इंडियामा चलेको महामारीको रहस्य खुल्यो।

 


इन्डियन कोरोना र नेपाली लक्डाउन

कोरोनाको भूत देखि भविष्य, यसको प्रायोजन र विविध आयामबाट करीव दर्जन लेख भिडिओ प्रकाशन गरि सकेका थियौं। आज यसै शृंखलाको नयाँ कडी बारे अध्यावधिक(अपडेट) लिएर आएका छौं। करीब छ महिना अगाडी कोरोना भ्याक्सिन बारे जान्नै पर्ने तथ्य नामक लेख बाट हामीले बताउँदै आएको कुरा अहिले सत्य सावित बन्दै गएको छ। हामीले सतर्कता गराउँदै आए सरि वैश्विक खेला चल्दै गएका हुनाले अब बताइने कुराहरु आँखा चिम्म गरेर नपत्त्याउनु होला। निर-क्षीर विवेक अपनाएर पढ्नु होला, खोज्नु होला। अब विषय तिर प्रस्थान गरौँ। 


वैसाख २०७८को पहिलो हप्ता देखि इंडियामा कोरोनाको ठुलो लहर फैलिएर मान्छे पोल्ने समसानमा ठाउँ खचाखच भएको तस्विर जता ततै देखिएको छ। २०७६ को जाडोमा दुरुस्तै अवस्थामा इटाली भन्ने देशलाई देखाइएको थियो। त्यहि इटालीको हस्पिटलमा खिचिएका भिडिओलाई आधार बनाएर कोरोना भन्ने रोगलाई महामारीको नाममा स्थापित पनि गराइयो। तर अहिले यो पुष्टी भै सकेको छ, कि त्यो समय जति पनि मृत्यु इटालीमा भएका थिए ती सबैको कारण कोरोना थिएन। इटालीको सरकारले  त्यो मिडियाबाजीको केहि महिनापछि बल्ल आफ्नो तथ्यांक सार्वजनिक गरेको थियो। जसअनुसार ती मिडियाले जति पनि मान्छे कोरोनाले मरे भनेर भ्रम फैलाए, त्यसको ०.२% मात्रै यथार्थमा कोरोनाले मरेका रहेछन्। अरुबेला भाइरल फ्लु, भाइरल फेभर भनेर वर्गीकृत गरिएको रोगलाई यसपाली कोरोना भनेर मिडियाबाजी मात्र गरिएको हो। हरेक मान्छेलाई बर्षमा कम्तिमा एक चोटी रुगा लाग्छ। यो साधारण चिजलाई नै ठुलो महामारीको रुप दिन सकेमा सबै मान्छे डरले जे गरायो तेइ गर्ने छन्। तेसैको लागि मिडिया प्रयोग गरेर भ्रमात्मक खवर निरन्तर फुकियो। जर्मनीमा डाक्टरहरु मिलेर कोरोना बारे अध्ययन गरे र उनीहरुले यो ठगि हो भनेर बिज्ञप्ति पनि निकाले र यसलाई विश्व भरिका डाक्टरहरुको संगठन ‘वर्ल्ड डाक्टर अलायन्स’ले पनि समर्थन गरेका थिए ।(इन्फर्मेसन कन्ट्रोल) हालको कथित दोश्रो लहर सुरु भएको देश वेलायतका सडकमा लाखौँको भीड उत्रिएर आन्दोलन गरेको कुनै मिडियाले देखाको छैन। तर दिनमा करीव ७००० मान्छे भोकमरीले मर्ने र दशौँ हजार मान्छे अन्य रोग व्याधिले मर्ने इंडियामा यो कोरोना फैलियो भनेर झुटा प्रचार मात्र चलेको हो। मान्छे अर्कै चिजले मर्दै बिल कोरोनाको नाममा चड्दै छ भन्दा अचम्म पर्नु होला। तर इण्डियामा यस्तै अवस्था देखियो। म्युकोरमाइकोसिस नामको फंगस(ढुसी) जन्य जीवाणुको कारण अहिले नयाँ सनसनी छाएको छ। म्युकोरमाइकोसिसको पनि दुरुस्तै कोरोना जस्तै लक्षण हुने रहेछन्। यो छाला लगायत नाक देखि छाती सम्म पाइने रहेछ। टाउको दुख्ने, नाक टालिने, ज्वरो आउने, कफ जम्ने, छाती दुख्ने एवं साँस फेर्न अफ्ट्यारो हुने यसको प्रमुख लक्षण हुन्। कोरोना संग मेल खाएमा संयोग मान्न नहुने अवस्था छ। किनकि कोरोनाको भण्डा फ़ुट्दो छ र त्यसको डर एवं धन्दा बचाउन यसको प्रयोग गरिएको नहोला भन्न सकिन्न। (नयाँ तथ्य खुल्यो)


