नेपाली राजनीति; संकटकाल वा विश्वासको मत ! कस्तो होला सेनाको भूमिका ?


नेपालमा चल्दै गरेका राजनीतिक गतिविधि र वैश्विक चलखेल बारे बताउने क्रममा अघिल्लो लेखमा नेपालमा पश्चिमा शक्तिको चलखेल बारे उजागर गरेका थियौं। सोहि लेखको पहिलो शृंखलामा नेपालमा इन्डियन कुचेष्टा बारे पनि धेरै खोली सकेका छौं। मुसलमानी एजेन्डा बारे केहि समयमा आउने छौं। आज सो शृंखला स्थगित गर्दै अहिले चल्दै गरेको राजनीतिक अस्थिरता, अन्योलता, रमिता र चर्तिकला बारे लेख्ने जमर्को गरेका छौं। 

मुख्यतः नयाँ संविधान सभा पछि नेपालको राजनीति एमसीसीमा गएर अड्किएको देख्न र बुझ्न सकिन्छ। बाहिर हेर्दा एमाले जुट्ने फुट्ने, शक्ति प्रदर्शन अर्थात भेँडाको जुदाई देखिएता पनि लगभग सबैको भित्रि नाभी एमसीसी संग जुडेको छ भन्दा अत्युक्ति नहोला। तर चिनियाँ र इन्डियन सामरिक चाँसोले पनि नेपालमा एमसीसीको हलो अड्किएको छ। र त्यहि खिचा-तानी नै हालको नेपालको राजनीतिक रमिता हो। आजको लेखमा विगत केहि हप्ता बाट नेपाली राजनीतिमा छाएको तरंग स्वास्थ्य संकटकाल, समर्थन, फ्लोरक्रस, सपथ र राजिनामा बारे केन्द्रित रहेर केहि विश्लेशणात्मक कोण लेख्ने प्रयाशमा छौं। 

 

कोरोना, आन्दोलन र संसद विघटन

फ्लोर क्रस, समर्थन, सपथ र राजिनामा यी ४ शब्द नेपाली संचार, समाचार, चियागफ, फेसबुक स्टेटस देखि भट्टीमा निकै चर्चामा रहेको थियो।  तर त्यत्तिकैमा इन्डियन कोरोनाको नयाँ प्रपन्चले अहिले ती सबै शब्द दबिएका छन् वा दबाइएका हुन् ? विशेष गरि राजनीतिमा धेरै नै चालिने खेल हो, डाइभर्ट/डिष्ट्र्याक्ट एण्ड प्ले। कोरोना महामारीको नाममा जनता थुनेर, भोक भोकै मार्ने अनि विश्व बैंकबाट अनुदान डकार्ने खेला गएको वर्ष पनि चलेको थियो। तर हालको तन्त्रले देश डुब्न लागेकाले स्वतःस्फूर्त रूपमा नेपाली युवा जमात राजतन्त्र जिन्दावादको नारा सहित सडकमा उत्रिए पछि, कोरोना नाटकको लक्डाउनको पहिलो लिला समापन भएको थियो। त्यस लगत्तै इण्डियाले नेपालमा गुमाइसकेको भू राजनीतिक प्रभाव बचाउन हिन्दुत्व र राजसंस्थाको कार्ड शो गर्न केहि आरएसएस बाट प्रभावित संस्था एवं राप्रपा जस्ता पार्टी उफार्न सुरु गरेको स्मरण नै होला। स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएका युवाले एका एक पत्रिकामा राप्रपाको र्याली, झण्डा र इन्डियन प्लेटका मोटरसाइकल देखेर हाम्रो आन्दोलन तुहाउने षड्यन्त्र चलिंदै छ भनेर राप्रपा विरुद्ध टिका टिप्पणी गरेको सामाजिक संजाल भरि देखिएको थियो। येत्तिकैमा भित्र भित्र गणतन्त्र बचाउन अर्को दाउपेच चलियो। सत्तारुड कम्युनिष्ट पार्टीले एकाएक संसद विघटन गरेर सरकार पनि आफ्नै पकडमा एवं सडक पनि आफ्नै पकडमा लिग्यो। यसको उद्देश्य राजतन्त्रको माग सहित दिनहुँ विभिन्न शहरमा हजारौंको संख्यामा सडकमा नाराबाजी बढ्दो थियो। त्यसलाई रोक्ने एक मात्र अचुक उपाए थियो सडक कब्जा। र त्यो गर्न, संसद विघटन बाहेक अरु उपाएले विद्रोह झन् आक्रामक हुने अवस्था निम्त्याउने थियो। किनकि लक्डाउन, भोकमरी र इण्डिया बाट देश छिर्न न पाएको आक्रोश नेपाली जनमानसमा ताजा थियो। संसद विघटनको नालीबेली पर्दाफास नामको लेखबाट सानो अंश पनि सान्धर्भिक हुन जान्छ। 

