बाहुन-क्षेत्रीलाई एउटा समुदाय: खस/आर्य भनेर नामाकरण गरियो।
र ती अध्ययनबाट तयार पारिएको योजना अनुरुप माओवादी परिचालन गरियो । माओवादीको पहिलो प्रायोजन पुरेतहरूको टुप्पी काट्ने, मार्ने र संस्कृत भाषा नामेट् पार्ने तथा देशको मूल धर्महरु तहस-नहस गर्नु थियो। नेपाली समाजको नैतिक आचरण, सहिष्णुता, अनेकता मा एकता, प्रकृति प्रेम आदि सत्गुणहरु संस्कृत भाषा र त्यसमा लेखिएका ग्रन्थहरु एवं मुन्धुम त्रिपिटक, यज्ञ, सप्ताह, कोटी होम आदिले प्रदान गरेको रहेछ भन्नेकुरा, उनीहरुले ती ग्रन्थहरुको अध्ययन गरेर थाहा पाई सकेका थिए। र त्यो कुरा नरोकेसम्म नेपाली समाजलाई दिग्भ्रमित पार्न गाह्रो पर्ने बुझेकाले, पहिलो प्रहार त्यताबाट गर्न लगाइयो । त्यसै अनुरुप नेपालको सबैभन्दा ठुलो जनसंख्या; बाहुन-क्षेत्रीहरुको रीतिरिवाज माथि चौतर्फी आक्रमण गरियो। कति पण्डित मारिए, कतिको टुप्पी काटिए, कति किरियापुत्रीहरुलाई किरिया गर्नबाट बन्चित गराईयो, कतिलाई गाई काटेर गाई को सुकुटी पनि खान लगाइयो । त्यो समुदायलाई शोषक, वर्ग भेदी, अत्याचारी आदि कलंकहरु पोत्न थालियो। देशको मूल धर्महरु (हिन्दु, बौद्ध, किराँत, बोन्पो, मश्तो , प्रकृति पुजक (shamanism) एवं अन्य सबै नेपालको रैथाने धर्म संस्कृति) तहस-नहस पारियो। उनीहरुले डरत्रासको माध्यमबाट रितिरिवाज, परम्परा, संस्कृति, जीवनशैलीलाई पाखण्डको नामाकरण गरिदिए। ‘आर्य’ गुणवाचक शब्द भएतापनि, यसलाई जातिवाचक बनाएर खस/आर्य विरुद्ध सबै नेपालीको मानसिकतामा घृणा र नकारात्मक चिन्तन भरे। सबैभन्दा ठुलो जनसांख्यिक समुदाय: खस आर्यलाई डर त्रासमा बाँच्न बाध्य पारियो , आफ्नो पहिचान त्यागे मात्रै सुरक्षित अनुभव हुने माहोल बनाईयो । अहिले बाहुन-क्षेत्री घरका बालबच्चा तथा युवाहरूलाई आफ्नो पहिचान, संस्कृति पाखण्डी लाग्ने मानसिकता बनाइ सकिएको छ।
यो पहिलो खुड्किलो पार गरेको अवस्था हो।
दोश्रो खुड्किलो : वर्गीकरण, घृणा र धर्म परिवर्तन
दोस्रो चरणमा अन्य अल्पसंख्यक; जो हेर्दा बाहुन, क्षेत्री, नेवारहरु(सनातन हिन्दु धर्मावलम्बी) भन्दा फरक देखिन्छन्, उनीहरुलाई मंगोल, जनजाति, आदिबासी आदिमा बर्गिकरण गरियो। मंगोल भनेर सबै जनजातिलाई संगठित पारियो। त्यस पछि उनीहरुको कालान्तर देखि चलि आएको मौलिक धर्म,संस्कृति, परम्परा, जीवनशैली माथि प्रहार सुरु गरियो। धर्म-परिवर्तनको साथ नाकचुच्चे हिन्दु र नाक थ्याप्छे क्रिस्चियन भनि धुर्वीकरण पनि गराइदै छ। । इंडियाको डा. मोहन गुरुङ लाई प्रयोग गरेर मंगोल नेसलन अर्गनाइजेसन ( एम.एन.ओ) को नाममा ती गतिविधि सुचारु गराईयो र हाल पनि निकै आक्रामक शैलीमा चलिरहेको छ। माओवादीले मगरात, लिम्बुवान, तमुवान, किराँत आदि नामाकरण दिएर विभेदकारी, बिखण्डनकारी बहु-राष्ट्रियताको ठप्पा लगाइदिई सकेका छन् । बाबुराम भट्टराई (लाल ध्वज) अझै पनि त्यही मुद्दा लिएर कुर्लने गर्छन्। सिके रावत पनि देशको बिखन्डन गराउनका लागि अग्रसर भइरहेका छन्। मधेश भनेर एउटा छुट्टै देशको लागि तिन बर्ष अगाडी यु.