Posts

हिजो ' चिहानडाँडा ' आज 'खुवालुङ '

Image
केही समय अगाडि पाँचथरको रानिगाउँ, यासोक र स्याबरुम्बाको त्रिवेणीमा रहेको बनक्षेत्रमा रहेको लिम्बू जातिको एतिहासिक समाधिस्थल भत्काएर मदन भण्डारी पार्क बनाउने निर्णय गरिएको थियो। त्यसरी नै आज फेरि 'खुवालुङ ', किराँतहरुको आस्था केन्द्र लाई फुटाउने खेलमा सिंगो सरकार नै लागेको छ। जुन अति नै निन्दनीय छ। श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले "सबैले आफ्नो आफ्नो कुल धर्म थपिखानु" भन्दै दिव्योपदेश मा भन्नु मात्र भएन, इन्द्रजात्राको दिन कीर्तिपुर माथि विजय प्राप्त गरेपछि बौद्ध परम्परामा आधारित बज्रयानी देवी कुमारीको पाउ समाउँदै आशीर्वाद लिएर सामाजिक र धार्मिक सहिष्णुताको उदाहरण पनि दिनुभएको थियो। यसरी आजसम्म देशका मौलिक सभ्यता र परम्पराहरू एक आपसमा विभिन्न हिसाबले सामञ्जस्य रूपमा रहिरहे।  तर, इण्डो - पश्चिमाले भिराएको पासो अर्थात् यो अपराधतन्त्र मा देशको मौलिक सभ्यता, संस्कृति माथि धावा बोल्ने काम पटक पटक भइरहेको छ।  मदन भण्डारी पार्कको नाममा कहिले चिहानडाँडा, कहिले सडक विस्तारको नाममा स्वयम्भूनाथ परिसरको मूर्ति, कहिले फास्टट्य्राकको नाममा खोकना। अब हुँदाहुँदै एउटा ' ऐतिह...

माओवादी प्रायोजनको नालीबेली भाग २: मनोवैज्ञानिक चलखेल

Image
मनोवैज्ञानिक चलखेल(साइकोलोजिकल अपरेसन) डर हावी राख्ने खेला कालान्तर देखि यो देश कहिल्यै पनि कसैको गुलाम रहेन। सधै सार्वभौम, स्वतन्त्र, अडिक, अचल, वीरता र साहसको गुञ्जन बोकी आएको यो देशका नागरिकहरूमा आत्मसम्मान, गौरव, निष्ठा, इमान र देशभक्ति निकै उच्च थियो। झुक्दै नझुक्ने नेपालको छोरो, मागेको धोतिले मेरो लाज छोपिन्न, खोसेको रोटीले मेरो पेट भरिन्न, खोले सिस्नु खाएर बाँच्छु तर आफ्नो स्वाभिमान बेच्दिन भन्ने नैतिकता, निष्ठा र आत्मसम्मान लिएर हिँड्ने नेपाली जनमानसलाई यी कुराबाट च्युत नगरेसम्म विदेशीहरूको चलखेल अगाडि नबढ्ने देखेर नै माओवादीलाई नेपालीहरूको त्यो भावना, मनोविज्ञान तुहाउन/हटाउन साइकोलोजिकल अपरेसन( मनोवैज्ञानिक चलखेल ) को रूपमा पनि अगाडि सारिएको हो। नेपालीहरूमा रहेको निष्ठा, स्वाभिमान, देशप्रेम, सर्वैकत्त्व, सहिष्णुता, अनेकतामा एकता यी गुणहरु यहाँका मूल धर्म-संस्कार संस्कृतिको माध्यमले नेपालीहरूको प्राणमा, साँसमा, रगतमा भरेको थियो। त्यसको विस्तृत व्याख्या पहिलो भागमा बताइसकेका छौं। आज धर्म संस्कार खलल गर्दै मनोविज्ञान विक्षिप्त पार्ने डिजाइन(कुचेष्टा)को उजागर गर्दैछौं। कांग्रेसको...

