महाभारत युद्ध: आधुनिक प्रविधिको कोणबाट हेर्दा।।

 



"महाभारत" कसैको लागी यो मिथक, कसैको लागी इतिहास, कसैको लागी भगवान श्री कृष्णको लिला त कसैको लागी यो ज्ञान, प्रेरणा र नवनिर्माणको भण्डार। यो यथार्थ घटना न भएर कपो कलिप्त हो भन्ने हरुलाई पनि आजको लेखले कसरी त्यो बेलाका मान्छे अझ उनीहरुकै भाषामा भन्नु पर्दा ढुंगे युगका मान्छेले आधुनिक विज्ञानलाई प्रेरणा दिएको छ भन्ने बारे बताउने चेष्टा गर्ने छ। यस लेखको पहिलो खण्डमा महाभारत युद्धमा प्रयोग भएका हात हतियार बारे उल्लेख भएका जानकारी राखिएको छ; जसको खोज संकलन र नेपाली अनुवाद आचार्य रामचन्द्रले गर्नु भएको छ भने दोश्रो खण्डमा सोहि हतियारहरु आधुनिक शैन्य प्रविधि संग कसरी जुडेका छन् र प्रयोगमा आएका छन् भन्ने बारे शिवगौरिदास-अनुपले उल्लेख गरेका छन्। समग्रमा भन्नु पर्दा प्राचिनमा प्राचिन सनातनदेखि नविनमा नित्य नुतन वर्तमानसम्म नाम फरक, प्रयोगकर्ता फरक, माध्यम फरक होला तर प्रविधि एकै, विनासकारी नतिजा एकै। शस्त्र/हतियार/विपन .

 

पहिलो खण्ड 

१-आग्नेयाश्त्र (विपन अफ फायर) सत्रूकाे सेना(जल, थल, मरु वा गगन) जुनकुनै ठाउमा भए पनि तत्काल आगाे उत्पन्न गरेर आगोको मुस्लो, राप्को, विकिरण र ताप प्रहार गरि कोशौं कोशकाे दुरी सम्म रहेका दुश्मनलाई राख, खरानी, धुलो वनाउने सामर्थ्य भएको हतियार।

२-वारुणाश्त्र (विपन अफ थण्डर) चट्याङ, बिजुलीको उच्च शक्तिको तरंग उत्पन्न गर्ने एवं बर्षा उत्पन्न गर्न सक्ने हतियार। विजुलिकाे गतिमा सत्रूका ईलाकामा मेघ गर्जन सहित चट्याङ प्रहार गर्ने एवं घनघाेर वर्षा उत्पन्न गराएर लाखाै कि मि दुरी सम्म सत्रूका घर,सेना,स्थन,वंकर,सवै भाैतिक साधन वगाईदिन सक्ने हतियार। 

३-भाैमाश्त्र (विपन अफ सोयल)- युद्दमैदानमा ठूला ठूला पहाड तत्काल निर्माण गर्ने अश्त्र,जसवाट सत्रूकाे सवै प्रहार विफल वनाउने र पर्वत खडा गरि ध्वस्त पारिदिने। ठुला ठुला चट्टानको बर्षा उत्पन्न गराउन सक्ने अस्त्र। 

४-अन्तध्यानाश्त्र (इन्भिजिवल)- याे हतियार सेनापति वा सेना अन्तध्यान हुने वा सत्रूका आँखाले नदेख्ने वनाउने विधि संग सम्बन्धित छ। जसको प्रयोग बाट सत्रूका विचमा वा उसका वंकर,आश्रय र शिविरमा घुसेर अदृश्य रहेर आक्रमण गर्न सकिन्छ।


"आग्नेयेनासृजत वन्हिं वारुणेनासृजत पय:।

वायव्येनासृजद् वायु पार्जन्येनासृजद् घनान्।।

भाैमेन प्राविशद् भूमिं पार्वतेनासृजद् गिरिन्।

अन्तर्धानेन चाश्त्रेण पुनरन्तहि्रताेभवत।।"

५ ब्रह्मास्त्र(कस्मिक विपन) ब्रह्माण्ड जे तत्त्वले बनेको छ, जुन उर्जामा अडिएको छ त्यसको सानो अंश प्रयोग गरेर बनेको हतियार। यसको प्रयोगले निश्चित क्षेत्रमा प्रलयको अवस्था निम्त्याउँछ। सके सम्म यो अस्त्रको प्रयोग वर्जित रहने गर्थ्यो। 


