नेपालीलाई नेपाल चिनाउने चेष्टा (भाग २) साहस, वीरता, सैन्यबल र युद्ध कौशल



साहस वीरता र युद्ध कौशलको कुरा गर्दा बित्तिकै नेपालको सन्दर्भमा कल्पौं-कल्पबाट किराँत भन्ने नाम चलिआएको छ। त्यो विरासत हाल पनि उत्तिकै सान्दर्भिक छ। आज सबैले नेपालीको वीरता, आँट र साहस के थियो? कसरी अहिलेसम्म थुप्रै देशको सिमा एवं अस्तित्व नेपालीहरुले बचाई दिइरहेका छन्। प्राचीनमा प्राचिन देखि वर्तमानसम्मका साहस र बहादुरीका गाथाहरू बारे थाह पाउनुहुनेछ। 

नेपालीलाई नेपाल चिनाउने चेष्टा भाग २:  साहस, वीरता, सैन्यबल र युद्ध कौशल 

पौराणिक काल

शिवको लिला: मुन्धुम, पुराणका कथा लगायत किंवदन्तीहरूको आधार मान्दा शिव (पारुहाङ्ग) योद्धाहरूको इष्टदेव मानिन्छन्।  हालसम्म पनि नेपाली सेनाको चिन्हमा त्रिशुल र डमरुले नेपाली सेनाको इष्टदेव उनि नै रहेको तथ्य झल्काउँछ। शिव(पारुहाङ्ग)लाई समेत बन्धक बनाएर राख्न सक्ने आँट सामर्थ्य र युद्ध कौशल किराँतहरुसंग मात्र भएको प्रसंग यस प्रकार छ । शिव लिलामा रहेको एउटा प्रसङ्ग अनुसार पार्वती र शिव बिच मनमुटाव हुँदा, देवीले किराँत बस्तीमा जन्म लिनु भयो। शिव करीब दुई दशकसम्म ध्यान मुद्रामा बसे र देवीको बिवाह बारे कुरा चल्नेछ भन्ने दृश्य ध्यानमा आए पछि, देवी रहेको स्थान पत्ता लगाई त्यहाँ पुगेर देवीलाई रिझाउने कोसिस गर्दा स्थानीय किराँतीहरुले शिवलाई बन्धक बनाएका थिए। पछि देवी र शिवले आफ्नो यथार्थ स्वरूपमा दर्शन दिनुभयो, अनि किराँतीहरुले पूजा गरी शिवलाई इष्टदेव बनाई देवीलाई बिदाइ गरेका थिए। किराँतहरूको त्यो युद्ध कौशल र बहादुरीले शिव (पारुहाङ्ग) उनीहरूको प्रशंसक (फ्यान) बने। र आफ्नो कृपा/आशिर्वाद सदा उनीहरुलाई प्राप्त हुने एवं कुनैपनि युद्धमा उनीहरु पराजय नहुने भनेर बरदान पनि दिएका किंवदन्तीहरू कालान्तर देखि चलिआएको छ। 

रामायण काल

रामायण कालमा सितालाई खोज्ने क्रममा राम नेपालको चितवन आएर स्थानीय थारु/बोटे समुदायसंग सोधपुछ गर्दा, किराँतहरूको सहयोग लिए छिट्टै समाधान हुने सल्लाह पाएका थिए। यसबाट किराँतहरूको गुप्तचरी प्रवीणता पनि त्यो जमानामा निकै उच्च रहेको अनुमान लगाउन सकिन्छ। 

महाभारत काल

महाभारत कालमा पनि विश्वको सर्वश्रेष्ठ योद्धा भनेर मानिएका अर्जुनलाई किराँत योद्धाले पराजय गरेका थिए।  पाण्डवहरु वनवास रहँदा नेपाल भूमिमा आएका थिए। यसैक्रममा जंगलमा किराँती योद्धासंग मुठभेड हुँदा किराँत योद्धाले अर्जुनलाई हारको स्वाद चखाएका थिए। 