हामीले बताउँदै आएका थियौं, संसद्को हिउँदे अधिवेशनमा एमसीसी जसरि पनि पास गर्ने प्रतिवद्धता हरेक पार्टीका शिर्ष टट्टूहरुले अमेरिकालाई दिएका थिए। तर इंडिया र चिन जसरि पनि एमसीसी नेपाल भित्रिन नदिने योजनामा थिए। यदि, संसद नै नरहे, एमसीसी अनुमोदन हुने अवस्था पनि रहन्न, त्यसैले यो संसद विघटनमा न इंडियाले विरोधको अभिव्यक्ति दियो न नै चिनले। गोयल आउनु, नरवाणे आउनु त्यस लगत्तै इन्डियन परराष्ट्र सचिव आउनु अनि त्यसको पर्सि पल्ट चिनियाँ रक्षा मन्त्री आउनु। यो सबै उता बाट मिलाएअको चाँजोपाँजो हो। तर अर्को कोण बाट नियाल्दा यो घटना बारे अमेरिकी अभिव्यक्ति पनि नआएकाले अमेरिकाले पनि यसको समर्थन गरेको हो भन्ने अनुमान गर्न सकिन्छ। तत्काललाई एमसीसी पास हुने अवस्था एमसीसीकै मापदण्डले रोक्छ। किनकि न लोकतान्त्रिक सरकार छ ,न संसद नै ! एमसीसी पास हुन यी २ मुख्य थ्रेशोल्ड हुन्। महिला अधिकारको सम्मान, गरिबी र माथि उठ्ने चाहना अन्य मापदण्ड हुन्। श्रोतका अनुसार अमेरिकाले पनि यो संसदबाट एमसीसी नहुने भएकाले अब आफ्ना टट्टूहरुलाई नै हरेक पार्टीले समानुपातिकमा ल्याउने र प्रत्यक्ष बाट पनि आफ्नो टट्टू हरुलाई नै जिताएर भिन्न पार्टीका अमेरिकी खेमाका हड्डी खानेको जमात संसदमा थुपार्ने र एमसीसी पास गराउने उद्देस्य राखेको छ भन्ने कुरा बुझ्नमा आएको छ। 

संसद विघटन पश्चात एकाएक नेपाली नेता एवं तिनका परिवारलाई इन्डियन अस्पतालमा मात्र निको हुने रोग लाग्दै दिल्ली दौडाह चलेको सबैलाई स्मरण नै होला। राजतन्त्र विशेष गरि राजा ज्ञानेन्द्रको छवि खसाल्ने बाबुराम भट्टराई समेत एकाएक राजा, जनता नेता सबै मिलेर राजनीतिक समिक्षा गरौँ भन्दै भुषण दाहाल संगको अन्तर्वार्तामा बोलेको पनि सबैलाई याद होला। यस बाट नेपाली राजनीतिको बाटो मोडिने गन्ध आउँछ। त्यसको केहि समय पश्चात, फाल्गुन ११ २०७७मा अदालतले संसद पुनर्स्थापना गर्दियो। तर त्यो पनि एमसीसी पास गर्ने सर्तमा आएको थियो भनेर भोलि पल्ट बाट छद्म एमसीसी विरोधी झलनाथ खनालले अब एमसीसी पास गरौँ भन्दै बोलेको कुराले प्रष्ट पार्छ। त्यस लगत्तै कांग्रेस, एमाले, जसपा, राप्रपा सबै एमसीसी पास गर्न जोड तोडको साथ् लागि परेको बुझ्न सकिन्छ।