दोश्रो खण्ड 

माथी उल्लेख गरिएका हात हतियार अहिलेको विश्व थर्काउने देशहरुले गर्दै गरेको सोध, खोज र प्रयोगमा आइ सकेको प्रविधि बारे छ। पहिले अलिकति इतिहास बुझौँ। 

जर्मनीका संस्कृतविद फ्रेडरिक म्याक्स मुलरले १८४०को दशकमा संस्कृतका बिभिन्न प्राचिन ग्रन्थ,पुस्तक, शास्त्रलाई जर्मन भाषामा उल्था गरेका थिए। मुख्यतः उनको रुचि र लगाव वेदान्त दर्शनमा थियो।  उनले उपनिषद्को ज्ञान गङ्गा जर्मनीमा सिंच्न आरम्भ गरेका थिए। प्रारम्भिक कालमा मिसिनरिलाई फाइदा हुने शैलीमा संस्कृत ग्रन्थमा कलंक घोलेका मुलरले वेदान्तको स्वाद पाए पछि, मिसिनरि गतिविधिको लागी अब आइन्दा पुस्तक दुषित नगर्ने निर्णय गरेको भन्दै जर्मन कुटनीति अधिकारि क्रिस्टियन सेवेलर बुन्सेलाई चिठी लेखेका थिए। करीब एक सताब्दी पछि मुलरले उल्था गरेका संस्कृतका पुस्तकहरु बारे हिटलरले पनि पढ्ने, सुन्ने गरे पछि, हिटलरले इंडियामा भएका सबै प्राचिन ग्रन्थहरु मिलेसम्म लिएर आउनु भनेर मान्छे खटाए। हिटलरको उद्देस्य संसार जित्नु थियो। त्यसैले उनले प्राचिन संस्कृत ग्रन्थमा पक्कै पनि हात हतियार सम्बन्धि ज्ञान हुन पर्छ भनेर खोजि गर्न लगाए। त्यस पछि बन्दुक र ग्रिनेडमा मात्र सिमित रहेको हतियारमा प्रविधि जोड्ने कल्पना, विचारले आकार लिन सुरु गर्यो। अपरेसन पेपर क्लिप भन्ने अमेरिकी गोप्य चालले हिटलरको अन्त्य पछि नाजी वैज्ञानिकलाई अमेरिकामा लगियो। त्यस पछि ती प्राचिन हतियारको बारेमा भएका व्याख्यालाई मुर्त रुप प्रदान गर्न अनेकन प्रयास भए कति सफल भए कति परिष्कृत हुँदै छन् त कति अझै भेउ पाउन सकेका छैनन्। अब प्राचिन हात हतियारको आधुनिक स्वरूपमा तुलनात्मक कोण बाट भएका प्रयास र नतिजा बारे संक्षिप्तमा बुझौँ। 

 

१-आग्नेयाश्त्र (विपन अफ फायर) अहिले संसार भरि चल्दै गरेको लेजर प्रविधि एवं ध्वनि तरंगबाट यस किसिमको हतियार निर्माण भएका छन्। डी इ डब्ल्यु (डिरेक्टेड इनर्जी विपन) अर्थात निर्देशित उर्जा अस्त्र यसमा निकै नै शक्तिशाली उर्जाको केन्द्रीकरण गरेर आफुले चाहेको वस्तु, सहर, मान्छेलाई निशानामा राखेर हानिन्छ। लेजर, माइक्रोवेव र पार्टिकल बिम(आणविक कणको किरण) लाई केन्द्रीकरण गरेर हानिन्छ, जसले आगो लगाउने, खरानी बनाइदिने, पगाल्दिने, लगायत उथल-पुथल गरेर ध्वंश गर्ने सामर्थ्य राख्छ। गत मार्चमा अस्ट्रेलियामा लागेको आगो पनि यसैको एक्सपेरिमेन्ट(प्रयोग) हो। केहि स्थानीयले लेजरको प्रकाशको तस्विरहरु फेसबुकमा हालेका थिए। यो बर्ष भरि अमेरिकाको क्यालिफोर्नियामा भएको भीषण आगलागी पनि डि इ डब्ल्यु कै एक्सपेरिमेन्ट हो। साधारण देखिने आगोलागी भन्दा क्यालिफोर्नियामा भएको त्यो आगलागी असाधारण किसिमको थियो। कुनै रुखमा भित्र बाट आगो सल्केको तस्बीर पनि प्राप्त भएका छन्। अमेजनको जंगल सखाप पार्न पनि यहि प्रविधि प्रयोग गरिँदै छ। विभिन्न देशमा अपत्यारिलो तरिकाले लाग्ने आगो डि इ डब्ल्यु कै प्रयोग अथवा एक्सपेरिमेन्टका कारणले हुन्। विभिन्न विश्लेषकका अनुसार फाइभ जी नेटवर्क पनि डि इ डब्ल्यु कै रुपमा प्रयोग गर्न सकिने प्रविधि अन्तर्गत नै पर्दछ, यसबाट छोडिने माइक्रोवेव तरंगहरु निकै शक्तिशाली हुन्छन्। 

