चोलेन्द्र प्रकरण। देखाउने दाँत! तर भित्रि कुरा अरु नै केहि।



हरेक पटक देशमा विदेशी दलाल ग्याङ्गले मिलेर देश लुटेको वा देश विरुद्ध गतिविधि गरेको बारे देशप्रेमिले न्यायको ढोका ढक-ढक गर्छन्, त्यसलाई धाक छोप गर्न सबै दलाल दलले मिलेर ताना-बाना बुञ्छन्। अहिले बाहिर देखाउनलाई भ्रष्टाचार, अनियमितता, न्यायालय अपहरण जस्ता शब्दजाल मिडिया भरि छरिएको छ। सोझो साझो जनता जो आफ्नै दैनिकीको धपडीमा हुञ्छ उनीहरुले ए हो त। यो न्यायधिस त भ्रष्टाचारी हो। रंजन बचाउने देखि गोरे डन फसाउने यहि हो भनेर मिडियाले जे भर्दिञ्छ त्यसैमा उफ्रिने नफ्रिने अन्योल हुने हुञ्छ। तर यथार्थ अरु केहि हुञ्छ। भित्र केहि ठुलै कुरा मिलाउन, लुकाउन, पञ्छाउन यस्ता नाटक मञ्चन गरिञ्छ। आज त्यहि चोलेन्द्र प्रकरण पछाडी के के छ यस बारे हामीले देखेको थाहा पाएको कुरा बताउने छौँ। तर अझै धेरै कुरा हाम्रो सुचना बाहिर पनि हुन सक्छ, थाहा हुनेले कृपया कमेन्टमा राख्दिनु होला। 

सुरुमा आज भन्दा साढे ४ वर्ष अघिको प्रधान न्यायाधिश प्रकरणबाट कुरा उठाएमा भित्रि कुरा बुझ्न सजिलो हुञ्छ। तत्कालिन प्रधान न्यायाधिश श्रीमान सुशिला कार्कीलाई पनि एकाएक महाभियोग देखि राजानीमा सम्मको कुरा उठ्यो। बाहिर देखाउनलाई प्रहरी प्रमुखको नियुक्तिसंग जोडेर  न्यायलयको एकलौटी चलखेल आदि कुरा मिडियाभरि छरपस्ट बनाइए पनि भित्रि कुरा अरु नै केहि थियो। त्यस बेला राजस्वको प्रमुख चुडामणि शर्माले ११ अर्ब देखि ३० अर्ब सम्म घोटाला, भ्रष्टाचार गरेको कुरा उठ्दै थियो। उनि एक्लैमा त्यत्रो खाने र पचाउने ल्याकत त पक्कै थिएन। अर्थात सबै शिर्षे भनौँदा नेताको मिलेमतो थियो। त्यो मुद्दाबाट सबैको ध्यान अन्तै मोड्न सुशिला कार्की र प्रहरी प्रमुख चयनलाई मिडिया भरि उचालेर सुशिला कार्कीलाई हटाइयो। त्यस बेला चुडामणि शर्मालाई १ करोड धरौटीमा छोडियो जसको लागि दोहोरो नागरिकताधारी प्रधान न्यायाधिशलाई खटाइएको थियो। शर्माको भ्रष्टाचारको बहुमुद्दा थिए, केहि महिना अघि हालकै प्रधान न्यायाधिश श्रीमान चोलेन्द्रकै पालामा, शर्मा फेरी ५० लाखको धरौटीमा छुटेका थिए। 

अब अहिले किन प्रधान न्यायाधिश चोलेन्द्रलाई आरोप संगै अदालत एवं कानूनी इजलास ठप्प पारिएको छ, यस बारे बुझौँ। कार्तिकको १५ देखि, अहिलेको ठुलो मुद्दाहरु सुनुवाई हुने मिति थियो। पूर्वप्रधानमन्त्री माकुने र बाबुराम भट्टराई विरुद्धको ललिता निवास प्रकरणको निर्णय सुनाउने मिति कार्तिक १५ थियो। त्यो जग्गा माओवादीको सरकार रहँदा भएकाले प्रचण्ड चोखो हुने कुरा भएन र माधव त ओलीकै पार्टीका महत्त्वपूर्ण नेता रहेकाले एमालेले पनि त्यो जग्गामा पैसा असुल गरेन भनेर पत्याउन सकिन्न। अनि हरेक चोटी ठुला ठुला घोटालामा ठुला दल नमिलेको भन्ने छैन। चाहे वाइड बडी वा गण्डकी वा अरु केहि ! र प्रधानमन्त्री निवासको जग्गा नै बेच्ने भने पछि कांग्रेसको मिलेमतो बिना त्यो सम्भव पक्कै छैन। त्यसैले अहिले चोलेन्द्रले भाग खोजे, भ्रष्टाचार गरे भनेर कुरा उचालिएको छ। तर के यस अघि यी कुरा उठाउन नमिल्ने थियो र ? किन यस्तै सुनुवाईको बेला सबै अदालत ठप्प पारियो होला ?

केपी ओलीले पनि दल फुटाउ अध्यादेशले परेको अन्याय र अहिलेको सरकार गठन नै गलत रहेको भनेर मुद्दा हालेका थिए, त्यसको पनि निर्णय आउने समय पारेर यो सबै घटना मिलाइएको छ। 

हाम्रो आसय चोलेन्द्र सहि छन् भन्ने होइन। नेपालको न्यायालय धेरै अघि देखि भागबण्डामा नै चलेको कुरा धेरै न्यायकर्मी, वकिल, न्यायाधिशले उठाएका छन्। 

यो न्यायलय पनि ठप्प भएमा अब सेना तिरबाट किचलो सुरु गरिने अवस्था हुञ्छ। हेर्दै जाउँ। देशको सेना देशको पक्षमा उभिएला वा त्यसको पक्षमा ? 

अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 


शिवगौरीदास (अनुप)



Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।