युद्धले घेरिएको संसारमा पिल्सिएको नेपालको अबको बाटो।

रुसलाई व्यस्त राख्नको लागि युक्रेनलाई प्यादा बनाएर प्रयोग गरिएको २ महिना भै सकेको छ। रुसले आफ्नो हतियार सकेसम्म बचाएर सानो-तिमो हतियार मात्र प्रयोग गरि रहेको छ। यो उसको युद्ध रणनीति हो। युक्रेनमा नै यदि सबै शक्तिशाली, महंगा र गोप्य अस्त्रहरुको प्रयोग गरेमा रुसको सबै शक्तिको हैसियत मापन हुने र उसको ती हतियार भावी दिनमा हुन सक्ने समस्त पश्चिमासंगको युद्धमा कमि हुने आँकलन रुसको रहेको छ। 

तर युक्रेनलाई मात्र फसाएर पश्चिमाको न्यु वर्ल्ड अर्डर(नयाँ विश्व व्यवस्था/ द ग्रेट रिसेट) लागु गर्ने अभिष्ट पुरा नहुने यकीन भै सकेको छ। त्यसैले केहि समय देखि रुसलाई आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्न पर्ने अवस्थामा लैजानको निम्ति रुसका उत्तरी छिमेकी स्विडेन र फिनल्याण्डलाई न्याटोमा मिसाउने चर्चा चल्न थालेको छ। 


१५ जनवरीमा न्याटो गठवन्धनका भूपू महासचिव एण्डर्स रासमुसेनले यदि रुसले युक्रेनमा केहि चलखेल गर्यो भने फिनल्याण्ड र स्विडेन पनि न्याटो सदस्य बन्ने छन् भनेर एक अन्तर्वार्तामा बोलेका थिए। तर फिनल्याण्डका परराष्ट्र मन्त्रि पेक्का हाविस्तोले फिनल्याण्ड अमेरिकी नेतृत्वको सैन्य गठवन्धनमा सामेल नहुने कुरा बोलेका थिए। 

"फिनल्याण्ड हाल सम्म एक तठस्थ देशको रूपमा स्थापित देश हो। र यदि फिनल्याण्ड कसैको पक्ष र विपक्षमा देखिन थाल्यो भने त्यो ठुलै युद्धको संकेत हो", भनेरभूराजनीतिक क्षेत्रका जानकारहरुले बताउने गरेका छन्। हाल सम्म रुसको अन्य सबै गतिविधिमा आफ्नो असंलग्न नीतिलाई अंगालेर राखेको फिनल्याण्ड आज भोलि किन अमेरिकी नेतृत्वको सैन्य गठवन्धनमा जोडिने प्रवल इच्छा राखेको होला ? वैश्विक भूराजनीतिको क्षेत्रमा चाँसो राख्ने मान्छेहरुको लागि यो एक बुझ्नै पर्ने विषय हो। 

फिनल्याण्डको परराष्ट्र वौद्धिक मंच(फिन्निस फरेन स्कोलर फोरम)का सचिव आह्को तोल्वानेनका अनुसार फिनल्याण्डकि प्रधानमन्त्री सन्ना मारिनसंग न्याटोका समर्थकहरुले भेटघाट गरे पछि हाल सम्म सदैव एक असंलग्न देशको रूपमा आफ्नो पहिचान कायम राखेको फिनल्याण्डले आफ्ना पुरानो विरासतमय बाटो त्याग्दै छ। 


याँहा आएर नेपालका प्रखर एवं अब्बल कोटिका भूराजनीतिक विश्लेषक भरत दाहालले बताउँदै आएको कुरा जोड्न सकिञ्छ। विभिन्न अन्तर्वार्तामा उहाँले बताउँदै आएको यस वाक्य मनन योग्य छ। "अहिलेको वैश्विक धुर्विकरणमा कुनै पनि देश असंलग्न रहन सक्ने अवस्था छैन। आफ्नो कित्ता प्रष्ट हुने गरि सबै देश देखिनै पर्ने छ। यो अर्थतन्त्र र राजनीतिक मुद्दाको मात्र उतार चडाव होइन। यो समग्र संस्कृति, पहिचान, आख्यान, विचार र मुल्य मान्यताको लडाई हो। "

यी कुराले फिनल्याण्ड किन आफ्नो असंलग्न परराष्ट्र नीति तोड्दै छ भन्ने कुरा प्रष्ट हुञ्छ। रुसले फिनल्याण्ड र स्विडेनलाई न्याटोमा नजोडिनको लागि धेरै नै आग्रह, दवाब र धम्कियुक्त चेतावनी व्यक्त गर्दै आएको छ। युक्रेनलाई पनि धेरै पटक सम्झाए पछि आफु विरुद्ध रासायनिक र जैविक हमला गर्नको निम्ति विभिन्न प्रयोगशाला पनि संचालन गर्दै आएको एवं न्याटोको सैन्य गठवन्धनको माध्यमले घेर्न लागेको हुनाले आफ्नो सुरक्षाको निम्ति आक्रमण गरेको कुरा पुटिनले बताउँदै आएका छन्। एस्तो अवस्थामा फिनल्याण्ड र स्विडेनले पनि रुसलाई जिस्काउने गतिविधि त्यागेमा नै उत्तरी युरोपमा शान्ति कायम होला। नत्र परिणाम त कसैले आँकलन गर्न सक्दैन, र यसले निम्त्याउने मानव सभ्यताको क्षतिको भरपाई कुनै पनि पैसा वा वस्तुले चुकाउन सक्दैन। 


