शिकारी नै शिकार भएको अवस्था।।
अमेरिकी सेनाको इण्डो प्यासिफिक क्षेत्रका सेनापति जनरल चाल्र्स ए फ्लिन नेपाल भ्रमणमा आउने भएका छन्। नेपाली सेनाका सेनापति प्रभुराम शर्माको निम्तोमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्। जर्नेल फ्लिन चार दिने भ्रमणका लागि जुनको तेस्रो साता/नेपाल भ्रमणमा आउने नेपाली सेनाको उच्च स्रोतले जनाएको छ। जनरल फ्लिन इण्डो प्यासिफिक क्षेत्रका कमाण्डर नियुक्त भएको ठीक एक वर्षपछि नेपाल भ्रमणमा आउने भएका हुन्। माउण्टेन वार र हाइ एल्टिच्युड ट्रेनिंगको लागि नेपालको मुस्ताङ्गमा धेरै नै गतिविधि बढ्न थालेको छ। एक त नेपाल असंलग्न राष्ट्र थियो, तर केपी ओलीको प्रदीप ज्ञवाली र इश्वर पोखरेलले यसलाई इण्डो प्यासिफिक सैन्य गुटमा हाली सकेका हुन्। अर्को कुरा, नेपाल सदैव शान्त देशको रूपमा रहेको छ, नेपालले संयुक्त राष्ट्र संघमा दर्ता लिए देखि नै नेपाल असंलग्न राष्ट्रको रूपमा रही आएको छ। दक्षिणको छिमेकीले नेपाललाई सदैव दुश्मनको नजरले हेर्ने गरेतापनि नेपालले अहिले सम्म कुनै पनि युद्धात्मक कदम अपनाएको छैन। फेरी अर्को तर्फ उत्तरको छिमेकीको दुश्मन बनाउन दक्षिण लगायत पश्चिमाहरुले आफ्नो भरपुर प्रयास गर्दै आएका छ...