यी प्रविधि विमानिका शास्त्र नामको संस्कृत पुस्तकमा पनि हजारौं वर्ष पहिले उल्लेख छन्।

२-वारुणाश्त्र (विपन अफ थण्डर) यसलाई आधुनिक गतिविधि संग तुलना गर्दा सन् १९५० बाट मौसम नियन्त्रण सम्बन्धि गतिविधि गर्न थालनी गरिएका परियोजनाहरुलाई लिन सकिन्छ। यसको सफलता र युद्धमा पहिलो प्रयोग भिएतनाम-अमेरिकी युद्धमा सुरु भएको थियो। अपरेसन पोपआइ नामले सुरु गरिएको यी प्रयोगात्मक अभ्यास अहिले जिओइञ्जिनियरिङ्ग, केमट्रेयल अर्थात्  मौसम नियन्त्रणको लागी वायुमंडलमा विभिन्न रसायन छरेर घनघोर बर्षा गराउने, हिमपात गराउने  एवं खडेरी पनि गराउन सकिने विधिको प्रयोग हुन सुरु भैसकेका छन्। चट्यांग सम्बन्धि काम गर्न हार्प (HAARP) हाइ-फ़्रिक्युएन्सि एक्टिभ औरोरल रिसर्च प्रोग्राम चल्दै छ। यसै प्रविधि अन्तर्गतको यन्त्र हो नेक्सर्याड(NEXRAD) अर्थात अर्को पिडिको र्याडर। यसले चट्यांग उत्पन्न पनि गर्छ तर अझै पनि आफुले खोजेकोलाई ताकेर चट्यांग हान्ने विधिमा विकास भै सकको छैन। तर हार्प बाट भुकम्प ल्याउन सकिने सफल प्रयोग भै सकेका छन्। 

३-भाैमाश्त्र (विपन अफ सोयल) यस सम्बन्धि आधुनिक वैज्ञानिकहरु प्रयास गर्दै छन् तर सफलता भने सुन्य बराबर छ। तै पनि भ्रमात्मक दृश्य सृजना गराएर अरुलाई जे देखाउन चाह्यो त्यहि आकृति देखाउन सकिने प्रोजेक्ट ब्लु बिमको नामले प्रयोग सक्रिय छ। होलोग्राफिक एक्स्पिरेमेंट, अर्थात प्रकाशको किरणले निर्माण गरिने दृश्य जुन हेर्दा जिवन्त, यथार्थ जस्तो देखिन्छ तर त्यो दृष्टिभ्रम मात्र हुन्छ, हरु प्रयोगमा छन्। मरी सकेका र्याप गायक टुप्याक शेकुरको कन्सर्टमा उनि स्वयम् आएर गाएको जस्तो भएको थियो त्यो प्रविधि सम्म बनेको छ।  तर युद्ध मैदानमा नै प्रयोग भने भै सकेको छैन। महाभारतमा उल्लेख भए जसरी पहाड, चट्टान नै निर्माण वा ओसार पोसार गर्ने अवस्थामा पुग्न अझै लामो समय लाग्ने निश्चित छ। तर हेर्दा पहाड जस्तो देखिने भ्रात्मक दृश्य भने पैदा गर्न सक्ने अवस्थामा अहिलेको विज्ञान छ।