संगसंगै पश्चिमाको अर्को टकराव चिन लगायत गैर इसाई-यहुदी(जुडो-क्रिस्चियन) सभ्यता बीच चल्दै छ। यसको निम्ति पश्चिमाहरुको इण्डो-प्यासिफिक रणनीति सक्रिय छ। बाहिर सुनाउनलाई यो चिन विरोधी भनिएतापनी यसको लक्ष वैदिक, वौद्ध, किराँत, ताओ एवं समग्र ध्यान मार्गीहरुको विरुद्ध छ। र समग्र ध्यानमा केन्द्रित सभ्यताको उद्गम भूमि नेपाल यसको रणनीतिक बिन्दु(ट्याक्टिकल पोइण्ट)को रूपमा प्रयोग गर्नको निम्ति चुनिएको ठाउँ हो। एमसीसी, इण्डो-प्यासिफिक, स्टेट-पार्टनरसिप र  हाल सम्म गोप्य राखिएको अन्य ८ ओटा सम्झौतामा नेपाललाई जोड्नुको एक मात्र कारण सो लक्ष प्राप्तिको लागि प्रयोग गर्नको निम्ति हो। 

इण्डो-प्यासिफिकको क्वाड(चतुष्कोण) सैन्य गठवन्धनले चिन विरुद्ध ताइवान र तिब्बत मुद्दा चर्काउने एवं दक्षिणी-चिन सागर देखि हिन्द-प्रशान्त सागरसम्म चीनलाई घेर्ने रणनीति लिएको छ। क्वाडको सदस्य इण्डिया, भन्न र देखिन पूर्वीय सभ्यताको अनुयायीको छवी भएता पनि आफु पश्चिमाको मतियार रहेको चिनारी प्रकट गर्दै आएको छ। कहिले रुसको पक्ष र कहिले विपक्ष बन्दै/खेल्दै आएको छ। इण्डियाले अहिलेको वैश्विक धुर्विकरणलाई बुझ्न नसकेको प्रष्ट छ र यसले इण्डियाको नक्सा फेरिने अवस्था निम्तिने छ। यताको पक्षमा लागे उताकोले सताउने छ भने उताको पक्षमा लागे यताकोले सताउने छ। रुसी-चिन धुर्वमा मुस्लिम एवं कम्युनिष्ट राष्ट्रहरु पनि संलग्न रहेका छन्। तर, विभिन्न बौद्ध देश एवं नेपाल र इण्डिया पश्चिमा धुर्वमा देखिएका छन्। यो आफ्नो सभ्यता माथिको प्रहार र धोका हो भनेर उक्त देशका नेतृत्वले नबुझे पनि जनताले बुझ्न अत्यावश्क छ। 

१८ अप्रिल २०२२मा युक्रेनको लागि समर्थन जुटाउन भनेर अमेरिकी तल्लो र माथिल्लो सदनका सदस्यहरुको टोलि युरोप, युएई, इण्डिया र नेपालको भ्रमण गर्दै छन्। यो भ्रमण रुस-युक्रेन मुद्दा मात्र होइन चिन एवं समग्र पूर्वीय-पश्चिमा सभ्यताको पक्ष र विपक्षको कित्ता छुट्टाउनको लागि गरिदै छ। नेपालले समयमा ध्यान पुर्याउन नसके माथि उल्लेख गरेको इण्डियन अवस्था निम्तिने छ। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले मार्च २९ २०२२मा नेपालको लागि नव राजदूतको रूपमा डिन थम्प्सनलाई मनोनित गरेका छन्। डिन परराष्ट्र, रक्षा र युद्धको जानकार मात्र होइनन् उनको त्यस विदामा कार्य अनुभव र डिग्री पनि छ। उनि हाल दक्षिण र मध्य एसिया मामिलाका प्रमुख सह-सचिव हुन्। नेपाल जस्तो सानो, गरिव र पिछडिएको देशको राजदूतमा यो स्तरको मान्छे रोजिनुले पनि पश्चिमाको रणनीतिमा नेपालको भूराजनीतिक अवस्थिति के हो र कति छ भन्ने कुरा प्रष्ट पार्छ। 

उता क्वाडको एक सदस्य अस्ट्रेलियाको छिमेकी सोलोमोन आइल्याण्डसंग चिनले सुरक्षा सम्झौता गरेर पश्चिमा विरुद्ध आफ्नो आक्रमक उपस्थिति राखेको छ। अमेरिका र अस्ट्रेलियाले यसलाई निकै नै ठुलो चुनौतिको रूपमा हेरेको छन्। 

समग्रमा हाल संसारमा चारै तिर अस्थिरता, अन्योल र युद्धको माहोल बन्दै गएको छ। नेपाल जस्तो देशले के गर्ने ? कसरी अघि बढ्ने ? भन्ने कुरामा बहस गर्न सक्ने वौद्धिक व्यक्तित्व र सजग नागरिक नपाउनुले पनि नेपालको गन्तव्य हालका बिकाउ नेताहरुले जता लग्यो उतै गएर टुंगिने दयनीय र हिनतापूर्ण अवस्था छ। यस लेखको आसय बुझ्न सक्ने जो कोहि हुनु हुञ्छ, यी विषयमा बहस आरम्भ गरौँ। नेपालको अबको बाटो कोर्न आफुले सकिने जति गरौँ। चुनावी प्रोपोगाण्डा र बहकाउमा समय व्यर्थ नफालौँ।  


नेपाल आमाको जय। जागुन् राष्ट्रिय गाथा। 


Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।