दलित शब्दको खोजि । भिडिओ सहित।







दलितको इतिहास खोज्ने हो भने नेपालमा जयस्तिथि मल्लको पाला बाट पेशाको आधारमा सुरु भएको पाइन्छ। विद्वत, ज्ञान, वुद्धिजीवी, विद्, आचार्य आदि क्षेत्रमा काम गर्ने ब्राह्मण। सुरक्षा, साशन, प्रशासन आदिको काम गर्ने क्षत्रिय।  व्यापार,व्यवसाय, उद्यम, उद्योग जस्ता गतिविधि गर्ने वैश्य रहन्थे भने निर्माण, शिल्प, श्रम आदि क्षेत्रमा दख्खल राख्ने शुद्र रहन्थे। आधुनिक वर्गीकरणमा तुलना गर्ने हो भने स्कोलर, एड्मिनिस्ट्रेसन, ट्रेड-बिजिनेस र लेवर यी नै वर्गीकरण थिए। तर एक परिवारको सदस्यले आफ्नो कार्य क्षेत्र फेर्न नपाउने नियम घमण्डी, घामड कुवुद्धिजीवि र कुशासन चलाउनेले लगाए। बसी बसी जन्मेकै आधारमा देशको शासन, प्रशासन, नीति नियम निर्माण गर्ने सहुलियत आफ्नो पोल्टामा राख्न खोज्ने धृष्ट, मतिभ्रष्ट, स्वार्थीको कारण यो कुप्रथाले समाजमा जरो गाड्यो। यसलाई हटाउने प्रयास पृथ्वी नारायण शाहले गरेको बुझ्न सकिन्छ।  उनको सेनामा हरेक जातका रहने गर्थे। शिल्पी समुदायले नै हात हतियार निर्माण गरिदिन्थे।  बिसे नगर्ची जो जातले दमाई थिए, पृथ्वी नारायण शाहले उनि बाट परामर्श लिने गरेको कुरा पनि बुझ्न सकिन्छ।  पारम्परिक प्रथा मान्ने हो भने ब्राह्मण बाहेक अन्य बाट राजाले परामर्श लिने भनेको अनिष्ट मानिन्थ्यो तर त्यो पाखण्डी सोंच पृथ्वी नारायणले तोडे र नै त नेपाल हाल सम्म सार्वभौम सम्पन राष्ट्र रहेको छ। पृथ्वी नारायण शाहले ४ जात ३६ वर्णको साझा फुलवारी भनेर यो राष्ट्र प्रति सबैको बराबरीको हक, अधिकार र कर्तब्य छ भन्ने संदेश दिएका हुन्। तर त्यति सजिलै बसी बसी जन्मेकै आधारमा देशको शासन, प्रशासन, नीति नियम निर्माण गर्ने सहुलियत आफ्नो पोल्टाबाट उम्किन नदिने धृष्ट, मतिभ्रष्ट, स्वार्थी नियतका दरवारिय हावी भै छाडे। यसैको फाइदा उठाएर अंग्रेज हरुले जंग बहादुरलाई प्रयोग गरे। मुलुकी ऐन जुन वेलायतमा ड्राफ्ट गरिएको थियो, त्यो इंडियाको फुटाउ र राज गर सिद्धान्त अन्तर्गत नै तयार पारेर जंग बहादुरलाई कानुनको रुपमा स्थापित गर्न लगाइयो। यसमा त्यहि स्वार्थि चिन्तन हावी थियो। यसले समाज टुक्राउन, वर्गीकरण गर्न, विद्रोह गराउन, भाँड्न, टुटाउन, फुटाउन जग बसाल्यो। दुइ कौडीको शीप नभएका हुतिहाराले शीप भएका, मिहिनेत गर्ने समुदायलाई घृणा गर्ने वातावरण बन्यो।