ईतिहासलाई नियाल्दा

अलिकति एक दशक अगाडीको प्रसंग जोड्न पर्ने देखियो। सन् २००९ मा विश्व स्वास्थ्य संगठनले स्वाइन फ्लु(H1N1) भाइरसलाई पनि प्याण्डेमिक(महाव्याधि) भनेर घोषणा गर्यो। केहि समय व्यापक प्रचार, मिडियाबाजी पनि भयो तर युरोपको पेस(PACE) को स्वास्थ्य सम्बन्धि विभागले यस बारे अनुसन्धान गर्यो। सन् २०१० मा स्वाइन फ्लुलाई महामारी भनेर फ़ैलाइएको हौवा विश्व स्वास्थ्य संगठनले गरेको सताब्दीको सबै भन्दा ठुलो ठगि काण्ड (स्केण्डल) हो भनेर पेसले निस्कर्ष निकाल्यो। विश्व स्वास्थ्य संगठनका वैज्ञानिक भनिनेहरु सबै औषधि व्यापारीको प्रभावमा चल्ने रहेछ भन्ने बारे पनि अनुसन्धान कमिटीका प्रमुख डा वुल्फ़गाङ्गले ले सन् २०१० मै बताएका थिए। (अनुसन्धान कमिटिको संक्षिप्त रिपोर्ट) 

विश्व स्वास्थ्य संगठनका विज्ञहरुको स्वाइन फ्लुको भ्याक्सिन निर्माताहरु संग साँठ-गाँठ रहेको बारे पनि त्यो बेला धेरै समाचार बनेको थियो। (ABC news)

ती भ्याक्सिन निर्माता को हुन् ? के चाहन्छन् ? यस बारे “कोरोना आतंकको पर्दाफास” नामको लेखमा ६ महिना अघि बताई सकेका थियौं। सारा मुख्य मिडिया उनीहरुको हो, र उनीहरु जे थाह दिन चाहन्छन तेहि अनुसार समाचार बन्छ। उनीहरुको संसार कब्जा गर्ने साधन बैंक, मिडिया, ब्यापार हुन्।  हरेक देशले पैसा छाप्न अगाडी धितो राख्न पर्छ भन्ने बारे सुन्नु भएको होला, त्यो धितो राख्ने मालिक यही एलिट हुन्।  सबै देशको वैश्विक अर्थतन्त्र अनुरुप मापन गर्दिने, कुन देशको मुद्राको मूल्य कति भनेर तय गरिदिने येही एलिट हरु हुन्।  यही माध्यमले सारा संसार इनिहरुको अधिनमा रहँदै आएको छ।  फोर्ब्स म्यागजिनले सार्वजनिक गर्ने धानड्य सुचिमा एलिटहरु बारे छापिन्न । उनीहरुको कसैसंग तुलना हुँदैन। सारा मुख्य मिडिया उनीहरुकै हो, र उनीहरु जे थाह दिन चाहन्छन तेहि अनुसार समाचार बन्छ।  उनीहरुको संसार कब्जा गर्ने साधन बैंक, मेडिया र बिभिन्न ब्यापार-व्यवसाय हुन्। युद्धमा लगानी, तेल पेट्रो-केमिकल , सुन लगायत अन्य खनिज , औषधि फार्मासिउटिकल र कृषि,अन्न आदि इनका मुख्य क्षेत्र हुन्। 

