विवेकशील साझा: रविन्द्र एण्ड कम्पनिको पर्दाफास ।। भिडिओ सहित । ।
राजनीतिक पार्टीका नालीबेली खोल्ने सिरिजको पहिलो एपिसोडमा कांग्रेस र एमाले कसका बचेरा हुन् ? के का लागि स्थापित भएका हुन् भन्ने बारेमा उजागर गरेका थियौं। अघिल्लो एपिसोडमा युवा पुस्ता भनेर कसरी बिदेशीले आफ्ना प्यादा खटाएका छन् भन्ने बारे बताएका थियौं। आज आगामी चुनावको लागि चल्दै गरेको अर्को षड्यन्त्रको पर्दा उघार्ने प्रयत्न गर्दै छौं। #मिश्र_एण्ड_कम्पनि।।
अलिकति विवेकशील नेपाली बारे बुझौं, विवेकशील नेपाली सुरुमा एउटा एनजिओको रुपमा सक्रिय भएको युवा क्लब जस्तै थियो। जसको गतिविधिको लागि आर्थिक सहयोग अनुदान क्रिस्चियन मिसिनरीका आइएनजिओ हरुबाट हुन्थे। चाहँदा नचाहँदा पनि विवेकशील पार्टी आइएनजिओको अधिनमा छ। सुरुवाती चरणमा एक्सन एड भन्ने आइएनजिओनै विवेकशील क्लबको दातृ निकाय थियो। एक्सन एड क्रिश्चियन भक्त जेक्सन कोल भन्ने व्यक्तिले स्थापना गरेको संस्था हो। विवेकशील साझा पार्टी फुट्नेबेला, एनजीओ शैलीमा तत्कालिन विवेकशिल लाई विदेशबाट रकम आउँथ्यो भन्ने कुरा प्रदीप कुमार थापाले अनलाइनखबर मा लेखेका थिए। नेपालको संस्कार/संस्कृति मूलभूत रूपमा भन्नुपर्दा नेपालको आफ्नोपन मौलिकता विरुद्ध प्रयोग गर्नको लागि विवेकशीललाई वित्तीय सहयोग गरिएको थियो। त्यसैले नेपालको चाड पर्वको खुलेर विरोध गरेता पनि अन्य धर्मको चाडपर्वमा रहेका बिसिङ्गति, बिकृति बारे कहिले पनि इनिहरुको बोलि फ़ुट्दैन।
पारदर्शिता भन्ने मंत्र भट्भटाएर नेपालीलाई बेवकुफ बनाउने फेशनको सुरुवात गर्ने समूह हो विवेकशील नेपाली दल। २०७२ को भुकम्पमा राहत वितरण गर्ने भन्दै दुनिया संग पैसा उठाएका थिए विवेकशीलले। तर दिनहुँ आफ्ना स्वयम् सेवकहरुलाई मासु भातको व्यवस्था गर्ने गरेको कुरा थाहा हुन आएको छ । यो हाम्रो दावी होइन ! त्यो बेला स्वयंसेवक बनेर गएका एक जना मित्रले विवेकशीलका नेतृत्वको चित्त सानो लाग्यो, देश मर्कामा पर्दा पनि मासु भात खान पर्ने, त्यो पैसाले अन्य ३ जना लाई सादा खाना खुलाउन सकिन्थ्यो भन्दै हामीलाई गुनासो गरेका छन्। इनिहरु भाषणमा मासु भातको बिरोध गर्छन्। अरुको आङ्गको जुम्रा र आफ्नो कुन्नि के के भने जस्तो।।
अलिकति प्रसङ्ग फेरौं, रविन्द्र मिश्र समाजसेवी मुकुण्डो धारी कथित इमान्दार पत्रकार हुन्। पाकिस्तानको लाहोरमा अवस्थित पन्जाब विश्वविध्यालयबाट पत्रकारितामा मास्टर्स डिग्री गरेका मिश्रले त्यँही नै द निउज इन्टरनेसनल नामको अंग्रेजी दैनिक पत्रिकामा जागिर गर्न थाले। यिनको बौद्धिक क्षमताको कारण करीब २ बर्ष नबित्दै उनले बिबिसी लन्डनको, बिबिसी नेपाली साखाको निर्माता बनि प्रवेश गरे। र सुरु भयो उनको बेइमानी, जसको बारेमा उनले अहिलेसम्म पनि बताएका छैनन्।
