विज्ञान वरदान वा अविसाप।। मानिस गुलाम, यंत्र मालिक हुने त होइन ? एक विश्लेषण। भिडिओ सहित।


आज विज्ञान-प्रविधीलाई प्रयोग गरेर कसरी  मानिसहरुको विचारधारा नियन्त्रणमा राख्ने चल-खेलहरू चल्दैछ ? यसबारेमा प्रष्टता पाउनु हुनेछ।

सन् १६००को दशकदेखि एलिटहरुले संसार कब्जा गर्ने विभिन्न माध्यमलाई आफ्नो पकडमा लिँदै आएका छन् भन्ने कुरा बताई सकेका थियौं। त्यसैअनुसार विज्ञान-प्रविधि, वैज्ञानिक, शोधकर्ता, अनुसन्धाता, विश्वविद्यालय, शिक्षा आदि सबैमा पनि उनीहरुले वित्तिय सहयोगको माध्यमबाट आफ्नो पकड जमाइसकेका छन्।  हरेक विज्ञान प्रविधिबाट उत्पन्न हुने सामान वस्तुहरु लगायत विश्वविद्यालयबाट शोध अनुसन्धान गरेर आउने विचारधाराहरु उनीहरुलाई फाइदा दिने अवस्थामा छन् भने मात्र ती कुराहरु मुलप्रवाहमा आउँछन्, हैन भने सबै ज्ञानहरुलाई दबाउने गरिएको छ। 
भिडिओ

यसको एउटा उदाहरण ‘निकोला टेस्ला’ हुन्।  धेरैले नाम सुन्नुभएको छैन होला तर थोमस अल्वा एडिसन भन्नेको नाम सबैले सुन्नु भएको छ होला। एडिसनलाई निकै ठूलो वैज्ञानिक भनेर धेरै पुस्तकमा पढाइएको पनि होला। तर एडिसन जाल-झेल गरेर स्थापित गरिएको एलिट वर्गको मान्छे हो। टेस्लाको बौद्धिक चोरी गरेर उसले आफुलाई ठुलो गराएको हो। रेडियोको पहिलो आविष्कार मार्कोनीले गर्यो भनेर पनि हामीलाई झुटो पढाइएको हो। यथार्थमा रेडियो पनि टेस्लाकै देन हो। हाल संसारभर चलेका लगभग सबै प्रविधि टेस्लासंग जुडेको छ। उनको सोध, खोज, अध्ययन, अनुसन्धानका दस्तावेज कै आधारमा इन्टरनेट, रिमोट कन्ट्रोल, लगायत विभिन्न हतियारहरु, लेजर प्रविधि आदि बन्न थालेको छ। टेस्लाको बारेमा उनको जिवनी पछि कुनै दिन बताउँला। आज एलिटहरु संग सम्बन्ध रहेको किस्सा मात्र बताउँछौं। टेस्लाले धर्तीलाई नै बिजुलीको तारको रुपमा प्रयोग गरेर प्रत्येक घरमा बिजुली दिने योजना राखेका थिए। उनको त्यो परियोजनालाई सुरुवाती चरणमा वित्तीय सहयोग गर्ने एलिटहरु नै थिए । तर जब टेस्लाले धर्तिभरी निशुल्क बिजुली दिने र वैकल्पिक उर्जाको रुपमा यसलाई प्रयोग गर्ने प्रस्ताव राखे, उनलाई उर्जा उद्योगमा एकाधिकार लिएका रकफेल्ला, मोर्गन, वार्बर्ग र हेनरी फोर्डले सहयोग रोके।  र उनको ज्ञान कुनै पनि पत्रिका र अन्य मेडियामा न आउने षड्यन्त्र गरेर उनलाई इतिहासबाट गायब पारियो। टेस्लाको सबै दस्तावेजहरु अमेरिकि सेनाले जफत गरेर राखेको थियो। अहिले अन्य देशहरुबाट पनि वायरलेस(तार-रहित)को, वैकल्पिक उर्जाको कुरा आउन थालेपछि बल्ल टेस्लाको यस क्षेत्रको अनुसन्धान अगाडि ल्याउँदैछ।  तर उनको अरु बिभिन्न हात हतियारमा प्रयोग गर्न सकिने प्रविधि अझै पनि अमेरिकी सेनाको अधिनमा छ। बिजुलीको ज्ञान सम्बन्धि प्याटेण्टहरु पनि एलिटहरुकै नाम छ।  केहि केहि प्याटेण्ट निशुल्क निशर्त पनि राखिएको छ।