युद्ध, कब्जा, उपनेविशिकरण गर्नको लागि १६औ शताब्दी देखि दोश्रो विश्व युद्ध सम्म बेलायतको माध्यमबाट गरिन्थ्यो  र दोश्रो विश्व युद्ध पछि युएन पनि उनीहरुले नै स्थापना गरेका हुन्।  हाल बेलायत को साट्टो अमेरिकाको माध्यमले हस्तक्षेप गर्छन्  र युएन(संयुक्त राष्ट्र संघ) को माध्यमले नीति नियम कानुन लाद्छन। विश्व स्वास्थ्य संगठन पनि युएनकै स्वास्थ्य सम्बन्धी काम गर्ने विभाग हो। विश्व स्वास्थ्य संगठन भने पनि संयुक्त राष्ट्र संघ भने पनि उनीहरुकै संसार नियन्त्रण गर्ने र आफ्नो नीति लाद्ने माध्यम हुन्। (कोरोना आतंकको पर्दाफास ) महाव्यादिको बहाना गराएर विश्व ठप्प पारेर आफ्नो नियन्त्रणमा लिने योजना सन् २००८ मा तय भएको थियो। र सन् २००९मा स्वाइन फ्लु महाव्यादी काण्ड मच्चाइएको थियो। त्यो समय तयार पारिएको योजनालाई अपरेसन लक्स्टेप भनेर नामकरण गरिएको थियो। तर युरोपको पेसले स्वाइन फ्लु महाव्यादी होइन भनेर पुष्टि गरे पश्चात अपरेसन लक्स्टेप लागु हुन सकेन। त्यसलाई परिमार्जित गर्दै, आधुनिक विज्ञान प्रविधिको पनि उपयोग गर्ने योजना फेरी बाट बनाइयो। योजना तयार भए पश्चात इभेन्ट २०१ नामको एक सतत अनुकरण(सिमुलेसन) कार्यक्रम अक्टुबर १८ २०१९ मा आयोजना गराइयो जसमा आगामी महाव्यादी बारे सतत अनुकरण गरिएको थियो। र त्यसको एक महिना पश्चात चिनमा कोरोना देखियो भनेर महामारीको संज्ञा दिएर मिडियाबाजी गराइयो। यो सबै योजना एक दशक अघिको अपरेसन लक्स्टेपलाई रिसेट गरेर (पुनः मिलाएर) चलाइएको हो। अबको विश्व कसरी आफ्नो मुट्ठीमा लिने भनेर २०२० जुनमा "ग्रेट रिसेट" भन्ने सम्मेलन आयोजना गरिएको थियो, जसमा एलिटहरुको वैठक बसेको थियो। हामीले सुचनामा नियन्त्रण र साइकोलोजिकल अपरेसन बारे बताई सकेको थियौं;  कि उनीहरु शुक्ष्म शैलीमा पुस्तक, चलचित्रको माध्यमले आफ्नो योजना मान्छेको मस्तिष्कमा साधारण मान्ने र स्वीकार गर्ने गरि खेल्छन्। र सन् २०१० मै ग्रेट रिसेट नामको पुस्तक पनि प्रकाशन भै सकेको थियो। जसमा विश्वका एलिटहरुको कोण बाट आर्थिक पकड कायम राख्ने व्यापारिक कोण व्यक्त भएको थियो। 

सुन्दा अचम्म लाग्ला, तर उनीहरुकै पकडमा विज्ञान प्रविधि छ। सन् १६००को दशकदेखि एलिटहरुले संसार कब्जा गर्ने विभिन्न माध्यमलाई आफ्नो पकडमा लिँदै आएका छन् भन्ने कुरा बताई सकेका थियौं। त्यसैअनुसार विज्ञान-प्रविधि, वैज्ञानिक, शोधकर्ता, अनुसन्धाता, विश्वविद्यालय, शिक्षा आदि सबैमा पनि उनीहरुले वित्तिय सहयोगको माध्यमबाट आफ्नो पकड जमाइसकेका छन्।  हरेक विज्ञान प्रविधिबाट उत्पन्न हुने सामान वस्तुहरु लगायत विश्वविद्यालयबाट शोध अनुसन्धान गरेर आउने विचारधाराहरु उनीहरुलाई फाइदा दिने अवस्थामा छन् भने मात्र ती कुराहरु मुलप्रवाहमा आउँछन्, हैन भने सबै ज्ञानहरुलाई दबाउने गरिएको छ। (विज्ञान वरदान वा अविसाप)

फाइभ जी

अब फाइभ जी बारे कुरा राख्दा सहज होला भन्ने आशामा फाइभ जी बारे बुझौँ। फाइभ जी भनेको अपरेसन स्टारगेट/ग्रिल फ्रेमको परिमार्जित स्वरूप डि इ डब्ल्यु (डिरेक्टेड इनर्जी वुयिपन) हो। यसबाट छोडिने माइक्रोवेव(विद्युतीय-चुम्बकीय किरण) तरंगहरु निकै शक्तिशाली हुन्छन्। जसले सजिलै मान्छेको निउरन (मस्तिष्कका कोशीका) तोड्न, छेड्न सक्छ। जबसम्म यसलाई कुनै एउटा निशानामा केन्द्रीकरण गरिन्न, यसलाई नेटवर्कको रुपमा फोन, इन्टरनेटको लागि प्रयोग गरिने छ तर यसैलाई नै  हतियारको रुपमा प्रयोग गरेर मान्छे मार्न पनि सकिन्छ। फाइभ जी यदि ६० गिगाहर्जको ब्याण्डमा चलाउने हो भने यसले अक्सिजनलाई पुरै विकिरणयुक्त अर्थात रेडिएसनले भर्दिने रहेछ। (विज्ञान वरदान वा अविसाप) अहिले इंडियामा देखिएको मृत्यु र मसानघाट यसैको उपज हो। 

