जातीय मुद्दाको यथार्थ।। को दोषी? कसको खेल ? भिडिओ सहित।


सामाजिक संजाल भरि जातको नाममा निकै घृणा, गालि गलौजले भरिएको अभिव्यक्ति देख्न सकिन्छ। झल्यास्स हेर्दा देशको बागडोर सम्हाल्ने प्राय जसो बाहुन क्षेत्री थर परेका, हिन्दु धर्म मान्ने परिवारमा जन्मिएका छन्। तर सोंच्न जरुरि छ, अपराधीको कुनै जात हुँदैन। जुन नेतालाई बाहुन भनेर भनिन्छ, के तिनीहरूले बाहुन भन्ने कुनै पनि संस्कार अनुशरण गरेका छन् ? न जनै लगाउँछन्, न आमा-बाबा लगायत आफन्तको किरिया बस्छन्, न नुन छोड्छन् न केहि बार्छन्। मृत्यु संस्कार त डामाडोल पारेका छन्, छालाको जुत्ता सहित दागबत्ति दिन्छन्। न कुनै दैनिक पूजापाठ नै गर्छन्, न कुनै आस्था नै राखेका छन्। त्यस्तालाई बाहुन भन्न मिल्दैन, बाहुन थर परेका अपराधीहरूले देश बिगारेका हुन्। ओली बेला न को बेला किन पशुपति गएर पुजा गरे भनेर हल्ला गर्ने पनि होलान्। यो पुजा उसले कुनै विधि अनुसार गरेको होइन भोट लतार्न नयाँ नाटक गरेको हो। देशको जनसंख्या सबैभन्दा धेरै बाहुन क्षेत्रीकै भएकाले सबै ठाउँमा लुटेराको रुपमा ती थर परेका देखिएका हुन् तर हरेक थरबाट अपराधिहरु छन्। चुरो कुरो खोताल्ने हो भने, बाहुन थर परेका विदेशीका गुलामले देश बर्बाद पारेका हुन्। लगभग हरेक पार्टीका शिर्ष नेता विदेशीका गुलाम छन्। धेरै पर जानै पर्दैन, होलि वाइन सम्झिए पुग्छ। त्यो प्राङ्गणमा को को सरीक थिए ? सबै विदेशीका प्यादा । 

नेम्बाङ थर परेका अर्का क्रिस्चियन नेता, क्रिश्चियन धर्म लाद्ने र किराँत धर्म मास्ने मान्छे हुन्। के अब सबै किराँतीलाई किराँत धर्म नाशक भन्न सुहाउँछ ? यो दृष्टान्त लगभग नेपालको हरेक जातका नेताले बोकेका छन्। यँहा क्रिस्चियन भनेर त्यो सम्प्रदायलाई हेय, घृणा गरेको होइन। तर पहिचान भन्दै फलाक्ने नेताले आफ्नो पहिचान बोकेको छ वा मेट्दै छ ? त्यो कुरा घोत्लिएर सोच्ने कोण खुलोस् भनेर यी कुरा बताएका हौं। 


गुलामको पनि कुनै जात हुँदैन। थर मिल्न गयो होला त्यो अर्कै कुरा हो तर बिदेशीको गुलाम खोज्ने हो भने हरेक पार्टीका शिर्ष नेता यात धर्म बेचुआ छन् या त राष्ट्रियता कमजोर बनाउने बिदेशीका गुलाम छन्। 

