मोदी किन हेलिकप्टरमा लुम्बिनी आउँदै छन् ?


सबैलाई थाहा भएकै कुरा हो; एमसीसी भनेकै इण्डो प्यासिफिक रणनीतिको अङ्ग हो। इण्डो प्यासिफिक रणनीति भनेको हिन्द महासागर र प्रशान्त महासागर क्षेत्रमा चिनको उपस्थिति कमजोर बनाउने, चीनलाई घेर्ने र विस्तारै चीनलाई अस्थिर बनाऊनेमा केन्द्रित छ। यो हाम्रो दावी होइन, डोनाल्ड ट्रंपको पालामा व्हाइट हाउसले जारि गरेको दस्तावेजमा उल्लेख छ। 

सो दस्तावेजमा इण्डियालाई दक्षिण-पूर्वी एसियामा प्रवल बनाउने कुरा पनि उल्लेख छ। यसले इण्डियालाई दक्षिण एसियाका देश लुछ्ने, सताउने लाइसेन्स दिएको छ। केहि हप्ता अघि दक्षिण-पूर्वी एसियालाई १५ वर्ष भित्र अखण्ड भारत बनाउने भनेर भाजपाको माउ संगठन आरएसएसको सरसंगचालक मोहन भागवत बोलेको सबैलाई याद नै होला। एमसीसीको कम्प्याक्ट दस्तावेजको अनुसूची ५को 'क' मा  पनि इण्डियन सहमतिमा मात्र नेपालमा परियोजना अघि बढ्ने भनेर उल्लेख गरिएको खासमा इण्डो प्यासिफिक रणनीति अनुसार इण्डियालाई स्थान दिईएको हो। इण्डिया इण्डो प्यासिफिकको सैन्य गठवन्धन क्वाडमा पनि छ। 

अर्को विशेष घटना: एमसीसी पास गराउनको लागि नै असार २८ २०७८मा अदालतको परामदेशले हालको सरकार बनाइदिएको थियो। सरकार बनेको २ हप्ता पछि श्रावन १२मा अमेरिकी विदेश मन्त्रि एण्टोनि ब्लिङ्केन दिल्ली आएका थिए। त्यस पछि इण्डियन सेटेलाइटबाट प्राप्त हुने सिग्नल अनुसार आफ्नो आवाज निकाल्ने मधेसवादी भनिने संसदहरुती पार्टीका नेता खुलेर एमसीसीको पक्षमा आउन सुरु गरेका थिए। 

त्यति मात्र होइन, उनीहरुले एमसीसीको पक्षमा पनि मतदान गरे। एमसीसीको पक्षमा मत नदिने भनेर हुङ्कार गर्दै आएका प्रचण्ड र उनका देव, लिलामणि, जनार्दन लगायत माकुने र उनका झल्लुहरु एवं संसद चल्नै नदिने भनेर जनतामा अडानको भ्रम छरेका ओली एण्ड कम्पनि, सबैले एकाएक एमसीसी पास हुने माहोल बनाएको किन हो थाह छ ? त्यसो हुन भन्दा दुई दिन अघि नरेन्द्र मोदी अधीनको इण्डियन गुप्तचर संस्था रअको उपप्रमुख चन्दर शर्मा आएर एमसीसी पास गराउनको लागि यी सबैलाई भेटेका थिए। नेपालमा पश्चिमालाई सन्धि गरेर नै मालिक बनाएर घुसाउन सबै भन्दा ठुलो र निर्णायक भूमिका खेल्ने इण्डियन भाजपा, आरएसएसका प्रधानमन्त्री मोदी हुन्। 

मोदीको जेष्ठ २,२०७९ मा हुने लुम्बिनी भ्रमणको सुरक्षाको लागि ३४ जना इण्डियन सेनाका स्पेशल प्रोटेक्सन गार्ड(SPG) इण्डियन सैन्य जहाजमा बैसाख २८ २०७९ मा आएर बन्दोबस्त गर्दै छन्। इण्डो प्यासिफिकले चलाएको नेपालमा अमेरिकाले सैन्य जहाज लिएर आउन थालेको सबैलाई याद छ। इण्डो प्यासिफिकका अर्को पार्टनर इण्डियाले पनि आफ्नो सैन्य जहाज पठाउनुको कारण यहि रहेको छ। मोदीले चिनियाँ कम्पनीले बनाइदिएको विमानस्थल प्रयोग नगर्ने र आफ्नै हेलिकप्टरमा आउने कुरा छ र त्यसको लागि ४ ओटा हेलिप्याड पनि बनाउने जिम्मेवारी सहित ती इण्डियन सेना लुम्बिनीमा छन्। 

तिन हप्ता अघि इण्डियामा बेलायती प्रधानमन्त्रि बोरिस जोन्सोन लगायत अमेरिकी संसद्को टोलि आएका थिए। अघिल्लो हप्ता मात्र मोदी युरोप भ्रमणमा गएर इण्डिया फर्किएका छन्। 

रुसको विपक्षमा उभिनको लागि पश्चिमा मुलुकले इण्डियालाई निकै दवाब दिएको थियो। इण्डियाले रुससँग सम्बन्ध बिगार्न त सकेको छैन, तर आफु अझै पनि इण्डो प्यासिफिकको बफादार रहेको पुष्टि गर्नपर्ने वाध्यता मोदीलाई परेको छ। त्यसैले लुम्बिनी आउँदा मोदीले चिनियाँ कम्पनिले बनाइदिएको विमानस्थल प्रयोग नगरेर आफ्नै हेलिकप्टरमा आउन थालेका हुन्।

Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।