विभिन्न हातहतियार निर्माण गर्नको लागि जे जति पनि प्रविधि अपनाइएका छन्, प्राय सबैमा एलिटहरुको लगानी छ। आविष्कारहरूको प्रयोग कसरी गर्ने  ? यसको निर्णय पनि उनिहरु नै गर्छन्।  सुरुवाती चरणमा वैज्ञानिकले ‘सारा मानवको कल्याण हुनेछ’ भन्ने चिन्तनका साथ सोध, खोज, अध्ययन, अनुसन्धान गर्छ । तर पुष्टि भइसकेपछि त्यो बाट जे निर्माण हुन्छ केवल एलिटहरुकै फाइदाको लागि मात्र प्रयोग गर्न पाइन्छ। यदि आविष्कारकले यो कुरा मानेन भने ती आविष्कारक लाई पागल सिद्ध गराइन्छ या त गायव पारिन्छ।


अलिकति प्याटेण्टको होडबाजी बारे बुझौँ।  सन् २०१४ मार्च ११मा  मलेशियन एयरको एम एच ३७० नम्बरको जहाज प्रशान्त क्षेत्रमा डुबेको र त्यस जहाजको बारेमा कहिँ कतैबाट पनि केही  खवर नआएको भन्ने बारेमा सबैले थाहा पाइसक्नुभएको होला।  त्यो कथित दुर्घटना पनि  प्याटेण्टको लागि गरिएको षड्यन्त्र थियो । अमेरिकाको टेक्सासको अस्टिन भन्ने शहरमा फ्री स्केल सेमिकनडक्टर नामक कम्पनीले एउटा नयाँ  ARM microcontroller ‘KL-03′  निर्माण गर्यो। जसको प्याटेण्ट चारजना कर्मचारी (चाइनिज नागरिक) र फ्री स्केल सेमिकनडक्टरको नाममा थियो। प्याटेण्ट दर्ता अनुसार ५ जना मध्ये यदि ४ जनाको मृत्यु भएमा त्यो सेमिकनडक्टरको सम्पूर्ण स्वामित्व जीवित रहेको एकजनाको रहने प्रावधान थियो। कस्तो संयोग, ती चार जना कर्मचारी, मलेसियन एअरको एम एच ३७० जहाजमा उडिरहेका थिए र त्यो जहाज समुन्द्रमा डुब्यो। त्यस घटना पछि, त्यो सेमिकनडक्टर चिपको स्वामित्व फ्री स्केल सेमिकनडक्टर भन्ने कम्पनीको भयो।  र अर्को संयोग त्यो कम्पनि रोथ्चाइल्डको हो।  रोथ्चाइल्ड एलिट मध्येको एक परिवार हो। 

हालको विज्ञान-प्रविधि सबै कम्प्युटरमा निर्भर छ र कम्प्युटर सबै सेमिकनडक्टर मै निर्भर छ ।  त्यसैले त्यो सेमिकनडक्टरले कम्प्युटर क्षेत्रमा नयाँ आयाम थप्ने सम्भावना राखेको कारणले नै ती चारजना वैज्ञानिक एउटै जहाजमा मारिए। 

अब प्याटेन्टको अर्को लिला बुझौं

विभिन्न हानिकारक र  डरलागदो रोग एवं भाइरसहरूको पनि प्याटेन्ट गरिएको छ। एड्स,जीका, इबोला, कोरोना सार्सको पनि प्याटेन्ट गरिसकिएको रहेछ। प्याटेन्ट लिने सारा कम्पनीहरु कुनै न कुनै रूपमा एलिटहरु संग जुडेका छन्। पर्दाफास नहोस् भनेर औषधी बनाउनको लागि गरिएको प्याटेन्ट, एक्सपायर भैसकेको नम्बर आदि शब्दजालले विभिन्न वेबसाइटहरुमा उल्लेख गराएर मुलप्रवाहीकरण गराइएको छ।  हामीले कोरोना आतंकको पर्दाफासमा बताएका थियौं, ‘जे उनीहरु थाहा दिन चाहन्छन्, त्यसै  अनुसार नै समाचार बन्छ’। 