इंडियामा पनि यो खेला चलेको थियो। यसको बारे राष्ट्र गुरु योगी नरहरिनाथले बुझी सकेकाले नेपालमा आएर यो कुराको परिवर्तनको लागि ठुलो प्रयास गरेको पाइएको छ। वाचन शिरोमणि नारायण पोखरेलले अझै ठुलो सङ्कल्प सहित अभियान नै आरम्भ गरेका थिए। तर यो घृणाको जग उखेलियो भने विदेशीले नेपाली समाज भाड्न न पाउने बुझेकाले आफ्ना गुलाम माओवादी प्रयोग गरेर नारायण पोखरेलको हत्या गरियो। इंडियाको र यहाँको हिन्दु समाजमा संस्कृति, धर्म, मान्यता एकै रहेकाले त्यँहा ‘दलित’ शब्दको प्रयोग जसरि गरिएको थियो, दुरुस्तै त्यहि तरिकाले यहाँ पनि घटनाहरु घटाउँदै छन्। दलित शब्दको दस्ताबेजी प्रयोग सन् १९३२ मा 'पुना प्याक्ट 'मा भएको थियो र सन् १९३५मा इस्ट इंडिया कम्पनीले जनगणनामा पहिलो पटक दलित शब्द प्रयोग गरेको थियो। फुटाउ र राज गर नीति अनुरुप त्यो खेला ब्रिटिशहरुले मनुस्मृतिको वर्ण सम्बन्धिका श्लोकको अपव्याख्या द्वारा स्थापित गरेका थिए।

‘मनुस्मृति’ नामक ग्रन्थ: अर्कै युगको अर्कै किसमको सामाजिक, मानसिक र व्यवाहारिक परिवेषलाई सम्बोधन गर्न समाज, राष्ट्र र जीवन पद्धतिको बिधानको रूपमा कल्पौं कल्प पहिले लेखिएको थियो। त्यसलाई तोड मोड गरेर विभिन्न प्रति मुद्रण गरियो। डा. राजीव दिक्षितका अनुसार, संस्कृतविद म्याक्स मुलरले जर्मन भाषामा अनुवाद गरेको मूल प्रतिको अध्ययन पश्चात, इस्ट इंडिया कम्पनीले इन्डियन समाज बिथोल्न ‘मनुस्मृति’को अपव्याख्या बाट निकै सजिलो हुने निर्णय गरि सो पुस्तकलाई दुषित गर्ने योजना बनाएको थियो । जुन कामको लागि विलियम हन्टर लगायतको एउटा समिति गठन गरिएको थियो। उनीहरुले पेशा, व्यवशाय अनुसारको वर्ण व्यवस्थालाई जातिय र वर्गभेदि रुप दिएर मनुस्मृतिलाई दुषित बनाइदिए। हाल मनुस्मृतिको १५० भन्दा धेरै संस्करण छन् , जसमध्ये मूलप्रति कुन हो भन्ने यकिन हुन कठिन छ। तर नेपालमा पनि त्यहि अपमिश्रण गरिएको मनुस्मृतिको मुद्दा उठाएर दलित भनि भेदभाव हावी गराइयो । अहिले त नेपालको संबिधानमा नै त्यो विवेधयुक्त वर्गीकरण गरिएको छ।

यसको निराकरण गर्न नयाँ सोंच, नयाँ शैलीको आवश्यकता छ। ज्ञान अनुसारको मान, उमेर अनुसारको आदर, दक्षता अनुसारको अवसर र निष्ठा अनुसारको सम्मान। 