जिओ इञ्जिनियरिङ्गको अनुसन्धान र प्रगोयात्मक अभ्यास (रिसर्च एण्ड एक्स्पेरिमेण्टेसन) आदिको नाममा वायुमण्डल भरि विभिन्न हानिकारक तत्व (मुख्य गरि गर्हौ धातु) हवाई जहाजको इन्धनमा मिसाएर धुवाको रूपमा क्षितिज भरि छरिदै छ। यी धातुहरु पानि पर्दा वा हावा हुरी चल्दा तल हामीले सास लिने सतह सम्म आइ पुग्छ। र त्यस पछि हाम्रो फोक्सोमा परत (ब्लकेज) निर्माण गर्छ जसले अक्सिजन लिन आएको रगत प्रयाप्त अक्सिजन लिन नपाई कार्बन डाइअक्साइड सहित शरीर भरि बहन्छ। यो बाहेक फोक्सोमा टासिएको धातुको परतले स्वास प्रस्वासको रोग निर्माण गर्छ। (कोरोना आतंकको पर्दाफास ) सोहि शुक्ष्म धातुको परतमा विकिरण युक्त अक्सिजनले साँस फेर्न गाह्रो भएर अहिले अक्सिजनको सिलिन्डरलाई डरको माध्यम बनाइएको छ। शरीर बलियो र प्रतिरोधात्मक शक्ति उच्च भएको मान्छेलाई विस्तारै असर गर्छ तर कम्जोर अवस्थाको मान्छे खुत्रुक्कै हुन्छ। फेब्ररी २०२१ मा इंडियाको धेरै प्रविधि सम्बन्धिका पत्रिकामा, “अबको २-३ महिना भित्र फाइभ जी परिक्षण सुरु हुने”, समाचार व्यापक छापिएका थिए। त्यसमा उल्लेखित समयावधि अनुसार अहिले इंडियामा फाइभ जीको परिक्षण चल्दै छ। इंडियामा भ्याक्सिन पनि व्यापक लगाइएका थिए। अहिले जति पनि मृत्यु देखाइएको छ र घाटमा जल्दै गरेको लाश देखाइएको छ सबै ठुला शहरका हुन्। गाउँ तिर मान्छे मरेको बारे येस्ता समाचार किन छैन ? किन कि ती शहरमा नै भ्याक्सिन लगाइएको थियो। र फाइभ जी पनि त्यहि शहरमा परिक्षण गरिँदै छ। 

६ महिना अघिको भ्याक्सिन बारे लेखमा हामीले निम्न कुरा लेखेको थियौं। 

भ्याक्सिनमा राखिएका गर्हौ धातुको माध्यमले नशा, न्युरन वा अन्य अति संबेदनशील क्षेत्रमा प्रहार गरि मान्छे मारिने छ। केहि बिशेल्षकका अनुसार यस्ता गतिविधि  फाइव जी नेटवर्क द्वारा ति डिजिटल ट्याटुमा संदेश प्रवाह गरेर घटाइने छ। फाइव जी को टेस्ट गर्दा थुप्रै चरा  खसेका, मौरी मरेका प्रसङ्ग हरु उल्लेख भएका छन्। यसबाट फाइव जीको तरंग हरु कति हानिकारक छन् अनुमान लगाउन सहजै सकिन्छ। (कोरोना भ्याक्सिन बारे

फाइभ जीको इतिहास, भूत, भविष्य सबै तथ्य सहित अर्को कुनै दिन बताउने छौं। अहिले इन्डियन कोरोना त्राश बारे चर्चा गरौँ। 