पत्रकारिता क्षेत्रमा राम्रो पकड भएकाले बेजोड प्रतिभाको रुपमा स्थापित भएका रविन्द्र मिश्र देशमा इमान्दारिता र पारदर्शिताको कुरा गर्छन्। विवेकशील दल पनि पारदर्शिताको कुरा गर्छ तर एकचोटी जुटेर फुट्नुको कारण त्यही पैसाकै पारदर्शिताको किचलो थियो। आज उनको इमानदारीता पनि उनकै पार्टीको चुनाव चिन्ह तराजुमा राखेर हेरौ।
उनले इमान्दारीता, पारदर्शिता भन्दै नेपालीलाई मुर्ख बनाउन लागेको सन् १९९९ अर्थात २१ बर्ष भै सक्यो। महिनामा नेपालको लागि १०० रुपैँया दान गर्नुस् भन्दै हेल्प नेपाल नामले सन् १९९९ बाट हल्ला सुरु गरे। स्थापना भएदेखि छ बर्ष सम्म उठेको रकमको लेखा-जोखा नै छैन। सन् १९९९ मा खुलेको संस्थाको वेबसाइटमा सन् २००६ देखिको मात्र आर्थिक प्रतिवेदन सार्वजानिक गरेको छ। जब देखि उनलाई युएण्डिपीले पैसा दिन थाल्यो अनि मात्र उनले प्रतिवेदनको नाटक सुरु गरेका हुन्। नेपालीसंग लिएको पैसाको त के लेखा जोखा दिने? नेपाली लाई सजिलै भेडा बनाउने चलन त अझै पनि दान उठाउने अभियान्ताहरुले गर्दै छन्। नेपालीको भावनासंग खेलेर सजिलै पैसा लतार्ने माध्यम बनेका छन् बिभिन्न नामका अभियान/ महाभियानहरु। बाउ बाजेले पुरा गर्न न सक्ने रहर पुरा गर्ने, गाडी चड्ने, अभियानकै काम को लागि हो भन्ने। दिन रात फुर्सद छैन हजुरकै अभियानमा मेरो जीवन अर्पण भन्दिने तर आफ्नो रहर पुरा गर्ने ब्वाँसो हरु संग सावधान रहौं। आर्थिक प्रतिवेदन माग्ने गरौँ, खर्च बुझ्ने गरौँ। नभए भ्रस्टाचार प्रोत्साहन गर्ने को ? भनेर बुझ्न, ऐना हेर्नु होला।
अब रविन्द्र तिरै अघि बढौं।।
नेपालीहरूलाई सजिलै उल्लु बनाउन सक्ने विलक्षण प्रतिभा देखेर बिदेशी मालिकले नेपालमा खडा गर्ने विकल्पको रुपमा यिनलाई चुने। त्यसपछि यिनी नेपाल आएर पार्टी खोले। अर्को रोचक कुरा, उनको हेल्प नेपाल भन्ने पेजमा आर्थिक प्रतिवेदन पनि साझा पार्टी खोले पछि एका एक अपलोड भएका हुन् , त्यस अघि उनलाई आफ्नो गतिविधिको पारदर्शिता बारे वास्ता पनि थिएन।
इनी नेपाल आउँदासम्म विवेकशील नेपालीको गतिविधिले नेपालको युवा पिढीमा निकै राम्रो प्रभाव राखेकाे अबस्था थियो। त्यसैले यी दुइटालाई एउटै हलोमा राखेर जोताउने योजना बन्यो। क्रिश्चियन एजेन्डा र पश्चिमा एजेण्डाको लागि काम गर्न यिनीहरुलाई संगठित गराइयो तर आफ्नो खातामा आएका पैसाको आर्थिक गतिविधि र स्रोत देखाउन दुवै तर्सिए ,त्यसपछि फुटे। विवेकशील-साझाको केन्द्रिय समितिमा रहिसकेका एक मित्रका अनुसार रविन्द्र मिश्रले चुनाव प्रचार प्रसारमा धेरै खर्च जुटाएका थिए । र त्यस पछि उनले त्यो पार्टी नै आफैले किनेको कम्पनि सरह चलाउन पनि सुरु गरेका थिए। उनको गुलामी स्वीकार नगर्नेलाई पाखा लगाउन उनले केन्द्रिय समितिमा आफ्नो मान्छे थप्ने नियत राखेका थिए तर त्यस अघि नै त्यो पार्टी फुट्यो।
