धर्म परिवर्तनको टेण्डर


केहि महिना अघि सम्म कहिले ७ लाख कहिले ७० लाख दलितको धर्म परिवर्तनको टेण्डर परे जसरी बोल्नु हुन्थ्यो। नेपालको एक मूल धर्म हिन्दु छोडेर नेपालको अर्को मूल धर्म बौद्धमा जाने र अरुलाई पनि लैजाने उद्देश्य बोल्नु हुन्थ्यो मित्र जी पिएचडी।अहिले एकाएक मष्ट धर्मको टेन्डर पास भए जस्तो, त्यता लालायित हुनु भएछ ! उक्त धर्मको धार्मिक ग्रन्थ लेख्ने टेन्डर फेरी, आफुलाई खुंखार नास्तिक भन्ने मदन बोकाइएका बानियाँ र नेपालका सबै भन्दा ठुला पास्चर केबि रोकायाका भाइटल पदाधिकारी, युट्युब्मा मलाई राष्ट्रपति बनाइदेउ भन्ने पिएचडी सुरेन्द्रलाई परेछ ! 


नेपालको मूल धर्म संस्कृति संस्कारलाई एक अर्काको विपरीत पुष्टि गर्ने र सबै पृथक धर्म हुन् भन्ने पहिचान बनाउने योजना अन्तर्गत सबैले आफ्नो जरो खोज्ने कुरा छायो। अहिले सबैले आफ्नो कुल पुजालाई एक नयाँ धर्म, आफ्नो इष्ट देवको नाममा नयाँ धर्म बनाउने र नेपाली मूल धर्म एक ढिक्का हुनुको सट्टा छिन्न भिन्न गराउने अभियानहरु मौलिकता, पहिचानको खोजि, जरोको खोजि, आदि आवरणमा दिनहुँ चल्दै छन्। 

उता खुवालुङ् एता कालिगण्डकी डाइभर्सन, सबैको सांस्कृतिक, धार्मिक धरोहर माथि दिनहुँ प्रहार बढ्दो छ। बोल्ने अधिकार दिलाएका गणतन्त्रे र नयाँ संविधानका भरियाहरुले  हरेक समुहलाई एकलकाटे बनाइदिएको छ। जरोको खोजि गर्दै सबै नेपाली मूलधर्म जति नामेट गर्ने, एक अर्कालाई पृथक देखाउने सबैलाई मेटाउने खेल माओवादीले पहिचानको नाममा सुरु गरेतापनि अहिले अनेक आवरणमा त्यो काम चल्दै छ। 

समाधान

नेपालको मूल धर्म संस्कृति सभ्यता कुल पुजा, इष्ट देव जे जे भने पनि एउटै महल नेपाली मूल धर्म भन्ने र अन्य लाई आयातित भनेर नेपालको संविधानमा नेपाली मूल धर्म सापेक्ष राष्ट्र बनाउन तर्फ न सोँचे यँहाको विविधतामा एकता भन्ने बरदानलाई, पृथकतायुक्त पहिचानको भिन्नताको अभिसाप निम्तिने अवस्था छ। 

यस बारे हामीले जनगणना २०७८मा निहित षड्यन्त्र भनेर केहि महिना अगाडी पनि उल्लेख गरेका थियौं। देश पहिचानको टकरावको दुर्घटनाबाट बचाउन नेपाली मूल धर्म भन्ने एउटै पहिचान निर्विकल्प बनेको छ। यसमा किराँत सभ्यता, मैथिल सभ्यता,बोन, बौद्ध, हिन्दु, ओमकार, सनातन, प्रकृति पुजन, मष्ट, अरु जे जे पनि नेपालको भूमिमा सनातन देखि अभ्यासमा रहेका छन्,  नेपाल भूमि बाट सुरु भएका ​छन्, ती सबै पर्छन्। यी सबैको एउटै पहिचान हो नेपाली मूल धर्म। यो जति छिटो बुझ्यो, देशलाई राम्रो हुन्छ। नत्र अर्को जनगणना सम्म मासु खाने, बलि चड्ने, शाकाहारी, फलाहारी, ठाडो टिके, तेर्शो टिके, सेतो वस्त्र, गेरु वस्त्र, सुर्य पुजक, चन्द्र पुजक, भूमि पुजक, बन पुजक, शैव, वैष्णव, शक्ता, सत्यधर्म, मैत्रेय धर्म, ययाख्य, मूल किराँत, एस्ता नामले मेरो जरो त यो हो। त्यसैले मेरो धर्म यो हो।  भन्ने निरन्तरको फ़ुटान मुद्दाको उठान चलि रहने छ। 

टकराव अन्त्य गर्न, सर्वैकत्त्व दर्शन बुझ्नु। नेपाली मूल धर्म भन्ने एउटै महल राख्नु। नेपालमा मूल भएको र अन्यत्र मूल भएको भन्ने मात्र सापेक्षताको आधार बनाउनु। देशको पहिचान त्यहि स्थापित गर्नु। 

यसको अर्थ अन्यलाई काट्ने, मार्ने होइन तर यँहाको मूल धर्म, संस्कृतिलाई खलल गरेमा कारबाही अवश्य गर्नु। बाँकी भित्रै बाट जे हुन मन लाग्छ त्यो हुने अधिकार उसको निजि नै रहला तर अरुको अस्तित्व मेटाउने गरेमा सजाय दिनु। 

यहि हो अबको धर्म भने पनि, समाधान भने पनि, शान्तिको मार्ग भने पनि वा आफ्नै अर्को शब्दले सम्वोधन गरे पनि।

समयमै नेपाली मूल धर्महरु एकजुट हुने वा एक अर्कालाई गालि गर्दै आफ्नै संस्कृतिको चिहान खन्ने ? निर्णय गर्न न सके सबैको अस्तित्व खतरामा पर्ने छ। 

सर्वैकत्त्व भवतु:

अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)

Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।