कोरोना बारे नयाँ तथ्य खुल्यो।


मान्छे अर्कै चिजले मर्दै बिल कोरोनाको नाममा चड्दै छ भन्दा अचम्म पर्नु होला। तर इण्डियामा यस्तै अवस्था देखियो। म्युकोरमाइकोसिस नामको फंगस(ढुसी) जन्य जीवाणुको कारण अहिले नयाँ सनसनी छाएको छ। म्युकोरमाइकोसिसको पनि दुरुस्तै कोरोना जस्तै लक्षण हुने रहेछन्। यो छाला लगायत नाक देखि छाती सम्म पाइने रहेछ। टाउको दुख्ने, नाक टालिने, ज्वरो आउने, कफ जम्ने, छाती दुख्ने एवं साँस फेर्न अफ्ट्यारो हुने यसको प्रमुख लक्षण हुन्। कोरोना संग मेल खाएमा संयोग मान्न नहुने अवस्था छ। किनकि कोरोनाको भण्डा फ़ुट्दो छ र त्यसको डर एवं धन्दा बचाउन यसको प्रयोग गरिएको नहोला भन्न सकिन्न। छालामा फोका आउने, चिलाउने, रातो हुने आदि पनि कोरोनाको लक्षण अन्तर्गत पर्ने भनेर जनवरी १४ २०२१मा  ब्रिटिश जर्नल अफ डर्मेटोलोजिले एक सोध पत्र निकाल्यो। र म्युकोरमाइकोसिसको पनि यी लक्षण छन्। उल्टी आउने कमजोरी बनाउने पनि कोरोनाको लक्षण हुन् भने म्युकोरमाइकोसिसको पनि ती लक्षण हुन्। म्युकोरमाइकोसिस त ढुसी हो भन्ने कुरा बुझिसक्नुभयो होला ! ढुसी पलाउने सबै भन्दा अनुकुल वातावरण गुम्सिएको, छोपिएको ठाउँ हो भन्ने कुरा त हामीले गाउँ घर र आफ्नो दैनिक परिवेशबाटै थाह पाउँदै आएको हो। दिनभरी मुख, नाक, छातीलाई गुम्साएर राख्दा कतै म्युकोरमाइकोसिसको संक्रमणमा मास्कले नै सहयोग गर्दै त छैन ? मास्कको प्रयोग बारे पनि सोंच्न जरुरी छ। !

विगत केहि दिनयता इण्डियामा धेरै जनामा म्युकोरमाइकोसिस पाइएको छ।  म्युकोरमाइकोसिस एक दुर्लभ किसिमको संक्रमण हो। यो जीवाणु विशेष गरि माटो, रुख, कुहिएको फल, तरकारीमा सहजै भेटिन्छ। यो इण्डिया भरिको हावा, पानीमा पाइन्छ भनेर बिबिसीले एक समाचारमा छापेको छ। केहि डाक्टरका अनुसार कोरोनाको उपचार गर्दा प्रयोग गरिने स्टेरोइड यसको उत्प्रेरक रहेको बताइएको छ। बम्बईका डाक्टरका अनुसार अस्पतालमा कोरोना उपचार गरेर गएका मान्छे यसको शिकार हुने गरेको पाइएको छ। सयौंको संख्यामा यसले ग्रसित मान्छे उपचारको लागि बम्बई लगायत गुजरातका अस्पताल आइ रहेको कुरा पनि बुझ्नमा आएको छ। विशेष गरि भेन्टिलेटरमा पुगेका बिरामीमा यो देखिएको छ। कतै अक्सिजन सिलिन्डर राम्रो संग सफा नगरिएको कारण त यो फैलिँदो छैन भन्ने अनुमान पनि इण्डियाको सामाजिक संजालमा छाएको छ। 

डेक्जामिथासोन नामको स्टेरोइड नै यसको प्रमुख कारक रहेको अनुमान सहित बिभिन्न अन्तर्राष्ट्रिय पत्रिकाले पनि छापेको छ। नेपालमा यदि यसको प्रयोग भै रहेको छ भने, तुरुन्त यो रोकिन पर्छ। कोरोना योजनावद्ध रूपमा एलिटवर्गका दानवले फैलाएको भन्ने कुरा त पुष्टि भै सकेको छ। 

