२३ गते हिन्दु राष्ट्र घोषणा वा राष्ट्र बिघटनको शिलान्यास ?? निरक्षीर विश्लेषण।।

सामाजिक संजाल भरि केपी ओली ले २३ गतेको कार्यक्रममा हिन्दुराष्ट्र घोषणा गर्ने छन् भन्ने समाचारहरु यत्रतत्र सर्वत्र फैलिइरहेका छन्। हिन्दु राष्ट्र समर्थकहरु खुसी छन् भने नेपाल भाँड्ने समुह पनि यहि दिनको प्रतीक्षामा छन्। यसमा नेपाललाई गृहयुद्धमा फसाउने षड्यन्त्र लुकेको छ। हामीले १० महिना अगाडी बाटै यदि एमसीसी आउन नसकेमा उनीहरुले गृहयुद्धलाई विकल्पको रुपमा राखेका छन् भन्ने कुरा उजागर गर्दै, बताउँदै आइरहेका छौं। बिभिन्न किसिमले लेख तथा भिडियोको माध्यमले सेना,प्रहरी सुरक्षा निकायहरुलाई सचेतना एवं सतर्क गराउने प्रयास गर्दै आइरहेका छौं। जे हामीले बताइरहेका थियौं सोहि अनुरुप नै देशमा घटना परिघटनाहरु बन्दै गइरहेका छन्। त्यसैले अबको विश्लेषण सचेतन, जागरुक र आग्रह-पूर्वाग्रह रहित मनस्थिति राखेर अध्ययन गरी घोत्लिएर सोच्न सबैलाई अनुरोध गर्न चाहन्छौं।
गत हप्ता मात्रै किराँत धर्मको पुर्खा रैछाकुलेको मूर्ति मा प्रहार भएको थियो, प्लाष्टर गरिएका केही भागहरू उक्किएका थिए र त्यहाँका केही स्तम्भ(नाम लेखिएका किलो)हरू उखेलिएका थिए। त्यो घटनाको एक हप्ता बित्दा नबित्दै पनौतीमा श्रिस्वस्थानि बर्तकथा को इतिहास बोकेको शिव मन्दिर परिसरको ६४ शिवलिंग मध्ये २९ वटा भत्काइएका छन्। यो घटना घट्नु भन्दा केही दिन अगाडि केपी ओली बेला न कुबेला शुक्र अस्त रहेको अवस्थामा पशुपतिनाथमा संकल्प पुजा गर्न गएका थिए। वर्षौंसम्म गायब जस्तै रहेका सि के रावत एकाएक माघ ११मा मिडियामा आएका छन्। त्यसको ३ दिनमा इन्डियन बोर्डर सुचारु गरिएको छ। यसै बिचमा नेपाललाई हिन्दु राष्ट्र घोषणा गराउने २३ गतेको ओलीको आमसभाको मुख्य एजेण्डा रहेको बारेमा ईशारा दिएर समाचारहरु सम्प्रेषण भएका छन्। सुरेन्द्र पाण्डे जो चर्च उद्घाटन गर्दै हिड्छन् र उनि ओली बिरोधि कित्ता झलनाथ प्यानलका हुन्। उनले नै यस कुराको प्रचार गर्दै छन्। उता नेपालका सबै भन्दा ठुला इसाई पास्चर केबी रोकाया पनि हिन्दु राष्ट्रको वोकालत गर्दै हिडेको स्मरण गराउन चाह्यौं। यति भूमिका मनन गर्दै अब मूल विषयमा प्रस्थान गरौँ।
नेपालमा हिन्दू र अहिन्दू भनेर कित्ताकाट चल्न थालेको धेरै अघिबाट हो। माओबादि युद्धकाल देखिनै हिन्दु, बौद्ध, किराँत, बोन र अन्य प्रकृति पुजक संस्कृति(नेपालका मूल धर्म संस्कार) माथि प्रहार, मुर्ति, मन्दिर, गुम्बा, थान आदि तोडफोड हुन थालेको हो। जात जातीयताको आधारमा विभाजन र घृणाको माध्यमले देशमा युद्ध मच्चाउने योजना माओबादिबाट थोपरिएको संघियतामा रोपेका थिए। तर हिंसाफलित हुन न सक्नुको एक मात्र कारण यँहाको मूल धर्म(हिन्दु, बौद्ध, किराँत, बोन र अन्य प्रकृति पुजक संस्कृति)मा रहेको ज्ञान हो भन्ने निस्कर्षमा पुगे पछि नेपालका