कोरोना महामारी नियोजित योजना रहेको तथ्य खुल्यो।
जर्मनीमा सूचनाको लागि चिकित्सकहरू' भन्ने एक समूहका ५०० भन्दा बढी डाक्टर एवं विशेषजहरूले राष्ट्रिय पत्रकार सम्मेलन आयोजना गरी एक अद्भूत वक्तव्य जारी गरे।
" कोरोना आतंक एक नाटक हो। यो एक घोटाला हो। यो भ्रम हो । हामी एक वैश्विक आतंकको मध्य भागमा आइ पुगेका छौं।"
चिकित्सक-विशीषज्ञहरुको यो विशाल समूहले एक चिकित्सकीय समाचारपत्र प्रकाशन गर्दछ। जुन हरेक हप्ता पाँच लाख प्रतिका दरले छापिन्छ र मूलधारका संचार माध्यममा आउने ठूला ठूला गलत सूचनाहरुको जालो चिर्दछ । उनीहरुले युरोप भरिमा विरोध प्रदर्शन पनि गरेका थिए। जस्तो कि २८ अगस्ट २०२० मा जहाँ एक करोड बीस लाख मानिसहरूले हस्ताक्षर गरे एवं लाखौँ मानिसहरू प्रदर्शनमा उपस्थित पनि भए।
किन यी ५०० बढी विशेषज्ञहरू यो कथित महामारीलाई विश्वव्यापि आतंक भन्छन् ? प्रस्तुत छ, ती डाक्टर विशेषज्ञहरुले संकलन गरेको तथ्यमा आधारित एक रिपोर्ट।
“कोभिड-१९ एक सुनियोजित ढंगले मंचन गरिएको महामारी हो। यसको मूल उद्देश्य वैश्विक अधिनायकवाद हो।”-स्पेनमा ६०० डाक्टरको समुह “सत्यको लागि डाक्टरहरु” को समितिले संसार भरिको चिकित्सक, संचार जगत र राजनीतिक अधिकारीहरूलाई सत्य कुरा उजागर गर्दै यो अपराधिक कर्म रोक्न अनुरोध गरेको छ। यस्तै प्रकारका थुप्रै चिकित्सकहरूका ठूला समूह विभिन्न देशहरूमा रहेका छन् ।
संयुक्त राज्य अमेरिकामा एउटा वृत्तचित्र (Documentary)ले कोभिड-१९, एक मानवता विरोधी आपराधिक गतिविधि हो भनेर पर्दाफास गरेको छ। र त्यसलाई करिव २७ हजार बढी चिकित्सकहरूले समर्थन गरेका छन्।
किन विश्वभरका चिकित्सक एवं विशेषज्ञहरूले यस महामारीलाई अपराध भनिरहेका छन् ? यस बारे के-कस्तो सूचना हामीहरुलाई मूलधारका संचार माध्यमले लुकाई रहेका छन् ?
१) 'कोभिड-१९ परिक्षण गर्ने विधि र प्रक्रिया' नामको प्याटेण्ट २०१५मा नै दर्ता भै सकेको रहेछ।
२०१५ मा रिचार्ड रोथ्चाइल्डको नाममा सो प्याटेन्ट नेदरल्याण्ड सरकारको संस्थामा दर्ता भएको रहेछ। कोभिड १९ २०१९ मा देखिएकोले नाम राखिएको भए किन २०१५ मै सो प्याटेन्टको नाममा कोभिड १९ लेखिएको होला ? तस्विरले यसको पुष्टि गर्छ।
२) कोरोना परिक्षण गर्ने उपकरणको विक्री वितरण र भण्डारण २०१७ बाटै चलेको रहेछ ।
विश्व एकीकृत व्यापार साधन (World Integrated Trade solution) बाट लिगिएको तथ्यांक अनुसार कोरोना परिक्षण गर्ने उपकरण(टेष्ट किट)को विक्री वितरण करोडौंको संख्यामा २०१७ र २०१८ मा भै सकेको देखिन्छ।
तर त्यो तथ्यलाई तोडमोड गर्ने प्रयास भयो। सेप्टेम्बर ५ २०२० मा यो कुरा उजागर भयो तर भोलि पल्ट (World Integrated Trade solution)को वेबसाइटमा कोभिड १९ टेष्ट किट भन्ने शब्द फेरेर मेडिकल टेष्ट किट लेखिएछ। अझ उल्टै उनीहरुको प्रभावमा चल्ने मिडिया प्रयोग गरेर, कोभिड भण्डाफोर गर्नेलाई नै झुठो भनेर फ्याक्ट चेकको नाटक चल्न थाल्यो। तर पनि उनीहरुले कोड नम्बर परिवर्तन गर्न विर्सेछन्। ३००२१५ यो कोड, बाट उनीहरुले तथ्य लुकाउन खोज्दै छन्, भन्ने कुरा प्रष्ट हुन्छ।
३) सन् २०१७ मा एन्थोनी फाउसी(हाल अमेरिकी राष्ट्रपतिका प्रमुख चिकित्सा सल्लाहकार)ले गरेको घोषणा।
