अदालत बाट भ्याक्सिनमा रोक लगाउन सकिने आधार।

इंडिया बाट आएको भ्याक्सिनमा चिम्पान्जीमा हुने एडेनोभाइरस र मान्छेको किड्नीको कोशीका मिसाएको छ। पोलीसर्बेट ८० पनि मिसाइएको छ, बिभिन्न अध्ययन अनुसार यसले क्यान्सर निर्माण गर्ने पुष्टि पनि भएको छ। इडिटिए डाइसोडिअम साल्टले पाचन प्रणाली कम्जोर गराउँछ। म्याग्निसिएम क्लोराइडले स्वास प्रस्वासको समस्या निम्त्याउँछ। यी मध्ये कुनै पनि तत्त्वको एलर्जी भएकाले यो खोप न लगाउन भ्याक्सिन निर्माण कम्पनि सेरम इन्स्टिच्युटले समेत बताएको छ। 

नेपालमा चलेको अर्को भ्याक्सिन चिनबाट आएको छ। यसमा अल्मुनियम हाइड्रोअक्साइड मिसाइएको छ। अल्मुनियमले मानिसलाई कति असर गर्छ खोज्नु होला। यदि अल्मुनियम रगतमा मिसिएमा सिधै मस्तिष्कमा गएर परत निर्माण गर्ने सम्भावना राख्छ। अल्मुनियम तत्त्वले किड्नीमा नराम्रो असर गर्छ। क्यान बियर, कोला, इनर्जी ड्रिंक अल्मुनियमको डब्बामा राख्नुको पछाडी येइ मान्छेको किड्नी फुस्काउने अनि लुट्ने योजना अन्तर्गत हो। यसले हड्डी, मासु सम्बन्धि विभिन्न रोग निम्त्याउन सक्छ। मिर्गी, प्यारालाइसिस, सुस्त मनस्थिति अमेरिकामा २५ % बाल बालिकामा देखिन्छ। यो सबै भ्याक्सिनले हो। कुरा सिधै न पत्त्याउनु !! चिल्ड्रेन हेल्थ डिफेन्स भन्ने साइटमा गएर पढ्नु होला।। 

डाइसोडियम हाइड्रोजन फोस्फेट डोडेकाहाइड्रेट, र सोडियम डाइहाइड्रोजन फोस्फेट मोनोहाइड्रेटले स्वास प्रस्वासको समस्या, छाला सम्बन्धि समस्या, आँखा सम्बन्धि समस्या निम्त्याउने विभिन्न सोध बाट पुष्टि भएको छ। यी मध्ये कुनै पनि तत्त्वको एलर्जी भएकाले यो खोप न लगाउन भ्याक्सिन निर्माण कम्पनि सिनोभ्याकले आफ्नो खोप सम्बन्धि तथ्य पत्र(फ्याक्ट शिट)मा उल्लेख गरेको छ। नशा/ स्न्यायु सम्बन्धि रोग भएकालाई यसको प्रयोग गर्न नमिल्ने पनि यसमा उल्लेख छ। कुनै पनि दिर्घ रोग भएकाले यसको प्रयोग गर्न न मिल्ने कुरा पनि बताइएको छ। स्तन पान गराई रहेका वा गर्भवती महिलाले पनि यसको प्रयोग गर्न नहुने कुरा छ। डाइबेटिज, मांसपेशी सम्बन्धि रोग, मानसिक रोग, मिर्गी रोग भएका वा परिवारको कुनै सदस्यमा भएको भएमा पनि लगाउन नहुने कुरा उल्लेख छ। रगत सम्बन्धि कुनै पनि विकार भएका, प्रतिरोधात्मक(इम्युनिटि) सम्बन्धि रोग, प्रजनन उमेरका महिलाले यसको प्रयोग नगर्न सुझाव पनि सोहि तथ्य पत्रमा उल्लेख छ। 

रुसले पनि ८० लाख डोज खोप नेपाललाई विक्री गर्ने प्रतिबद्धता जनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र मस्कोबाट आएको उच्चस्तरीय टोलीबीच  बैसाख १५ २०७८मा भएको छलफलमा खोप बिक्रीको प्रतिबद्धता आएको छ । सो भ्याक्सिनमा पनि माथि उल्लेखित इन्डियन भ्याक्सिनमा भएका तत्त्व छन्। 

अब कसलाई एलर्जी छ छैन पहिले त्यो परिक्षण न गरि यो लगाए जे पनि हुन सक्ने अवस्था छ। एवं माथि उल्लेखित अवस्थाका मानिस बारे सबै सोध पुछ नगरी यो खोप लगाउनु भनेको मान्छेलाई गिनी पिग बनाएको अवस्था हो। हरेक नागरिकको बाँच्न पाउने अधिकारको हनन भएको छ। नेपालमा आएको भ्याक्सिन निर्माता कम्पनि सेरम इन्स्टिच्युटले जारि गरेको भ्याक्सिन बारे सुचनामा प्रष्ट लेखिएको छ, भ्याक्सिनमा मिसाइएको तत्त्वको एलर्जी भएका मान्छेले सो भ्याक्सिन लगाउन मिल्दैन। नेपालमा एलर्जी टेस्ट पहिले गरेर अनि त्यो तत्त्वको एलर्जी न भएकालाई मात्र भ्याक्सिन लगाउनु पर्छ।  नुरेम्बर्ग कोडको उल्लंघन भै रहेको छ। नुरेम्बर्ग कोडको लिंक एक पटक अध्ययन गरेमा धेरै आधार छन् जसले अहिलेको भ्याक्सिन अमानवीय प्रयोग(एक्सपेरिमेन्ट) भन्ने पुष्टि हुन्छ। 

नेपालमा कोहि छ अभियन्ता ? यसलाई आधार बनाएर अदालत जाने ?



Comments

  1. अदालत जान अभियान्ता हुनुपर्दैन नि त ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।