कौरव र पाण्डव बिच भएको महाभारत युद्ध द्वापरयुगको अन्तिम विश्वयुद्ध थियो। आधुनिक युगको दोस्रो विश्वयुद्धमा अक्ष र सहयोगी (एक्सिस र एलाई) भनेजस्तै महाभारतमा संसारका सबै शक्तिशाली देशहरु (हालको ग्रिस, इराक, इरान, अफगानिस्तान, रोम, युरोप, खाडी लगायत अफ्रिकाका राजा-महाराजा र उनका सैनिकहरू) पाण्डव र कौरव गरि दुई समूहमा विभाजित भई लडेका थिए। तेती बेला नेपाल भूमि छुने दुइटा राज्यले पनि भाग लिगेका थिए।  किराँती राज्य – जुन लगभग हालको हिमालय शृंखला र पहाडी भाग थिए भने बिराटनगर बाट संचालन हुने बिराट राज्य जस अन्तर्गत तराइको भूभाग र इंडियाको युपी र बिहार क्षेत्र पर्थे। 

 सो युद्धमा एकजना नेपाली किराँतले भाग लिन गएको प्रसङ्ग यसप्रकार छ। 

एउटा योद्धा तीनवटा मात्र हतियार लिएर त्यहाँ पुग्छन् । कृष्ण र तिनी योद्धाबीच निम्न अनुसार सम्बाद हुन्छ। 

कृष्ण: कसको पक्षबाट लड्न आएको ? 

योद्धा: जो हार्दैछ उतैबाट।  

कृष्ण: यदि तिमी जताबाट लड्छौ, उतैकाले जित्न थालेमा के गर्छौ ?

योद्धा: फेरि जो हार्दैछ उतैबाट लड्नेछु ।  

कृष्ण: यसरी प्रत्येक पल पक्ष फेर्दै लडेमा त अन्तिममा तिमी मात्र एकल योद्दा रहनेछौं। र त्यो पल तिमीले जितेको  सिद्ध हुन्छ त्यो अवस्थामा के गर्छौ ?

योद्धा: त्यो पल त्यहि बेला सोचौंला। अहिले जो हार्दैछ उतैबाट लड्नेछु। 

(कृष्णले त्यो पल आँकलन गर्दा पाण्डवहरुले जितिरहेको थाहा पाउँछन्।  र त्यो योद्धा कौरव पक्षबाट लड्दा के-कस्तो नतिजा होला भनी उसको सैन्यबल मापन गर्न उसलाई खिज्ज्याएर।) 

कृष्ण: यत्रो महायुद्धमा भाग लिन आउँदा जम्मा तिनवटा मात्र हतियार ?

(कृष्णले त्यस योद्धालाई जिस्काएपछि त्यसको प्रतिक्रिया दिँदै ।)

 योद्धा: यो युद्ध जित्न मलाई दुइटा मात्र हतियार काफी छ।  तेश्रो हतियार त यत्तिकै बोक्देको मात्र हो। 

(शैव संस्कृतिमा तीन अंकको निकै ठुलो महत्त्व छ। छोटकरीमा भन्नु पर्दा यो अंक शैवमार्गीको लागी शुभ मानिन्छ।  सो योद्धाले पारुहाङ्गको कृपा आफूमाथि रही रहने छ भन्ने कारणले तिनओटा हतियार बोकेको हो। महागुरु फाल्गुनन्दले बोक्ने त्रिशुलले पनि यसको पुष्टि गर्दछ। शिवको किराँतेश्वर महादेव ज्योतिर्लिङ्गले पनि शिव मार्गको १००८ भिन्न मार्ग मध्ये किराँत पनि एक हो भन्ने पुष्टि हुन्छ। ध्यान संग सम्बन्धित सबै पथ शैव मार्ग अन्तर्गत पर्छन्। )

कृष्ण:  यस्तो अद्भुत हतियार !! कृपा गरेर मलाई यसको प्रदर्शनि हेर्ने मौका दिनुस्। 

योद्धा: (छेउमा रहेको एउटा वृक्षलाई देखाउँदै) त्यहाँ भएका सबै पत्ता हरुलाई मात्र ध्वस्त गरेर देखाउने छु।  