एन.पी.ओ. मा दर्ता गरि सकेका छन्। हाम्रो देशको पाठ्यक्रममा समेत आइ.एन.जी.ओ हरुको ठाडो हस्तक्षेप छ। चार कक्षाको नेपाली पुस्तकमा पहाडीको को बिपरितार्थ शब्द मधेसी भनेर पढाउन सुरु गरिसकिएको छ। यसले ती कलिला मस्तिष्कमा डर लाग्दो प्रभाव (mental programming) बनाउँछ। घृणाको बिषको बिजारोपण भइसकेको छ, यसले ठुलो भयावहको स्थिथि सृजना गर्ने प्रबल सम्भावना राख्छ।
सीमान्तीकृत समुदाय र दलित तथा अन्य अल्पसंख्यकहरुलाई पनि खस-आर्य बिरोधि बनाइयो। इंडियाको र यहाँको हिन्दु समाजमा संस्कृति, धर्म, मान्यता एकै रहेकाले त्यँहा ‘दलित’ शब्दको प्रयोग जसरि गरिएको थियो, दुरुस्तै त्यहि तरिकाले यहाँ पनि घटनाहरु घटाउँदै छन्। दलित शब्दको दस्ताबेजी प्रयोग सन् १९३२मा 'पुना एक्ट'मा भएको थियो र सन् १९३५मा इस्ट इंडिया कम्पनीले जनगणनामा पहिलो पटक प्रयोग गरेको थियो। फुटाउ र राज गर नीति अनुरुप त्यो खेला ब्रिटिशहरुले मनुस्मृतिको वर्ण सम्बन्धिका श्लोकको अपव्याख्या द्वारा स्थापित गरेका थिए।
‘मनुस्मृति’ नामक ग्रन्थ: अर्कै युगको अर्कै किसमको सामाजिक, मानसिक र व्यवाहारिक परिवेषलाई सम्बोधन गर्न समाज, राष्ट्र र जीवन पद्धतिको बिधानको रूपमा कल्पौं कल्प पहिले लेखिएको थियो। त्यसलाई तोड मोड गरेर विभिन्न प्रति मुद्रण गरियो। डा. राजीव दिक्षितका अनुसार, संस्कृतविद म्याक्स मुलरले जर्मन भाषामा अनुबाद गरेको मूल प्रतिको अध्ययन पश्चात, इस्ट इंडिया कम्पनीले इन्डियन समाज बिथोल्न ‘मनुस्मृति’को अपव्याख्या बाट निकै सजिलो हुने निर्णय गरि सो पुस्तकलाई दुषित गर्ने योजना बनाएको थियो । जुन कामको लागि विलियम हन्टर लगायतको एउटा समिति गठन गरिएको थियो। । उनीहरुले पेशा, व्यवशाय अनुसारको वर्ण व्यवस्थालाई जातिय र वर्गभेदि रुप दिएर मनुस्मृतिलाई दुषित बनाइदिए। हाल मनुस्मृतिको १५० भन्दा धेरै संस्करण छन् , जसमध्य मूलप्रति कुन हो भन्ने यकिन हुन कठिन छ। तर नेपालमा पनि त्यहि अपमिश्रण गरिएको मनुस्मृतिको मुद्दा उठाएर दलित भनि भेदभाव हावी गराइयो । नेपाल एकिकरणको समयमा पृथ्वी नारायण शाहले छुवाछतको अन्त्य गरि सकेका थिए। उनको सेनामा सबै जात जातिका सैनिक रहने गर्थे। उनको आर्थिक योजना नै बिसे नगर्चीको परामर्श, सल्लाहबाट भएको थियो। पृथ्वी नारायण शाहको त्यो उदार चिन्तनको खोजि अध्ययन भएमा नेपालमा फुटाउ र राज गर भन्ने डिजाइनले काम नगर्ने देखेर नेपालको इतिहासलाई पनि कलंकित गरेर पेश गराइएको छ। डेनियल राइटले लेखेको कुरालाई नै यथार्थ मानेर आफ्नो सोध सजिलो गरि रकम पचाउने अल्छी इतिहासविदहरुको गल्ति अहिलेको पिडिले भोग्दै छ।