तपाईं भित्रको नेपाली जीवित छ भने एक पटक पढ्नु होला।।

Image
ढुंगामा इश्वर देख्न सक्ने आँखा भएकाको संस्कृति हो नेपाली संस्कृति। "जँहा ढुंगा ढुंगामा देवताको बास छ त्यो देश मेरो हो" भन्दै, गाउँदै, रमाउँदै पाखा पहरामा स्वर्गको आभास लिने जाति हो नेपाली। नेपालको हरेक धर्म संस्कार,संस्कृति, रिति रिवाज, चाल चलन परम्परामा यो लागु हुन्छ। बिचमा कम्युनिष्ट आन्दोलनको नाममा माओवादी प्रयोग गरेर नेपालको सबै धर्म संस्कार दुषित पार्ने, मेटाउने, हटाउने, नेपालीलाई नेपालीपनबाट छुटाउने काम भयो। येति मात्र होइन, नेपालीको एकता, सहिष्णुता टुटाउने काम पनि भयो। कहिले जातिय राज्य, त कहिले पहिचान आदिको नारा उछालियो तर पहिचान भनेको केहि विदेशीको एजेन्डामा काम गर्ने नयाँ झुण्डको कुर्सी प्राप्ति हो रहेछ। माओवादी प्रयोजनको नालीबेली नामको शृंखलामा अन्य बताउने छौं। आजको लेखको मूल विषय तर्फ प्रस्थान गरौँ।  ढुंगा कहीं देवताको स्वरूप सहितको ढुंगा पुजिन्छ त कहीं प्राकृतिक अवस्थामा रहेको ढुंगा। कहीं कल्पनामा बसेको आकार कुँदिएको ढुंगा त, कहीं कुनै पनि मानविय कल्पनाले आकार दिन नसक्ने विश्वास एवं आस्था बोकेको ढुंगा। कहीं बेनी, कहीं शिला, कहीं शालिग्राम त कहीं खुवालुङ्ग। भाषा...

निकै तितो यथार्थ खोल्दै छौं।

आज निकै तितो यथार्थ खोल्दै छौं। बिगत केहि बर्ष यता बाट नेपाली समाज, सामाजिक संजाल, धार्मिक गतिविधि, राजनीतिक गतिविधि, अभियान, अभियान्ता एवं समग्र नेपालीको मानसिकताको अवलोकन, अध्ययन, अभिव्यक्त हुने विचारको गहन चिन्तन, विश्लेषण गरेर यी कुरा उजागर गर्दै छौं। नेपाल देशलाई माया गर्नेलाई कहीं कतै तितो लाग्न सक्छ, कसैलाई डर लाग्ला, कसैलाई पीर त कसैलाई निराशा भने नेपाल राष्ट्र भन्दा आफ्नो व्यक्तिगत स्वार्थ ठुलो मान्नेलाई,  खुसि, हर्ष र रीस पनि जाग्न सक्छ।  नेपालीलाई नेपाल चिनाउने चेष्टा गर्दै छौं। नेपालमा सर्वैकत्त्वको भाव बुझ्ने, बुझाउने प्रयास गर्दै छौं। विभाजनमा नै रमाउने कित्ताकाट गरेर आफु ठुलो बन्न रुचाउनेलाई सत्मार्ग प्राप्त होउस् भनेर प्रार्थना गर्दछौं।  विश्व भरिका मानिसलाई टुटाउने, फुटाउने, लडाउने, जुधाउने र एकता कम्जोर बनाएर आफुले राज गर्ने नियत पालेका साम्राज्यवादीले ओच्छ्याएको जालो, पासा, फन्दा, धरापमा नेपाली फँस्दै गएका छन्। उपनिवेशवादीहरुले तयार पारिदिएका पाठ्यक्रम र शिक्षा नीति, दुषित गरिदिएका धार्मिक शास्त्र र ग्रन्थहरु, डिजिटल प्रविधि र विभिन्न आधुनिक यंत्रबाट गर...

"नेपालीलाई नेपाल चिनाउने चेष्टा" भाग ३: निर्माण, वास्तुकला, शिल्पकला । । भिडिओ सहित। ।

Image
नेपालको वैभव विरासतको गाथा बताउने योजनाले तयार पारिएको , "नेपालीलाई नेपाल चिनाउने चेष्टा" को तेस्रो भागमा नेपालले इञ्जिनियरिङ्ग, डिजाइन र कस्नट्रक्सन(निर्माण, वास्तुकला, शिल्पकला) को क्षेत्र मा के कस्ता योगदान संसारलाई दिएको छ ? हाम्रो भूमिमा प्रतिपादन गरिएको वास्तुकलाको आधारमा कति देशहरुले गर्वान्वित मान्ने धरोहरहरुको निर्माण भएका छन् ? विश्व गुरु नेपाल भूमिको कला, शिल्प र निर्माणका योगदान, ज्ञान एवं पहिचान बारे आजको लेख छ।  "नेपालीलाई नेपाल चिनाउने चेष्टा" भाग ३  निर्माण वास्तुकला शिल्पकला  इञ्जिनियरिङ्ग, आर्किटेक्चर र क्र्याफ़्ट्म्यान्शिप हालको यूरोप अमेरिकातिर मान्छेहरु सभ्य नहुँदै हाम्रो देशमा विभिन्न भौतिक पूर्वाधारहरूको निर्माण एवं निर्माणसम्बन्धी विस्तृत तथा सुक्ष्म  अध्ययन र प्रयोग भइसकेका थिए। प्रसंग सुरु गरौँ,  वेद वास्तु शास्त्रबाट। नेपालीलाई नेपाल चिनाउने चेष्टाको पहिलो भागमा बोटे आमाका छोरा जन्मले सीमान्तीकृत दलित कृष्ण द्वैपायन वेदव्यास दमौली जिल्लाका व्यक्तिको बारेमा उल्लेख गरेका थियौं। उनले लेखेको/संकलन गरेको बहुसंख्यक पुस्तकहरु मध्ये करिब आठ वटा...

