नागरीकता अध्यादेश खारेज हुने ! सर्त र अवस्था। भिडिओ सहित।



केपी ओलीको सरकार ढल्ने, ढाल्ने वा टिक्ने एवं नेकपा नामको झुण्ड मिल्ने, फुट्ने वा जुट्ने यी वाइयात विषयमा देश रोमलिएको ३ वर्ष बिति सक्यो। देश र जनताको मुद्दा कहिल्यै पनि एजेन्डामा न पर्ने।  पार्टीको वैठक देखि मन्त्रि परिषदको छलफल सधैं जनतालाई छल गरेर फल खाने, देश खाडलमा हाल्ने, विदेशीको चाँसो नै प्राथमिकतामा पर्ने गतिविधिमा केन्द्रित रहेको कुरा गँवार देखि पढेलेखेका, सहरी बजारिया देखि गाउँ एवं देश देखि विदेशसम्म सबैले बुझी सकेको अवस्था छ। प्रकृति विनाश गरेर सिमेण्टको रुख बनाउने, मन्दिरको जमिन हडप्ने, कृषि योग्य भूमि घटाउने, सांस्कृतिक सम्पदा फुटाउने र चर्च बनाउनेमा नै इनिहरु आत्मरतिमा अल्झेको देखियो। चाहे कांग्रेस, वा राप्रपा वा एमाले वा माओवादी वा मधेशवादी सबै यी यस्ता देश मेटाउने, ऋण बढाउने काममा सहमतिमा जुट्ने गरेको कुरा पनि छर्लंग छ। एमसीसी र नागरीकता जस्तो देश पराधिन हुने वा विघटन हुने वा अस्तित्व विलिन बन्ने मुद्दामा यी हुँडारहरु विदेशीले देशको मासु लुछेपछि बच्ने हड्डी चपाउन लामवद्ध छन्। आज नागरीकता अध्यादेश बारे केहि लेख्ने छौं। 



ब्रेकिंग पोइण्ट / टुक्रिने विन्दु

अहिलेको नागरीकता अध्यादेशको नाभी आजभन्दा ६ महिना अगाडीको घटना संग जोडेर हेर्दा बुझ्न सजिलो हुन्छ। 

पौष ५, २०७७ मा ओलीले पहिलो पटक  संसद विघटन गरे। त्यसको भोलि पल्ट, डिसेम्बर २१ २०२०मा अमेरिकाले तिब्बती अधिनियमको विधेयक पनि पारित गरिसकेको थियो र तिब्बतमा आफ्नो वाणिज्य दूतावास (काउन्सेलेट) राख्ने प्रस्ताव पनि अगाडि सारेको थियो। सोही क्रममा तिब्बती शरणार्थीलाई नेपाली सरकारले कानुनी मान्यता र अधिकार दिनु पर्ने कुरा एकाएक उठेको थियो। त्यस लगत्तै शमिम अन्सारी लाखौँ मुसलमान नागरीकता बाट वन्चित छन् भन्दै बोल्न सुरु गरे। विघटनको २ महिना पश्चात फाल्गुन ११ २०७७मा सर्वोच्च अदालतले संसद पुनर्स्थापना हुने निर्णय सुनायो। र १३ दिने अल्टिमेटम जारि गरायो। ओलीले विश्वासको मत लिने नाटक पनि सुरु भयो। एमाले भन्ने पार्टी नै खारेज जस्तो भयो, त्यहि नौटंकी र नाटकमा अर्को डेड महिना गुम्यो। ओलीले विश्वासको मत नपाउने देखियो र संविधानको धारा र टुटी फुस्काउँदै अघिल्लो सरकार ढल्यो तर ओली कै नेतृत्वमा नयाँ सरकार बन्ने भयो, राष्ट्रपतिको हिहि स्मरण नै होला। 