२०७६ को पुष महिनामा हार्वार्ड विश्वविद्यालयका रसायन शास्त्र एवं जैविक-रसायन बिभागका प्रमुख डा चार्ल्स लिएबरलाई चाइनाले महिनाको दुई लाख अमेरिकी डलर, बस्नको लागि बंगला र सबै सुख सयल उपलब्ध गराउने तर उनि वुहानको भाइरोलोजि ल्याबमा आएर काम गर्न पर्ने प्रस्ताव राख्यो। उनको वुहानको भाइरोलोजि ल्याबमा आवत जावत रहेछ। उनले त्यो प्रस्ताव स्वीकारे र उनि वुहान जान तयार थिए तर २०७६ माघ १४ मा एफबिआइले उनलाई हिरासतमा लिग्यो।  

डा. का अनुसार उनले कोरोना भाइरस अमेरिकाको ल्याबमा बनाएका हुन् र यसको तोड अर्थात औषधि पनि उनले बनाउन सक्छन्। तर उता अमेरिकी सरकारले उनलाई झुटो बोलेको र अमेरिकाको बौद्धिक ज्ञान चाइनालाई बेच्न खोजेको आरोपमा थुन्यो। डा. लिएबर अमेरिकी सेनाको वित्तीय सहयोगमा आफ्नो खोज अनुसन्धान र प्रयोग (एक्स्पिरिमेंट) गर्थे। 

चाइनाको वुहानमा विश्व सैनिक खेलकुद प्रतियोगिता भएको थियो।  चाइनाले अमेरिकी सेनाका प्रतिस्पर्धी अन्य प्रतियोगिता जस्तो टक्करका नरहेको र उनिहरु खेलाडी नभएर भाइरस फैलाउन आएका सैनिक बैज्ञानिक टोलि थिए भन्ने आरोप पनि लगाएको थियो। त्यो प्रतियोगिता २०१९ अक्टुबर १८ देखि २७ सम्म चलेको थियो  र चाइनामा कोरोनाको पहिलो केस नोभेम्बेरमा देखिएको पुष्टि भएको छ।

अघिल्लो एपिसोडहरुमा अमेरिका भन्ने देश एलिटहरुको सन्सार कब्जाको लागि प्रयोगमा रहेको एउटा संस्था जस्तै हो भन्ने कुरा उजागर गरिसकेका छौं । त्यसैअनुसार विज्ञान-प्रविधीलाई कसरी अमेरिकी सेना/सीआईएले प्रयोग गरेको थियो र गर्दैछ भन्ने बारेमा अलिकति बुझौं।

प्रोजेक्ट एम के अल्ट्रा । अपरेसन डेलिरियम । तथा अन्य दर्जनौं प्रोजेक्टहरु पनि छन् , जसको उद्देस्य माइन्ड कन्ट्रोल अर्थात् मानिसहरूको विचारधारालाई तोड मोड गर्ने, एलिटहरुले चाहे जसरी सोच्ने/ गतिविधि गर्ने बनाउने योजना अनुसार विभिन्न एक्स्पिरिमेंटहरु भएका छन्। टेलिभिजनमा प्रयोग हुने प्रकाश, ध्वनी, रेडियो तरङ्ग, चिह्न र संकेतहरूको माध्यमले मान्छेलाई निद्रामा उठेर हिँड्ने अथवा सम्मोहन गरेर बेहोशीमा गएर अर्को कुनै मान्छेलाई मार्ने गराउन सकिँदो रहेछ भन्ने कुराहरु उजागर हुँदै आएका छन्।  मान्छेहरुलाई कस्तो किसिमको सपना दिने?, आफ्नो दुश्मनलाई नछोईकिन विभिन्न तरंगहरू छोडेर मार्न सकिन्छ भन्ने किसिमको एक्सपेरिमेन्टहरु गरिएका छन्।  विभिन्न ड्रक्स लगायत अन्य केमिकलहरु खुलाएर कठपुतली बनाएर नचाउन सकिने एक्सपेरिमेन्टहरु पनि विगत ७० बर्ष बाट चल्दै आइरहेका छन्।

