षडयंत्रका सिद्धान्त ? कन्स्पिरेसी थिओरि। भ्रम र यथार्थ।


नेपालमा कोरोनाको नाममा गरिएको विश्व कब्जाको डिजाइन बारे चाँसो बढ्दो छ । संसार चलाइ रहेका गोप्य समुहले आफ्नो कुरा पर्दा भित्रै राख्न खटाइएको धेरै संस्था मध्ये एक, सीआईएले वैश्विक नीति, चलखेल र एलिटहरुबारे कुरा बाहिर जान थाले पछि स्थापना गरेको शब्द हो कन्स्पिरेसी थिओरि । यसलाई नेपालका मगजहिन जमातले पनि षड्यन्त्रका सिद्धान्त भन्ने गर्छन् । तर जे कुरा ती कन्स्पिरेसी थिओरिमा बताइए, लेखिए त्यहि अनुसार नै संसार अघि बढ्दै गरेको कुरा मगज चल्ने मानिसले प्रष्ट देख्न सक्छ । 

तर कन्स्पिरेसी थिओरिले धेरै मानिसको रुचि, जिज्ञासा र चाँसोको साँचो खुल्न थाले पछि, उनीहरुले लिखित उद्दरण(रिफरेन्स) भन्ने अर्को जालो तयार गरे । अहिले त्यो जालोमा परेको मानिस एति भुटिएका छन्, कागती अमिलो, चिनि गुलियो जस्ता आँखा अगाडीको प्रमाण समेत बताउनलाई पहिले किताबको पेज नम्बर खोज्न पर्ने नत्र हावा भन्ने पिढी तयार गरिएको छ । 

साथै कस्न्पिरेसी थिओरि भनिने कुरा बाहेक अन्य कुरा सबै झुठो अथवा केहि कुरा आएमा कन्स्पिरेसी थिओरि संग मिलाएर हेर्ने अनि मात्र हो होइन यकीन गर्ने जमात पनि बन्दै गएका छन् । एस्तो अवस्थाको सुरुवाती समयमा नै, एलिटहरुले आफ्नै कन्स्पिरेसी थिओरि लेख्ने मान्छे परिचालित गराए । एस्तो तप्कालाई कनट्रोल्ड अपोजिसन(नियन्त्रित विपक्षी)भनेर बुझ्नु पर्छ। अर्थात आफ्नो विरोधीको रूपमा भिड बराल्न आफैले मान्छे खटाउने । अहिलेका नेपालमा राजावादी आवरणमा गणतन्त्रेले नै भिड बराल्न अभियान पालेका छन् । देशको मूल मुद्दा बाट जनमानसलाई सेलिब्रिटी अभियान्ताको पछि हिड्ने र टुक्रा टुक्रा पार्ने अनि सबैलाई धामीले मर्कट्टा जस्तै नचाउने अवस्था यसले निम्त्याउँछ । 


अब आजको यस लेखको मुख्य विषयतर्फ जाउँ । 


एलिटहरुले सन् १५ औँ शताब्दि देखि विश्वमा आफ्नो कब्जा जमाउने योजना सहित साम्राज्य शक्तिलाई खटाए । यसलाई तत्कालिन पोप प्रयोग गरेर पापल बुल(परमादेश) बाट सुरु गरियो, जसलाई डिस्कभरी डक्ट्रिन पनि भनिन्छ । यो आदेश अनुसार सबै युरेपेली क्रिस्टियन देशले धर्तीमा आफ्नो बाहेक अरु कुनै पनि आस्था रहन न दिने गरि विश्वव्यापी कब्जा, उपनिवेश, लूट, मारकाट गर्दै हिँडे। देश कब्जा गर्ने, उनीहरुको सक्कल ईतिहास सके सम्म मेटाउने र तोडमोड गर्ने र सबै क्रिस्टियनले गरेका हुन् भन्ने मत स्थापित गर्ने थियो । इसाई धर्मको १२ ओटा पुस्तक पनि हटाएर त्यसलाई आफु अनुकुल मानिसलाई मूर्ख बनाउने र संसार कब्जा गर्ने माध्यमको रूपमा बाइबललाई समेत तोडमोड गरियो। त्यहि बाइबलनै अझै चलेको छ । यस बारे हामीले सर्वैकत्त्व दर्शनको प्रारम्भिक उपक्षेप, सबै धर्मको एउटै सार ‘म’को साक्षात्कारमा पनि बताई सकेका थियौँ। 