कांग्रेसका सभापति देउवाको श्रीमती आइएनजीओको ठेकदार हुन्। उनले ठेक्का लिगेका प्राय आइएनजीओ इसाई मिसिनरिकै हुन्। उनकै श्रीमती बाट देउवालाई नचाइञ्छ। त्यता बाट न नाचे ताल फेरेर इन्डियन धुन बजाइन्छ जसमा देउवा आफ्नै लवजमा गीत पनि गाउँछन् र बुर्कुसी मार्दै नाच्छन्। नेपाली कांग्रेसको इतिहास खोताल्नु होला इन्डियन कांग्रेसकै हाँगा हो। एमाले त के कुरा गर्ने ? पार्टी नै आइएनजीओको साखा हो। माओबादी त नेपालको हिमाल,पहाड, बिकट क्षेत्रमा बौद्ध, किराँती, हिन्दु र बोन धर्म मेटाउन कै लागि रचिएको प्रपन्च हो। समाजमा डर हावी गर्न चालिएको साइकोलोजिकल अपरेसन (मनोवैज्ञानिक चलखेल) हो। झ्याप्प हेर्दा सबैको शिर्ष नेता बाहुन थरका होलान् तर दाना पानि, सोच्ने बिचार, कार्यन्वयन गर्ने नीति, नियम सबै इसाई र इन्डियन मालिकको आदेश बमोजिम छन्। अब सोचौं, कसले बिगारेको देश हो यो ?

प्रायजसो ठग, तस्कर, लुटेराहरु आदिवासी/जनजाति थर परेका छन्। चक्रे मिलन, दिपक मनाङ्गे गुरुङ थरका हुन्। उनीहरु ठग लुटेरा भए भन्दैमा, देशका सबै आदिवासीहरुलाई लुटेरा भन्न मिल्दैन। लुटेराको राष्ट्रियकरण गर्ने माओवादीले गुम्बा भत्काउन बौद्ध धर्म मान्ने तमाङ्ग थर परेकालाई नै प्रयोग गरेका थिए। के त्यसो भए, गुरुङ मगर तामाङ सबैलाई आतंकबादी भन्ने ? माओवादी इंडिया, इसाई र पश्चिमा शक्तिले पालेको घुसिया हुन्। त्यो पार्टीमा लागेका सबैको कारणले देशको पूर्वाधार भत्किए, देश आतंकित भयो ? माओवादी कालमा घर-घरै गएर लुट्दै हिड्ने, बैंक लुट्ने सबै जातका छन्। यस आधारमा सबै नेपालीनै लुटेरा हुन्। 

ढलमा पैसा देखे मुख गाडेर टिप्ने चरित्रका काठमाडौँका उच्च पदका अविद्या कुरुप मनस्थितिका नेवार थर परेकालाई पनि देख्न सकिन्छ। गरिब, बेसाहारालाई खाना खुलाउन रोक लगाउने उर्दी जारि गर्ने तुच्छ अवस्थासम्म उनको दिमाग चलेको थियो। फेरी उनलाई हाच्छ्यु आउँदा समेत पाँच तारेमा एकान्त बास चाहिने। अब के नेवार जति, जनता भोकै राखेर भोग विलास गर्ने खालका हुन् भन्ने ? पश्चिम नेपालमा दर्जनौं बलात्कारी दलित/सिमान्तिकृत थर परेका छन्। के अब दलित/सिमान्तिकृत समुदायलाई नै बलात्कारीको ठप्पा लगाउने ? प्रदेश २मा प्राय जसो एसिड आक्रमण, बलात्कार मुसलमान थर वालाले गरेको छ भन्दै मा देश भरिका मुसलमानलाई  बलात्कारी, एसिड आक्रमणकारी भन्ने ? 

चुनावको बेला ४ चोक्टा हड्डी सहितको मासु, एक पोका रक्सि र हजारको नोटमा बिक्ने जमातमा सबै जातका छन्।  के अब सबै नेपाली बिकाउ टट्टू हुन् ? कुनै एक जातलाई गालि गर्दै बस्नेले सोचौं ! आफ्नो जातमा त्यस्ता बिकाउ, चोर, लुटेरा, भ्रष्टाचारी छन् वा छैनन् ? देश डुबाउने तत्त्वहरु न कहिले एमसीसी विरुद्ध सडक मा आए, न किसान आन्दोलनमा आए, न नै नक्कली महामारीको नाममा थुनेर मार्दा आए तर उनका नेताले मासु भात,रक्सि खुलाउने भने पछि देश भरि बाट जाडोमा पनि काठमाडौँको सडकमा आए। त्यो भीडमा नाक नेप्टो पनि थिए, चुच्चे पनि थिए, धोति लगाएका पनि थिए, टोपी लगाएका पनि थिए कुन जात लाई गालि गर्ने ? जात होइन मान्छे, त्यसको नियत, त्यसको बिचार सबै व्यक्तिगत हुन्छ। सामुहिक गालि गलौजले त्यस जातका राम्रो मान्छेलाई असर गर्छ,हिंशा भड्किन सक्छ।