४-अन्तध्यानाश्त्र (इन्भिजिवल) जंगलमा हुँदा हरियो लुगा, मरभुमिमा खाकी लुगा, जलमा सेतो लुगा, हिउँमा सेतो लुगा लगाएर वातावरण अनुकुल देखिएर भ्रम सृजना गर्ने प्राचिन विधि हो जसलाई क्यामफ्लज भनिन्छ। तर आँखा अगाडी आउँदा पनि अदृश्य नै रहन सक्ने प्रविधि अझै पूर्ण विकास भएको छैन। तर पनि चिनिया सेनाले यो गरि सकेको दावी गर्छ। त्यस्तै क्यानेडेली हाइपर स्टिएल्थ बायोटेक्नोलोजी नामक कम्पनिले क्वान्टम स्टिएल्थ नामक तत्त्व निर्माण गरेको छ जसले प्रकाशको किरण बनगाइदिञ्छ भनि दावी गरेको छ। तर १९८०को दशकमा लुबर फ़ेड्लरले एउटा सिसा(लेन्स) निर्माण/आविष्कार गरि सकेका थिए जसले आँखा अगाडीकै चिज विलिन भएको देखिन्थ्यो। हाइपर स्टिएल्थ बायोटेक्नोलोजीले यहि चोरेर नाम क्वान्टम स्टिएल्थ राखेको आरोप पनि छ।  क्वान्टम स्टिएल्थको प्रयोग गरेर सेनाको हतियारमा लेपन गर्ने र कपडामा पनि लेपन गर्ने एवं स्वोही तत्त्व बाट निर्माण गर्ने काम चल्दै छ। छिट्टै यसको प्रयोग हुन सुरु गर्नेछ भन्नेमा शंका छैन। 

 

५ ब्रह्मास्त्र(कस्मिक विपन) ब्रह्माण्ड जे ले बनेको छ त्यो ब्रह्म हो भन्ने कुरालाई आधार मानेर हेर्दा।  यसलाई न्युक्लेअर र एटम (आणविक) बम संग तुलना गर्न मिल्छ होला किन भने सबै कुरा अणुले नै बनेको छ भन्ने मान्यता पनि स्थापित छ।अहिले पनि सबै देशलाई आणविक बम प्रयोग न गर्नु भनेर विश्वव्यापी सहमति छ अर्थात यसको प्रयोग वर्जित छ जुन महाभारत कालमा पनि रहेको बुझ्न सकिन्छ। हिस्ट्री च्यानलमा आउने एन्सिएण्ट एलिएन नामक वृत्तचित्र शृंखलामा पनि महाभारत युद्धमा जव अश्वत्थामाले ब्रह्मास्त्र प्रक्षेपण गर्छ त्यसले निम्त्याएको अवस्था सन् १९४५मा जापानको हिरोसिमामा भएको आणविक बम पश्चातको अवस्था संग तुलना गर्दा उस्तै दुरुस्तै भएको बताएका छन्। बताए अनुसार ब्रह्मास्त्र प्रक्षेपण पश्चात त्यस ठाउँमा हजारौं सुर्य बराबरको उज्यालो भयो, सबैलाई पोलेर डढायो, हिड्दा हिड्दै मान्छे कोइलामा परिणत भए, वरिपरि भएका गाउँमा भएका मान्छेको नंग्रा खस्ने, दाँत कपाल खस्ने भयो, मान्छे नदि खोलामा हाम फाले भनिएको छ। यी विनासकारी प्रभाव आणविक बम को मात्र नभएर न्युक्लिएर रेडियेसन (नाभिकीय विकिरण) संग मेल खान जान्छ। 

यस अर्थमा महाभारतमा न्युक्लिएर देखि परमाणु हतियार प्रयोग गरिएको बारे बुझ्न सकिन्छ। महाभारत युग मानव विकासको चरम अवस्था थियो र मानिसले बुद्धिसंगत यथार्थता नबुझेकोले युद्ध निम्तियो जसले सबै ध्वंश गर्यो भन्ने मान्यता सत्य हुन सक्ने सम्भावना यस लेखको माध्यमले पस्किन खोजिएको हो। कोहि नास्थिक, विज्ञानको अन्धो भक्तलाई अपमान र कोही प्राचिन शास्त्रका विश्वासीलाई सम्मान गर्ने हेतुले यो लेख लेखिएको होइन। यो केवल कल्पना र यथार्थको मिलनको रुपमा व्यक्त गरिएको हो।


 

अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)


Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।