शेर बहादुरलाई प्रधानमन्त्रि बनाउने रस्साकस्सीमा प्रतिनिधि सभामा रहेको जम्मा २७१ मत मध्ये देउवा १४९को हस्ताक्षर सहित शितल निवास पुग्न केहि मिनेट अगाडी ओली तूफानको गतिमा १५३ हस्ताक्षर सहित पुग्छन्। यो हिसावको नाटक रचेर देशभरि मनोरंजनको माहोल बन्छ। मध्ये रातमा संसद फेरी विघटन हुन्छ। त्यसको भोलि पल्ट साँझ ४:४५ मा अमेरिकी आइएनजिओ युएसएडको स्वास्थ्य सामग्रीको आवरणमा अमेरिकी आदेश र निर्देशन अमेरिकी दुतावासले प्राप्त गर्छ। अनि त्यसको भोलि पल्ट जारि हुन्छ नागरीकता अध्यादेश जस अनुसार अब नेपालमा जसले पनि जँहा बाट आएर नागरीकता लिन सक्ने दुरावस्था निम्तिन्छ। 

पहिलेको प्रावधान अनुसार नेपाली भाषा जानेको हुन पर्ने भन्ने थियो। तर जातको नाममा पश्चिमाले फालेको हड्डी खाने जमातले जुन सुकै भाषा नेपाली रैथाने भाषा भए त राम्रो तर हिन्दी समेत नेपाली भाषा बनाइसकिएको छ। हिन्दी र उर्दु लगभग दुरुस्तै सुनिन्छ। यो नागरिकता अध्यादेशले नेपाली भाषा नजान्ने इण्डियन देखि पाकिस्तानी, बंगाली, रोहिंगा सबैलाई नागरीकताको हकदार बनाउने छ। शिफारिस गर्न शमिम अन्सारी, जो स्वयम् दोहोरो नागरीकताको आरोपी हुन्, उनलाई तत्पर राखिएको छ। 


अर्को प्रपन्च बारे पनि बुझी राखौं।

नागरिकता अध्यादेश आउनु, अनि सिके राउतको वकिल डाक्टर सुरेन्द्र भण्डारीले दल दर्ता गर्नु! अर्को गोलचक्कर त होइन ? राजावादीको साथ् लिने अनि जनमत संग्रह गराउने तराईलाई मधेश बनाउनको लागी, छुट्टै देश बनाउनको लागी! सबै बुझ्नु, खोज्नु, मुकुण्डो भित्र पर्दा उघारेर आँखा च्यातेर हेर्नु !


धेरै अघि बाट विभिन्न लेख/आलेखहरुमा  सेना, प्रहरी देखि सर्व साधारणलाई सतर्क गराउने प्रयास गर्दै आएका थियौं ! 

रोहिंगा समुदायलाई बर्माबाट बंगलादेश हुँदै काठमाडौँसम्म कसले ल्यायो ? जनार्दन शर्मा गृहमन्त्री रहँदा उनि हरु छिरेका हुन्। र बादलले संरक्षण दिंदै छन्। उस्तै परे नागरिकता पनि बाँडी सकेका होलान्।बाहिरबाट आयात गरिएको रोहिंगालाई यति संरक्षण किन ?? नेपालको तराइलाई छोटा पाकिस्तानको नामकरण दिएर भित्र भित्र जिहादी गतिविधि सक्रिय छन्।  गृह मन्त्रालयलाई सबै थाह छ। गृह मन्त्रालय गृह युद्धको लागि काम गर्दै छ। 

तराइमा मात्र होइन नेपालको पूर्वी पहाडी भागमा पनि इन्डियाको दार्जिलिंग सिक्किम बाट इन्डियन क्रिश्चीयन छिराइएको छ। उनीहरुलाई पनि नागरिकता बाढिएको छ। जातीय तथा धार्मिक द्वन्द सृजना गराउने तप्काहरु संगठित गराउन र ठुलो संख्यामा देखाउन यस्ता खेल चल्दै छन् !(लोडसेडिङ भित्र एमसीसीको ग्राण्ड डिजाइन)


यदि नेपाली जनता सडकमा स्वतस्फूर्तरुपमा आएमा, तराई तीर नागरिकता बाँडिएका इन्डियनहरुलाई हामीलाई पहाडी राजा चाहिँदैन भनेर उचालिने छ। जसमा ती नागरिकता बाँडिएका इन्डियनहरु तराईको सडकमा आउने छन्। त्यो भीड तराईको जनसंख्या भन्दा पनि ठूलो देखिन सक्छ। त्यसको लागि युपी, बिहार बाट इन्डियन उतार्ने छ। इंडियाले राजतंत्रको समर्थन गर्ने तर तराई टुक्राउने योजना राखेको छ। इन्डियन एजेन्डा बारे केहि दिनमा बिस्तृत उजागर गर्ने छौं। इन्डियन परराष्ट्र सचिव आएको पर्शी पल्ट गौर नाका खुल्यो भन्ने समाचारले यसको गन्ध दिन्छ।