भेदभाव त अमेरिका, युरोप, कोरिया लगभग सबै देशमा छन्। तर त्यँहीबाटै लगानी प्राप्त गरेका संगठन, संस्थाहरुले नेपालमा सर्व साधारण, सोझो मानिसहरुको मस्तिष्कमा भेदभावको मुद्दा बनाएर धर्म परिवर्तन गराउँदै छन्। यहाँको पारम्परिक संस्कृति, ज्ञान, शिल्प एवं कलालाई मास्ने नियतले विभेद, कलह, घृणा फैलाउने गतिविधिहरु गरिरहेका छन्। रुकुम झडप यसैको एउटा उदाहरण थियो । झडप त ठकुरी र विश्वकर्मा बीच भएको थियो, तर बाहुन/क्षेत्री हरुलाई मात्र गाली गरिएको थियो ।तेश्रो खुड्किलो : नेवा किराँत समुदाय र खोकना प्रकरण
अहिलेको पुस्तामा त्यो घृणाबादी कित्ताकाटको चिन्तनले निकै बलियो प्रभाव बनाइ सकेको छ। जनजाति, मूलवासी, मंगोल, दलित आदि नाम दिएर एकातिर, खसआर्य ,नेवार र मधेशी (हिन्दु धर्मको बलियो प्रभाब भएका समुदाय) अर्कोतिर गरी मुख्यतय दूइ विभाजनमा समाज गइसकेको छ। यी मध्ये खसआर्य प्रति अन्य सबैको शत्रुभाव, घृणाभाव बढ्दै गएको अवस्था हालको समाजिक सञ्जालहरुमा छर्लङ्ग देखिन्छ। नेपालका राजनीतिक पार्टीहरु सबै बिदेशीहरुले नै चलाई रहेका छन्। त्यसमा को अध्यक्ष रहने, को-कसलाई कतिमा किनेर भाग-बण्डा मिलाउने सबै योजना र लगानी बाहिरबाट तय हुन्छ। सोहि अनुरुप बाहुन क्षेत्रीको थर परेकालाई नै एकलौटी राजकाज चलाएको भ्रम सृजना गरिएको छ। जब कि उनीहरु न बाहुन हुन्, न हिन्दु हुन् , न नेपाली नै हुन्। उनीहरु नेपाललाई असफल राष्ट्रको रुपमा स्थापना गराएर विदेशीलाई यो राष्ट्रको बागडोर सम्हाल्न निमन्त्रणा गर्ने दुरावस्थाको लागी खटाइएको हली जस्तै हुन्। बाहुन, क्षेत्रीलाई भ्रष्ट/पतित साबित गराएर देशमा अन्य सबैले त्यो समुदायलाई घृणाले हेरुन् भन्ने डिजाइन अनुरुप त्यो खेला चल्दै छ। बाहुन थर परेका कथित नेताहरु जुत्ता लगाएर आफ्नो बाउको दागबत्ती दिन्छन्, न नै किरिया बस्छन्। बाहुनको धर्म कर्म नगर्नेलाई बाहुन भन्दै अन्यको अपमान गर्ने, द्वेष, क्लेश र घृणाको कहिले ननिभ्ने आगो सल्काउन यो सबै नाटक मन्चन भएका हुन्। नेपालको संविधानमा अनावश्यक संघीयताको भारी लाद्नुको पछाडी विभेद, घृणा र द्वेषको आगो सल्काउने बाटो बनाउन, पश्चिमा र इन्डियाको दवाब र ठाडो हस्तक्षेप थियो।
अहिले यो देशको संस्कृति शुद्ध रुपमा धानेका नेवार/ किराँतहरुले मात्र हो। अन्यत्र सबै डामाडोल गराइसकिएको छ । बाहुन-क्षेत्रीहरूले पनि किरियाको दिनहरु १३ बाट ५ अथवा ३ मा सार्न थालिसके। यो एउटा उदाहरण थियो, यस्ता अनेकौं रीतिहरु दुषित पारि सकिएको छ। बिद्यालयमा बाइबल, सान्ता क्रुज, ख्रीष्टमस आदि मनाउने चलन निकै बढ्दो छ। जुन विद्यालयले यस्तो कार्यक्रम आयोजना गर्छन्, उनीहरुलाई वित्तीय सहयोग पनि दिने गरिन्छ।
