एस्तो छन्, नेपालमा गृहयुद्ध र अस्थिरताको लागि काम गर्ने समुह।



नेपालमा एउटा निकै गम्भीर किसिमको बहुआयमिक खेलामा एक समुह सक्रिय छ। सो समुहले बन्दकोठामा अर्कै शैलीको गतिविधिको लागि योजना बुञ्छ, बाहिर अर्कै शैलीमा। २/३ शैली त पहिल्यै बाट लेख्दै आएको हो। आज नयाँ शैली पनि खुल्नमा आयो। सबै शैलीलाई प्रष्ट, सटिक र छोटोमा बताउने प्रयास छ। 

१) चीन र इन्डिया मिलेर नेपाललाई भुटान बनाउँदैछन् भन्ने हौवा चलाउने समुह। यसले कुन शक्तिलाई नेपालमा घुसाउने नियत पालेको होला? ती दुईलाई सन्तुलन गर्न/ब्यालेन्स गर्न पश्चिमा घुसाउन पर्छ भनेर आम नेपालीले स्वीकार गरोस् भनेर नै यस्तो हौवामा कौवा उडाउने प्रयास गरेका हुन् भनि राख्न नपर्ला। एस्तो प्रचार गर्दिनेहरुले कसको लागि नेपालमा स्पेस बनाउन प्रयोग भैएछ भनेर सोच्ने त पक्कै होइनन्, किनकि सोच्न सक्ने तार काटेर नै एस्तो हौवा फैलाउने कौवा तयार भएका हुञ्छन्। 

२) चिन र अमेरिका मिलेर नै एमसीसी ल्याउँदै छन् भनेर पनि त्यहि समुहले, नेपाली माझ अर्को हौवा फैलाउने प्रयास गरेको थियो। तर एस्तो कुरा त कसैले पत्याउने कुरै भएन, तर सोच्न सक्ने तार काटेर तयार पारिएका केहि केहि कौवाले भने यो सत्य नै मानेका थिए। त्यो समुह फेरी इण्डियाको मोदी अधिनमा रहेको रअको उपप्रमुख चन्दर शर्मा नेपाल आएर शिर्ष भनिनेहरुलाई भेटे लगत्तै हिजो सम्म एमसीसी र संसद चल्ने बारे विरोधी देखिएका ओली, माकुने प्रचण्डले एमसीसी पास हुने माहोल मिलाउन थालेको बारे बोल्दैन। 

३) चिनले नेपालमा मुसलमान घुसाएको छ, भनेर पनि त्यहि समुहले तार टुटेकाहरुलाई पत्याउने बनाई सकेको छ। जबकी कसको बोर्डरबाट, कसको सरकार बनेदेखि मुसलमान नेपाल घुस्न थाल्यो यस बारे उनीहरु बोल्दैन। नेपालमा मुसलमान घुसाएर के कस्ता कामको लागि आरएसएसले काम गर्दै छ, यस बारे आरएसएस, माओवादी र रोहिंगा भन्ने लेखमा हामीले धेरै कुरा बताएका थियौँ। 

४) एमसीसीको विरोध गर्नेहरु चिनको पालेदार/चौकीदार हुन्, भनेर एमसीसीको विरोध गर्ने नेपालीलाई हतोत्साहित गराउने काम पनि सो समुहले गरेको थियो। 

५) इण्डियाले नेपालमा ईतिहास देखि बर्तमान सम्म गरेको करतूतबारे कुरा उठ्यो भने सो समुहले सम्बन्ध बिगार्न परिचालित भनेर इण्डियाको व्हाइट वासिङ्गको काम गर्छ। अझ सत्य बोल्नेलाई पश्चिमाले इण्डिया र चिन लडाउन नेपालमा खटाएको छ सम्म भन्ने गर्छन्। 

६) राजसंस्थाप्रति झुकाव राख्ने मान्छेहरूलाई पनि त्यै समूहले भुट्दै छ। सांस्कृतिक राजाको रूपमा स्थापित गर्ने डिजाइन अन्तर्गत काम गर्दै छ। 

