माओवादी प्रायोजनको नालीबेली भाग २: मनोवैज्ञानिक चलखेल
मनोवैज्ञानिक चलखेल(साइकोलोजिकल अपरेसन) डर हावी राख्ने खेला
कालान्तर देखि यो देश कहिल्यै पनि कसैको गुलाम रहेन। सधै सार्वभौम, स्वतन्त्र, अडिक, अचल, वीरता र साहसको गुञ्जन बोकी आएको यो देशका नागरिकहरूमा आत्मसम्मान, गौरव, निष्ठा, इमान र देशभक्ति निकै उच्च थियो। झुक्दै नझुक्ने नेपालको छोरो, मागेको धोतिले मेरो लाज छोपिन्न, खोसेको रोटीले मेरो पेट भरिन्न, खोले सिस्नु खाएर बाँच्छु तर आफ्नो स्वाभिमान बेच्दिन भन्ने नैतिकता, निष्ठा र आत्मसम्मान लिएर हिँड्ने नेपाली जनमानसलाई यी कुराबाट च्युत नगरेसम्म विदेशीहरूको चलखेल अगाडि नबढ्ने देखेर नै माओवादीलाई नेपालीहरूको त्यो भावना, मनोविज्ञान तुहाउन/हटाउन साइकोलोजिकल अपरेसन(मनोवैज्ञानिक चलखेल) को रूपमा पनि अगाडि सारिएको हो। नेपालीहरूमा रहेको निष्ठा, स्वाभिमान, देशप्रेम, सर्वैकत्त्व, सहिष्णुता, अनेकतामा एकता यी गुणहरु यहाँका मूल धर्म-संस्कार संस्कृतिको माध्यमले नेपालीहरूको प्राणमा, साँसमा, रगतमा भरेको थियो। त्यसको विस्तृत व्याख्या पहिलो भागमा बताइसकेका छौं। आज धर्म संस्कार खलल गर्दै मनोविज्ञान विक्षिप्त पार्ने डिजाइन(कुचेष्टा)को उजागर गर्दैछौं।
कांग्रेसको प्रयोग गरेर देशलाई बलियो आधार दिने, अर्थतन्त्रमा आत्मनिर्भर बनाउने उद्योगहरु डामाडोल पारियो। तर पनि नेपालीको कर्मठता, परिश्रम एवं देश प्रेमले उनीहरु स्वदेशमै कृषि उब्जनी गरेर चलिरहेका थिए। तथ्याङ्कको आधार मान्ने हो भने आजभन्दा तिन दशक अगाडी नेपालीले ७० प्रतिशत निर्यात गर्थे, ती सबै निर्यात गर्ने स्रोत उत्पादनहरू नेपालका कुना-काप्चा, पहाड, विकटमा भएका नेपालीहरुले नै निर्माण, उत्पादन गर्ने वस्तु/सामाग्रीहरू थिए। समग्रमा भन्ने हो भने देशको अर्थतन्त्र उद्योगले मात्रै नडुब्ने भएकाले नेपालको अर्थतन्त्रको स्रोत यहाँका कर्मठ मानिसहरु अर्थात् मानवस्रोत लाई नै विस्थापित गराउन को लागी चलिएको चाल नै मनोवैज्ञानिक चलखेल हो माओवादी साइकोलोजिकल अप्रेसन।
हातहतियार सहित धम्की डरत्रास देखाउँदै माओवादीले नेपालका कुना, काप्चा विकटका स्थानीयहरुलाई दैनिक सताउँदै ठाउँ छोडेर भाग्न पर्ने अवस्था निम्त्याए। सबै पहाड विकट कुनाकाप्चामा रहेका नेपाली शहर पसे। तर देश युद्धको चपेटामा परेको बेला शहरमा उनीहरूको लागि रोजगारी सृजना गर्न सक्ने अवस्था यथासिघ्र पूर्ति हुन नसक्नु स्वाभाविकै हो। त्यसैले नेपालीहरु बाँच्नकै लागि देश छोड्न पर्ने बाध्यता निम्तियो। देशमै फलेको अन्न/खाना खाएर राष्ट्रियता रगतमा बग्ने, प्राणमा देशप्रेम भर्ने नेपालीहरूको राष्ट्रियता कमजोर हुन थाल्यो। किनकि अब खाना पनि आयातित हुन थाले, सुन्दा हास्यास्पद लाग्ला तर मान्छेको शरीर माटोले बनेको छ र माटोबाट अन्न बन्छ अन्न बाट अन्नमय कोश(शरीर) बन्छ। नेपालको माटोमा उब्जेको खानपिन गर्न नपाएकाले पनि नेपालीमा देशप्रेम कमजोर बनाउन सजिलो भएको हो। युवा नेपालीहरु जसले देशलाई केही दिन सक्थे उनीहरु देश छोडेर जान पर्ने अवस्था निम्तियो। आधुनिक शिक्षाको नाममा नेपालीको नैतिकता, करुणा, दया, एकत्त्व, सर्वैकत्त्व टुटाइयो एवं पढाइको एक मात्र उद्देस्य विदेश हानिने मानसिकता विकास