छुवाछुत प्रथा हटाउने उपाय जति पनि खानपिनका सम्बन्धी व्यापार व्यवसायहरु(होटेल/रेस्टुरेण्ट/क्यटेरिङ्ग) छन्, ती सबैमा भान्सामा काम गर्ने कम्तीमा एक जना दलित समुदायबाट हुनपर्ने नभए सरकारले त्यसको दर्ता रोकिदिने व्यापार व्यवसाय गर्न नपाइने। यदि एउटै व्यक्तिले चलाएको अवस्था छ भने त्यस्तालाई छुट पनि दिन सक्नुपर्छ तर यदि धेरै कर्मचारी(स्टाफ) राखिने अवस्था छ भने भान्सामा काम गर्ने कम्तीमा एकजना सो समुदाय बाट हुनैपर्ने। अनि कसले छोएको खान्न, छुवाछुत गर्छु भन्दो रहेछ? कँहा गएर खाँदो रहेछ ?? खानेपानी संस्थानको पानी सम्बन्धि मर्मत संहार गर्नको लागि दलित समुदायबाट नै कामदार राखिन पर्छ। पानि बेच्ने कम्पनीमा पनि येही नियम लागु गर्ने। अब सबैको घरमा पुग्ने पानि छोइयो। ल को हल्ला गर्ने रहेछ ? जे जति पनि कार्यक्रमहरुमा उद्घाटन सत्र हुन्छ त्यसमा दियो बाल्ने दलित समुदायबाट नै अगाडि ल्याउन सक्नुपर्छ अनिमात्र छुवाछुत प्रथा हट्नेछ। दियो बाल्ने भनेको सबै भन्दा उच्च सम्मान मानिने परम्परा हो। यी कुराहरु अपनाउन सक्ने कोही छ ? यी कुराहरुलाई मुद्दा बनाएर अगाडि आउन सक्ने कोही छ? गफ दिने छुवाछुत हुन दिन्न भन्ने तर दियो बाल्न आफु र आफ्नी श्रीमती अगाडी तम्सिने टुइयाले परिवर्तनको गफ हाकेको देखिन्छ।
पण्डित पुरोहितहरुले आफूलाई कतै बोलाउँछन् भने छुवाछुत गर्नुहुन्छ भने म त्यहाँ आउँदिन, छुवाछुत नगर्ने घरमा मात्रै जाने गरेका छौं भनेर भन्न सक्नु, भन्न सुरु गर्नु। प्रसाद वितरण खानेपानी वितरण गर्नको लागि छुवाछुत दलन दमनमा परेका समुदायका व्यक्तिहरुलाई नै राख्ने गरौं। गाउँमा सामुदायिक मन्दिरहरू छन् भने त्यही समुदायका व्यक्तिहरुलाई दीक्षा-शिक्षा दिलाएर पण्डित, पुरेत बनाएर मन्दिरमा मूल पुरेतको रूपमा नियुक्त गर्ने प्रचलन बनाऔं। मन्दिर समिति चयन गर्दा, सोही समुदायका व्यक्तिलाई कार्य समितिको निर्णायक वा उच्च पदमा रोज्ने गरौँ।
यी कुरालाई नियम, पद्दति बनाउन सुरु गरे, छुवाछुत स्वतः हटेर जानेछ।
पुर्खाले विगतमा अंग्रेजको फुटाउ र राज गर सिद्धान्त द्वारा चलखेल गरिएको मनुस्मृतिलाई आधार बनाएर एवं अंग्रेजको प्रभावमा परेर मुलुकी ऐन मानेर छुवाछुत प्रथालाई निरन्तरता दिएकाले अहिले अवस्था बिग्रदो छ। सबैले त्यसको क्षमायाचना माग्न सक्न पर्छ। र यदि कसैले त्यस्तो गरेको देखेमा उसलाई समाजबाट बहिस्कार गर्न सक्नुपर्छ।
विभेदहरु भएका हुन् त्यसलाई पनि स्वीकार्न सक्नुपर्छ त्यसमा मलम लगाउने प्रयास हामी आफैँले गर्नुपर्छ। विदेशीले औषधिको रुपमा विष छिट्दै छ। त्यसले हामी सबैलाई असर गर्ने छ। समयमै सबै सचेत रहनु र क्षमा याचना माग्नु र दिनु सक्न पर्छ। पण्डित पुरेतहरुले पनि आफ्नो प्रवचन, भागवत, पुराण लगाउँदा यो कुरा सबैलाई सिकाउनु। वास्तवमै नेपाल सुखी र नेपाली सर्वैकत्त्वको भावमा रहेको हेर्न मन भएमा, आफ्नो स्टेजमा कोहि शिल्पी समुदायको व्यक्तिलाई प्रमुख अतिथि राख्ने भए मात्र आउँछु भन्न सक्न पर्छ ? सक्छ ? कोहि छ ?

"मेरा पुर्खाले उचो जात र निचो जात, भन्दै जे जति गरे एवं तराईवासीलाई दोश्रो दर्जाको नागरिक सरह हेपे। म त्यसको माफी माग्दछु। र आफुले थाहा पाउने गरि कसैले एस्तो गरेको देखेमा त्यसलाई कानुनको दायरामा ल्याउने हरसम्भव प्रयास गर्ने छु।"
समाजिक सद्भाव कायम गरौं।
नेपाल आमाको जय,
जागुन राष्ट्रिय गाथा।।


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप) 


Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।