विदेशीको खेला नै यहाँ भएका प्रत्येक जातजातिको विविधताको फाइदा उठाएर भिन्नता देखाएर लडाउने हो। त्यसको शिकार नबनौं। हरेक जात भित्रका अपराधीको नालीबेली उजागर गरौँ, भण्डाफोर गरौँ, नाङ्गेझार पारौं। तर एकअर्कालाई गालीगलौज गर्दै बसेमा १२६ वटा जातजाति भएको देशमा एकअर्कासँग लड्दै ध्वंस हुनेछ, विनाश हुनेछ। रुवाण्डा भन्ने देशको उदाहरण हेर्दा हुन्छ। अहिलेको सुडान हेर्दा हुन्छ। इथिओपियाको टिग्रे प्रदेश-सरकारको सेना र केन्द्रीय सेना लड्न थालेका छन्। नेपालमा त्यस्तै अवस्था निम्त्याउने, देशलाई असफल राष्ट्र घोषणा गराउने र उनीहरुले चाहे अनुरुप देश चलाउने नियतले नेपालमा करीब ५०हजार एनजीओ र आइएनजीओ परिचालित छन्।उनीहरुले तयार गरेको प्रतिवेदन र सिकाउने, उल्काउने कुरा सुन्दै बसेमा देशमा अझै भाँडभैलो हुनेछ। आइएनजीओ मुक्त नेपालको अभियान चलाउने संगठनलाई हामीले समर्थन गर्न पर्छ।

सामाजिक संजालमा समय जति काण्ड खोज्दै नास गरेको र घृणा फैलाउन लागि परेको देख्न पाइन्छ। दिमाग सहि अवस्थामा छ भने खोजि गर्नु होस् देशको उन्नति, सामाजिक सद्भाव कसरी होला ? भन्ने बारे। जात जाति लाई उल्काउने, लड्न प्रेरणा दिने, जातीय हिंशा भड्काउने र शान्ति सेनाको नाममा बिदेशीले देश चलाउने डिजाइनलाई भरण-पोषण गर्दैछ तपाईं हाम्रो हिंसाले भरिएको गालीगलौजले। ती बिग्रेका बिभिन्न थरका मानव शरीरमा रहेका दानव भन्दा देशमा हिंसाको आगो सल्काउने अभिव्यक्ति दिने पिचास कम होइनन्। यदि तपाईं पनि त्यस्ता गतिविधि गर्दै हुनु हुन्छ भने तपाईंले पनि देश ध्वंश गर्न उत्तिकै योगदान गर्दै हुनुहुन्छ। बधाई छ ! हजुर पनि देशद्रोही नै बन्नुभयो। सकिन्छ भने हरेक जात मा रहेका त्यस्ता अपराधीहरूको उजागर गरौँ, बहिष्कार गरौँ, नाङ्गेझार पारौं। 

नेपालीको नशामा बग्ने एकता, सहिष्णुता, सर्वैकत्त्व अगाडि ल्याउँ। सारा संसारलाई सिकाउन सक्ने ज्ञान हामीहरुसँग छ। सहिष्णुता के हो ? सर्वैकत्त्व के हो ? विविधतामा एकता भनेको के हो ? अहिले बिभिन्न देशमा यो कुरा नबुझेर हिंसा दंगा चल्दैछ। रंगभेद के हो ? अमेरिकामा हेर्नु। अरुको लागि खनेको बिखन्डनको खाडल, खन्न लगाउने देशमा पनि खनिंदै छ। हामीले सहिष्णुता , विविधतामा एकता सिकाउने वा एक अर्कालाई गाली गर्दै खाल्टो खन्ने ।। निर्णय आफै गर्नु होला। 