अहिलेको अवस्थामा नेपालीहरु पार्टी, नेता र राजनीति बाट हैरान, वाक्क र आजित भएको अवस्था छ। कांग्रेस र कम्युनिस्टको खुलेयाम नाङ्गो नाच देखेका युवा पिडि, विकल्पको खोजिमा छन्। कांग्रेस र एमालेलाई भोट दिने पिडिको जनसंख्या अब घट्दो क्रममा छ। अर्थात् उनीहरूको भोटर बुढेसकालको कारणले घट्दै छन्। अब नयाँ मतदाताहरुको जनसंख्या बन्दैछ। विकल्प के त ? भन्ने प्रश्नले सबैलाई खाएको छ। यो कुरा सबै दलाल दलका मालिकहरूले पनि बुझी सकेका छन् । सामाजिक सञ्जाल हेर्ने हो भने सारा नेपालीले कसलाई आश गर्ने ? को माथि विश्वास गर्ने ? कसले गरिदेला ? आदि मुद्दामा निकास खोज्दै गरेको देखिन्छ। यस्तो अवस्थामा जो सुकैले पनि ४-५ वटा भाषण फलाकेको हल्लाको भरमा पिछलग्गू भएर नेपाली जनता भौतारीरहेको अवस्था छ। त्यसैले नयाँ भोटरलाई पनि आफ्नै पाल्तुहरूको अधिनमा ल्याएर नेपाल कब्जा गर्ने नियतिले थुप्रै पार्टीहरु खोल्नको लागि उही मालिकले प्रपञ्च रच्दै छन्।
त्यसैले अबको युवा पिँढी को एक मात्र आशा को रुपमा रविन्द्र एंड कम्पनीलाई स्थापित गर्ने योजना चल्दैछ। कोरोनाको कारण विदेशमा रहेका नेपालीहरु पनि नेपाल फर्किने प्रबल सम्भावना छ। उनीहरूको देश र समसामयिक राजनीतिक मुद्दाबारे सामाजिक सञ्जालमा अभिव्यक्त हुने विचारको निगरानी पनि भइरहेको छ। इंडियामा वेलायतले कांग्रेस खोलेर गयो, नेपालमा तेसैको हाँगा नेपाली राष्ट्रिय कांग्रेसको नाममा खुल्यो र नाम परिवर्तन हुँदै नेपाली कांग्रेस बन्यो। अब वेलायतको मुद्दा बोकाउन नयाँ भरियाको रुपमा रविन्द्रलाई रोजिएको छ। नाम मात्र फरक हो, यो नयाँ कांग्रेस हो।
सन् २००० सेप्टेम्बर २८मा बिबिसी वर्ल्डले नेपाल गरीब छ र इंडिया संग धर्म संस्कार मिल्छ त्यसैले इंडियाको सुरक्षा छाता (सेकुरिटी अम्ब्रेला)मा राख्न ठिक होला भनेर नेपालको सार्वभौमसत्ता माथि प्रहार गर्दै सर्भे र बहस कार्यक्रम गराएको थियो। उनि त्यहि कम्पनीका कारिन्दा बनेर आफ्नो बिबिसी नेपाली सेवामा वेलायतकै दानापानीमा रमाई रहे, उनको राष्ट्रियता कति को बलियो छ भन्ने कुरा यो बाटै बुझ्न सकिन्छ। अहिले आएर एक्कासी देशको माया लाग्यो वा मालिकले नयाँ चक्रब्युहको तयारि गर्न इन्लाई खटायो ? सोच्न जरुरि छ।
त्यसै अन्तर्गत रविन्द्र मिश्र एंड कम्पनीमा रवि लामिछानेलाई प्रयोग गर्ने योजना छ। अलिकति लिडर भन्ने सोको बारेमा पनि बुझौँ। लिडर सोको योजना रवि लामिछानेलाई र उनको प्रशंसक(फ्यानहरू) को प्रयोग गरेर विदेशीका पाल्तु रविन्द्र मिश्र र बाबुराम भट्टराईलाई स्थापित गराउने योजना हो।
जसरि विदेशीका पाल्तुहरुहरुलाई स्थापित गर्न मदन भण्डारीलाई कम्युनिस्टको नाम दिएर प्रयोग गरियो अनि मारियो। सोहि डिजाइन फेरी रविन्द्रलाई स्थापना गर्न रवि लामिछानेमा प्रयोग हुने सम्भावना छ। रवि लामिछानेले यो कुरा बुझ्न सके भने यो डिजाइन फेल हुनेछ। तर बुझ्न नसकेमा उनलाई प्रयोग गरेर देशै डुबाउने अर्को झुण्ड खडा गरिनेछ।
सबै नेपालीले यो कुरा ब्यापक सेयर गरौँ।
नेपाल आमाको जय। जागुन् राष्ट्रिय गाथा।।
अक्षांश : ६०.१६९९° उ. देशान्तर :२४.९३८४ ° पू. बाट
Comments
Post a Comment