दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।

अगिल्लो भागमा दरबार र विदेशी टकरावको संक्षिप्त भूमिका सहित राजा महेन्द्रको हत्या बारे उजागर गरेका थियौं। त्यहि प्रसंग बाट जोडेर आजको भाग आरम्भ गर्दै छौं।


सिआइए र इंडिया मिलेर राजा महेन्द्रलाई पाखा लगाए पनि, राजा विरेन्द्र उनीहरुले सोंचे सरह सजिलो पाएनन्। त्यस पछि, राजा विरेन्द्र तिर संकट सर्यो। संकट टार्ने प्रयास स्वरूप उनले धेरै प्रयत्न गरे।

खम्पा बिद्रोह निस्तेज पारे। नेपाललाई शान्ति क्षेत्र प्रस्ताव गरे। इंडियाको राजीव गान्धी हत्यामा उनको पनि लगानी रहेको बेतुकको कुरा उछालियो। सार्कको गठन गरे। अमेरिकाको अमेरिकी सैन्य बेस नेपाल ल्याउने प्रस्ताव सोझै नकार्दिए। अमेरिकी सैन्य गुटमा रहने कुरा अस्विकार गरिदिए र नेपाल शान्ति क्षेत्र हो भन्दिए। क्रिस्टियन धर्म परिवर्तनकारीलाई जेल चलान गरे। त्यस पछि सी आइ ए, भ्याटिक्यान र इंडिया मिलेर वंश नाश गर्ने राज दरबार हत्याकाण्डको डिजाइन भयो। प्रत्येक इतिहास जोड्दा निकै लामो हुने भएकाले सिधै दरबार हत्याकाण्ड बाट बताउने छौं।


२०५७ जेठमा शेर बहादुर देउवा नेतृत्वको राज्य व्यवस्था समितिबाट नागरिकता विधेयकलाई अर्थ विधेयकमा घुसाएर पारित गर्ने प्रपन्च चल्यो। तर राजा विरेन्द्रले सर्वोच्च अदालतबाट सो विधेयक गैरसंवैधानिक घोषित गरि खारेज गरिदिए । नेपाल विघटनको लागि नागरिकता प्रयोग गर्ने इन्डोपश्चिमा शक्तिको ब्रह्माश्त्र रोकेकाले पनि उनीमाथि संकट थपियो। 

त्यस्तै २०५७ मा, नेपालले ‘अल्ट्रा मोडर्न’ हतियार हेक्लर एण्ड कोख्(एचके) जी–३६ राइफल किन्ने प्रक्रिया अगाडि बढाइरहेको थियो । यो हतियार नेपालमै ‘एसेम्बल’ गर्ने र दक्षिण एसियाली मुलुकमा बेच्ने समेत योजना थियो । तर एचके जी–३६ राइफल खरिद गर्ने र नेपालमै ‘एसेम्बल’ गर्ने योजना इंडियालाई मन परिरहेको थिएन । किनभने इंडियाले  इन्सास राइफल(5.56 mm) बेच्ने योजना गर्दै थियो। तर राजाले माओवादी उतै बाट परिचालित भएको सुइँको पाई सकेकाले त्यसलाई निस्तेज गर्न युरोप तिर बाट आधुनिक हतियार किन्ने प्रयास गर्दै थिए। राजाले सुन्दरीजलमा एसेम्बल(हतियार जडान) गर्ने भनेर सबै रुप रेखा तयार पारि सकेका थिए। नेपालमा हतियार जडान गरेर बेच्ने कारखाना खोलेमा, नेपाल शक्तिशालि बन्ने भएकाले पनि त्यो हुन नदिन इन्डियन लागायत पश्चिमा शक्ति लागि परे। जर्मनीले नेपाली सेनालाई आधुनिक हतियार उपलब्ध गराउन मानेन। सायद, माओवादी सक्किएमा उनीहरुको इसाईकरणको मुद्दा लाद्न नपाइने भएकोले हुन पर्छ। तर आफ्नो नक्कली सहयोगी छवी देखाउन वेलायतले ६,७८० पिस साधारण असल्ट राइफल बेच्यो। त्यस पछि इंडिया आफ्नो राइफल न किनेको निहुमा रिसायो  एवं विरेन्द्रको हतियार कारखानाको योजना देखेर माओवादीलाई परास्त गर्ने भए भनेर पश्चिमा आफ्नो इसाईकरणको अर्को दाउपेच रोकिने भएकाले चिन्तित भए। 