केही महिना अघिसम्म संसारका बिभिन्न देश लाई भ्याक्सिन बेच्ने, बाँढ्ने देश इन्डियामा एकाएक भ्याक्सिनको कमी भएको, मान्छे मरेको खबर फैलिएको छ।  किन, थाहा छ ? किनकि अमेरिकामा एस्ट्रजेङ्काको 6 करोड डोज भ्याक्सिन फ्याक्न पर्ने अवस्था आयो। भ्याक्सिन लगाए पश्चात रगत जमाउने समस्याको कारण धेरै मानिसको मृत्यु भएकोले लगभग २ दर्जन देशमा प्रतिवन्धित भै सकेको सो भ्याक्सिन अमेरिकामा पनि  प्रतिवन्धित छ। साथ् साथै जोन्सोन एण्ड जोन्सोनको ज्यान्सेन भ्याक्सिनमा पनि त्यस्तै समस्याको कारण अमेरिकामा प्रतिवन्धित गरिएको छ। (ग्रेट गेम) स्रोतका अनुसार १ करोड ज्यान्सेन भ्याक्सिन पनि नष्ट गर्न पर्ने अवस्था अमेरिकामा आएको छ। यस हिसावले करीब ७ करोड भ्याक्सिन डोज ज्यानमारा सिद्ध भएको छ। त्यो नष्ट गर्न भन्दा गरिब देशलाई बाँड्ने प्रपञ्च चल्दैछ। यो अनुदानको नाममा मान्छे मार्ने योजना हो। र त्यहि योजना अन्तर्गत इंडियामा एकाएक फाइभ जी तरंगको सहयोगले मान्छे मार्दै मृत्युको पल पलको भिडिओ, घाटमा एका एक लाशको थुप्रो सहित समाचार आएको हो। एउटा ख्याल गर्नपर्ने कुरा, जुन शहरमा भ्याक्सिन लगाइयो एवं फाइभ जीको टावर निर्माण गरिएको छ त्यहि शहरमा कोरोनाको कहर छ। ब्राजिलमा पनि दुरुस्तै इन्डियन शैलीको कोरोना महामारीको समाचार आएको छ। एउटा संयोग भनौं वा नियोजित चाल, जनवरी २२ २०२१मा ब्राजिलले इंडिया बाट २० लाख भ्याक्सिन भित्राएको थियो। र अहिले इंडियामा र ब्राजिलमा कोरोनाको दोश्रो लहरको कहर चलेको खबर छाएको छ। अनि अर्को संयोग, ब्राजिलमा पनि फेब्ररीमा फाइभ जीको काम चलेको र ३ महिना भित्र परिक्षण सुरु गरिने खबर छापिएका थिए। 

नेपालमा पनि १० लाख डोज इन्डियन भ्याक्सिन लगाइएको थियो तर फाइभ जीको परिक्षण भने भएको छैन सायद त्यसैले नेपाल सम्बन्धित कोरोनाको प्रोपोगाण्डा मच्चीएको छैन। तै पनि, अमेरिकी एम्बेसीका खास मान्छे गगन थापाले प्राण घातक शिद्ध भएको नष्ट गर्न पर्ने भ्याक्सिन नेपालमा भित्राउन जोड तोड प्रयास गर्दै, कुटनीतिक भिख माग्न पर्ने सुझाव व्यक्त गरेका छन् । यो सबै जनसंख्या सफायाको योजना हो र सबै नेपाली चुप चाप बसेमा त्यो ज्यानमारा खोप नेपालमा आउनेछ। किनकि सन् १९९२मा ब्राजिलको रिओ दे जेनेरिओमा जनसंख्या सफा गर्ने सन्धिमा १७२ वटा देशले हस्ताक्षर गरिसकेका छन्। नेपाल पनि सोही टोलीमा पर्छ। मान्छे मार्ने भ्याक्सिन आउँदैछ। त्यसलाई एजेन्डा २१/२०३० भन्छ। अर्थात २०३० भित्र त्यो काम फत्ते गर्ने योजना छ। विश्व बैंकले कोरोनालाई एउटा परियोजनाको रूपमा वर्गीकृत गर्नु र त्यसको समापनको मिति ३१ मार्च २०२५ राख्नुले सबै पुष्टि गर्छ। २०२५ सम्म यसका अनेकौं लहरका नाटक र महामारीको डरलाई हतियार बनाएर जनसंख्या घटाउने छन्। 

रुसले पनि ८० लाख डोज खोप नेपाललाई विक्री गर्ने प्रतिबद्धता जनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र मस्कोबाट आएको उच्चस्तरीय टोलीबीच  बैसाख १५ २०७८मा भएको छलफलमा खोप बिक्रीको प्रतिबद्धता आएको छ । सो भ्याक्सिनमा पनि माथि उल्लेखित इन्डियन भ्याक्सिनमा भएका तत्त्व छन्। 


युरोप, अमेरिका, अस्ट्रेलिया तिर यो कोरोनाको बारे धेरै सोध खोज गरेर त्यँहाका नागरिक निरन्तर आन्दोलन, प्रदर्शन गर्दै छन्।  तर हामी सबै नेपाली यो मूलप्रवाहको मिडिया प्रोपोगाण्डामा फसेर जनसंख्या सफायाको जालमा फसेका छौं। सबै नेपाली एकजुट भएर यो संकटको सामना गर्न आग्रह गर्दछौं।  

नेपाल आमाको जय 

जागुन् राष्ट्रिय गाथा।। 


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)


Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।