७) फेरी धर्मको सेण्टिमेण्टबाट नेपालीलाई आफ्नो पकडमा लिन पनि सोहि समुहले मानिस खटाएको छ। 

८) राजसंस्था विरोधी तप्कालाई पनि सोहि धर्मको सेण्टिमेण्टमा काम गर्नेहरुलाई हिन्दु गणतन्त्रको लागि माहोल बनाउन परिचालन गरिएको छ। उनीहरुले राजसंस्थाप्रति सकरात्मक झुकाव रहेकालाई अर्कै कुरा गर्ने र हिन्दु गणतन्त्र भन्नेहरुको लागि हुँदै नभएको, ईतिहास बंग्याएर राजसंस्था विरुद्ध प्रोपोगाण्डा तयार गर्छ। 

९) नेपालका रक्षक राजा महेन्द्रलाई बद्नाम गर्न सो समुहले उहाँको नीतिहरुको अपव्याख्या गर्ने, पश्चिमालाई नेपाल छिराउने राजा महेन्द्र हुन् भन्ने गर्छ। तर असंलग्न आन्दोलनमा राजाले गरेको योगदानको कुरा गर्दैन। कालापानी सुनको बाकससंग बेच्यो भन्दै हौवा पिट्छ। नेपालमा उद्योग, कारखाना संचालन गरेको, पूर्वाधार बनाएको कुरा गर्दैन। त्यो गर्ने बेला अड्चन थाप्ने देश बारे पनि बोल्दैन। 

१०) राजा विरेन्द्रले राष्ट्र संघको शान्ति सेनाको तालिमको बहाना गरेर पश्चिमा सेना नेपाल घुसायो भनेर उनको विरोध गर्छ। तर कुनै पनि देशको सेना घुस्न नसक्ने उनको शान्ति क्षेत्र बारेको योजनाबारे बोल्दैन। त्यो प्रस्ताव रोक्ने कुन देश थियो त्यो बारे पनि बोल्दैन। 

११) राजसंस्था प्रति असमझदारी, ईतिहास नबुझेका र बर्तमानसंग तुलना गर्न नसकेका जमातहरुलाई  गाउँ-गाउँ गएर, तिम्रो जात,धर्म, अधिकार नास गर्ने राजसंस्था हो भनेर द्वन्द्व र युद्धकोलागि ती समुदायका मान्छे भुट्दो रहेछ। तर हजारौँ वर्ष देखि चलि आएको भाषा, संस्कृति, माङ्, थान, मेला, पर्व सबै जीवित राख्दिएको नै राजसंस्थाले हो, यदि त्यस्तो मेटाउन चाहेको भए उहिल्यै सक्दिने थियो भनेर कहिल्यै बोल्दैन। 

माथि उल्लेख गरिएका ११ किसिमका भाव, विचार कहिँ, कतै कसैले प्रयोग गरेको छ भने बुझ्नु होला त्यो त्यहि समुहको मान्छे हो। पैसा लिएर काम गर्ने वा भुटिएर त्यस्तो गर्दै छन्, त्यो उनीहरुको शब्दबाट बुझ्न सकिञ्छ। धेरै नै बंग्याएर, लामो लामो कथा जस्तो बनाएर लेख्ने बताउनेहरु पैसा लिएर काम गर्दै छन्। अरु दोहोराउनेहरु त बिचरा भुटिएका पात्र हुन्। तर सचेत हुनु होला। 

यस्ता गतिविधिको पछि उनीहरूको एक मात्र उद्देश्य छ। त्यो हो,  नेपाल जुनसुकै दिशाबाट अघि बढेपनि गृहयुद्ध तर्फ नै अग्रसर होस् भन्ने। अनि नेपालमा यस्तो अस्थिरताको खेला खेल्ने को भनेर बुझ्न ईतिहास हेर्नु। महेन्द्रको हत्या, विरेन्द्रको वंश नाश, २०४६को आन्दोलन, २०६२/६३को आन्दोलन यो सबैमा त्यहि शक्तिहरु छन्। #इण्डो_पश्चिमा, #आरएसएस_भ्याटिक्यान।। 


Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।