विदेशीको हरेक डिजाइनमा हिमाल झैं अडिक रहेर त्यसलाई निस्तेज पार्ने आँट राखेकाले उनलाई मात्र होइन अब राजसंस्था नै हटाउन पर्ने निर्णयमा पश्चिमा पुगे। 

भ्याटिक्यानको जोशुहा २ प्रोजेक्ट अन्तर्गतको लगानीमा सिआइएले योजना बनाए पश्चात, इंडियाले सहयोग गरेर नेपाली सेनाको मिलेमतोमा दरबार हत्याकाण्ड घटाइयो। स्मरण रहोस्, त्यस बेला इंडियामा भाजपाको अटल बिहारी वाजपायीको सरकार थियो। त्यहि भाजपा, जसको अहिले इंडियामा मोदीको सरकार छ।

भिडियो


पत्रकार प्रेम कैदीका अनुसार जोसुहा प्रोजेक्ट २ अन्तर्गत तत्कालिन सेनापति प्रज्वल समशेर जबराले ३६००० करोड रुपैयाँ लिएर त्यो घटनामा पूर्ण सहयोग गरेका थिए। 

"रअका पूर्व प्रमुख पीके हर्मिज थाराकन दरबार हत्याकाण्डको समयमा नेपाली सेनाका कर्णेल दिलीप समशेर जबराको विशालनगरको घरमा बसेको कुरा पत्रकार शरोजराज अधिकारीले जासुसीको जालोमा सार्वजनिक गरेका छन् ।" (अर्जुन ज्ञवाली)

डा. राजकुमार पोखरेलको नारायणहिटी दरबार र देशभक्तको अवसान पुस्तकमा, 

पूर्व डिआईजी अशोक श्रेष्ठको नेतृत्वमा रहेको प्रहरीहरूको समूहलाई दरबार हत्याकाण्डभन्दा दुई महिना अघि नै सेनाले दरबारमा प्रहरी आवश्यक नरहेको भनेर हटाएको थियो, भन्ने कुरा उल्लेख छ। 

दरबार हत्याकाण्ड हुन भन्दा १५ महिना अगाडी अमेरिकी सेनासंग एउटा सन्धि गरिएको थियो। स्टेटस अफ फोर्स अग्रिमेंट (सोफा), यस अन्तर्गत १०० भन्दा बढी प्रावधान छन्, अमेरिकी सेना बेरोकटोक हतियार, अन्य सामान सहित वर्दी लगाएर सन्धि गरिएको देशमा हिड-डुल गर्न पाउँछ। मल्टी प्लाटुन ट्रेनिंग इभेन्टको एक्स शान्ति प्रयास १ नामको बहु-सैन्य तालिम कार्यक्रम नेपालको विरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा भएको लेखिएको छ। सो तालिमको लागि सामाग्री ल्याउने भनेर त्यो सन्धि गरिएतापनि तालिम पश्चात, भक्तपुरको दधिकोटमा अमेरिकी सेनाको टुकडी बस्न थाल्यो। महाराजगंज, हाल अमेरिकी एम्बेसी रहेको ठाउँमा त्यो बेला ब्रह्मा कटेज भन्ने सीआइएको बंकर सहितको सेफ हाउस पनि निर्माण गर्यो।

दरबार हत्याकाण्ड भन्दा पूर्व भक्तपुर अस्पतालको लागी एक भुकम्प निरोधक भवनको निर्माण कार्य चल्दै थियो। जसको लागि अमेरिकाको अलास्का ८४ डिविजन बटालियन बाट ३४ सेना झिकाइएका थिए। ‘बेली नाइटिङ्गेल फर्स्ट’ परियोजना अनुरुप त्यो भवन निर्माण चल्दै थियो। 