गराइयो। श्रमिकको नाममा नेपालीहरुलाई विदेश लाने र आफ्नो चलखेल नेपालमा लागु गराउने अन्तर्गत यो प्रपञ्च चलेको थियो। नेपालमै सबै कुरा फल्दा, देशले सामान निर्यात गर्दा, उद्योग उत्पादन चल्दा नेपालको बजारभाउ देखि लिएर अन्य आर्थिक गतिविधि नेपालकै नियन्त्रणमा रहन्थ्यो। तर नेपालमा उब्जनी नै नभएपछि नेपालको बजार भाउ विदेशीको नियन्त्रणमा गयो। उनीहरुले थोरै मात्र बढाएर सामान पठाएमा नेपालमा महंगी चुलिँदो हुन्थ्यो, र नेपालमै केहि गरेर जिविका टार्ने इच्छा राखेका नेपालीहरुको मासिक आम्दानीले खर्च टार्न नसकिने अवस्था बन्यो। त्यसपछि बाँच्नकै लागि पनि आफ्नो पारिश्रमिक, आफ्नो तलव/भत्ता भन्दा अधिक रकम जुटाउनुपर्ने बाध्यता भयो। औसत नेपालीको मासिक आम्दानि १० हजार तर खर्च १५ हजार छ। अब आधारभूत जीवन जिउन पनि थप ५ हजार जुटाउन पर्ने मानिसले, त्यसको लागि अधिक स्रोत खोज्ने नै भयो। त्यही नै नेपाली समाजमा मौलाएको भ्रष्टाचार महँगीको मूल कारण हो। यसरी सबै समाज बाध्यताले भ्रष्टाचार गर्नै पर्ने बन्यो। अब देशमा कुनै पनि नेता कुनै पनि जनता बिकाउ नहुने भन्ने अवस्था छैन। देशमा रोजगारी उत्पन्न गर्ने, इमान्दारिता/ नैतिकताको साथ बाँच्छु भन्ने नेपाली देश छोडेर भाग्न नै पर्ने अवस्था निर्माण गरियो। उद्यमशीलताको केहि योजना परियोजना बनाए पनि, त्यसको दर्ता घुस न खुलाए सम्म न हुने अवस्था छ। सत् प्रतिशत इमान बोकेर केहि गर्छु भन्ने मान्छे पागल मानिने माहोल बनाइएको छ। बेरोजगारहरुलाई बेलाबेलामा हड्डी फालेर बिदेशीकै गुलामले देश चलाउने अवस्था सुनिश्चित भयो। त्यसैले ……………….
यो भेंडीगोठ नामक देशको बेरोजगार नगरमा लगभग सबै युवाहरु बेरोजगार छन्, बेरोजगार भएता पनि फुर्सद भने कसैलाई छैन। कोहि कसैको चियो चर्चामा मस्त छन्, त कोहि कसलाई आज ठग्न सकिएला ? भन्ने तर्फ ब्यस्त छन्। नयाँ नयाँ तन्त्र बोक्ने संबिधान बनेको छ। संबिधान बने पछि त के के न रोजगारी दिम्ला भनेर हरेक पार्टीको उम्मेदवारहरुले यिनै बेरोजगारहरुलाई झण्डा बोक्न, पम्प्लेट र पर्छा बाँड्न प्रयोग पनि गरे। तर बिचरा सधैको मुर्खहरुलाई मुर्ख बनाउन सजिलै हुने रहेछ। अब त इनिहरुलाई पैसा कमाउने समय पनि ५ ५ बर्षमा चुनावमा मात्र आउँछ, अरु समय त येस्तै हो भन्ने विश्वास भै सकेको छ। युवाहरु बेरोजगार भएको कारणले कुमार्गमा अगाडी बढ्दै छन् भन्ने कुराको ज्ञान त नेताहरुलाई पनि छ। तर यही बेरोजगारीलाई नै नेताहरुले सबैभन्दा ठुलो हतियार बनाएका छन्। यदि सबैजना कुनै रोजगारीमा ब्यस्त भए भने त आफ्नो दलको पर्छा,पम्प्लेट र झण्डा बोक्न कसलाई प्रयोग गर्ने ? त्यसैले जुन सुकै सिद्धान्त बोकेको राजनीतिक दलले जितेता पनि रोजगारीको कुनै अवसर सृजना हुँदैन। कि त विदेश जाने, कि नभए झन्डा बोक्ने बाहेक इनिहरुको विकल्प छैन। सिस्टमबाट विरक्त भएका यी युवाहरुको लागि नशाको सहारा नै एक मात्र जिउने आड बनेको छ।
नेताहरु ल्याउँछन् त वैदेशिक रोजगारीका नितिहरु किनकि विचार गर्न सक्ने, नशा रहित नेपालीहरू र इमान्दार नैतिकता बोक्ने नेपालीहरु नेपालबाट भगाउने लक्ष्य नै माओवादी बाट रोपिएको बीउ थियो।
यहि हो साइकोलोजिकल अपरेसन ।
अक्षांश : ६०.१६९९° उ. देशान्तर :२४.९३८४ ° पू. बाट
Comments
Post a Comment