सोही क्रममा दार्जिलिङबाट क्रिश्चियन मिसिनरिले एमएनओको कार्यकर्ताको नाम दिएर, हेर्दा पहाडी मुलका जस्ता देखिने इन्डियन क्रिश्चियनहरु, र खम्पा बिद्रोहीहरु हामीलाई बाहुनहरूको राजा चाहिँदैन भनेर उतार्ने छन्। (नेपालमा सल्बलाई रहेका ग्राण्ड डिजाइन:)


देशमा चलेको ग्राण्ड डिजाइन भन्ने भिडिओमा पनि यी कुरा बताएका थियौं। 

 



अब यहि नागरिकता अध्यादेश नै ब्रेकिङ्ग पोइण्ट बन्ने देखियो ! पहाडी र मधेशी, हिन्दु र अहिन्दु ! समग्रमा नेपाली देशप्रेमी र दलाल देशद्रोहीको कित्ता छुट्टिने देखि देश टुक्रिने दुरावस्था पनि निम्तिन सक्छ ! यो नागरिकता अध्यादेश फिर्ता नगरे देशप्रेमी जाग्नेछ भने फिर्ता गरेमा देशद्रोही उफ्रिने छ ! तर, नयाँ दाउ-पेच पनि चल्न सक्छ।

डिस्ट्र्याक्ट एण्ड प्ले। 

ओलीको राष्ट्रवादको लुङ्गि बचाउन अर्को खेला डिस्ट्र्याक्ट एण्ड प्ले। 

भ्रमित पार्ने र चालिने चाल डिस्ट्र्याक्ट एण्ड प्ले को रूपमा अहिले संसद विघटन गरेर यो नागरीकता अध्यादेश जारि गरिएको हो। नेता देखि संसद नामका हुँडार, गिद्ध, ब्वाँसो र स्यालको जमात आफ्नो भत्ता पचाउने, गाडीमा घुम्ने दिन गयो भनेर संसद ब्युँताउने चक्करमा दौडिने, मिडिया जति उनकै पछि लाग्ने तर खुसु-खुसु(गोप्य शैलीमा) नागरीकता वितरणको काम चल्ने छ। जनताले उठाएको बहस देखि टिभी, समाचारमा, पत्रिकामा आउने नागरीकता बारेको विषयलाई संसद्को मुद्दाले छोप्ने छ, ओझेलमा राख्ने छ। यहि गर्नको लागि संसद विघटन गरिएको हो। जब इन्डो पश्चिमा योजना अनुसार तिब्बती, रोहिंगा र अन्य इण्डियन, पाकिस्तानी, बंगालीले नागरीकता प्राप्त गर्छन्, यो अध्यादेश खारेज हुने छ। ओलीका भेंडा राष्ट्रवादी:ओलीको जय-जयकारको नारा लगाउने छन्, अनि मधेशवादी ओली मुर्दावादको नारा लगाएर फेरी डिस्ट्र्याक्ट एण्ड प्ले खेल्ने छन्।  नेपाली जनता अक्क न बक्क, तीन छक्क हुनेछ जब आगामी चुनावमा जनमत संग्रहले मधेश टुक्रिने देखि अन्य विदेशी एजेन्डा निर्विरोध, बहुमतले पारित हुनेछ। 


सेना, प्रहरीलाई संदेश 

बोइलरको मासु २ चोक्टा थपेर खानु, अब नेपालीको रगत पसिनाको करले उठ्ने राजस्व बाट मासु लुछ्ने दिन धेरै छैन किन कि अब तिमी इण्डियन कर्मचारी बन्ने छौ। अथवा देशमा युद्ध सुरु भएर युएनको शान्ति सेनामा सपेटा लुछ्नेछौ। 



सम्बन्धित लेखहरु पढ्न यँहा क्लिक गर्नुहोला 


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)





Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।