दरबार हत्याकाण्डको अर्को दिन भक्तपुरमा निर्माणाधीन परियोजना पूर्ण नगरि, आपतकालीन वार्डको मात्र निर्माण गरेर छोडियो। देश नै शोकमग्न रहँदा, प्रज्वल समशेर त्यो आपतकालीन वार्डको उद्घाटन गर्दै थिए। 

जगत नेपालले लेखेको आफ्नै कुरामा गिरिजा प्रसादले उल्लेख गरे अनुसार, घटनाको राति ११:३० वजे उनि दरबार पुग्दा पुरै सुनसान र एकजना आर्मी मात्र देखे। घटनास्थलमा पुग्दा त रगतका टाटा केही थिएनन् ,घटनास्थल पानीले पखालेर सफा पारि सकिएको थियो। 

गिरिजा सेना अस्पताल छाउनी पुग्दा सायद उनले यो कुरा सुनाएको हुन पर्छ त्यसैले उनि करीब ४ घण्टा बन्दि जस्तै बनाएर राखिएका थिए। ज्ञानेन्द्र शाहलाई पनि पोखरा बाट गाडीमा गजुरी ल्याएर, त्यो रात भरि बन्दि सरह राखियो। तर मौसम खराबीको कारण उनलाई हेलिकप्टर बाट काठमाडौँ ल्याउन न सकेको बबुरो बहाना सेनाले सुनायो। 

प्रज्वल समशेरले जोसुहा प्रोजेक्टको पैसा खाएर त्यो काममा सहयोग गरेको बारे इन्डियन पत्रिकामा पनि खबर छापिएको थियो भनेर प्रेम कैदीले पनि विभिन्न लेख र अन्तर्वार्तामा बताउँदै आएका छन्। 

दरबार हत्याकाण्ड पछि तत्कालिन दरबारमा नियुक्त भएका सेनाहरुलाई सरुवा गराउँदै माओवादी आक्रमणमा पारेर हत्या गरियो। माओवादीले कुन ठाउँमा हान्ने, कति बेला हान्ने भन्ने खवर आदान प्रदान गरेर मात्र हान्ने गर्थे भन्ने कुरा त त्यो बेलाका माओवादी देखि नेता र सेनाहरुले उजागर गर्दै आएको सबैमा अवगत नै होला। 

हत्याकाण्डको समयमा ड्युटीमा खटिएका नेपाली सेनाका हवल्दार लालबहादुर लम्तेरी मगरको वयान अनुसार दरबारमा दीपेन्द्रको नकाव लगाएको मान्छेले गोलि हानेको थियो। त्यो रात सबै भन्दा पहिल्यै दिपेन्द्र मारिएका थिए। अस्पताल जाँदासम्म वीरेन्द्र जीवित नै थिए। वीरेन्द्रलाई अस्पताल लगिएको सैनिक प्रहरीको गाडीमा पछाडि बसेर छाउनी अस्पताल गएको लम्तेरीका अनुसार अस्पताल पुग्ने बेलासम्म वीरेन्द्र दुख्यो, दुख्यो भनेर सानो स्वरमा बोल्दै थिए । सैनिक अस्पताल पुर्‍याइए पनि वीरेन्द्रलाई तत्कालै उपचार गरिनुको सट्टा मृत ऐश्वर्यको प्लास्टिक सर्जरी गरियो । यस बाट पनि प्रष्ट हुन्छ सेनाको नियत राजालाई बचाउनु भन्दा मार्नुमा केन्द्रित थियो। 'दरबार हत्याकान्डमा सबैभन्दा पहिले मारिएका थिए दीपेन्द्र' पर्शुराम काफ्ले/नयाँ पत्रिका २०६५, श्रावन, ७ 