पापल बुललाई परमादेश मानि, उनीहरुले धेरै देशको ईतिहास मनपरी लेखेर पनि राख्दिए। आफुले कब्जा गरि प्राप्त गर्न नसकेको ठाउँ, समाज, सभ्यताको बारे उलट पलट कथा आफ्नो डाइरिमा पनि लेखे। अहिले धेरै देशको ईतिहास त्यस्तै डाइरिलाई साभार गरेर लेखिएका छन् , जुन गलत उद्देश्यले लेखिएका थिए । 

त्यस्तै ईतिहासलाई नै सत्य मान्ने जमात विश्व भरि छन् । उनीहरुले तोडमोड गर्न न पाएका ईतिहास दस्तावेज भएका संग्राहलय, पुस्तकालय, पुरातत्व स्थानमा आगो लाग्ने, नष्ट गर्ने घटना पनि घटाउने गरिन्छ । 

राष्ट्रगुरु योगी नरहरिनाथले हाम्रो देशको प्रत्येक गा.वि.स पुगेर  प्राचिन राजघरान, भारदारका घर-घर गएर नेपालको सक्कल ईतिहासको ताडपत्र,  ताम्रपत्र, शिलालेख देखि सन्धि पत्र, चिठी पत्र, आदि जम्मा गर्नु भएको थियो। तर त्यहि एलिटहरुका पिउसा बिपी देखि हाल सम्म जे चल्यो, उनीहरुकै प्रयोग गरेर लगभग ८५% संकलन जल्यो। र अहिले पनि ती सक्कल दस्तावेज, सक्कल ईतिहास दबाउने काम चल्दै छ। ती संकलनले संरक्षण नपाएर देशको सक्कल ईतिहास एलिटहरुले चाहे अनुसार नेपलिको मगजमा भरिएको छ। नेपाली जति आफ्नै दिमाग भुटेर, गौरवशाली ईतिहास थुकेर, भाई भाई फुटेर, समाज समाज छुटेर, सर्वैकत्त्व टुटेर पतिङ्गर सरह बढारिने अवस्थामा जाँदै छन्, पुग्दै छन्, पुगाइएका छन्। 


अहिले नेपालमा नियन्त्रित विपक्षीद्वारा तयार पार्न लगाइएको सामाग्री पढेर नेपाली समाज आफ्नै ईतिहासलाई एलिटको पाउमा चढाउन उद्दत भएको अवस्था छ। 

