गत हप्ता किराँत धर्मको मुर्ति फोडियो, अहिले पनौतीको मन्दिरको शिवलिंग तोडियो।।



गत हप्ता किराँत धर्मको प्राचिन रैछाकुलेको प्रतिमा माथि तोड फोद प्रयास भयो र केहि भाग भत्किएको अवस्थामा थियो। अहिले फेरी स्वस्थानी ब्रत चल्ने समयमा पनौतीमा दिन दहाडै ६४ मध्ये २९ शिवलिंग तोडियो। नेपाली समाजलाई जात, धर्म, भाषामा टुक्राउदै सबैलाई प्रहार गर्दै छन्। हिन्दु, बौद्ध चुप बसे, खोकना प्रकरणमा नेवार दबाइयो।। गत हप्ता किराँत ,माथिको प्रहार पनि साम्य भैसक्यो, फेरी पनौतीमा अर्को प्रकरण चल्दै छ। नेपाली समाजलाई, नेपाल देशलाई ग्रिह युद्धमा लगिदै छ।  सरकार मौन छ।  गृह मंत्रीको निकम्मा, लाचारीपूर्ण अवस्था त राष्ट्रिय झण्डा जलाइएको बेला दिएको अभिव्यक्तिले प्रष्ट बताउँछ। मंगोल नामाकरण गराएर सबै बौद्ध, किराँत, बोन्पो मान्ने गुरुङ, राई, लिम्बू, तामाङ आदि जातिलाई विधर्मी बनाइरहेका छन्। सबै नेपाली समुदायहरु यो कुरा मनन गरेर एकजुट नभएमा सबैको हार निश्चित छ।  सारा नेपालीहरु जातीय, नश्लीय चिन्तन भन्दा माथि उठेर, राष्ट्रियताको भाव आफूभित्र सृजना गराएर, विविधताको एकतामा नै जीवनको सार्थकता छ भन्ने यथार्थ बुझेर एकजुट हुन पर्ने समय आइसकेको छ l  सबै संगठित भएर अगाडी बढ्नुको विकल्प छैन। 

सबै नेपाली मूल धर्म नास गराउने, एक अर्कालाई लडाउने योजना चल्दै छ। बिस्तृत बुझ्ने इच्छा भएमा, यो लेख पढ्नु होला।


नेपाल आमाको जय

जागुन्  राष्ट्रिय गाथा। 


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट   

शिवगौरीदास (अनुप)


Comments

Popular posts from this blog

भ्याक्सिन नै नयाँ भेरियेण्टको कारण भएको खुलासा। तथ्य सहित।

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

कृषिमा विदेशी लगानी वा नेपाली मार्ने डिजाइन। विशेष अंक। भिडिओ सहित।