यति भन्दै सो योद्धा पहिलो हतियारको माध्यमले चिन्ह लगाउँछन्। एसलाई हालको भाषामा टार्गेट सेलेक्सन एण्ड मार्किङ्ग अर्थात जेलाई हान्ने उद्देस्य हो, त्यसलाई रोजेको, चिन्ह लगाएको भनेर बुझ्दा हुन्छ। उनले दोस्रो हतियारको मापदण्ड र निर्देशन (सेटिङ) तय गर्ने क्रममा कृष्णले आफ्नो छत्र-छाँयामा रहेका पाण्डव बचाउन सकिएला वा नसकिएला भन्ने कुराको यकिन गर्न खुसुक्क एउटा पत्ता आफ्नो पाइताला मुनि लुकाउँछन्। चिन्ह लगाइएका पत्ताहरु हान्न, जब उनले दोस्रो हतियार निष्पादन (एक्जिक्युट्) गर्छन्। रूखमा भएका सबै पत्ताहरु खस्छन् र कृष्णले छेकेको पाइतालालाई पनि चोट पुर्याउदै पाइताला छेडेर तलको पत्तालाई लाग्छ। आफ्नो संरक्षणमा समेत त्यो हतियारले नछोड्ने थाहा पाएर किष्ण निकै चिन्तित हुन्छन्। उता तिनी योद्धा आफ्नो हतियारले एक निर्दोषलाई हानी पूराएको भनि क्षमा माग्छन्। कृष्णले यही कुराको फाइदा उठाउँछन् र एक सर्तमा मात्र क्षमा दिने भन्छन्। तिनी योद्धाले सबै सर्तमा सहमति छ भनी वचन दिन्छन्। द्वापर युगमा एक योद्धाले दिएको बचन ज्यानै गए पनि फिर्ता नलिने चलन थियो। कृष्णले तिनी योद्धाको छिन् छिनमा पक्ष फेर्दै लड्न पर्ने दुविधाको पनि अन्त्य हुने र पाण्डवको पनि संरक्षण हुने उपाए अनुसार उनको शिर माग्छन्। र तिनी योद्धा महाभारत युद्धमा भाग लिन पाउँदैनन्। त्यो जमानामा समेत त्यति उच्च प्रविधिको हतियार हालको भाषामा भन्नुपर्दा लेजर सहित सेन्सर प्रविधि सहितको हतियार बोकेर हिँड्ने मान्छे नेपाली किराँत थिए। धर्मयुद्धमा धर्मको पक्षमा आफ्नो शिर पनि योगदान दिनसकेको त्यस योद्धा, महावीर महापुरुषलाई पुजा गर्ने प्रचलन बस्यो। हालसम्म पनि इन्डियामा खाटूश्याम जी भनेर उनको पूजा गरिन्छ। राजस्थानमा खाटूश्याम जी को मन्दिर अवस्थित छ। नेपालका नेवार संस्कृतिमा पनि आकाश भैरव भनेर उनको पुजा गरिन्छ। काठमाडौँको इन्द्र चोकमा आकाश भैरवको मन्दिर अवस्थित छ। हरेक बर्ष इन्द्र जात्रामा उनको विशेष पुजा आराधाना गरिन्छ।  

माहाभारतको शास्त्रीय व्याख्या अनुसारको समय अन्तराललाई मान्ने हो भने त्यो युद्ध करीब ५००० वर्ष पुरानो हुन जान्छ।  कहीं कतै इतिहासविद् हरुले सो योद्धा यलम्बर भएको कुरा व्यक्त गरेका छन्।  तर यलम्बरको समयावधि २८ देखि २९ सय वर्ष मात्र हुन जान्छ। त्यसैले सो किराँती योद्धा या त यलम्बर भन्दा पनि पुरानो हुन पर्छ होइन भने यलम्बर र किराँत राज्यको सुरुवात बारे गलत व्याख्या भएको हुन पर्छ। यसबारे अझै गहन सोध, खोज, अध्ययन, अनुसन्धान आवश्यक छ। महाभारतको युद्ध कति पुरानो भनेर ५०औं उत्तर पाइन्छन्। तर धेरै जसो अनुसन्धानकर्ताका अनुसार सो युद्ध ५००० बर्ष पुरानो भन्ने आएकाले सोहि कुरालाई हामीले आधार बनाएका छौं। केहि विश्लेषकका अनुसार बाइबलको नोहाको कथा सीद्ध गराउनको लागि, जति पनि सभ्यता छन् ती सबैलाई ५००० बर्ष भित्र पार्ने षड्यन्त्र हुन सक्छ। र त्यसै अनुसार महाभारत युद्धलाई ३००० बर्ष पुरानो भनेर पनि लेख्न लगाइएको छ। 