समस्याको स्वरूप भिन्न, तर आन्तर्य एकै। समाधान भूमि-काल सापेक्ष गतिशिलता।

Image
खोकना बुङ्गमति क्षेत्रमा हरेक साल रोपाई गर्ने बेला स्थानीय र सरकार विच तनाव बारे समाचार  आइरहन्छ। फास्टट्रयाक परियोजनाले निम्त्याएको सो विवादको अन्त्य नगरी,  पूर्वी नेपालमा विकासको भाषण  दिने क्रममा   प्राचिन किराँती सभ्यताको  मेरुदण्ड मानिने  खुवालुङ्ग शिला पनि हटाएर डुंगा दौडाउने योजना सुन्नमा आयो। प्रधानमंत्रीद्वारा विराटनगरमा गरिएको कथित शक्ति प्रदर्शन/आम सभामा आगामी चुनावमा आफ्नो पकड पूर्वी क्षेत्रमा जमाउने उद्देश्य वा नेपाल राष्ट्र्को महत्त्वपूर्ण स्थम्भ किराँती सभ्यता मास्ने दाउ??  यी दुइ कोण बाट त्यो अभिव्यक्ति प्रकट भएको मान्न सकिन्छ। सो  परि योजनाको   किराँती धर्म संस्कार सम्बन्धि संस्थाहरुले आपत्ति जनाउँदै आएका छन्।  खुवालुङ्ग संरक्षण(संघर्ष) समिति पनि गठन गरेर बिभिन्न माध्यमले सो मौलिकता नाशक परियोजनाको विरोध र खुवालुङ्ग संरक्षणको पहल गर्दै  पनि आइरहेका  छन्।   सो घटनाको २ हप्ता नबित्दै रुपन्देहीमा दुरुस्तै शैलीको अवस्था सृजना भएको छ। शिलापत्र अनलाइन पत्रिकामा  विकाश पराजुलीले लेखेको समाचार ...

दलित शब्दको खोजि । भिडिओ सहित।

Image
दलितको इतिहास खोज्ने हो भने नेपालमा जयस्तिथि मल्लको पाला बाट पेशाको आधारमा सुरु भएको पाइन्छ। विद्वत, ज्ञान, वुद्धिजीवी, विद्, आचार्य आदि क्षेत्रमा काम गर्ने ब्राह्मण। सुरक्षा, साशन, प्रशासन आदिको काम गर्ने क्षत्रिय।  व्यापार,व्यवसाय, उद्यम, उद्योग जस्ता गतिविधि गर्ने वैश्य रहन्थे भने निर्माण, शिल्प, श्रम आदि क्षेत्रमा दख्खल राख्ने शुद्र रहन्थे। आधुनिक वर्गीकरणमा तुलना गर्ने हो भने स्कोलर, एड्मिनिस्ट्रेसन, ट्रेड-बिजिनेस र लेवर यी नै वर्गीकरण थिए। तर एक परिवारको सदस्यले आफ्नो कार्य क्षेत्र फेर्न नपाउने नियम घमण्डी, घामड कुवुद्धिजीवि र कुशासन चलाउनेले लगाए। बसी बसी जन्मेकै आधारमा देशको शासन, प्रशासन, नीति नियम निर्माण गर्ने सहुलियत आफ्नो पोल्टामा राख्न खोज्ने धृष्ट, मतिभ्रष्ट, स्वार्थीको कारण यो कुप्रथाले समाजमा जरो गाड्यो। यसलाई हटाउने प्रयास पृथ्वी नारायण शाहले गरेको बुझ्न सकिन्छ।  उनको सेनामा हरेक जातका रहने गर्थे। शिल्पी समुदायले नै हात हतियार निर्माण गरिदिन्थे।  बिसे नगर्ची जो जातले दमाई थिए, पृथ्वी नारायण शाहले उनि बाट परामर्श लिने गरेको कुरा पनि बुझ्न सकिन्छ।  पा...