खस आर्यको अपकर्ष पछि, अब नेवारहरूको पालो छ, खोकना यसै अन्तर्गत पर्छ। गुठी विधेयक, भूमिसुधार, अन्तर्राष्ट्रिय नीति प्रयोग गरेर यी कामहरु चल्दैछन्। बेला बेलामा स्वस्थानी जलाउने कुरा पनि उठाइन्छ। पशुपतिनाथ गुठीको भूमिमा चर्चले भवन निर्माण गरेको कुरा पनि समाचारमा सुन्नु भएकै होला। नेकपा र माओवादी मिसिएको पनि त्यही कामहरु गर्नको लागि हो। होलि वाइनले यसै कुराको पुष्टि गर्छ।
त्यस्तै नेपालको सबै भन्दा प्राचिन सभ्यता, जसमा नेपाल राष्ट्रको जग बसेको छ, नेपाल राष्ट्रको ४ प्रमुख स्तम्भ मध्य एक किराँत हो। अहिले त्यता बाट पनि प्रहार चल्दै छ। कहिले राजा यलम्बरको प्रतिमा/मुर्ति/शालिक माथि चड्ने, जलाउने, फोड्ने त कहिले महागुरु महिङ्गुम फाल्गुनन्दको मुर्ति फोड्ने, कहिले आदिम पुर्खा रैछाकुलेको मुर्ति तोडफोड त कहिले किराँत धर्मको मुन्धुमको हरेक संस्कारको पुरक खुवालुङ्ग हटाउने, फुटाउने कुरा चल्छ। एमएनओको प्रायोजन नेपाललाई मूल धर्म संस्कार विहिन गर्ने, क्रिस्टियन देश घोषणा गराउने उद्देस्य बारे केहि समय अघि उनीहरुको गोप्य दस्तावेज एवं झण्डा प्रकरणको बेला गृह मंत्रीले दिएको अभिव्यक्तिले प्रष्टाई सकेको छ। यसमा किराँतीहरु उनको एजेन्डाको बाधक बन्ने सम्भावना भएकाले अहिले त्यता बाट प्रहार चल्दै छ। नेपाली संबिधानमा नेपालीलाई बिभिन्न कित्तामा विभाजन गरिएको छ। त्यसैले अब नेपाली आफ्नो घरको संस्कारको बचावमा बोल्ने र अरु नेपालीको धर्म-संस्कार, संस्कृतिमाथि प्रहार भएमा हेरेर बस्ने फुटेका, टुटेका, धिमाग भुटिएका अवस्थामा छन्।
आब्हान
माओवादीले भुटेको दिमाग ठीक ठाउँमा ल्याएर प्रत्येक नेपाली बन्धुहरुले सोच्न पर्ने दिन आइसक्यो। सवै नेपालीहरु : संविधानमा विभेद र घृणाको नामाकरण पाएका खस/आर्य समुदाय, नेवार, दलित भनेर विभेदको ठप्पा लगाइएका शिल्पी समुदाय, मैथिल,थारु, र अन्य सबै मुल धर्मसंस्कृति: बौद्ध, किराँत, बोन्पो, मस्टो पुजक , प्रकृति पुजक (shamanism) एवं अन्य सबै नेपालको रैथाने धर्म संस्कृति मान्नेहरू पनि एकत्रित हुनुको विकल्प छैन। मंगोल नामाकरण गराएर सबै बौद्ध, किराँत, बोन्पो मान्ने गुरुङ, राई, लिम्बू, तामाङ आदि जातिलाई परिवर्तन गर्दै विधर्मी बनाइरहेका छन्। सबै नेपाली समुदायहरु यो कुरा मनन गरेर एकजुट नभएमा सबैको हार निश्चित छ। सारा नेपालीहरु जातीय, नश्लीय चिन्तन भन्दा माथि उठेर, राष्ट्रियताको भाव आफूभित्र सृजना गराएर, विविधताको_एकतामा_नै_नेपाली_हुनुको_सार्थकता_छ भन्ने यथार्थ बुझेर एकजुट हुन पर्ने समय आइसकेको छ l सबै संगठित भएर अगाडी बढ्नुको विकल्प छैन।
जनचेतना र यथार्थको माध्यमले समाज परिवर्तन गर्ने हाम्रो प्रयास।
ब्यापक शेयर गरेर सबैलाई यथार्थ बुझाउन सहयोग गर्नु होला।
नेपाल आमाको जय !!
जागुन् राष्ट्रिय गाथा!!
अक्षांश : ६०.१६९९° उ. देशान्तर :२४.९३८४ ° पू. बाट
माओवादी प्रायोजनको नालीबेली भाग २: मनोवैज्ञानिक चलखेल
माओवादी प्रायोजनको नालीवेली भाग-३ : कमजोर राष्ट्रियता, राष्ट्र विखण्डन हुँदै राष्ट्र विसर्जन।
Comments
Post a Comment