प्राचिन संस्कृत ग्रन्थमा महत्त्वपूर्ण घटनाहरुको व्याख्यामा तारा-नक्षत्र आदिको स्थान पनि उल्लेख गरिएको हुन्छ। सोहि आधारमा रामायण महाभारतभन्दा करिब २ हजार वर्ष पुरानो भन्ने अनुमान पनि बिभिन्न पुरातात्विकविद्/ इतिहासविद् हरुले  व्यक्त गर्दै आएका छन्। यसरी हेर्दा रामायण ७००० बर्ष पुरानो हुन जान्छ। रामायणमा किराँतहरुको प्रसंगले किराँत राज्य (नेपाल) कम्तिमा पनि ७ हजार बर्ष पुरानो भन्ने पुष्टि हुन्छ। त्यो बेलाको राजा को थिए होलान् ? थाहा भएन तर किराँत नेपालको वीर/योद्धा वंश (वारियर क्ल्यान) हो, जसको रगतमा युद्ध बग्दछ। महाभारत कालमा पनि आफ्नो लागी मात्र नभएर अरुको लागि पनि युद्ध गर्दिने विरासत नेपाली किराँतहरुको रहेको बुझ्न सकिन्छ। जुन अझै पनि उत्तिकै सान्दर्भिक छ। हाल पनि विभिन्न देशका सीमा-रक्षा नेपाली किराँत योद्धाहरुले नै गर्दै छन्।

मध्यकालीन युग

विक्रम संवत् ७०३ मा, जब काशिका राजा हर्षवर्धन को मृत्यु भयो। उनका प्रान्तीय साशक अरुणाश्वले, रानीलाई बन्धि बनाई सत्ता कब्जा गर्यो। हर्षवर्धनको वरिपरिका राष्ट्रहरुसँग राम्रो सम्बन्ध भएकाले चिनका राजा ताइ सोङ्गले  शोकाकुल परिवारलाई समवेदना एवं सास्कृतिक ज्ञान आदानप्रदान गर्ने उद्देश्यले आफ्ना दूत्  पठाएका थिए। चिनियाँ दुत् वाङ्ग छुआङ्ग्शे नेपाल हुँदै काशी गएका थिए। अरुणाश्वले, त्यो दूतलाई हमला गर्यो।  त्यो दूत् आफ्नो ज्यान बचाई जसो तसो भागेर नेपाल आइपुग्यो।  तर उसका सुरक्षाका लागि गएका करिब २० जना घोडचढी सेनालाई अरुणाश्वले बन्धि बनाएर राखेको थियो। सो दुतले सबै घटनाक्रम नेपालका राजा नरेन्द्रदेव लाई सुनायो। नरेन्द्रदेवले उसलाई ७००० घोडचढी सेना र तिब्बतका राजा सोङ्ग स्याङ्ग खाम्पो(भृकुटीका पति)ले १२ सय सेना सहयोग दिए। चिनिया दुत संयुक्त नेपाली र तिब्बती सेना लिएर काशी पुगे। हर्षवर्धनको त्यति ठूलो सैन्य बल भएका शेनाहरु सँग ३ दिन युद्ध गरेर, अरुणाश्वको दरबारमा गएर उसको घाँटीमा तरबार राखी बन्धक बनाउने नेपाली सेना थियो। 

आधुनिक युग

पन्ध्रौं शताब्दीबाट संसारभर साम्राज्य फैलाउँदै हिँडेका अंग्रेजहरुले सारा संसारलाई आफ्नो उपनिवेश बनाए, तर  नेपालीसंग सकेनन्। चाहे त्यो सिन्धुलीगढी होस्, या सिउराज (हाल बुटवल) वा नालापानी।  

पन्ध्रौ शताब्दिमा चर्चको अधिनमा संसार ल्याउने उद्देश्यले भ्याटिक्यानका पोप एलेक्जेन्डर छैठौं को आदेशअनुसार बेलायत, स्पेन, पोर्तुगल र अन्य युरोपेली साम्राज्यबादीहरू आक्रमण गर्दै संसारभरी फैलिरहेका थिए। नेपाल भन्दा क्षेत्रफलमा र सैनिक संख्यामा ठुला मानिएका अफ्रिका, दक्षिण र उत्तर अमेरिका, एसियाका देशहरुलाई उनीहरुले उपनिवेश बनाए तर नेपाली संग सकेनन्। सारा संसारलाई हराउँदै हिँडेका अंग्रेजहरु पहिलोपटक बि स १८२४मा सिन्धुलीगढीमा नेपालि सेना संग पराजय भएका थिए। करीब ५००० अंग्रेज फौज सहित कप्तान किन्लक नेपाल एकीकरणमा बाधा पुर्याउने उद्देस्य सहित आएका थिए। तर त्यस युद्धमा १७ सय विधर्मी मारिएका थिए र बाँकी  अंग्रेज फौजले  कुलेलाम ठोकेका थिए।  त्यो बेलाको रिश, द्वेष र बदला पूर्ति गर्न माओवादी लगाएर १० बर्षे गृह युद्ध गरि १० गुणा ज्यादा १७००० नेपाली मारिएका हुन् भन्ने कुरा पनि उजागर हुँदै आएको छ। 