वायन मेड्सनले सेप्टेम्बर २१ २००२मा प्रकाशन गरेको आलेख अनुसार २०५८को बैसाख तिरै बेली नाइटिङ्गेल फर्स्ट नाम राखिएको गोप्य मिसनमा अमेरिकी साइकोलोजिकल अपरेसन (साइओप) सेनाहरु भुकम्प सम्बन्धि तालिम दिने भनेर नेपाल आएका थिए। साइओप सेनाहरु मानसिकता फेर्न र प्रोपोगान्डा बनाउन तयार पारिएका हुन्छन्। उनीहरुले नै दरबार हत्याकाण्ड मच्चाएका हुन्। तर सबैको मस्तिष्क तोडमोड गरेर दिपेन्द्र तिर आरोप लगाए। 

त्यहि साइअपको अर्को कोणको लागी रअ र उनीहरुको तालिम प्राप्त बाबुराम प्रयोग गरेर  पारस र ज्ञानेन्द्रलाई बद्नाम गराइयो । 


त्यति बेला भक्तपुर ठिमीका बैकुण्ठ श्रेष्ठ, दरबारका फोटोग्राफर रहने गर्थे। घटनाको रात पनि उनि त्यँही उपस्थित थिए। घटना पछि उनि केहि महिना सम्म लापता थिए। सबैले उनि जीवित रहेको आश मारी सकेका थिए। तर केहि महिना पछि उनि अचानक घर फर्किए। उनलाई स्थानीयले सोध्दा धेरै बोलेनन्। उनले भने अनुसार, त्यँहा अचानक गोलि चल्यो, उनलाई थुनेर राखियो र केहि समय पछी उनलाई छोडियो। हाम्रो विचारमा उनलाई ‘एम के अल्ट्रा’को प्रयोग गरेर, रिहाइ गरिएको हुन पर्छ। 

दरबार आसपासका केहि स्थानीयका अनुसार, दरबार बाट राति धेरै नै पटक हेलिकप्टर उडी राख्यो जसमा दरबार भित्रका सेनाको लास ओसारिएको थियो। केहि समय पछि, माओवादी परिचालित गराएर, ती सबै सेना माओबादि युद्धमा मारिएको प्रतिवेधन बनाएर, त्यो घटना लुकाइएको थियो। माओबादिको आक्रमण सेना र सरकारका नेता संग सल्लाह गरेर हुने गरेको कुरा धेरै भूपू माओबादि लडाकुदेखि सेनाहरुले खोलि सकेको जगजाहेर नै छ। 

इंडियाले नेपाल बाट राजा हटाउने भनेर थुप्रै पटक नेपालको कम्युनिष्ट पार्टी प्रयोग गर्न खोजेको कुरा मालेका संस्थापक नेता राधाकृष्ण मैनालीले आफ्नो पुस्तक नलेखिएको ईतिहासमा प्रष्ट पारेका छन्। माले केन्द्रिय समितिको बैठकमा इंडियाले हतियारको साथ् साथ् इन्डियन सेनामा रहेका नेपाली सिपाहीहरूलाई बिदाको नाऊँमा नेपाल पठाइदिने र उनीहरूलाई प्रयोग गरेर राजतन्त्र समाप्त पार्नै पर्ने प्रस्ताव माधव नेपालको माध्यम बाट बारम्बार व्यक्त भएको थियो।( केशबप्रसाद भट्टराई) तर हरेक पटक मदन भण्डारीले सो कुरा अस्विकार गर्दिएका थिए। मदन भण्डारी हुँदा सम्म नेपालमा राजसंस्था फाल्न नसकिने देखेकाले पनि उनको हत्या गरिएको थियो। छानविन समितिमा माधव नेपाल पनि थिए तर सायद उनि मुछिने वा कुरा फुस्किने डर भएकाले सो समितिमा गएनन्।

एक स्वतन्त्र सार्वभौम देशको सबै भन्दा उच्च ओहोदा एवं सेनाको प्रमुख कमान्डर राजालाई त्यो देशको सेना हात नलिगि मार्न नसकिने निस्कर्ष पश्चात सेना किन्न एवं अन्य लगानी प्रोजेक्ट जोसुहा र अमेरिकाले गर्ने तय भयो। त्यसमा योजना सिआइएले निर्माण गर्यो र इंडियाको समर्थन सहित नेपाली सेना प्रयोग गरियो र हत्याकाण्ड घटाइयो। 


