नेपालको अर्थतन्त्र ध्वस्त गर्न इकोनोमिक हिट्म्यानहरु परिचालित।

 



सरकारले चालू आर्थिक वर्षको ९ महिनामा आधा बजेट पनि खर्च गर्न सकेको छैन। तर, २०७९/८० का लागि ५ खर्ब (अनुदान र ऋण) समेटेर घाटाको बजेट तयार गर्दै छ। राष्ट्रिय योजना आयोगले १७ खर्ब ४५ अर्बको बजेट बनाउन अर्थ मन्त्रालयलाई सिलिङ तोकेको छ।

अर्थविद् केशव आचार्य खर्च गर्ने क्षमता नबढाएर सरकारले १७ खर्ब ४५ अर्बको महत्वकांक्षी बजेट ल्याउन लागेको बताउँछन्। ‘अहिलेको बजेट सरकारले रोगी मान्छेलाई डोजभन्दा बढी औषधि दिएजस्तै हो,’ आचार्य भन्छन्। माथिका वाक्यहरु समाचारबाट उद्घृत गरिएको हो। अब यो विषय किन गम्भीर छ भन्ने कुरामा टेकौँ। याँहाहरु मध्ये कतिले इकोनोमिक हिटम्यान भन्ने शब्द सुन्नु र बुझ्नु भएको छ ? सबै कुरा यसमै जोडिएको छ। साधारणतय हिट्म्यान भन्ने शब्दको अर्थ कुनै व्यक्तिलाई मार्नको निम्ति प्रयोग गरिने व्यवसायिक हत्यारा भन्ने हुञ्छ। हिन्दि फिलिमहरुमा सुपारी किलर भन्ने शब्द पक्कै सुन्नु भएकै होला। हिट्म्यान भनेको त्यहि हो, जसले आधुनिक हतियार र प्रविधि प्रयोग गरेर स्नाइपर गनले केहि किलोमीटर पर बसेर आफ्नो काम फत्ते गर्छ र त्यो कसैले समात्न न क्ने गरि भेष बदल्ने वा त्यस्तै गरेर काम गर्न बोलाउने हाइ प्रोफाइल मानिसहरुको मिलेमतोमा भाग्छ।

नेपालमा जमिम शाहको हत्या भएको घटना याद छ भने सबै भन्नखोजेको कुरा बुझियो होला। अब इकोनिमोक हिट्म्यानबारे बुझौँ।

जसरी हिट्म्यानहरु मान्छेको हत्या गर्न प्रयोग गरिञ्छ। त्यस्तै अन्य पनि पेसेवर अपराधी हुन्छन्, जसले कुनै देशको अर्थतन्त्रको प्राण पखेरु उढाएर उसलाई खटाएको तप्काको हातमा पुर्याउँछ। त्यस्तो कोट सुट बुटमा सजिएर हिड्ने पेसेवरहरुलाई इकोनोमिक हिट्म्यान भनिञ्छ। विशेष गरि यी पेसेवरहरु ठुला ठुला डिग्री धारी हुञ्छन्। अनि त्यहि डिग्रीको भरमा आफ्नो मालिकको आदेश पालना गर्ने राजनीतिक पार्टीहरुले उसलाई विज्ञको रूपमा योजना आयोग भन्ने ठाउँमा घुसाउने गर्छन्।

अनि सुरु हुञ्छ त्यो देशको अर्थतन्त्रको हत्याको काम। यसको लागि योजना आयोगबाट विभिन्न क्षेत्रमा अनुसन्धान, अन्वेषण गराइञ्छ। अनुसन्धानमा यदि त्यो देशमा बहुमुल्य खनिज देखि रेयर अर्थ र अन्य उच्च मुल्यका स्रोत छन् भन्ने यकीन भए पश्चात, त्यो देशको उत्पादनको सबै क्षेत्रहरुको सफाया गरिञ्छ। देशको उत्पादन नभए पछि देश ऋणमा चलाउन पर्ने प्रतिवेदन अर्थ मन्त्रालयमा इकोनोमिक हिट्म्यानबाट योजना आयोगद्वारा बुझाइञ्छ। अर्थमन्त्रिमा पनि मालिकहरुले आफ्ना प्रभावमा चल्ने दलबाट त्यस्तै पेसेवरलाई नियुक्ति दिलाउँछन्। अनि सुरु हुञ्छ, ऋणको खेला।