सिउराज अर्थात हालको बुटवलमा पनि अंग्रेजहरुलाई कमाण्डर उजिरसिंह थापाको कमानमा नेपाली सेनाले हराएको थियो। त्यो ठाउँमा नेपालीले जितेकाले त्यस ठाउँको नाम अझैपनि जितगढी रहिआएको छ।  र कमान्डर उजिरसिंह थापाको नाममा बुटवलमा एउटा पथको पनि नामाकरण गरिएको छ। उजिर सिंह थापाले देवीको अनुष्ठान गरेर युद्ध गर्न गएका थिए। उनि देवीको भक्त थिए। उनको नाम सहित पाल्पामा रण उजिरेश्वरि देवीको मन्दिर पनि छ। 

नालापानीको युद्धमा नेपालीको युद्ध गर्ने आँट, खुबी र बलभद्र कुँवरको बहादुरीको प्रशंसा गर्दै बनाइएको युद्ध स्मारिकामा बुल बुडेर (Bul Budder) भनी लेखिएको स्तम्भ अझै पनि नालापानीमा देख्न सकिन्छ। सो युद्धमा अंग्रेज तर्फ करीब ३५०० सेना थिए भने नेपाल तर्फ बच्चा, महिला र लोग्ने मान्छे सहित जम्मा ६०० जति थिए।  करीब ४ हफ्ता चलेको सो युद्धमा अंग्रेजहरुले लडेर जित्न नसकेर नेपाली किल्लासम्म जाने पानि रोकेका थिए। त्यसको ३ दिनपछि बलभद्र कुँवर र ७० जीवित नेपालीहरु ,” तिमीहरुले लडेर त कहिले सक्थेनौ। हामी अझै हारेको होइन, यो किल्ला तिमीहरुलाई दिएर जाँदै छौं” भन्दै पहाड चढेका थिए।   

यस युद्धमा नेपालीको साहस देखेर अंग्रेजहरुले इनिहरुको बच्चा देखि महिला समेत लड्न पछि नपर्ने किसिमका रहेछन्, उनीहरु संग लड्न भन्दा सन्धि गरेर आफ्नो लागी लड्न प्रयोग गरौँ भन्ने रणनीति अपनाए। अगाडि बताए जसरी किराँत (नेपाली)हरूलाई कहिल्यै पनि पराजय नहुने भनेर शिवले बरदान दिएको प्रसङ्ग यँहा पनि मिल्न जान्छ। सन्धि त अंग्रेजहरुले मात्र गरेका थिए, तर नेपालीहरुलाई आफ्नो सेनामा सामिल गरे आफ्नो देशको सिमा बच्ने विश्वासको साथ् इन्डिया, फ्रान्स, सिंगापुरले पनि गोर्खा भर्ती गराइरहेका छन्। उनीहरूको सीमा नेपालीले नै बचाइदीइ रहेका छन्। 

आज भन्दा २०० बर्ष अगाडी सम्म संसारको सबै भन्दा शक्तिशाली सेना, नेपाली सेना थियो।  तर अहिले त्यो सेना भ्रष्टको जुत्ता उठाउनमा सिमित भयो।  कसले, कसरी  त्यो वैभवशालि, विरासत बोकेको सेनालाई यस्तो निरिह, कहालीलाग्दो, शक्तिहीन र डरपोक अवस्थामा ल्यायो ? यस बारेमा आगामी दिनमा बताउने नै छौं। अहिलेलाई कसरी नेपालीहरुले बिभिन्न देशको अस्तित्व, सिमा बचाई आफ्नो त्यो प्राचिन वीरता र साहसको विरासत कायम राख्दै छन् , यस बारे बुझौं। 