अर्को अपरेसन स्टारगेट अथवा प्रोजेक्ट ग्रिल फ्रेम। जसमा विभिन्न बिद्युत चुम्बकीय (इलेक्ट्रो म्याग्नेटिक) तरंग, माइक्रो वेव अडिटरि इफेक्ट आदि प्रविधिले मानिसहरुको सोच बिचार  निगरानी गर्ने र विभिन्न ध्वनि तरंगहरु छोडेर मान्छेको दिमाग लगायत शरीरमा चाहे अनुसारको चिन्तन बिकास गराउने लगायत  पागल पनि बनाउन सकिने एक्सपेरिमेन्ट भएका छन्। फाइभ जी पनि यसकै उपज हो। । 

प्रोजेक्ट कोस्ट; यो रसायन लगायत भाइरसहरूलाई हतियार अर्थात रासायनिक र जैविक हतियार संग सम्बन्धित छ। एलिटहरुले आफ्नो रसायनिक र जैविक हतियार(रोगहरु)को परिक्षण गर्ने थलो अफ्रिका बनाएका छन् भने विस्फोटक किसिमका हतियारको परिक्षण गर्ने थलो मध्यपूर्वी राष्ट्रहरु बनाएका छन्। सन् १९७५ देखि अफ्रिकामा उनीहरु सक्रिय छन्। यसैको उपज हो १९८०को दशकको एड्स रोग। जति पनि अफ्रिकाबाट निस्किएका रोग/ महामारी भनेर हाम्रो दिमाग भूटिएको छ, प्राय सबै एक्सपेरिमेन्टका नतिजा हुन्। यदि कुनै रोगले ज्यादा क्षति गर्दैन भने पहिला त्यसलाई खतरनाक रोग भनेर मेडियाबाजी गरिन्छ।  र त्यसको लागि औषधि संसारभरी बेचिन्छ।  तर यदि कुनै रोग निकै भयावह किसिमको छ भने त्यसलाई त्यहि क्षेत्रमै राखिन्छ यसको उदाहरण हो ईबोला जुन दक्षिण अफ्रिका बाहेक अन्य देशहरूमा फैलिन पाएन । एड्स भन्ने रोग नै थिएन त्यो त केवल कण्डम बेच्नको लागि थियो भन्ने अभिव्यक्ति पनि थुप्रै डाक्टरले दिन थालेका छन्। कण्डममा प्रजननमा असर गर्ने रसायन मिसाएर मान्छेलाई बाँजो बनाउने र जनसंख्या रोक्ने योजना भन्ने कुरा पनि केहि विश्लेषकहरुले भन्दै आएका छन्।  

म्युजिकल कल्ट कन्ट्रोल 

४४० हर्जको तरंगले मान्छेको दिमाग/चेतना/बिचारको स्तर गिराउन सक्ने प्रवल सम्भावना राख्छ भन्ने कुरा आए पछि, रकफेल्ला फाउन्डेसनले यसमा अनुसन्धान गर्न वित्तीय सहयोग गर्यो।  यो कुरा साबित भए पछि सारा मानव समाजको चेतना तल्लो स्तरमा राख्न हाल आइएसओ ले हरेक धुनको तरङ्गको लागि विश्वव्यापी मापदण्ड (ट्युनिंग) ४४० हर्ज  निर्धारित गरेको छ। अहिले संसारभरी बज्ने/ बन्ने धुन लगायत सबै किसिमका ध्वनि सम्बन्धीका यन्त्रहरु यसै  अनुसार चल्दैछ। 