सारंश

जब अमेरिकाले आफ्नो आर्मी वेस नेपालमा राख्ने प्रस्ताव विरेन्द्रलाई गर्यो। वीरेन्द्रले त्यो इन्कार गर्दिए र भविष्यमा आउन सक्ने संकट टार्न नेपाललाई शान्ति क्षेत्र प्रस्ताव गरे। इंडियाले कालापानीमा राखेको सेना पनि फिर्ता लानु पर्ने एवं सुघौली सन्धि अघिको नेपाल कायम हुने उद्देश्य विरेन्द्रको थियो। यसलाई निस्तेज पार्न इंडियाले पनि सीआईए संग हात मिलायो। त्यस बेला इंडियामा भाजपाको सरकार थियो। इंडिया र अमेरिकाले योजना कार्यन्वयन गर्ने निधो भए पश्चात, जोसुहा २ बाट हजारौं करोड तत्कालिन प्रधान सेनापति प्रज्वल समशेर जबरालाई दिएर नेपालमा सबै व्यवस्था मिलाउने गरि सबै खाका तयार भयो। अमेरिकाको राजदूत आवास पहिले दरबार अगाडि रहने गर्थ्यो। सिआइएले प्रयोग गर्ने प्रविधि बाट सोंच्ने हो भने इन्फ्रारेड विद्युतीय चुम्बकीय(इलेक्ट्रोम्याग्नेटिक) तरंग बाट दरबारभित्र के कसो हुन्छ ? एवं रेडियो ट्रान्समिटरको माध्यमले के कस्ता संवाद चल्छन् ती सबैमा निगरानी सुरु भयो। दीपेन्द्रको विवाहको विषयमा आफ्नो आमा बाबा संग बेलाबेला मनमुटाव रहने कुरा चाल पाइसकेपछि दिपेन्द्रको त्यो मुद्दालाई नै साइअपको रुपमा स्थापित गर्ने प्रपञ्च बन्यो। 

माथि उल्लेख गरिसकेका छौं, प्रत्यक्षदर्शीका अनुसार दीपेन्द्रको नकाव लगाउनेले गोली चलाएको थियो। कतै सुनेअनुसार दीपेन्द्रको नकाव फ्रान्समा निर्माण गरिएको थियो। दरबार हत्याकाण्ड २०५६ अर्थात दुई बर्ष अघिनै गराउने योजना लगभग तय भइसकेको थियो। तर दीपेन्द्रको नकावधारीले दीपेन्द्रको हाउभाउ उतार्न नसकेकोले अर्को दुई वर्ष त्यो मिलाउन तालिमको लागि बितेको थियो। तालिम पुरा भए पश्चात दरबारभित्रको प्रहरी चेकपोस्ट हटाइयो। घटना भन्दा ठिक एक महिना अगाडि भक्तपुरको अस्पतालमा अमेरिकी सेनाहरु भूकम्प प्रतिरोधात्मक भवन निर्माण एवं सुरक्षा तालिम दिनको लागि नेपाल आए। प्रज्वल शमशेर, लगभग हरेक दिन उनीहरुसँग भेट्न गइ रहन्थे। स्थानीय भक्तपुर वासीहरुका अनुसार, त्यस बेला युवराज दिपेन्द्र भक्तपुरमा धेरै नै देखिन्थे। त्यो पक्कै पनि नकावधारीहरुले हाउ-भाउ चिनिन्छ वा नाई भनेर गरेको परिक्षण हुन पर्छ। सबै योजना तय भएपश्चात, जेठ १९ मा दिपेन्द्रलाई रक्सीमा केही मिसाएर खुलाइयो। र दीपेन्द्र बेहोसीमा आफ्नै कोठामा ढले। दिपेन्द्र ढलेको खबर बाहिर नकावधारी अमेरिकी टोलिहरु सम्म पुग्यो। त्यसपश्चात, गाडी चलाएर दिपेन्द्रको नकाब लगाएका मान्छेहरु दरबार भित्र छिरे। सुरुमै नशामा बेहोस भै ढलेका दिपेन्द्रको गोली हानेर हत्या गरियो। त्यसपछि सुरु भयो नरसंहार। 