पहिलो र दोश्रो विश्व युद्ध

पहिलो विश्वयुद्धमा करिब २हजार वटा बहादुरीका पदक नेपालीहरुले प्राप्त गरेका थिए।

दोस्रो विश्वयुद्धमा म्यानमारको जंगलमा जापानी सेनाको पल्टन थियो। त्यसमा कति सेना र के-कस्ता हात हतियार छन् ? भन्नेबारे आँकलन थिएन।  त्यसैले गोली चलाएर लड्दा अंग्रेज सेनाले नसक्ने पो हो कि, भनि सुसाइड मिसन (दुश्मनको क्षेत्र भित्र जाने जंगी कारबाही जसमा जीवित फर्किने सम्भावना निकै न्युन हुन्छ) मा आठजना गोर्खालाई पठाइयो। सो जंगी कारबाहीमा गोलि चलाउने आदेश थिएन। त्यसैले केवल खुकुरीको भरले आठजना गोर्खा सेनाले,  जापानीको पल्टनलाई ध्वस्त पारेका थिए। म्यानमार कै अर्को क्षेत्रमा भएको युद्धमा, ब्रिटिश तर्फबाट लडिरहेका एकजना योद्धाले दुई चोटी सम्म आफु तिर आइरहेको ग्रिनेड समातेर जापानी तिरै फिर्ता फालिरहेका थिए। तेस्रो ग्रिनेड पनि फाल्ने क्रममा उनको दाइने हातमै पड्कियो र उनले दाइने पाखुरा भन्दा तलको हात गुमाए। तर, दाइने हात गुमाएता पनि, देब्रे हातको भरमा करिब २०० जना जापानी सेनालाई मार्न सफल भएका लक्ष्मण गुरुङले बेलायतको रानीबाट भिक्टोरिया क्रस प्राप्त गरेका थिए।

फल्कल्याण्ड युद्ध (अर्जेन्टिना र बेलायत)

२०३९ सालमा बेलायत र अर्जेन्टिना बिरुद्ध फल्कल्याण्डको टापुमा युद्ध भएको थियो। ११ हप्तासम्म चलेको युद्धमा अर्जेन्टिनीहरुले हम्मे-हम्मे पार्दा गोर्खा सेना परिचालन गरे पश्चात मात्र बेलायतले विजय हासिल गरेको थियो।  सो युद्धपछि करिब २० वर्षसम्म अर्जेन्टिनाले नेपालीलाई भिजा प्रतिबन्ध गरेको थियो भन्ने कुरा पनि सुन्नमा आउँछ। 

तत्कालिन घटनाहरु

वि. सं. २०६७ सालमा इंडियाको चितारंजनमा रातिको समयमा हिडी रहेको रेलमा करिब ४० जना हतियारधारी डाकुहरु आएर लुटपाट मच्चाई रहेका थिए। सो क्रममा उनीहरुले एक १८ बर्षिय स्त्रीमाथि बलात्कारको प्रयास पनि आरम्भ गरे। लुट्दा सम्म सहेर बसेको एक नेपाली तर्फ हेर्दै, सो स्त्रीले, ‘दाई मलाई बचाउनुस।’ भन्दै रुन थालिन्। त्यस लगत्तै ती नेपालीले आफुसंग भएको खुखुरीको भरमा ती ४० जना हतियारधारी डाकुसंग एक्लै भिडे। सो भिडन्तमा ३ जना डाकुको मृत्यु भयो र ८ जना घाइते भए र अन्यले कुलेलाम ठोके। त्यो घटनाका नायक ४५ बर्षिय बिष्णु श्रेष्ठ हुन्। उनको त्यो बहादुरीको सम्मान गर्दै इन्डियन आर्मीले उनलाई उत्तम जीवन रक्षा पदक प्रदान गरेको थियो।