त्यसको केहि हप्ता पश्चात चैत २९ २०७७मा राजा ज्ञानेन्द्र शाहलाई इंडियामा हिन्दु सम्राट, नेपाल नरेश, श्री ५ को सम्बोधन साथ् एक हिसाबले नेपालको राष्ट्र प्रमुख नै मानेर शाही स्नान आयोजना तय भएको थियो। अमेरिकाले सोहि दिन साझ नेपालमा अमेरिकी विशिष्ट सैन्य जहाज पठाएको थियो। कस्तो संयोग, भोलि पल्ट बाट ओलीको मुखमा एमसीसी मन्त्रको जप चल्दै छ, ध्यान चल्दै छ, तप चल्दै छ। लगभग सबै पार्टी एमसीसी पास गराउन हतारो गर्दै छन्। (राजसंस्था: सत्ताविहिन तर पनि शक्तिशाली !!)

त्यो दिन बाट कुर्सि र तन्त्र बचाउन एमसीसी नै एकमात्र हतियार बनेको छ। तर नेपाली भूराजनीति एसियाकै जटिल एवं सामरिक हिसावले महत्त्वपूर्ण छ। त्यसैले हामीले ४ महिना अगाडी अनुमान गरेको दिशा तिर देश अघि बढेको जस्तो देखिन्छ। भूराजनीतिको खेला नै यस्तै हुन्छ। दिग्भ्रमित गरेर जे देखाइन्छ त्यो भन्दा धेरै पर बाट खेला चलेको हुन्छ। खैर, ओली प्रचण्ड भनेको पिउसा हुन्, अब अन्तराष्ट्रिय भू राजनीतिक तरङ्ग बारे बुझौं। अब रसिया ओलीलाई हात लिएर नेपाली भूराजनीतिमा अगाडी आउने तयारीमा छ। अब चिन, रसिया र इण्डिया मिलेर नेपालमा राजतन्त्र फर्काउने प्रवल सम्भावना छ। चिनियाँ रक्षा मन्त्री नेपाली सेनासँग घन्टौं घन्टा बसेर सेनाले निर्वाह गर्नुपर्ने भूमिका बारे सल्लाह गरेर गएका थिए। सिधै संकटकाल घोषणा गर्न मिल्दैन त्यसको लागि  घटनाहरु रचिने छन्। (कसको आडमा ओली)

त्यहि अवस्था तर्फ अहिलेको राजनीतिलाई लगिँदै छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा भएको फ्लोर क्रस, राजिनामा र सपथ ग्रहणका नाटक एवं विश्वासको मत वा समर्थन फिर्ताको लिला, सबै त्यसैको लागि माहोल निर्माण हुँदै छ भन्ने संकेत हो। 

त्यस्तै अमेरिकाको चाँसो अनुरुप, अहिलेको अवस्था हेर्दा पनि एमसीसी पास न हुने देखिएकाले नयाँ सरकार बनाएर, त्यस पछिको संसद्को पहिलो अधिवेशनमा एमसीसी टेबल गरेर अनुमोदन गराई छाड्ने प्रतिवद्धता देउवाले अमेरिका संग विन्ती चढाई सकेको सुचना आएको छ। २०७८, २७ बैसाखमा ओलीको सरकार ढलेमा अमेरिकाको प्रपन्च सफल भयो। तर, यदि स्वास्थ्य संकटकाल वा अहिलेकै ओली सरकारले विश्वासको मत लिन सकेमा रसिया, चिन र इण्डिया हावी भयो भन्ने बुझ्न पर्ने हुन्छ। 

 