एजेन्डा ट्वान्टीवान अनुसार हस्पिटललाई नै नाजि कालिन ग्यास च्याम्बर अर्थात मान्छे मार्ने ठाउँमा परिणत गरिने छ भन्ने अनुमान पुरा भएको भन्ने कुरा पनि सामाजिक संजालमा छाउने गरेको छ। एवं कोरोना उपचार गर्न आएकालाई उपचार गर्दा कोरोना नेगेटिभ हुने समय सम्म भेन्टिलेटरमा राखेर पैसा असुल्ने अनि म्युकोरमाइकोसिसले संक्रमण पनि गरिँदै छ भन्ने अनुमान इण्डियाका कोरोना षड्यन्त्र भण्डाफोर गर्ने व्यक्तिहरुले बोल्दै आएका छन्। 

विशेष गरि कुहिएको फल तरकारी बाट पनि यसको संक्रमण हुने कुरा माथि आई सकेको छ। नेपालमा पनि विवाह, जमघटमा जम्मा हुनेमा एकाएक श्वास प्रश्वासको समस्या देखिएको थियो। कतै इण्डिया बाट आएको तरकारीमा यो फ़ैलाइएको त छैन ? सिएनएनले ६ मे २०२१ मा नेपालमा इण्डिया जस्तै कोरोना देखिने सम्भावना भन्दै समाचार निकाल्नुले कतै यहि योजना झल्काउन खोजेको त थिएन ?

इण्डिया बाट सेरम इन्स्टिच्युटका मालिक पुनावाला एकाएक लण्डन भाग्नु। त्यस्तै मुकेश अम्बानी पनि मे १ २०२१ मा लण्डन जानु, एवं अन्य धनाड्य सबै इण्डिया छोडेर अस्ट्रेलिया, वेलायत पुग्नु। त्यो पनि ठिक इण्डिया बाट कुनै पनि हवाई उडान अब आउन पाउन्न भनेर घोषणा गर्न केहि घण्टा पुर्व। यी सबैले केहि षड्यन्त्रको गन्ध दिन्छ। फाइभ जीको टेष्ट गर्ने समय पनि फेब्ररी मा आएका समाचार अनुसार अबको २-३ महिना अर्थात अप्रिल मे तोकिनु। एकाएक इण्डियामा केस बढ्नु, त्यस माथि म्युकोरमाइकोसिस देखिनु। नेपालमा पनि असार-श्रावणमा फाइभ जी टेष्टको हल्ला छ। केहि मित्रका अनुसार पहाड तिर फोर जी जडान र टेष्ट चल्दै छ भन्ने खबर प्राप्त भयो। हामीले तस्वीर उपलब्ध गराउन आग्रह गर्दा, "साथिले फोटो सहित अपलोड गरेको थियो तर डिलेट गरिसकेछ। हाकिमले डिलेट गर्न आदेश आयो भन्ने कुरा आयो ।" भन्ने जानकारी आयो। फोटो राख्न नदीए पछी त त्यहाँ केही फोहोरी काम हुँदैछ की? भन्ने आशंका पनि सृजना हुन्छ। 

नेपालमा पनि तत्काल म्युकोरमाइकोसिसको परिक्षण सुरु गरीयोस् भन्ने संदेश व्यक्त गर्न चाहन्छौं। इंडिया बाट आउने फल तरकारी लगायत अन्य सामाग्रीको पनि परिक्षण गर्न सुरु नगरे देशमा भयावह अवस्था निम्तिन सक्छ। किन कि म्युकोरमाइकोसिसको संक्रमणको मृत्यु दर ५०% छ जुन कोरोना भन्दा ५० गुणा हो। नत्र सरकार एवं अस्पताल नै ज्यान मार्ने प्रायोजनको लागि प्रयोग भएमा त्यो भन्दा दुखद के हुन सक्छ? एवं कोरोनाको कथा नसकिँदा सम्म फाइभ जी को काम नगर्न धेरै अभियान्ताको माग रहेको छ। सबै नेपालीसम्म यो विषयको जानकारी पुराउन शेयर गरेर सहयोग गरौँ। 


नेपाल आमाको जय 

जागुन् राष्ट्रिय गाथा। 


सम्बन्धित लेखहरु पढ्न यँहा क्लिक गर्नुहोला 


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)



Comments

Popular posts from this blog

नयाँ लहरको कारण कतै मास्क त होइन ? गोप्य खुलासा।

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

आध्यात्मको कौतुहल, रुचि भएकालाई समर्पित। म भित्र को म