वि.सं. २०६८ सालमा अफगानिस्तानको हेलमान्द क्षेत्रमा करिब ३० जना तालिबानीहरु आधुनिक हतियार एके ४७/५६,  ग्रिनेड आदि लिएर हमला गर्न आइरहेका थिए। चेक पोइन्टमा दीप प्रसाद पुन नाम गरेका सेना एक्लै थिए। र उनले ती ३० जनालाई एक्लै रोकेका थिए। आफु संग रहेको गोलाबारुद सकेर, बन्दुकको ट्राइपोड(बन्दुक अडाउने धातुले बनेको त्रिपदीय वस्तु)ले समेत हानेर आफ्नो पोस्ट(चौकी) बचाएका थिए । उनको त्यो बहादुरीले इंग्ल्याण्डको दोस्रो सबैभन्दा ठूलो पदक कन्स्पिसियस ग्यालेण्ट्रि क्रस र  प्राइड अफ ब्रिटेन (वेलायतको सान) अवार्ड, २०११  प्राप्त गरेका थिए। 

योद्धाका इष्ट देव शिव नै हाम्रो राष्ट्रिय आराध्य देव भएकाले पनि बिरता र साहस हाल पनि नेपालीको  रगतमा बग्दछ।  पुर्खाको त्यो वैभव र साहसले गर्दा नै आजसम्म न ब्रिटिश न चाइनिज न जापानीज वा अन्य कोही साम्राज्यवादीले आँट्न सकेनन् । 

तर त्यो विरासतको आफ्नो पहिचान त्यागेर हाल मंगोलोइड थिओरि मानेर चंगेज खाँको पालामा भागेर आएका मंगोल सँग आफ्नो पहिचान साट्ने गरी दिमाग भुट्टीइरहेका छन्। चंगेज खाँ को पालामा भागेर आएका मंगोलहरु हेर्दा हाम्रै नेपालको हिमाली भागका भोट र अन्य किराँत, गुरुङ, मगर, तमाङ्ग आदि जस्तो देखिएकाले यहाँ घुलमिल भए, र अहिले सबै नेपाली हुन्।  तर अंग्रेजहरुले त्यो बेलाको हारको बदला लिने उद्देश्यले बनाइएको मंगोलोइड थिओरिलाई हेरेर ढाइ सय वर्ष पुरानो शब्द मंगोल सँग आफ्नो कल्पौं कल्पको नाम/पहिचान साट्नु भनेको गुलामी दासता स्विकारेको अवस्था हो। सचेत बनौं दासत्व चिन्तनबाट माथि उठौँ।  यहाँका योद्धाहरुसँग यदि त्यो चंगेज खाँ फेला परेको भए, उसको अध्याय इतिहासमा रहन्थ्यो होला। आफ्नो प्राचीन काल देखि को पहिचानमा गर्व गरौँ। 

नेपालीहरूको डिएनए (जिन)मा युद्धको कोडिङ्ग(संकेतन) छ। नेवार, गुरुङ, शिल्पी, तमाङ्ग, क्षत्रिय, मगर, खस-आर्य, किराँत आदि सबै नेपालीहरुमा वीरता र साहस बिर्ता मै प्राप्त छ। आज सम्म नेपालीहरुलाई बाहिरी शत्रुले हराएको छैन। प्राचीनकाल होस् या आधुनिक काल, सधैं सबै नेपालीहरु देशमा संकट आउँदा एकजुट भएर शत्रुहरूलाई पराजित गर्दै आएका छन्। तर साम्राज्यबादीहरुले  त्यो बेलाको हारको बदला हाम्रो इतिहासहरु मनपरी लेख दिएर, नेपाली बिच घृणा, द्वन्द, क्लेश र युद्ध गराएर आफ्नो सेना शान्ति सेनाको नाममा घुसाएर कब्जा गर्ने खेलामा अगाडि बढ्दैछ । उसबेला गर्न नसकेको उपनिवेशिकरण, हामीलाई लडाएर पुरा गर्ने योजना गर्दैछन्। सबै नेपालीहरुको लुकेको साहस र सहिष्णुता उजागर गर्ने, आफ्नो यथार्थ पहिचान बोध गराउने हाम्रो अभियानमा सहभागी भैदिनु हुन अनुरोध गर्दछौं।  लेख शेयर गरेर सहयोग गर्नु हुनेछ भन्ने आशामा छौं।  

नेपाल आमाको जय , जागुन् राष्ट्रिय गाथा।। 

अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट

शिवगौरीदास (अनुप)

विशेष धन्यवाद:

डा. पुरुषोत्तम लोचन श्रेष्ठ,

सुरजीत दत्त

Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

कोरोना: फैलाउने योजना धेरै अघि तय भएको थियो। प्रमाण सहित।

२०३० नेपाल हिन्दु राष्ट्र वा इन्डियन प्रान्त ??