मूल धर्म मान्नेलाई डर हावी गराउने, आक्रमणकारी र हिंशावादी धर्ममा परिणत गर्ने र देशमा गृह युद्ध सृजना गराउने रणनीति चलेको छ। त्यसैको फल स्वरूप मुर्ति फोड्ने, मन्दिर तोड्ने, गालि गलौच फलाक्ने र घृणा फैलाउने कुचेष्टा बढ्दै छ। नेपालमा धर्म निरपेक्षता लादिए पछि सबै भन्दा धेरै धर्म परिवर्तनको शिकार बन्यो बौद्ध धर्म। १४ बर्षमा लगभग ७० प्रतिशतले घट्यो बौद्ध धर्मावलम्बीको संख्या। तर पनि बौद्ध धर्म संरक्षणका ठेकेदार संस्था मौन छन्। किन थाह छ ? अमेरिका तिब्बती भावनासँग खेलेर चिन अस्थिर गराउने योजनामा छ। नेपालको बौद्ध महासङ्घका प्रमुख तिब्बती बौद्ध दर्शनका अनुयायि छन्। नेपालको आफ्नै बौद्ध दर्शन रहेतापनि नेपालि बौद्ध महासंगमा तिब्बती अनुयायीको नियुक्ति अमेरिकी दबाबकै कारण थियो। तिब्बत मुक्त गराउने प्रतिबद्धता दिएर अमेरिकाले नेपालमा रहिआएका तिब्बती शरणार्थी लगायत तिब्बती बौद्ध धर्मावलम्बीहरुलाई आफ्नो मातहतमा लिइसकेको छ। खम्पा विद्रोहका हतियारहरु अझैपनि गुम्बामा छन् भन्ने खबर दर्जनौ पटक सुनेको, देखेको र पढेको हो तर पनि यस बारे अनुसन्धान गर्ने जाँगर नेपाली सुरक्षा निकायलाई छैन। होउस् पनि कसरी ? गृह मंत्री उनीहरुकै नियुक्ति हो। मंगोल नेशनल अर्गनाइजेशन नामको संस्था हिंसाको कुरा गर्दै हिँड्छ।
पहिचानको मुद्दा अहिले निकै आक्रमक बनिसकेको अवस्था छ। यस्तो बेलामा हिन्दु राष्ट्र मात्र भनियो भने देश गृह युद्धमा फस्ने निश्चित छ। बौद्ध, किराँत, हिन्दू, बोन लगायत प्रकृतिपूजक संस्कार र धर्मसापेक्ष राष्ट्र नेपाल भनेर सम्बोधन नगरेमा देश चक्रव्यूमा फस्नेछ। त्यहि योजना अन्तर्गत देशमा यो सबै चल्दै छ। ओलीले आगामी चुनावमा भोट पाउने र आफ्नो शक्तिमा पकड यथावत राख्ने नियतले यो सबै गर्दै छन्। तर उनलाई यो कदम चाल्न पर्ने अवस्था सम्म लगिएको छ। स्मरण रहोस् नेपालका सबै नेता चेस खेलका पिउसा जस्तै हुन्, उनीहरुको दिमागले कहिले न देख्ने, न सोच्ने गरि उनीहरु खेलाइका हुन्छन्।
२३ गतेको कार्यक्रममा झडप वा सो भन्दा ठुलो दुर्घटना घट्ने, र सोहि निउ धार्मिक वा जातीय युद्धको कारक तत्व बन्ने सम्भावाना छ। यसबारेमा मनन गर्न सक्नुपर्छ।
नेपाल आमाको जय। जागुन् राष्ट्रिय गाथा।
माथि बताइएको कुराहरु बुझ्न अफ्ट्यारो लागेमा हाम्रा अघिल्ला लेख र विश्लेषणहरुले मद्दत गर्ने छ। ।
संसद विघटनको पर्दा पछाडीका नालीबेलीको पर्दाफास ।
कसको आडमा ओलीको बोली फुटेको हो ? भूराजनीतिक विश्लेषण। भिडिओ सहित।
एमसीसीले अफ्रिकामा गरेका कर्तुतहरु !! अमेरिकी चाल र सम्झौताका शब्द जाल !!भिडिओ सहित
ओली देउवाको एकता वा देश डुबाउने नयाँ चक्रव्युह !
नेपालमा सल्बलाई रहेका ग्राण्ड डिजाइन: राजाबादी आन्दोलन, रोहिङ्गा र एमसीसी
अक्षांश : ६०.१६९९° उ. देशान्तर :२४.९३८४ ° पू. बाट
Comments
Post a Comment