सन् २०१७ मा एन्थोनी फाउसिले पूर्ण आत्मविश्वासको साथ् ट्रंपको कार्यकालमा एक निकै संक्रमणयुक्त रोग विश्वव्यापी फैलिने छ भनेर बोलेका थिए। उनको आत्मविश्वाशको आधार २०१७ बाटै त्यो टेष्ट किटको विक्री हुन पर्छ। उनकै शब्द अनुसार, "एउटा आश्चर्ययुक्त प्रकोप आउने छ, जसमा कसैले शंका नगरे पनि हुन्छ"।
४) सन् २०१८को विल गेट्सको घोषणा
सन् २०१८मा विल गेट्सले विश्वव्यापी महाव्यादी(प्याण्डेमिक) आउँदै छ जसको कारण कम्तिमा ३ करोड मानिसको मृत्यु हुनेछ र त्यो अर्को दशक अर्थात् २०२०को दशकमा आरम्भ हुनेछ भन्नु वाक्य बाट पनि यो महामारी योजनावद्ध हो भन्ने पुष्टि गर्छ।
विल गेट्सकि श्रीमती मेलिण्डाले "मानव निर्मित(इन्जिनियार्ड) भाइरस मानवको लागि ठुलो चुनौती बन्ने छ। र छिटै यसले प्रहार गर्ने छ", भन्नुले पनि उनीहरुको योजना खोल्छ।
५) इभेन्ट २०१
अक्टोबर १८ २०१९ मा रोकफेल्लाको जोन होप्किन्स कलेजमा विल्गेट्सले एक शतत अनुकरण(सिमुलेसन) कार्यक्रम आयोजना गरेका थिए। सो कार्यक्रममा आगामी महाव्यादी के कस्तो हुने ? कसरी मान्छेलाई असर गर्छ ? भन्ने कुरामा केन्द्रित थियो। त्यसको २ महिनामा डिसेम्बर १९ २०१९ मा विल्गेट्सले आफ्नो ट्विटरमा आगामी वर्ष हाम्रो फाउन्डेसनको सबै भन्दा राम्रो हुने छ। मेडिकल क्षेत्रमा सबै भन्दा धेरै बिक्ने चिज भ्याक्सिन बन्ने छ। भन्दै आफ्नो उत्साह व्यक्त गरेका थिए।
६ भ्याक्सिन डिजिटल आइडीको अवधारणाको घोषणा
सेप्टेम्बर २० २०१९मा विल्गेट्स, रक फेल्ला लगायत अन्य एलिटका कम्पनि(आइडि २०२० अलायन्स)ले अब भ्याक्सिन नै मान्छेको परिचय पत्र आइडि बन्ने अवधारणा प्रस्तुत गरेको बारे समाचार बन्यो। विभिन्न विश्लेषकले धेरै पहिले बाट मानव समुदायलाई आफ्नो मुट्ठीमा राख्ने र उनि हरु कँहा छन् भन्ने निगरानी गर्ने प्रपन्च एलिटवर्गले बुन्दै छन् भन्ने कुरा यस बाट सत्य सावित हुन आउँछ। सोहि योजनाको पुर्व तयारिस्वरूप बिल गेट्सले सो प्रविधिको प्याटेन्ट आफ्नो बनाई सकेका रहेछन्।
७) विश्व बैंकले कोरोनालाई परियोजना भन्नु।
अप्रिल २ २०२०मा प्रकाशित विश्व बैंकको कोभिड १९ संग जुध्ने दस्तावेजमा कोभिडलाई परियोजना भनेर उल्ल्व्ख गरिएको छ। महामारी, सहयोग आदि शब्द नरोजेर किन परियोजना रोजियो होला ? त्यसमाथि सो परियोजनाको समापनको मिति मार्च ३१, २०२५ लेखिएको छ। प्राकृतिक रुपमा आएको प्रकोपको पनि कुनै मिति तय गरेर परियोजना भनिन्छ र ? वा यो नियोजित नै हो ? २०२५ सम्म लैजाने योजना अनुसार नै नयाँ नयाँ लहरको प्रपन्च चलिएको हो भन्दा अत्युक्ति नहोला। स्मरण रहोस, विश्व बैंक भनेको एलिटहरुले नै चलाउने संस्था हो। जसको माध्यमले उनिहरु लक्डाउन गर्ने देशलाई अनुदान दिने गर्छन्। यो कुरा सेप्टेम्बर ७ २०२० मा बेलारुसका राष्ट्रपतिले उजागर गरेका थिए।
अन्य पनि दर्जनौं तथ्य छन् जसले यो कथित महामारी योजनाबद्द रुपले मानव समुदाय माथि गरिएको ईतिहासकै घिन्लादो, तुच्छ, निन्दनीय अपराध हो भन्ने पुष्टि गर्छ।
लेखन तथा संकलन
र
अक्षांश : ६०.१६९९° उ. देशान्तर :२४.९३८४ ° पू. बाट
Comments
Post a Comment