हामीले धेरै लेखमा नेपाल भनेको सृष्टिको आदिमभूमि हो भन्ने कुरा लेख्दै आएका छौं। नेपालीलाई नेपाल चिनाउने चेष्टामा समेत धेरै कुरा उल्लेख गरेका छौं। यो भूमि जगत्जननि, जगत्जेष्ठ, जीवन उत्पत्तिको थलो हो। कालिगण्डकीका सालिग्राम रूपी जीवाश्म देखि सगरमाथाको चुचुरो माथि समुन्द्री अवशेष, तेथिस सागरको कथा, रामापिथेकसको गाथा, पुराणका श्लोकले पुष्टि गर्ने हाम्रा कोशी नदी किनारका सभ्यता, कर्णाली माङ्ग्माका मनु राजा, कैलाश मानसरोवर वरिपरिका शैव शैल सभ्यता, आयुर्वेदका श्लोकले पुष्टि गर्ने जडिबुटीका प्रसंग, किराँतकालका वीरता देखि हिमाली भूभागमा रहेका वस्ती, मुर्ति ढालोटका जिवन्त सबूत, लिच्चावीकालिन संस्कृत-देवनागरी लिपिमा लेखिएका शिलालेख, अंग्रेज घुसपैठ हुनअघिका मल्लकालिन ताम्रपत्र, रामायण, महाभारतमा उल्लेखित किराँतीहरु, रामायणका रावणसंग सम्वन्धित कैलास मानससरोवरको छेउको ताल, उदयपुर आसपास रावणका पिता पुलत्स्यको थलो भएको कुरा पनि पुलामी मगरले झल्काउँछ। संस्कृत व्याकरणका प्रणेता पाणिनी, पराशर ऋषिबाट नाम रहेको परासी, उनकै पुत्र कृष्ण द्वैपायन व्यास वैदिक सभ्यताको मेरुदण्ड वेद-पुराण(तनहुँमा लेखेको), कपिल मुनिको नाम बाट बनेको कपिलवस्तु, वुद्धको थलो लुम्बिनी, तिलौराकोट, देवदह, रोहिणी नदि भलुही, रामायणले बताउने राम्दी घाट, मार्कण्य ऋषिले महामृत्युन्जय मंत्र प्राप्त गरेको भूमि मालुङ्गा, मुक्तिधाम, गोसाईकुण्ड, त्रिशूली, देवघाट, वाल्मिकी आश्रम, चित्त वन, हिडम्बा, बार्बरिक(आकाश भैरव), मृगस्थली, किराँतेश्वर, स्वयम्भु, खोकनाको हजारौँ वर्ष पुरानो वस्ती, शंखचुर्णले तपस्या गरेको संखामूल, किराँती पटुक राजाको दरबार भएको स्थान पटुक टोल, विदेह जनक र मैथिल सभ्यता, रामायणमा रामलाई किराँतको सहयोग लिए छिट्टै सिता भेट्न सकिन्छ भनेर किराँतको युद्ध र गुप्तचरी खूबिको प्रसंशा आदि इत्यादि कुरा न बुझी रामायण र महाभारत थाईलेण्डको हो भन्ने जमातले आफ्नो धरातल, ईतिहास, पुर्खाको ज्ञान, वैभव, विरासत विर्सिन हुँदैन।

नत्र यो देशबाट सुरु भएको शैव सभ्यता(हिन्दु, बोन, धामी, झाँक्री, तन्त्र, ध्यान, योग), किराँत सभ्यता, बौद्ध सभ्यता, वैदिक सभ्यता सबै अन्यत्र देश बाट आएको हो, यो ठाउँमा त कोहि थिएनन्, सबै सरणार्थी भन्ने मानसिकतामा पुगेर सृष्टिको मूल भूमिलाई उपेक्षा गर्ने खाडलमा नफ़ुङ्गाल्नु । 

हाम्रो भूमि श्रुति परम्परामा आधारित हो। अहिले आएर विदेशीले स्थापित गरेको मंगोल नेसनल नामको समुहका केहि परिचालित झुण्डले किराँत सभ्यताको लिखित प्रमाण ल्याउन चुनौती भन्दै नेपालको सबै भन्दा पुरानो सभ्यताको उपेक्षा गर्दै छन्। कोहि युरेपेली युनियनले खडा गरेको जनजाति महासंघका दिग्गज बनेर आफ्नो सभ्यता मास्ने काममा परिचालित छन्। 

पुर्खाको गाथा, श्रुति कथा, किम्बदन्ती जसले हाम्रो गौरवशाली सभ्यता र समाजको ईतिहास , सर्वैकत्त्वको भाव हामीलाई सिकाएर सद्भाव, समन्वय, सम्मान र सबैको हितकारी हुन सिकाउँछ, ती चिजलाई विदेशी भन्न लगाउँदै छ। बेलैमा त्यो जालोबाट उम्किन सबै नेपालीलाई सद्बुद्धि प्राप्त होउस्। 


अनि किन थाइलेण्ड, इण्डोनेसियामा वैदिक हिन्दु मुर्तिहरु छन् त ? यो प्रश्न अझै समाधान भएको छैन होला। होइन ? 

जे कुरा पनि माथि बाट नै तल जान्छ। धर्तिमा धेरै पटक ठुलो प्रलय बहर सबै धर्ति डुबेको प्रसंग लगभग सबै सभ्यतामा उल्लेख छ। आफैँ सोचौँ सारा धर्ति जलमग्न भएमा सबै भन्दा अन्तिममा डुब्ने भनेको हाम्रै हिमाल हुन् र पानि सुक्न सुरु भएमा पनि सुरुमा घामको झुल्को पाउने हाम्रै हिमाल हुन्। सृष्टि जीवको उत्पत्ति हाम्रै हिमाल बाट सुरु हुने वा प्रलयमा पनि जीव बाँच्न हाम्रै हिमालमा आए मात्र सम्भव हुन्छ। 