अपरेसन पोपआइ नामले सुरु गरिएको एक्सपेरिमेन्ट हाल अझै आक्रमक शैलीमा चल्दैछ।  जिओइञ्जिनियरिङ्ग, केमट्रेयल अर्थात्  मौसम नियन्त्रणको नाममा हावामा विभिन्न विषालु र गर्हौ धातुहरु प्रयोग गरेर हवाई जहाज बाट छरिंदै छ।  र निकट भविष्यमा प्रत्येक हवाई जहाजमा राख्ने योजना चल्दै छ। ती सूक्ष्म कणहरु हावाहुरी चल्दा र पानी पर्दा हामीले सास फेर्ने सतहसम्म आइपुग्छन्। त्यसपछि सबै रोगी बन्ने छन्। एलिटहरुको बस्ने घरमा विभिन्न किसिमका वायु शुद्ध गर्ने प्रणालीहरु जडान गरिएका हुन्छन् जसले ती सबै हानिकारक चिजहरुलाई बाहिरै रोकिन्छ तर सर्वसाधारणलाई पलपल रोगी बनाइएको छ। बाँचुन्जेल उनीहरूको औषधि ब्यापारको ग्राहक बन्ने, कमाए जति पैसा सबै उनीहरु संग जम्मा हुने र जनसंख्या पनि सफाया हुने खेला चल्दै छ। 


यी त भए इतिहासदेखिका एक्सपेरिमेन्ट, अहिले ती सबै दस्तावेज सार्वजानिक गरिएको छ।  किनकि अब ती एक्सपेरिमेन्टलाई प्रविधिको रुप दिएर हाम्रो दैनिक जीवनमा प्रयोग गरिँदै छ। 

डि इ डब्ल्यु (डिरेक्टेड इनर्जी वुयिपन) अर्थात निर्देशित उर्जा अस्त्र यसमा निकै नै शक्तिशाली उर्जाको केन्द्रीकरण गरेर आफुले चाहेको वस्तु, सहर, मान्छेलाई निशानामा राखेर हानिन्छ। लेजर, माइक्रोवेव र पार्टिकल बिम(आणविक कणको किरण) लाई केन्द्रीकरण गरेर हानिन्छ, जसले आगो लगाउने, खरानी बनाइदिने, पगाल्दिने, लगायत उथल-पुथल गरेर ध्वंश गर्ने सामर्थ्य राख्छ। गत मार्चमा अस्ट्रेलियामा लागेको आगो पनि यसैको एक्सपेरिमेन्ट हो। केहि स्थानीयले लेजरको प्रकाशको तस्बीरहरु फेसबुकमा हालेका थिए। यो बर्ष भरि अमेरिकाको क्यालिफोर्नियामा भएको भीषण आगलागी पनि डि इ डब्ल्यु कै एक्सपेरिमेन्ट हो। साधारणतय आगो लाग्दा गाडीहरू उथलपुथल हुने, बाटो चिरिने हुँदैन, तर क्यालिफोर्नियामा भएको त्यो आगलागी असाधारण किसिमको थियो। कुनै रुखमा भित्र बाट आगो सल्केको तस्बीर पनि प्राप्त भएका छन्। अमेजनको जंगल सखाप पार्न पनि यहि प्रविधि प्रयोग गरिँदै छ।  विभिन्न देशमा अपत्यारिलो तरिकाले लाग्ने आगो डि इ डब्ल्यु कै  प्रयोग अथवा एक्सपेरिमेन्टका कारणले हुन्। विभिन्न विश्लेषकका अनुसार फाइभ जी नेटवर्क पनि डि इ डब्ल्यु कै रुपमा प्रयोग गर्न सकिने प्रविधि अन्तर्गत नै पर्दछ। यसबाट छोडिने माइक्रोवेव तरंगहरु निकै शक्तिशाली हुन्छन्। जसले सजिलै मान्छेको निउरन (मस्तिष्कका कोशीका) तोड्न, छेड्न सक्छ। जबसम्म यसलाई कुनै एउटा निशानामा केन्द्रीकरण गरिन्न, यसलाई नेटवर्कको रुपमा फोन, इन्टरनेटको लागि प्रयोग गरिने छ तर यसैलाई नै  हतियारको रुपमा प्रयोग गरेर मान्छे मार्न पनि सकिन्छ। 

हाल नयाँ रोग निस्किएको छ ह्यापी हाइपोक्जिआ; जसमा मानिस सहि सलामत हिँड-डुल गर्दा गर्दै अक्सिजनको कमीले खुत्रुक्कै हुन्छ।  फाइभ जी यदि ६० गिगाहर्जको ब्याण्डमा चलाउने हो भने यसले अक्सिजनलाई पुरै विकिरणयुक्त अर्थात रेडिएसनले भर्दिने रहेछ। केहि विश्लेषकका अनुसार सो  विकिरणयुक्त अक्सिजनको कारणले  मरेकालाई  नै ह्यापी हाइपोक्जिआ भनेर  मेडिकल क्षेत्रमा भ्रम पैदा गराउँदै गइएको छ। 


