कोरोना भन्दा डरलाग्दो रोग "फेम सिण्ड्रम(भाइरल कम्प्लेक्स)"




फेम सिण्ड्रम(भाइरल कम्प्लेक्स ) यो एक मनोरोग हो।

यस मनोरोगमा प्रख्यात हुने, बहुचर्चित बन्ने, परिचित हुने मनासयले जति गिरेर भए पनि सबैको ध्यान आफु तिर आकर्षण गर्ने होडबाजी र आफूलाई सबैले  चिनुन, जानुन र मानुन भन्ने विचारधारा एकदम बलियो हुन्छ। यसको लागि मान्छे जति पनि गिर्छ, झुटो बोल्ने, ठग्ने, मिडिया क्यामेराको अगाडि जे पनि गरेर आफूतिर ध्यान आकर्षित गर्ने, आफू चर्चित हुन केहि कसर नछोड्ने गर्छ, मान्छे संग बिभिन्न वहाना गरेर पैसा मागेर आफ्नो प्रचार गर्ने, आफुलाई ठुलो सावित गर्ने, सोच्न नसक्ने न्यून स्तरको भेडा खोज्ने र तिनलाई अरिंगालमा परिणत गर्ने अनि आफ्नो प्रचारवाजीमा लगाउने आदि यसका लक्षणहरु हुन्। 

कुख्याति होस् या ख्याति इनिहरुलई मतलव हुँदैन। फेमस हुनको लागि पुण्य गौतम भन्ने मान्छेले २०७७ को वैशाखमा आत्महत्या गर्छु भन्यो, युट्युबको भिडियो मा आफुलाई कुट्न लगाएर हेमाको पैसा ठग्ने नाटक गरेर फेमस भएको  थियो। अहिले पुण्य जहाँ उभिन्छ, त्यहाँ युट्युबे पत्रुकारको लाइन लाग्छ। अहिले टिकटकमा त्यस्ता रोगीहरु छापछाप्ती देख्न सकिन्छ। कहिले कसो फेमस  हुने होडबाजीमा पुलबाट खसेर मरेको, झुण्डिने एक्टिङ गर्दा कुर्सी चिप्लेर मरेको घटना घट्नुको पछाडी यहि मनोरोग हावी भएर हो। यो डर लाग्दो मनोरोग हो। 

यो रोग आधुनिक प्रविधि, सञ्चारमाध्यमका नयाँ विधि चलायमान दुरभाषक यंत्र (मोबाइल फोन), अंतरजाल (इन्टरनेट)को उपभोग पछि निर्माण भएको मान्न सकिन्छ। सहयोग गर्ने बहानामा एउटा केरा हातमा दिएर फोटो खिचाएर हाल्ने देखि एक जनालाई कम्मल ओढाएर दशजना जम्मा भएर फोटो खिच्ने, हातले छोएर नाटक गर्ने गरिबको गरिबीलाई आफ्नो फेमस हुने साधन बनाउने सम्वेधनाहिन अवस्था यो रोगले निम्ताउँछ। 

निष्पक्ष मनले सहयोग गर्ने जमाना अहिले यो रोगको कारणले घट्दै गइरहेको छ। अहिले यस्ता रोगीहरु को बिगबिगी छ। 

यस अवस्थालाई कम्पल्सिभ डिसर्डर(बाध्यकारी अस्तव्यस्तता)को रुपमा वर्गीकरण गर्न सकिन्छ। यो रोग क्यामेरा देख्न साथ्, भीड देख्न साथ् उग्र भएर निस्किन्छ। त्यति हुँदा समेत कसैले वास्ता न गरेमा, शब्द जाल बुनेर सोझो साझो मानसिकताका जमातलाई पिछु लग्गु/भेडा बनाउने र आफ्नो प्रचार गराउने मति सृजना हुन्छ। आफ्नो नामको अगाडी नानाथरि मुकुण्डो पहिराएर, संस्था खोलेर पदवी टाँसेर, हिडेको पनि पाइन्छ। 

अटेन्सन सिकिङ्ग पनि एक किसिमको मनोवस्था हो तर फेम सिण्ड्रम होइन। अटेन्सन सिकिङ्गमा आफूतिर ध्यानाकर्षण गराउन मान्छेले जे पनि गर्छ। तर त्यसमा फेमस नै हुनपर्छ भन्ने बाध्यात्मक अवस्था रहेको हुँदैन। प्राय जसो अटेन्सन सिकिङ्ग बच्चाहरुमा ज्यादा देखिन्छ। तर मुख्यतः फेम सिण्ड्रम वालाहरूमा बाल्यावस्थाबाट आर्यघाटमा नपुग्ने बेरसम्म सबैको ध्यान आफु तिर तान्ने चटक चलि रहन्छ । प्रौण अवस्थामा आफ्नो अगाडी माइक, भीड, मिडियाको कमि भएमा यो रोगले ग्रसित मान्छे उद्दण्ड, पाखण्ड, प्रचण्ड व्यवहार गर्ने गरेको देखिएको छ। धेरै ज्ञान संकलन गरेका, पढेका, जानकार आदि पनि यस रोगका शिकार बन्न सक्छन्। आफ्नो विचार सबै सामु पुगोस् भन्ने रहर सम्म ठिकै हो तर मान्छे ठगेर आफ्नो विचार अरुमा लाद्ने अवस्था पनि यो रोगले निम्त्याउन सक्छ।



अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)


Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।