तयसैले सबै मानवको सुरुवात हाम्रै हिमाली भूभाग बाट भएर सहज र सरल हावापानी, अन्न भोजनको खोजीमा मानव हाम्रै हिमाली सभ्यता किराँती, बोन, वैदिक ज्ञान बोकेर नै विश्व व्यापी पुगेका हुन् भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ। आफ्नो सभ्यता, संस्कृति अनुरुप आफ्नो आसपासमा तिर्थ निर्माण गर्ने, ठाउँका नामाकरण गर्ने, मन्दिर थान, माङ्, आदि निर्माण गर्ने भएकाले त्रिशूल सबै देशमा पुग्यो। मंगोलिया, जापान, ग्रिस वा अन्यत्र पनि। मन-मतान्तर पनि मानवीय गुण हो। त्यसैले त्रिशूललाई शैतानको भनेर पनि प्रचार भयो। अब आफ्नै येलु हाङ्, आफ्नै महागुरु फाल्गुनन्द, आफ्नै देवादीदेव शिव, आफ्नै कुल पितृको थानमा हुने त्रिशूललाई सैतान सोच्ने न बन्नु होला। प्राचिन किराँतकालमा येलु हाङ्गको पाला बाट चलि आएको त्रिकोणात्मक झण्डा समेत, माछाको मुख भनेर मेसोनिक एम हो भनेर सोच्ने गरि सबै मस्तिष्क एलिटको पाउमा चढाएकाले आफ्नो संस्कार संस्कृति र ईतिहासमा थुकेर कुल पितृको आशिष पाउला र ? ३ भन्ने अंक, ९ भन्ने अंक संग सम्बन्धित सबै तिथि, चाड मेसोनिक भनेर भ्रमित दिमागमा अल्मलिएका जमातहरुले किराँती संस्कृतिको ३ चुल्हो लाई नै सैतानको भनेर व्याख्या गर्ने अवस्थामा लैजानको लागि पात्रहरु परिचालित भै सकेका छन्, त्यस्ताबाट सतर्क, सावधान रहेर, आफ्नो कूल मूल परम्परा बचाउने कर्म गरौँ।

कहिँ कतै योगका मुद्रा, आसन, मंत्र अनि तंत्रका चिन्ह अनुष्ठानलाई पनि सैतानको भनेर व्याख्या गरिने गरेको देखिन्छ। स्मरण रहोस्, नेपाल तंत्रको मूल भूमि हो। पार्वती(सुम्निमा) बाट तंत्रको ज्ञान सुरु भएको हो। सत्कर्मको लागि प्रयोग गरिने तंत्रलाई पश्चिमाले दुरुपयोग गरेर कालो अनुष्ठान गराएको छन्। तर पनि, त्यसलाई जित्न सक्ने शक्ति पिठहरु नेपालमै छन्। त्यसैले युद्ध गराएर ती शक्तिपीठ, शक्ति केन्द्र क्षिर्ण पार्न एलिटहरु नेपालमा विभिन्न बहानामा आफ्नो कठपुतली सेनाहरु पठाउन उद्दत छन्। हामीहरु त्यो कुरा नबुझी, यो देशको शक्ति, अनुष्ठान पद्दतिलाई कम्जोर गराएर उही सैतान पुजारीलाई बलियो बनाउने जालोमा फस्न हुँदैन।

आफ्ना देशका सांस्कृतिक सम्पदा, विविधतामा एकता, सर्वजन हिताय, सर्वजन सुखाय आदि कुरा हटाएर त्यहि सैतान-पुजारीले फालेको जालोमा, फन्दामा आफ्नो मगज न चढाउनु होला। देशको अखण्दता, सार्वभौमसत्ता, सामाजिक सद्भाव र पुर्खाको ईतिहासलाई उपेक्षित गराउने सामाग्रीलाई त्याग्न जरुरी छ। यो फिल्टर (छान्नी)लाई उपयोग नगरेमा उनीहरुकै जालोमा फसिने छ। 


सबैमा सद्बुद्धि मिलोस्। 


सर्वैकत्त्व भवतु:

नेपाल आमाको जय। 

जागुन् राष्ट्रिय गाथा।। 


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)


Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।