संकटकाल र नेपाली सेनाको भूमिका

संकटकाल लागेमा सेनाको पनि ३ थरिको प्रायोजन हुने सम्भावना देखिन्छ। 

१) संघियता खारेज बैसाख ९ मा काठमाडौँ पाटि अनलाइनमा छापिएको खवरलाई आधार मान्दा नेपाली सेनाले आफ्नो संरचना नेपालको भूगोल अनुरुप ४ ओटा कमाण्डमा परिवर्तन गरेको उल्लेख छ। अर्थात अहिले चलेको संघीय संरचना भन्दा पृथक शैलीमा सेनाकोआफ्नै संरचना बनि सकेको छ। र यदि देशमा संकटकाल लागु भएमा सोहि सैन्य संरचना अनुसार नेपालको भूगोललाई वर्गीकरण गरिने छ।

 

२) राजसंस्थाको पुनरागमन यस बारे माथी पनि धेरै कुरा उठान भै सकेकोले धेरै लेखेनौं। यँहा क्लिक गरेर यस बारे अन्य विस्तृत र वृहद लेख हेर्न सक्नु हुन्छ। 

 

३) नेपाल पश्चिमाको फन्दामा जान सक्छ अहिले चलेको कोरोना षड्यन्त्र बाट सारा विश्व आफ्नो पन्जामा खेलाउने प्रपन्चमा विश्वका एलिट वर्गका शैतानी प्रवृत्तिका समुह छन् भन्ने बारे धेरै अघि बाट बताउँदै आएका छौं। त्यसै अनुरुप हरेक देशमा सैन्य शासन लगाउने र भ्याक्सिनको माध्यमले जनसंख्या सफाया गराउने उद्देश्य उनीहरुको छ। एमसीसी पनि उनीहरुकै योजनाको एउटा पाटो हो। अमेरिका भन्ने देश उनीहरुले संसारमा आफ्नो दादागिरी कायम गर्न प्रयोग गर्ने देश हो। त्यसैले संकटकालकै माध्यम बाट नयाँ सरकार बनाएर यसको अनुमोदन गराउने गरि काम चल्न पनि सक्छ। त्यो विफल हुने सम्भावना पनि रहन्छ। तर त्यो भन्दा पनि डरलाग्दो अवस्था भनेको यदि संकटकाल लम्बियो भने सृजना हुने छ। किनकि प्रधानसेनापति पूर्णचन्द्र थापा चार महिनापछि अवकासमा जाँदैछन् । प्रधानसेनापति थापाकोे तीन वर्षे प्रधानसेनापतिको नियमित कार्यकाल आगामी भदौ २४ मा सकिदैंछ। थापाले अवकास पाएपछि नेपाली सेनामा हालका बलाधिकृतरथी प्रभुराम शर्मा सेनाको प्रधानसेनापति बन्ने लाईनमा छन् । २०७७ को  जेठ २३ गते इण्डो प्यासिफिक कमाण्डले आयोजना गरेको पहिलो इण्डो प्यासिफिक ल्याण्ड पावर सम्मेलनमा नेपाली सेनाका तर्फबाट बलाध्यक्षरथी प्रभुराम शर्माले सहभागिता जनाएका थिए। यस कोण बाट हेर्दा नेपाली सेनाले नै नेपाल विघटनको लागी संकटकाल लगाउने पो हो कि भन्ने शंका खडा हुन्छ। 

आशा गरौँ, देश पश्चिमाको फन्दामा जाने गरी नेपाली सेनाले भूमिका निभाउने छैन। सबै नेपालीहरु  त्यस्तो अवस्था आउन नदिन एक जुट भएर आफ्नो कुरा उठाऔं। बहस गरौँ, सबैलाई अवगत गराऔं। 

नेपाल आमाको जय 

जागुन् राष्ट्रिय गाथा। 


अक्षांश : ६०.१६९९°  उ.  देशान्तर :२४.९३८४ ° पू.  बाट 

शिवगौरीदास (अनुप)


Comments

Popular posts from this blog

नयाँ लहरको कारण कतै मास्क त होइन ? गोप्य खुलासा।

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

आध्यात्मको कौतुहल, रुचि भएकालाई समर्पित। म भित्र को म