हिजो ' चिहानडाँडा ' आज 'खुवालुङ '
केही समय अगाडि पाँचथरको रानिगाउँ, यासोक र स्याबरुम्बाको त्रिवेणीमा रहेको बनक्षेत्रमा रहेको लिम्बू जातिको एतिहासिक समाधिस्थल भत्काएर मदन भण्डारी पार्क बनाउने निर्णय गरिएको थियो। त्यसरी नै आज फेरि 'खुवालुङ ', किराँतहरुको आस्था केन्द्र लाई फुटाउने खेलमा सिंगो सरकार नै लागेको छ। जुन अति नै निन्दनीय छ।
श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले "सबैले आफ्नो आफ्नो कुल धर्म थपिखानु" भन्दै दिव्योपदेश मा भन्नु मात्र भएन, इन्द्रजात्राको दिन कीर्तिपुर माथि विजय प्राप्त गरेपछि बौद्ध परम्परामा आधारित बज्रयानी देवी कुमारीको पाउ समाउँदै आशीर्वाद लिएर सामाजिक र धार्मिक सहिष्णुताको उदाहरण पनि दिनुभएको थियो। यसरी आजसम्म देशका मौलिक सभ्यता र परम्पराहरू एक आपसमा विभिन्न हिसाबले सामञ्जस्य रूपमा रहिरहे।
तर, इण्डो - पश्चिमाले भिराएको पासो अर्थात् यो अपराधतन्त्र मा देशको मौलिक सभ्यता, संस्कृति माथि धावा बोल्ने काम पटक पटक भइरहेको छ।
मदन भण्डारी पार्कको नाममा कहिले चिहानडाँडा, कहिले सडक विस्तारको नाममा स्वयम्भूनाथ परिसरको मूर्ति, कहिले फास्टट्य्राकको नाममा खोकना। अब हुँदाहुँदै एउटा ' ऐतिहासिक प्रतीक ' खुवालुङ शिला हटाउने चलखेल भइरहेको छ।
देशलाई संसदीय व्यवस्थाको सिण्डिकेटले धर्म निरपेक्ष घोषणा गरे सँगै राष्ट्रको मौलिक धर्म संस्कृति अतिक्रमण र व्यापारीकरणको चपेटामा पर्दै आएको छ। यसको सबैभन्दा ठूलो सिकार मध्ये किराँत धर्म, मुन्दुम सभ्यता/किराँत सभ्यता हो। आफ्नो परम्परा जोगाउन अहिलेको पुस्ताले गरेको कार्य सराहनीय छ तर पर्याप्त भने अवश्य नै छैन। किराँत संस्कृति, किराँत समुदायको मात्र नभएर सारा देशकै पुरानो र महान संस्कृति हो। हाम्रा रीतिरिवाज एक आपसमा अन्तर्जडित छन्। तसर्थ, व्यक्तिगत, जातिगत लगायत सबै कुरालाई एक कदम पछि छोडेर, देश, सभ्यता र संस्कृतिको रक्षा गर्न एक ढिक्का हुनु आवश्यक छ। सभ्यता मास्न लागिपरेकाहरुलाई रसातालमा पुर्याउन जरुरी छ।
यति धेरै विरोध र जनताको अनिच्छा हुँदा हुँदै, जबर्जस्ती पेलेरै भएपनि, विकासको नाममा यो पादरीको वीर्य मिश्रित होलिवाइन् खाएर लठ्ठिएको सरकार, प्रधानमन्त्री र देशको थिंक ट्यांक(तथाकथित बुद्धिजीवी) लगायतले, दिगो विकास (Sustainable development) को सामान्य अवधारणा पनि नबुझ्नु नियतबस नभई पूर्वाग्रही ढंगले किराँत सभ्यता माथिको प्रहार नै हो। जुन कुराले हरेक संस्कृति प्रेमी, प्रकृति प्रेमीहरुलाई अवश्य नै पोल्ने छ।
Comments
Post a Comment