गिरिजाले बताए अनुसार दरबार राति ११:३० मा सफा गरी सकिएको थियो। यस कोण बाट हेर्दा, त्यो छानविन आयोगको प्रतिवेदनका तस्विर राति नै तयार पारिएको थियो। भोलिपल्ट भक्तपुर अस्पतालको इमर्जेन्सी वार्डको उद्घाटन कार्यक्रममा प्रज्वल समशेर जबरा जान्छन्। र अन्य निर्माण काम त्यत्तिकै छोडेर अमेरिकी सेनाहरु अमेरिका फर्कीन्छन्। प्रज्वल समशेरले राजपरिवारको सुरक्षा आफ्नो जिम्मा नभएको र दरबारको लागि दरबारको आफ्नै गण रहेको जिम्मेवारीहिन र दलाली डुंग डुंग गनाउने कुरा बक्छन्। 

निष्कर्ष

यदि दिपेन्द्रले त्यो हत्याकाण्ड मच्चाएको भनेर जनमानसले नपत्याएमा पारसका लफडाका कर्म र ज्ञानेन्द्र पहिले पनि राजा भै सकेकाले, फेरी राजा बन्ने महत्वकांक्षा नै त्यस घटनाको कारण हो भन्ने एवं उनीहरुलाई बद्नाम गर्न सके नेपालमा राजतन्त्रको जग कम्जोर बन्ने साइअप अनुरुप ज्ञानेन्द्रको परिवारलाई जीवित नै छोडेर बाँकी सबैलाई मारियो। अन्य जीवित प्रत्यक्षदर्शीको बयानलाई आधार मानेमा दिपेन्द्रको नकावधारीको कारण दिपेन्द्र दोषी देखिए। र साइअपको प्रपन्च अनुसार ज्ञानेन्द्र र पारसको छवि खराव भयो, जसले नेपालमा दरबारको जग कम्जोर हुन पुग्यो। 

भुटान सरह नेपालको सुरक्षा र परराष्ट्र एवं अन्य चलखेल इंडियाको मातहातमा चढाए राज संस्था राख्ने प्रस्ताव इंडियाले ज्ञानेन्द्रलाई सुनायो। राजाले त्यो अस्विकार गर्दिए। इन्डियन दबदबा निस्तेज गर्न सार्कमा चीनलाई पनि सदस्य बनाउने प्रस्ताव राखे। त्यस पछि चिनको दुश्मन पश्चिमा र इंडिया मिलेर आफ्नो गुलामहरुको नेतृत्वमा ६२-६३ आन्दोलन चर्काए। पश्चिमाको डलरमा उफ्रने कथित मानवाधिकार, नागरिक समाज देखि इन्डियन र पश्चिमाले खडा गरेका दलाल दलका नेताले सोझो साझो नेपाली जनतालाई पुनः एकपटक मूर्ख बनाए। आन्दोलनको निस्कर्ष स्वरूप १२ बुँदे दिल्ली समझदारी तय भयो र देश, विदेशीको नाङ्गो नाँचको अखडा बन्यो। 

अहिले दुइटा दलाल नेता बिचको समझदारी मिलाउन, वार्ता गराउन विदेशी गुहार्न पर्ने अवस्था निम्तियो। राजसंस्था रहँदा सम्म त्यो कार्य नेपाल भित्रै हुन्थ्यो, विदेशी चलखेल पनि हालको अवस्था भन्दा धेरै कम थियो। यति बुझ्ने चेत सारा नेपालीमा खुलोस्। देश र देशवासीलाई सुख, शान्ति र सम्वृद्धि मिलोस्। 

नेपाल आमाको जय 

जागुन् राष्ट्रिय गाथा।। 


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)

भाग १ पढ्न यँहा क्लिक गर्नु होला। 


Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।