सोचौँ 
जात जात भन्दै बाउन क्षेत्रीलाई गाली गर्दै बस्ने जातिवादी नायकहरुलाई अनुरोध !
अहिलेका यी भ्रष्ट नेताहरुको कारण आफ्नो घर परिवारबाट, आफ्नो देशबाट बाहिरिन बाध्य पारिएका विदेशमा गएर काम गरेका, खाडीमा बेल्चा हानेर जीविका टार्दै आएका बाहुन क्षेत्री समुदायका नेपालीहरुलाई भ्रष्ट नेता सरह देख्ने, गालि गर्ने देखि  काटमार गर्ने सम्मको अभिव्यक्ति र उद्देश्य राख्दै हुनुहुन्छ भने सबै भ्रष्ट नेता र तपाईंमा एकै स्तरको पिचास छ, राक्षस छ ! 
कि प्रत्येक बाहुन क्षेत्री देशमा उच्च जीवनशैलीमा हुन पर्यो ! त्यो त छैन ! 
न्याय को आवाज उठाउनु हुन्छ भने ती गरीब बाहुन-क्षेत्री हरुलाई पनि न्याय दिन सक्छु भन्ने ल्याकत राख्नुहोला ! अहिलेका भ्रष्ट नेतालाई काटेर, तड्पाई तड्पाई मार्यो भने पनि, जति सक्दो यातना दिन सक्नु भयो भने, त्यही बाहुन क्षेत्री समुदाय जसलाई गाली गर्दै हुनुहुन्छ उनीहरुले तपाईंलाई देवता मानेर पुजा पनि गर्ने छन् ! 
भ्रष्टाचारी जुन सुकै जातको होला, कसैलाई न छोडौं ! जात मिल्यो भन्दैमा सबैलाई उही नसोचौं ! 
राक्षस बन्ने वा देवता निर्णय आफै गरौँ !

अनि अर्को कुरा…..

यहाँ कसैलाई कर्तव्य गर्न इच्छा छैन तर अधिकार भने सबैलाई चाहिएको छ। बाहुन क्षेत्रीलाई मात्र के गाली गर्नु छ र ? अन्य जातका लाई पनि पद प्रतिष्ठा र कुर्सीकै भोक छ। अधिकार त यहाँ तल्लो(गरीब) वर्गको न बाहुनले नै पाएका छन् न पण्डित घरानका ले नै पाएका छन्। के जात-जातिबीच मा नाटक गर्नु छ र ? भोक त सबैको पदको नै हो। नाकको आकारले पनि भ्रष्टाचारी छुट्याउन सकिदो रहेनछ, आँखाको आकृतिले पनि भ्रष्टाचारको मापन गर्न न मिल्ने रहेछ। पद लिप्त, मतिभ्रष्टको यहाँ प्रतिस्पर्धा चलेकै छ। अराजकतालाई अधिकार सोच्ने गरी दिमाग भुटिएकै छ। कर्तब्य के गर्नु र यहाँ ? मान्छे मारेकै भरमा पद, प्रतिष्ठा पाउने माहोल बनिसकेको छ। त्यसैले फुटौं र सानो सानो झुण्डमा विभाजित भै अर्को झुण्डलाई गाली गरौं। आफ्नो कुरा सुन्ने कोहि केहि भेँडा थुपारौं। त्यसपछि दिमाग दिमाग भुट्ने, अर्को जातको मान्छे कुट्ने। अनि वार्तामा बोलाई हाल्छन् त्यस पछि पद पनि पाइयो। आफ्नो पछाडि लागेका भेडाहरुको अधिकार त टोइलेट् पेपर सरह पुछेर फालियो।। यति देख्ने आँखा खुलोस्। नेताको टोइलेट् पेपर, न बन्ने आत्मसम्मान जागोस्। 


नेपाल आमाको जय , जागुन् राष्ट्रिय गाथा।। 


सर्वैकत्त्व भवतु :



अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)


Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।