डि इ डब्ल्यु  भन्दा अझै बृहत् क्षेत्रमा हार्प(HAARP) हाइ फ़्रिक्युएन्सि एक्टिभ औरोरल रिसर्च प्रोग्राम चल्दै छ। हामीले अघिल्लो एपिसोडमा एजेण्डा २१को अन्तर्गत मान्छे मार्नको लागि कृत्रिम प्राकृतिक प्रकोप अर्थात् मानवनिर्मित प्राकृतिक प्रकोपको पनि प्रयोग हुनेछ भनेर बताएका थियौं।  त्यसै अन्तर्गत पर्छ हार्प।  यसको माध्यमले आफुलाई चाहेको ठाउँमा भूकम्प, आँधीबेरी, बाडी, पहिरो ल्याउने, रोकिंदै नरोकिने किसिमको भिषण वर्षा गर्ने लगायत एसिड(अम्लीय) अथवा आणविक विकिरणयुक्त पानी पार्ने गतिविधिहरु गरिन्छ। यसको माध्यमले मौसम परिवर्तनको पनि एक्सपेरिमेन्ट चल्दै छ।  धर्तिको मौसमिय चक्र बिग्रनु वा फेरबदल हुनुमा पनि यसको हात रहेको कुरा केहि विश्लेषकले उल्लेख गरेका छन्।  गोप्य स्रोतका अनुसार २००५ को अमेरिकाको ठूलो आँधिबेरी  केट्रिना, २०१०मा हाइतिमा आएको भुकुम्प्प, २०११ मा जापानको फुकुशिमामा आएको भूकम्प हार्पकै माध्यमले निर्माण गरिएको थियो। अगाडी उल्लेख गरिएका  महान बैज्ञानिक निकोलस टेस्लाले एउटा उपकरणले आफ्नो ल्याबको आसपासमा भूकम्प सृजना भएको र त्यो उपकरण उनले नष्ट गरेको  भन्ने कुरा आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। तर उनका सबै दस्तावेज अमेरिकी सेनाले जफत गरेकाले सोहि प्रविधिलाई प्रयोग गरेर हाल कृत्रिम भूकम्प सृजना गरिन्छ।  

बिल गेट्सले सूर्यलाई छेक्ने र धर्तिको तापक्रम नियन्त्रण गर्ने स्कोपेक्स प्रोजेक्टमा थुप्रै लगानी गरेको छ ।  बिल गेट्स भ्याक्सिनको माध्यमबाट, खानाको माध्यमबाट मान्छे मार्न तत्पर छ भन्ने कुरा उजागर गरिसकेका थियौं। सोलार जिओइञ्जिनियरिङ्गमा पनि विभिन्न रसायन छर्ने र मान्छेहरूले सोधेमा पृथ्वीको तापक्रम बढेकाले सूर्यको प्रकाश छोप्नको लागि केमिकल छरिएको भन्ने बाहना गरेर बिल गेट्सले सोलार जिओइञ्जिनियरिङ्गमा पनि थुप्रै चलखेल गर्दैछ। जसले मान्छेलाई अवसाद (डिप्रेसन) लगायत छालाको क्यान्सर लगाउने सम्भावाना राख्छ। यसको अर्को उद्देस्य प्राकृतिक रुपमा हुने अन्न बालि जसलाई सुर्यको प्रकाश चाहिन्छ ती सबैलाई बिस्थापित गरेर मोन्स्याण्टो(खाना सम्बन्धि कम्पनि)को जिन परिवर्तन गरिएका अन्न बालि मात्र संसार भरि कायम गराउने हो। अगिल्लो लेखमा खानामा भैरहेका चलखेल बारे  बिस्तृत बताएका थियौं।  


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

Comments

  1. If these are conspired by elite group...why they are doing so? Even they live on same planet.24 hours they cannot stay at home.They need to breathe same air.Arent they are at risk? Maile nabujheko kura.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।