ऋण दिने बेला विभिन्न सर्त सहित फलानो कम्पनीलाई यो कनट्र्याक्ट दिन पर्छ भनेर पहिल्यै तोकिएको हुञ्छ। त्यो ऋणको पैसा कुनै पनि उत्पादनयुक्त कार्यमा प्रयोग गर्न नपाइने सुनिश्चित गरिञ्छ। त्यो देश ऋणमा जति डुब्दै जाञ्छ, उति नै धेरै अवार्डहरु मालिकहरुले त्यस्ता पेसेवर पात्रहरुलाई दिलाइदिने गर्छन्। यसले आमजनमानसमा ती पेसेवरको देवत्त्वकरण हुञ्छ। जसकारण  ती पात्र सधैँ आफ्नो देशको विरुद्ध प्रयोग गरिञ्छ। तर पनि उसलाई विज्ञ मानि आफ्नो देशको अर्थतन्त्र मार्ने योजनामा जनता पनि सहयोगी बन्छन्।

यसरी देशलाई ऋणको भारमा फसाउने अनि त्यो ऋण तिर्ने समय जब आउँछ, त्यो देशसंग ऋण तिर्ने अवस्था हुन्न र त्यो चुक्ता गर्न फेरी अर्को ऋण दिने गरिञ्छ। तर यो नयाँ ऋण दिँदा पनि त्यस्तै पेसेवरहरुलाई पहिल्यै नै विज्ञको रूपमा खटाइएको हुञ्छ, जसले यस पटक ऋण लिँदा मालिकले के के सर्त राखेको छ सबैको डिल गर्छ। जस्तै ऋण त दिनेछ तर मालिकहरुले रोजेको कम्पनीलाई तिम्रो देशमा भएको यो-त्यो स्रोत्, खनिज आदि उत्खनन, प्रसोधन र विक्री-वितरणको अधिकार दिन पर्ने हुञ्छ। त्यसको मुनाफाको १०-१५ प्रतिसत तिम्रो अरु८५-९०% सबै मालिकको कम्पनिको हुनेछ भन्ने सर्त सहित त्यो देशलाई कब्जामा लिगीने गरिञ्छ।

मालिक भन्नाले वर्ल्ड बैंक देखि अन्य सबै संसारका नोट छाप्ने बैंकका साहुहरू, खनिज-प्रसोधन-विक्री-वितरण, फारमासिउटिकल, पेट्रोकेमिकल, मिडिया, हतियारका साहुहरू हुन्। र उनीहरुकै यी क्षेत्रका कम्पनीहरुले नै उनीहरुको बैंकबाट कुनै देशले ऋण लिएर त्यसको ब्याज सावा एवं आफ्नो खनिजस्रोत सबै १० प्रतिसतको लागि हस्तान्तरण गर्ने खेला निम्त्याउने पेसेवर हुन् इकोनोमिक हिट्म्यान।

यो बजेटको अवस्था देख्दा नेपालमा छिट्टै विदेशी कम्पनिहरु आउने छन्।

चिन पनि अहिले यस्तै रणनीति बोकेर पश्चिमा घुसेको देशमा घुस्दै छ। चिन मात्र होइन ऋण भिडाउने सबै इण्डिया देखि पश्चिमा सबै देश अहिले यहि होडमा छन् तर सबै बेङ्कर्सको अधिनमा छन्। यो कुरा पछि अब ग्रेट रिसेट बारे पनि बुझ्नु होला।




Comments

Popular posts from this blog

ईतिहासले चिन्न नसकेको, ईतिहास : योगी नरहरिनाथ।

चुनाव र राजसंस्था ? चुनावको भित्रि उद्देश्य।

दरबार हत्याकाण्ड: नियत र नियति। भिडिओ सहित।